[Show all top banners]

elusivecat
Replies to this thread:

More by elusivecat
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Baburam Bhattarai writes an “Exclusive letter to facebook friends”
[VIEWED 8411 TIMES]
SAVE! for ease of future access.
Posted on 11-10-08 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

Baburam Bhattarai writes to his facebook friends

Dr. Baburam Bhattarai writes to his facebook friends

 


 
Posted on 11-10-08 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

i doubt that's him

 
Posted on 11-10-08 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 
 
Posted on 11-10-08 3:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

this is 100% fake .. i am one of his friends in facebook .. i have not got this yet !!


 
Posted on 11-10-08 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

babu bhai ko facebook pani cha.. ani how come facebook uses the nepali handwriting instead of the typing
 
Posted on 11-10-08 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

nowadays many of nationally recognised people have got their facebook account .. gagan thapa .. gunaraj luitel .. baburam bhattarai .. manoj gahurel ... but the above posted letter is 100% fake !!
 
Posted on 11-10-08 4:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

elusive cat thinks that all the users who use sajha is as fool like him..well done elusive cat dud nobody here at sajhs is as fool like u... so get out from sajha and better find some other place where u can make somebody a puppet...
 
Posted on 11-10-08 5:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

This might be true.
Read the article in the Nayapatrika dainik
...................................................................

केही दिनअघि मात्र लन्डनबाट प्रकाशित हुने एक म्यागेजिनले सोसल नेटवर्किङ साइट 'फेसबुक' कुलत भएको सर्वेक्षण प्रतिवेदन प्रकाशित गर्‍यो । मानिसलाई साथी बनाउने कुलत बस्ने बताएको थियो त्यस प्रतिवेदनले । विश्वमा उक्त प्रतिवेदनको चर्चा भइरहेकै समयमा नेपालका एक वरिष्ठ मन्त्री 'फेसबुक' अपडेट गर्न आफ्ना सहयोगीलाई अह्राउँदै थिए ।

पत्रकारितामा प्रवेश गर्न लागेका र यसप्रति चासो राख्ने युवा-युवती फेसबुकका 'साथी' हुन् ।, पत्रकारिता जगत्का डनहरूको दैनिकीमाथि चासो राख्ने जो-कोही इन्टरनेट प्रयोगकर्ता फेसबुकको वालमा वार्ता गर्छन् । वाग्लेले आफ्नो आउँदै गरेको पत्रिकाको 'चाहियो' समेत फेसबुकमा छापे निवेदन दिन अनुरोध गरेर । कुन पत्रकारले कहाँ जागिर छोडे र सुरु गरेदेखि कहाँ जाँदै छन् सम्मका जानकारी पाइन्छ यहाँ । यतिसम्म कि कुनै पत्रकारलाई रुघा लाग्यो भने फेसबुकमा सहानुभूति खोज्छन् ।

पत्रकारका बीचमा लोकप्रिय बनेको छ फेसबुक । कसैलाई रुघा लाग्यो भने फेसबुकबाट सहानुभूति खोज्नसमेत पछि पर्दैनन् ।
नेपाली पत्रकार विशेष गरी केन्द्रका पत्रकारका लागि त फेसबुकले दैनिक चिया पसलको काम गरेको छ । दिनको सुरुवातदेखि रातको अन्त्य कसरी भयो अपडेट गर्न भ्याउने गरेका छन् । आउँदै गरेको पत्रिका दैनिकीका सम्पादक नारायण वाग्लले छोरी पाए । त्यो धेरैलाई थाहा नहुन सक्थ्यो तर उनले छोरी र श्रीमतीसहितको फोटो फेसबुकमा पोस्ट गरेपछि उनको घरमा नपुगी बधाई दिन भ्याए उनका शुभचिन्तक पत्रकारहरूले । स्वतन्त्र फोटोग्राफर उषा तितिक्षुले आफूले बिहे गर्ने सोच बनाएको 'राज' पनि फेसबुकमा खोलिन् ।

'फेसबुक कुलत' समाचारलाई नेपालीकरण गरी छाप्ने पत्रकासमेत त्यसपछि 'फेसबुक' सञ्जालमा प्रवेश गरे । एक महिनायता फेसबुकको 'क्रेज' विशेषतः नेपाली पत्रकारमाझ निकै बढेको छ । उनीहरूबीच चर्चा चल्छ- 'जो फेसबुकमा छैन त्यो न्युज रुममा छैन ।' पत्रकारितामा 'डन' मानिने पत्रकारहरूबीच फेसबुकको 'वाल'मा चल्ने दोहोरीको रमाइलो एकातर्फ छँदै छ । नेपाली बजारमा आउन लागेका केही राष्ट्रिय दैनिकका तयारी थाहा पाउनसमेत धेरै यस सञ्जालमा छिरेका छन् । फेसबुकका अर्का आकर्षण हुन् अर्थमन्त्री डा. बाबुराम भट्टराई । हालै मात्र उनले आफ्ना फेसबुक मित्रहरूलाई सम्बोधन गर्दै पत्रसमेत लेखे । 'तपाईंका हरेक धारणाको जवाफ दिन नसकेकामा क्षमाप्रार्थी छु ।'

एक टेलिभिजनले त बाबुरामको फेसबुक सञ्जालका विषयमा रिपोर्ट नै प्रस्तुत गर्‍यो ।
करिब तीन महिनाअगाडि अमेरिकामा अध्ययन गरिरहेका केही र नेपालमै रहेका एक 'जबर्जस्त फ्यान' ले प्रवेश गराएका थिए भट्टराईलाई फेसबुक सञ्जालमा । भट्टराईबाटै सञ्चालन भइरहेको सम्झी धेरै शुभचिन्तकले त्यसमा आफ्नो धारणा राख्दै आएका थिए । तर, स्वयम् भट्टराई भने त्यसबारेमा अनभिज्ञ थिए । कतिपयले त भट्टराई पनि फेसबुक सञ्जालमा देखेर आफूलाई त्यसमा प्रवेश गराए । एक दैनिक पत्रिकाका संवाददाता भन्छन्- 'मलाई फेसबुकको विषयमा त्यति ज्ञान थिएन । मेरो सहकर्मीले बाबुरामको 'प्रोफाइल' देखाए अनि म पनि यसमा छिरेँ ।'


भट्टराईलाई बृहत् सामाजिक सञ्जालमा प्रवेश गराउने ती फ्यानले भने- 'उहाँको फेसबुक खोल्दा हामीले एसोसियट प्रेस (एपी) बाट फोटो 'डाउनलोड' गरी 'अपलोड' गरेका थियौँ ।' ती शुभचिन्तकले बाबुरामको प्रोफाइल बनाउन एक रात लगाएको बताए । बाबुरामकै फेसबुक सोचेर 'हाई प्रोफाइल' मानिसले धेरै सुझावयुक्त कमेन्ट गर्न थालेपछि बाबुरामका निजी सचिव विश्ववदीप पाण्डेलाई जानकारी गराएका थिए । 'हामीले भट्टराई सरको फेसबुक सुरु गरेपछि वासिङ्टन पोस्टका डा. चित्र तिवारीले, बिबिसी नेपाली सेवाका भगीरथ योगीलगायतले निकै सुझावयुक्त कमेन्ट पठाउनुभयो । त्यसपछि भट्टराई सरका शुभचिन्तकलाई भ्रममा राख्न मन लागेन र विश्वदीप सरलाई जानकारी गरायौँ,' उनले भने ।

ती शुभचिन्तक फेसबुकको विशेषता सुनाउन केही दिनअघि मन्त्रीनिवास नै पुगे । भेटपछि बाबुराम निकै सकारात्मक भए र आफ्ना निजी सचिव विश्वदीपलाई नियमित 'अपडेट' गर्न निर्देशन दिए । विश्वदीपले ती शुभचिन्तकबाट फेसबुकको इमेल ठेगाना र पासवर्ड लिए । 'मैले पहिलो दिन सबै कमेन्ट बटुलेर पि्रन्ट गर्दा २७ पेज पुग्यो । त्यो रातभर लगाएर सरले पढ्नु'भो,' उनले सुनाए । सोही दिन बाबुरामले सम्बोधन लेखे । भोलिपल्ट फेसबुकमा उनको हस्तलिखित सम्बोधन प्रकाशित भयो ।
उनको सम्बोधन फेसबुकमा 'पोस्ट' भएपछि बाबुरामको सञ्चालका विषयमा अन्योलमा परेका धेरै फेसबुक प्रयोगकर्ता बाबुरामकै प्रोफाइल भएकामा ढुक्क भए । त्यही दिन तीन सयजनाको 'फ्रेन्ड्स रिक्वेस्ट' आयो । शुक्रबार रातिसम्म बाबुरामको सञ्जालमा दुई हजार तीन सय २७ साथी छन् ।

पत्रकार नारायण वाग्लेलाई भट्टराईको सञ्जालप्रवेश राम्रो लागेको छ । 'एउटा नेताले सूचना-प्रविधिको सदुपयोग गर्नुलाई सकारात्मक मान्नुपर्छ । यसले प्रविधि प्रयोगकर्तालाई नेतासम्मको पहुँचलाई सहज बनाएको छ,' उनले भने ।
सञ्जालका सुनील रेग्मी भट्टराईको 'वाल' मा नियमित कमेन्ट गर्छन् । नेटवर्किङको काम गर्ने र राजनीतिमा निकै चासो राख्ने सुनील भट्टराई सञ्जालमा आएकामा निकै खुसी छन् ।
'यसले इन्टरनेट प्रयोग गर्ने हजारौँ नेपालीको सम्मान त भएको छ नै भट्टराईसम्म पहुँच नभएकाले उनलाई जिज्ञासा र सुझाव राख्न पाउने ठाउँ पनि भएको छ,' उनलाई लाग्छ । भट्टराईका अर्का फेसबुक फ्रेन्ड् विवेक पौडेल पनि सञ्जालमा आएर उनले राम्रो गरेको बताउँछन् । 'उहाँ यो सञ्जालमार्फत नेपाली र विदेशीको मासमा पुग्नुभएको छ । यसले विशेष गरी २० देखि ३० वर्ष उमेर समूहका मान्छेलाई बुझेको देखाउँछ,' उनले ठानेका छन् ।

बाबुरामको फेसबुकमा 'कमेन्ट' गर्ने नेपाली मात्र होइन विदेश पनि धेरै छन् । स्विट्जल्र्यान्डकी नागरिक अस्टि्रड राना (जो बाबुराम भट्टराईकी फ्यान पनि हुन्) भन्छिन्- 'बाबुराम फेसबुकमा आएर युवा र प्रौढ दुवैप्रतिको दायित्वलाई राम्रोसँग दर्साएका छन् । तर, नेपालीमा इन्टरनेटको पहँुच निकै कम भएकाले उनी त्यहाँसम्म पुग्न र तिनका कुरा सुन्न आफैं पुग्न सक्नुपर्छ ।' फेसबुकमै भए पनि नेपालीका पीडा र खुसी बाँड्न पाउँदा उनी खुसी छन् ।
त्यसो त अर्थमन्त्री बाबुराम पनि दैनिक कमेन्ट हेर्न पाउँदा खुसी छन् उनले फेसबुकमा आएको कमेन्ट पढ्न मात्रै दैनिक आधा घन्टाभन्दा बढी समय दिने गरेका छन् । 'मैले फेसबुकमा आएका कमेन्टलाई निकै गम्भीरताका साथ पढ्ने गरेको छु । त्यसमा मेरो आधा घन्टा समय खर्च हुने गरेको छ,' उनले सुनाए । समयभावका कारण सबै शुभचिन्तकका जिज्ञासाको जवाफ दिन नपाएकामा उनलाई दुःख लागेको छ ।

बजारमा आउन लागेको नयाँ पत्रिका दैनिकीका गुणराज लुइँटेलले फेसबुकमार्फत दैनिकीको भवन पहिलोपटक पोस्ट गरे । त्यसयता दैनिकीसँग जोडिएका हरेक नयाँ कुरा फेसबुकमा अपडेट हुन थाले । यतिसम्म कि नारायण वाग्लेले आफ्नो पहिलो सन्तानको तस्बिर फेसबुकमार्फत सार्वजनिक गरे । उनीसँग व्यक्तिगत चिनजान भएका/नभएका सबैले बधाई दिए । वरिष्ठ पत्रकार किशोर नेपाल, दैनिकीका सम्पादक नारायाण वाग्ले, झलक सुवेदी, पाक्षिक पत्रिका हिमालका कार्यकारी सम्पादक किरण नेपाल, जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठका दैनिकी बुझ्न फोन गरिहरनु आवश्यक छैन । अहिले पत्रकार श्रेष्ठ चीनको सियानमा सहरमा छन् । उनको फेसबुक सञ्जालमा भएको जोँकोहीलाई थाहा हुन्छ ।

हास्य कलाकार मनोज गजुरेल पनि फेसबुकका आकर्षण हुन् । उनको देउसी गीत तिहार नआउँदै फेसबुकसाथीले हेर्न पाइसकेका थिए । उनले आफ्नो भिडियो एल्बम 'फोटोकपी' लाई प्रोफाइल फोटोमा राखेका छन् । फेसबुकमा प्रकाशित सबै सार्वजनिक हुने भएकाले त्यसको दुरुपयोग हुनसक्ने सम्भावना पनि त्यत्तिकै छ । तर, दैनिकीका नारायाण वाग्लेलाई त्यस्तो लाग्दैन । उनले आफ्नो पहिलो सन्तानको तस्बिर श्रीमतीसहित सञ्जालमा राखे । त्यसको सयको हाराहारीमा कमेन्ट आयो । 'मेरो एकाउन्टमा सब मेरा चिनजानका साथीहरू छन् । त्यसैले दुरुपयोग नै होला भन्ने लाग्दैन मलाई,' उनले भने ।


प्रमिला देवकोटा
shovabi@gmail.com


 
Posted on 11-10-08 9:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

facebook la ta sabi ka shreetmai lai nai behal banayoo texas ma ta.lala aau maro budha ta kam gayoo?maro budha nepal gayoo?aaja aaudina?

yoo face book banda garnee kehi upaya chaina sathi hoo.time dincha?


la bichar gara hai timiharu aafo shrimati lai  samala hai

warning ........................




 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Travelling to Nepal - TPS AP- PASSPORT
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters