नोवेम्वेर १४ २००८:
नासा (नेसनल एरोनोटिक्स एण्ड स्पेस एडमिन्स्ट्रेसन) ले दसकौ लगाएर मानिस कै पिसाब लाई अब देखी पिउने पानी को रुपमा परिणत गर्न सक्ने संयन्त्र को बिकास गरेको छ । यो यन्त्रले, अन्तरिक्क्षमा रहदा अन्तरिक्क्ष यात्री बाटै निस्केको पसिना तथा मुत्रलाई प्रसोधन गरेर पिउने तथा खाना पकाउन योग्य पानी बनाउनेछ ।अधिकारी हरुका अनुसार उक्त प्रसोधित पानी, हाल अमेरिकामा भयका खाने पानी को धारा बाट आउने पानी भन्दा सुद्द हुनेछ । २५० मिलिएन डलर ( नेरु २ खर्ब ) को लागत मा निर्माण गरिएको उक्त प्रसोधन यन्त्र पहिलो पटक यहि बुधबार , फ्लोरीडा मा सार्बजनिक गरियको थियो । यस्तो खालको यन्त्र पहिले रसिया ले बनाउन प्रयास नगरेको भने होईन । पहिलो पटक १९८० मा रसियाले यस्तै यन्त्र बनायको दाबि गरेको थियो तर त्यो यन्त्र कहिल्यै पनि प्रयोग भने भएन ।

नासा अनुसार, अव देखी अन्तरिक्क्ष यात्रीहरुलाई चाहिने पानी लान लाग्ने समस्यालाई, यस संयन्त्र ले गर्दा धेरैनै राहत दिनेछ । आज बेलुकी ७:३० बजे केनडि स्पेस सेन्टर ,फ्लोरिडा बाट उड्न लागेको, नासाको १२४ औ अन्तरिक्क्ष यानले यो संयन्त्र स्थापित गर्ने एउटा अर्को प्रमुख लक्ष बोकेको छ । यस यान मा ६ जना यात्री हरु सम्मेलित छन । यो संयन्त्र लाई अन्तरिक्क्ष मा रहेको स्पेस स्टेसन मा लगेर जडान गरिने छ । नासाले दिएको जानकारी अनुसार यदि यसको जडान सफल भएमा अब देखी अन्तरिक्ष यानले २ गुना यात्री बोक्न सक्ने छ ।

हालचालै बिकसित मुलुकहरुमा फोहर पानी प्रसोधन गरेर पिउने पानी बनाउने प्रसोदन केन्द्र हरु धेरै नै खुलिसकेका छन ।यसै बिच यहि साल मात्र क्यालिफोर्निया को ओरेन्ज कन्ट्रिमा ५ लाख मानिस हरुलाई पिउन पुग्ने पानि को प्रसोधन केन्द्र सुचारु भएको छ । यो अमेरिकाको सबै भन्दा ठुलो प्रसोधन केन्द्र हो । फोहर पानि को श्रोत भनेको सौचालय बाट निस्केको तरल(मुत्र) पदार्थ तथा ढलबाट बगेको फोहर पानि हो । एडिन ले यु एस ए टुडेमा दिएको अन्तर्वाता मा प्रसोदित पानि खादै भन्छन, “ अब यो कुनै पिसाब होईन , यो त सुद्द पिउने पानी हो “ । तर पनि उनले मानिसलाई केहि मनोवैज्ञानिक असर पर्ने सक्ने बताए ।

श्रोत: बिभिन्न रेडियो, टेलिभिजन तथा ईन्टर्नेट पत्रपत्रीका हरु