[Show all top banners]

Himalaya178
Replies to this thread:

More by Himalaya178
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Geology Tiger

tintotopi
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 बादलले किन झुट बोले
[VIEWED 2064 TIMES]
SAVE! for ease of future access.
Posted on 11-10-08 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

व्यापारी रामहरी श्रेष्ठका हत्याको आरोपी विविधसंग रक्षा मन्त्री रामबहादुर थापा बादलले भेटेका हुन या हैनन अहिले यसैमा बहस गरम छ । बादलले आइतवार संविधान सभा बैठकमा स्पष्टीकरण िदंदै आफुले विविधसंग नभेटेको दावी गरे । तर तत्काल उनले विविधसंग भेटेको दावी गर्ने चितवनका पत्रकारहरुले संयुक्त प्रेस विज्ञप्ती नै जारी गरेर यसको प्रतिवाद गर्दै भने-बादलले झुठ बोले । तर किन वास्तवममा वादललले झुठ बोलेका हुन कि पत्रकारले प्रश्नको जालो जेिलंदै गएको छ । यसैविचमा चितवनका पत्रकार रमेशकुमार पौडेलले त्यो दिनलाई जस्ताको तस्तै उतारेका छन । त्यही यहां प्रस्तुत गरेको छु ।

 

कार्तिक ५ गते माओवादी तेस्रो डिभिजन कमाण्डर विविध सांझ सांढे पांच वजेतिर चितवनको जिल्ला प्रशासन कार्यालयमा आएकै हुन । यो मेरो आंखाले देखेको कुरा हो । यो दृष्टीभ्रम पनि हुनसक्छ भनेर त्यहा आएका ब्यक्ति विधि हुन या होइनन भन्नका लागि क्रस चेक गरेकै हो । पक्का भएपछि मात्रै चितवन पोष्टमा ७ गते समाचार छापियो । तर आइतवार रक्षा मन्त्री बादलले विविध त्यहा नआएको कुरा सदनमा भनेको सुन्दा अचम्म लाग्यो ।

त्यसदिन दिउसो बादलले चितवन नारायणगढको क्याम्पा चौरमा तिहार मेलाको उद्घाटन गरेका थिए । लगभग चार वजे त्यही बजेको थियो । त्यहावाट निस्केर अफिस आइपुग्दा नपुग्दै पांच वजे जिल्ला प्रशासनका बादलले पत्रकारहरुलाई भेट्ने खवर आयो । क्रान्तीकारी पत्रकार संघले सो कार्यक्रम आयोजना गरेको थियो । म समयमै जिल्ला कार्यक्रमस्थलमा पुगेको थिए । तर रक्षा मन्त्री बादलले जिल्ला प्रशासन कार्यालयका प्रमुखहरुलाई निर्देशन दिइराखेका थिए ।

प्रशासनको कायौलयको सभाकक्षभित्र कार्यालय प्रमुखहरु टन्नै थिए । सभाहलका उत्तरतर्फको झ्यालमा गएर केही बेर मैले बादललको कुरा सुने । त्यत्ति बेला उनले जेल सुधारको कुरा गर्दै थिए । उनले भने- जेलमा अब धेरै कैदी राखिराख्न आवश्यक छैन । केही सर्तहरु सहित उनीहरुलाइ आम माफि दिएर छाडिदिए हुन्छ । फेरी सबैलाई छाड्नुपर्छ भनेको पनि हैन । शोभराज जस्तालाइ छाड्न पनि भएन ।

पत्रकार भेटघाट अलि अबेला हुने छांट देंखेपछि म झ्याल छाडेर प्रशासनको भवन बाहिर निस्किए । चौरमा नेपाल पत्रकार महासंघ चितवनका अध्यष्क्ष कृष्ण गिरी लगायत अरु दुई जना साथिहरु हुनुहुन्थ्यो । पत्रकार सम्मेलन शुरु नहुंदासम्म चौरमै गफगर्ने योजना बन्यो । यो सल्लाह गरेर हामी बस्न पनि भ्याएका थिएनौं बाहिर सडकमा एउटा सेतो जिप देखियो । गाडि अनमिनको हो कि भन्यौं तर गेटतर्फ सोझिएपछि माओवादीले प्रयोग गर्ने नम्बर प्लेट देखियो ।

पहेलो सेतो हरियो गरेर तीन रगंको समिश्रण भएको सो नम्बर प्लेटमा बा ००१ अ सम्मको अक्षर मैले अझै झुलेको छैन । अ पछाडिको ४० देखी ५० सम्मको विचको हुनुपर्छ । अनि गेटवाट छिरेको सो सेतो जीपमा एउटा अनुहार देखापर् यो जो विविध थिए । हामी उभिएकैतर्फ जीप आयो । बाटो टोडिदियौं । त्यसपछि विविध झरे । अभि भत्र देखेको मान्छे विविध हुन भन्ने उनी झरेपछि थप पक्का भयो ।

विविधसंग एक दुई पटक मात्र हैन पटक पटक भेट भएको छ । कुराकानी भएको छ । फोटोमा मात्र देखेको भएपनि झुक्किएको पो हो कि भन्नु । टाढावाट देखेको भएपनि के हो के हो भन्ने हुन्थ्यो । राम्रैसंग परिचित मान्छे माओवादीकै नम्बर प्लेट भएको जीपमा आएको छ । पोशाक सादा भएपनि उनी यति नजिकवाट गए कि अनुहार देखिने अलिकति पातोसम्मको हाम्रो दृष्टी पुगेको थियो । त्यसैले यो भ्रम हो भन्ने लागेन ।

त्यत्तिबेला साथमा क्यामरा थिएन । अरु कसैको म्यामरा ल्याएको छ कि भनेर खोज्न लागे । त्यत्ति बेलासम्ममा विविध कार्यालयभित्र छिरिसकेका थिए । साथिहरुको माझमा पुगेर म फेरी बाहिर निस्किए । त्यति बेला प्रशासन भवनको च्यानल गेट नजिकै सर्ट पाइन्ट लगाएकी एक जना युवति मोवाइलमा भन्दै थिइन- म यहां विविध सरसंग जिल्ला प्रशासनमा छु । जीवत दाइको बारेका कुरा गर्नुपर्ने । कारागार जान भ्याइएन त्यसैले यतै छौं । उनले नाम लिएको जीवीत रामहरी हत्याप्रकरणमा अदालतले र्पुपक्षका लागि भरतिुर कारागार पठाएका तेस्रो डिभिजन वि्रगेड कमाण्डर हुन ।
त्यसपछि म पुन भवन भित्र छिरे । एकजना पत्रकारले भने-विविध र बादल कानेखुसी गरेर उता कोठातिर लागे । म क्यामेरा खोज्ने चक्करमा थिए । फेरी बाहिर निस्किए । कान्तिपुर दैनिकका विनोद त्रिपाठी आउंदै हुनुहुन्थ्यो । र्दुभाग्य उहांसंग पनि क्यामरा रहेनछ । उहासंग विविधले बादल भेटेको कुरा भयो ।
चितवन पोष्टको अफिसमा पुगेर यो विषयमा चर्चा भयो । हतार गरेर समाचार नलेख्ने सल्लाह भयो । अनी त्यही सल्लाह अनुसार तेस्रो डिभिजनमा पुन फोन सम्पर्क गरे । त्यहांको एकजना आधिकारीक ब्यक्तिसंग मोवाइलमा सम्पर्क भयो । उनले भने-हो विविध सर हिजोदेखी यतै हुनुहुन्छ सायद आज भरतपुर पनि पुग्नुहोला ।
यत्ति भएपछि जिल्ला प्रशासनमा देखेको ब्यक्ति विविध हैनन भन्ने शंक गर्ने ठाउं रहेन । अब उनी त्यसरी हिड्न पाउंछन या पाउदैनन भन्ने बुभुनु थियो । अदालतले उनलाई फरार अभियुक्त भनेको थियो । फरार अभियुक्त देखेका प्रहरीले पक्राउ गरी अदालतमा बुझाउनुपर्छ । चितवन पोष्टमा सात गते समाचार आयो । कान्तिपुरमा नौ गते । कतैवटा खण्डन आएन समाचारको । तर संविधान सभाको बैठकमा कुरा उठेपटि जवाफ दिन बनाध्य भएका बादलले भेटेको हैन भनेर ढांटे । कस्तो विडम्बना ।


 
Posted on 11-10-08 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चितवन पोष्टमा सात गते समाचार आयो । कान्तिपुरमा नौ गते । कतैवटा खण्डन आएन समाचारको । तर संविधान सभाको बैठकमा कुरा उठेपटि जवाफ दिन बनाध्य भएका बादलले भेटेको हैन भनेर ढांटे । कस्तो विडम्बना ।

एदी गलत भये त तेती बेलाई खन्डन गर्थे नि। अहिले काङ्रेस ले एही कुरालाई समातेर गार्हो पारेपछी हैन भनेर पाईन्छ। कि पहिल पत्रकार लाई नटेरेको। जब सम्मा माओवादी पूर्ण रुपले सुध्रिदैन तब सम्म केही पनि गर्न दीनु हुन्न। हतार गरेर सम्बिधन लेख्नु जरुरी छैन। माओवादी को रणनिती नै तेही छ। समभिधान सम्भीधन भनेर घुर्की लगाउने। अब घुर्की लगाउने दीन गये राडीका छोरा हो। चेतना भय। मेर गोरुकै बारै टक्का गर्ने हैन। नत्र गाड छम्दै रुनु पर्ल।

 
Posted on 11-10-08 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It seems that Badal met Bibidh, and Badhal later lied to the constituent assembly member. But there is no point of asking why Badal met Bibidh or Bibidh met Badhal and why Badal lied. They are in the same political group with same ideology who need each other's help and protection, so did they. And there is no point of expecting these Moist coming out of their partywise politics and treating all equally; all politicians from all political parties used to protect thier cadres in the past and they will continue whether they are maoist or NC or UML or whoever. No change at all.
 
Posted on 11-10-08 4:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

माओवादीका सबै भन्दा ठुला नेता र हाल नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल, अनी अर्का बरिष्ट नेता बाबुराम भट्टराई लगायतका सबै माओवादी नेताहरु सुरु देखिनै झुटको खेती गर्दै आएका हुन। गणतन्त्रको चर्को नारा दिएर दुनियाँ नेपालीको दिमाग भुटेर, मौका पाउनासाथ छेपारोले रङ फेरेझै सत्ताको खेलमा लागेका यिनिहरुबाट अब के नै साँचो कुराको आशा गर्न सकिन्छ र? 

 


 
Posted on 11-10-08 4:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Badal le sacho bole po achhamma maanu parcha. Maobadi le Shanti prakriya ma aaye dekhi jhuto bahek k nai bolya cha.

 
Posted on 11-11-08 6:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Now Lets wait and see what he has to say on this one

 

तमलोपाका हृदयेश त्रिपाठी र राजपा नेता प्रकाशचन्द्र लोहनीले रक्षामन्त्री थापा र सञ्चारमन्त्री कृष्णबहादुर महरा चीनको खासा भ्रमणमा गएको विषयमा सदनलाई जानकारी गराउन माग गरे । मन्त्रीले राजदूतस“ग भेट्न पनि परराष्ट्र मन्त्रालयको स्वीकृति लिनुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै त्रिपाठीले मन्त्रीद्वयको भ्रमणबारे सदनमा जवाफ दिनुपर्ने बताए । 'सदनमा शालिनताका साथ बोल्ने मन्त्रीहरूको व्यवहार ठीकविपरीत छ,' लोहनी भने


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters