[Show all top banners]

nepalibabu101
Replies to this thread:

More by nepalibabu101
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 प्रचण्डद्वारा भण्डाफोर
[VIEWED 5981 TIMES]
SAVE! for ease of future access.
Posted on 11-23-08 11:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रचण्डद्वारा भण्डाफोर

पर्शुराम काफ्ले/नयाँ पत्रिका
काठमाडौं, ८ मंसिर

2008-11-24,Monday


प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसलाई क्रान्तिको दुश्मन, एमालेलाई अत्यन्तै अवसरवादी तथा मधेसवादी दलहरूलाई प्रतिक्रियावादी दलालका रूपमा चित्रण गरेका छन् ।

कार्यकर्ता दुई कित्तामा
माओवादी केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेको ११ पेज लामो प्रतिवेदनमा प्रचण्डले अन्य पार्टीहरूप्रति 'खरो' टिप्पणी गरेका मात्र छैनन् पार्टीको कार्यदिशाका विषयमा समानान्तर रूपमा उभिएका वरिष्ठ नेता मोहन वैद्य किरणको विचारले समेत 'वास्तविक क्रान्तिलाई बर्बाद गर्न लागेको' आरोप लगाएका छन् ।

'कांग्रेस क्रान्तिको दुश्मन'
'एमाले अवसरवादी'
'मधेसवादी दलहरू विदेशी दलाल'
नयाँ पत्रिकालाई प्राप्त भएको प्रचण्डद्वारा लिखित 'गोप्य दस्तावेज'मा उनले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा आफ्नो पराजयका कारणहरू केलाएका छन् । त्यसैगरी उनले व्यापारी रामहरि श्रेष्ठको हत्याले पार्टीलाई गम्भीर धक्का दिएको उल्लेख गरेका छन् ।

'परिवर्तित परिस्थितिमा संसदीय यथास्थितिवादको प्रमुख पक्षपोषक, दलाल, नोकरशाह र सामन्त वर्गको मूल प्रतिनिधि र साम्राज्यवाद-विस्तारवादको आशीर्वाद प्राप्त मूल शक्तिका रूपमा नेपाली कांग्रेस रहेको छ' प्रचण्डले प्रतिवेदनमा लेखेका छन्, 'कम्युनिस्ट आन्दोलन र जनवादी क्रान्तिको कट्टर दुश्मनका रूपमा आफूलाई प्रस्तुत गर्ने नेपाली कांग्रेससँग जनपक्षीय अग्रगामी शक्तिहरूको अन्तरविरोध नै यतिबेला देशको प्रमुख राजनीतिक अन्तरविरोध बन्न गएको छ ।' उनले वैचारिक, राजनीतिक र व्यावहारिक संघर्षका सबै मोर्चामा कांग्रेसलाई पराजित नगरी जनवादी क्रान्ति पूरा हुन नसक्नेसमेत दाबी गरेका छन् ।

सत्ता साझेदार एमालेका विषयमा पनि प्रचण्डको दस्तावेज त्यत्तिकै 'कडा' छ । 'वामपन्थी जनमत र निम्नपुँजीवादी तप्काको एक उल्लेख्य हिस्सालाई प्रभावमा लिएको नेकपा एमाले अत्यन्तै अवसरवादी दक्षिणपन्थी समूह हो' प्रचण्डले आफ्नो प्रतिवेदनमा भनेका छन्, 'क्रान्तिकारी माक्र्सवाद र क्रान्तिकारी आन्दोलनविरुद्ध आफैंलाई संसदीय यथास्थितिवादका पक्षमा उभ्याउँदै आएकाले विगतमा यसको भ्रममा रहेका हजारौँ क्रान्तिकारी नयाँ ढंगले धु्रवीकृत हुँदै आएका छन् । वैचारिक विचलनसँगै विगतमा अनेक राष्ट्रघाती र जनघाती क्रियाकलापमा समेत संलग्न हुँदै आएका कारण केही वर्षयता यो समूह निकै अलोकपि्रय बनेको तथ्य संविधानसभाको ऐतिहासिक निर्वाचनमा स्पष्ट देखापर्‍यो ।' प्रचण्डले यसका बाबजुद पनि परिवर्तित राजनीतिक परिस्थितिमा राष्ट्रियता र आर्थिक-सामाजिक रूपान्तरणका पक्षमा एमाले केही अगाडि बढ्न सक्ने सम्भावना भएकाले ऊसँग सहकार्य, कार्यगत एकता र संयुक्त मोर्चा कायम गरेर अगाडि बढ्ने नीति लिइनुपर्नेमा जोड दिएका छन् ।

उनले फोरम, तमलोपा, सद्भावना सामन्त, दलाल पुँजीपति वर्गका प्रतिनिधि रहेको उल्लेख गरेका छन् । उनको प्रतिवेदनमा उल्लेख छ, 'संविधानसभाको निर्वाचनमार्फत मधेसमा कैयौँ मधेसवादी समूह देखापरेका छन् । यसबीचमा सिधै विखण्डनको नारा लिएर हिँड्ने सशस्त्र गुटहरू पनि देखापर्ने गरेका छन् । मधेस आज संवेदनशील स्थितिमा छ । संविधानसभामा निश्चित हैसियत बनाएर आएका मधेसवादी समूहहरूमा मधेसी जनअधिकार फोरम, तमलोपा र सद्भावना मुख्य रहेका छन् । वर्गीय र विचारधाराका आधारमा नभएर जातीय र भावनात्मक आधारमा खडा भएका यी समूहहरूले अन्ततः मधेसका प्रतिक्रियावादी सामन्त, दलाल पुँजीपति वर्गकै प्रतिनिधित्व गर्नुका साथै यो वा त्यो विदेशी प्रतिक्रियावादी राजनीतिक गुटसँग निकटता राख्दछन् ।' प्रचण्डले यस्ता बहसलाई अगाडि बढाएर साम्प्रदायिक, विखण्डनकारी एवं विदेशी दलालहरूलाई नंग्याउनुपर्ने बताएका छन् ।

उनले एकताकेन्द्र-मसाल, एकीकृत, संयुक्त, मालेलगायतलाई 'सच्चा देशभक्त गणतान्त्रिक वामपन्थी र मूलतः क्रान्तिकारी समूह' भन्दै सम्भव भए एकता, नभए रणनीतिक संयुक्त मोर्चा बनाउनुपर्ने प्रस्ताव गरेका छन् । 'तीमध्ये नेकपा एकताकेन्द्र मसाल संख्यामा अरूभन्दा ठूलो मात्र होइन, वैचारिक र राजनीतिक रूपमा अरूभन्दा स्पष्ट र हाम्रो निकट रहेको छ । जससँग हाम्रो पार्टी एकता-वार्ता पनि अन्तिम चरणमा पुगेको छ,' प्रचण्डले एकताकेन्द्र मसालसँगको सम्बन्धका बारेमा उल्लेख गरेका छन् ।

शान्ति प्रक्रिया, संविधानसभा, संघीय लोकतन्त्र र माओवादी नेतृत्वको सरकार जनता, जनयुद्ध र पार्टीको राजनीतिक कार्यनीतिको विजय र उपलब्धि भएको उल्लेख गर्दै प्रचण्डले यसलाई उपलब्धिका रूपमा अस्वीकार गर्ने नेता मोहन वैद्य किरण पक्षको मतलाई अवमूल्यनवादी भनेका छन् । 'अवमूल्यनवादी विश्लेषणले अलगाववादी दिशातिर लैजाने खतरा रहन्छ,’ प्रचण्डले भनेका छन् ।
पार्टीलाइ दुई धक्का
प्रचण्डले केटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्यामा जनमुक्ति सेनाको कमजोरी भएका कारण एक महिनासम्म पार्टी रक्षात्मक बन्नुपरेको स्थिति दर्शाएका छन् । प्रतिवेदनमा राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा एमालेसँग सहकार्य टुट्नुमा आफ्नै अस्पष्टता र अधैर्यता मुख्य कारण रहेको उल्लेख गरिएको छ ।
पार्टीपंक्तिका लागि संविधानसभाको चुनाव तथा सरकार गठनपछि योजना र कार्यक्रमविहीनताको लामो अवधि रहेको स्वीकार गर्दै प्रचण्डले यसमा आफ्नै कमजोरीलाई घुमाउरो रूपमा स्वीकार गरेका छन् । 'यसमा मुख्यतः पार्टी केन्द्रीय कार्यालयको दैनिक काममा अति व्यस्त रहने कमजोरीले पनि काम गरेको छ' प्रचण्डले सरकारका दैनिक काममा व्यस्त रहनुपरेको बाध्यतालाई उल्लेख गरेका छन् ।

यस्तो भण्डाफोर !

शान्ति प्रक्रिया, संविधानसभा, संघीय लोकतन्त्र र माओवादी नेतृत्वको सरकार जनता, जनयुद्ध र पार्टीको राजनीतिक कार्यनीतिको विजय र उपलब्धि भएको उल्लेख गर्दै प्रचण्डले यसलाई उपलब्धिका रूपमा अस्वीकार गर्ने नेता मोहन वैद्य किरण पक्षको मतलाई अवमूल्यनवादी भनेका छन् । 'अवमूल्यनवादी विश्लेषणले अलगाववादी दिशातिर लैजाने खतरा रहन्छ,' प्रचण्डले भनेका छन् ।

संविधानसभामा व्यवस्थित बहस र संघर्षविना अर्को कार्यनीतिक नारा र शृंखलाको खोजी गर्न थालिएमा जनादेशप्रतिको अपमान हुने उनको निष्कर्ष छ । त्यस्तो कार्यनीतिले वास्तविक क्रान्ति नै बर्बाद हुने खतरासमेत उनले औंल्याएका छन् । 'शान्ति प्रक्रियालाई देश र जनताका हितअनुसारको निष्कर्षमा पुर्‍याउने प्रयत्न, बहस र संघर्षलाई नै उत्कर्षमा नपुर्‍याई देश र जनताको आधारभूत हितअनुसारको संविधान लेख्ने प्रयत्न, बहस र संघर्षलाई अन्तसम्म नचलाई तथा सरकारको नेतृत्वका हैसियतले जनतालाई राहत दिनेलगायत प्रशासनिक सुधारको निमित्तको प्रयत्न र संघर्षलाई स्पष्ट नगरी तुरुन्तै विद्रोह वा अर्को कुनै चर्को नारा दिइयो भने क्रान्तिकारिताको आत्मरति त लिन सकिएला तर वास्तविक क्रान्ति भने बर्बाद हुने खतरा उत्पन्न हुन सक्छ ।'

प्रचण्डले प्रतिवेदनमा आफ्नै पार्टीभित्र बढ्दै गएको असमानताको भण्डाफोरसमेत गरेका छन् । पार्टीका विभिन्न निकायमा आर्थिक असमानता बढ्दै गएको उल्लेख गर्दै प्रचण्डले 'क्रान्तिकारी योद्धाहरूमा आयस्रोतको न्यायोचित वितरण सुनिश्चि्त' हुनुपर्ने तथा त्यसका लागि पार्टी केन्द्रबाट उच्चस्तरीय समिति बनाएर वैज्ञानिक प्रणालीको निर्धारण गरिनुपर्ने उल्लेख गरेका छन् ।

आफ्नै नेता र कार्यकर्ताहरूका बीचमा आवश्यक संवाद, छलफल, आलोचना-आत्मालोचनाको प्रक्रिया कम हँुदै गएको भन्दै प्रचण्डले भनेका छन्, 'त्यसको ठाउँमा प्रतिक्रियावादी गिरोह एवं हिजोका हत्याराहरूले यो वा त्यो नेता वा कार्यकर्तालाई घेरा हालेर एकलाई अर्काका विरुद्ध उक्साएर आपसी दूरी बढाएर लैजाने नियोजित षड्यन्त्रको समस्या यसबीचको समस्या हो ।' उनले उल्लेख गरेका छन्, 'यो स्थितिलाई ठम्याएर सिंगो पार्टीपंक्तिलाई सतर्क पार्न सकिएन भने साम्राज्यवादी, विस्तारवादी र प्रतिक्रियावादीहरूले सफलता प्राप्त गर्दै जानेछन् ।'
माओवादीमा अहिले सर्वहारा स्फूर्तिमा ह्रास आएको र दक्षिणपन्थी सुधारवादको खतरा बढेकोसमेत प्रचण्डको मूल्यांकन छ । 'यी सबैको परिणाम पार्टी आत्मगत रूपले अराजकता, अस्पष्टता, गुटबन्दी, दण्डहीनता र अपारदर्शिताको सिकार बन्न गएको छ' प्रचण्डको प्रतिवेदनमा उल्लेख छ ।

क्षेत्रीय संयोजन खारेजीको प्रस्ताव
प्रचण्डले वरिष्ठ नेताहरूको नेतृत्वमा रहेको तीनवटा क्षेत्रीय संयोजन समिति खारेज गर्न प्रस्ताव गरेका छन् ।
उनले प्रतिवेदनमा 'संगठनात्मक कामहरूको संयोजन र दैनिक कार्य-सञ्चालनका लागि' केन्द्रीय संगठन ब्युरोको गठन गर्ने प्रस्ताव गरेका छन् । हाल रामबहादुर थापा बादलको नेतृत्वमा पूर्वी, डा. बाबुराम भट्टराईको नेतृत्वमा मध्य तथा पोष्टबहादुर बोगटी दिवाकरको नेतृत्वमा पश्चिम क्षेत्रीय संयोजन समिति रहेका छन् । उनले सदन र सेनामा पार्टीकामलाई व्यवस्थित गर्न आवश्यक समितिहरूको गठन र पुनर्गठन गर्ने पनि प्रस्ताव गरेका छन् ।

प्रचण्डले असारको पहिलो साता महाधिवेशन गर्ने प्रस्ताव पनि प्रतिवेदनमा उल्लेख गरेका छन् । 'बहस हुँदै वैचारिक, राजनीतिक, संगठनात्मक र फौजी संश्लेषणका लागि' महाधिवेशनको आयोजना गर्ने प्रचण्डको प्रस्ताव छ । उनले महाधिवेशन आयोजक समितिको पुनर्गठन गर्ने र दस्तावेज लेखनबारे निर्णय गर्ने पनि प्रस्ताव गरेका छन् । आगामी माघदेखि जेठसम्म महाधिवेशन तयारी र दस्तावेजहरूमाथि छलफल गर्ने तथा १५ वैशाखसम्म सदस्यता नवीकरण र जिल्ला सम्मेलन एवं वैशाख १६ देखि जेठ १५ सम्म राज्य समितिहरूको सम्मेलन सम्पन्न गर्ने प्रचण्डको प्रतिवेदनमा उल्लेख छ ।

महाधिवेशन आयोजक समितिले पार्टी सदस्य संख्याका अनुपातमा निर्वाचित जिल्ला समिति र राज्य समितिहरूको गठन गर्ने पनि प्रचण्डले उल्लेख गरेका छन् । प्रचण्डको प्रस्ताव कार्यान्वयन हुने हो भने माओवादीभित्र पहिलोपटक निर्वाचनको विधिवत् थालनी हुनेछ ।
प्रचण्डले सेना समायोजनसम्बन्धी ठोस प्रस्ताव तयार गर्न केन्द्रीय स्तरमा सेना समायोजन परामर्श समिति गठन गर्ने प्रस्तावसमेत प्रतिवेदनमा गरेका छन् । उनले जनसेनाका प्रत्येक डिभिजनलाई 'एक निश्चित विकास आयोजना' सम्पन्न गर्न जिम्मेवारी दिने तथा 'प्रत्येक बि्रगेडलाई निश्चित फौजी प्रशिक्षणका साथै श्रम शिविरहरू सञ्चालन गर्न लगाउने' प्रस्ताव गरेका छन् । उनले वाइसिएलको संगठन सुदृढीकरण गर्दै जेठभित्र 'एक इकाइ एक उत्पादन, एक निर्माण एक जनसेवा' कार्यक्रमअनुसार वाइसिएललाई परिचालन गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरेका छन् ।

उनले पार्टीका विभिन्न निकायमा रहेको पुरानो ऋणको आधा रकम तत्काल तिर्ने व्यवस्था गर्नेसमेत प्रस्ताव गरेका छन् ।
प्रचण्डले आफू प्रधानमन्त्री भएपछि गरिएका भारत, अमेरिका र चीन भ्रमणलाई 'महत्त्वपूर्ण' भन्दै यसले अन्तर्राष्ट्रिय परिस्थिति र अन्तरविरोधको हालको प्रकृति बुझ्न सघाएको बताएका छन् ।

कार्यकर्ता दुई कित्तामा

तर, दुईवटा प्रतिवेदन आएपछि अधिकांश सहभागी प्रस्ट दुई धारमा उभिए

नयाँ पत्रिका
काठमाडौं, ८ मंसिर

माओवादीको राष्ट्रिय भेलामा दुई प्रतिवेदन प्रस्तुत भएपछि कार्यकर्ता पनि दुई कित्तामा छुट्टिएका छन् । आइतबार भएको समूहगत छलफलमा दुवै पक्षले एक-अर्काका दस्तावेजको खुलेर आलोचना गरे ।
छलफलका लागि कार्यकर्तालाई २१ समूहमा बाँडिएको थियो । सहभागीले आफ्नो समूहका नेतासमेत छानेका छन् । नेताले सोमबार आफ्नो समूहको प्रतिनिधित्व गर्दै विचार राख्ने छन् । हलमा टोलीनेताबाट रिपोर्टिङ सुनेपछि अध्यक्ष प्रचण्ड र नेता किरणले जवाफ दिने कार्यक्रम छ ।
नेता चुन्दा सन्तुलन मिलाउन धेरैजसो टोलीमा दुवै पक्षको प्रतिनिधित्व गराइएको छ । ९ नम्बर टोलीको प्रमुखमा अपार चुनिएका छन् । उनी कोचिला राज्य समितिका सचिव हुन् । यसैगरी, १ नम्बर टोलीको नेता जोगबहादुर महरा 'प्रताप' र झक्कुप्रसाद सुवेदी चुनिएका छन् । सुवेदी प्रचण्ड पक्षका हुन् भने महरा किरण पक्षका । महरा सभासद् चुनिनुभन्दा अघि अध्यक्ष प्रचण्डका स्वकीय सचिव थिए ।

यसैगरी, ४ नम्बर टोलीको प्रमुखमा किरण पक्षका अमृता थापामगर चुनिएकी छिन् भने किरण पक्षकै १७ नम्बर टोलीप्रमुख दीपक चुनिएका छन् । दीपक जनमुक्ति सेना छैटौं डिभिजन सहकमान्डर हुन् । यसैगरी, ७ नम्बर टोलीप्रमुखमा राजेश र उमा भुजेल शिलु चुनिएका छन् । जनमुक्ति सेना दोस्रो डिभिजन कमान्डर राजेश अध्यक्ष प्रचण्ड पक्षधर हुन् भने शिलु किरण पक्षकी ।
६ नम्बर टोलीप्रमुखमा जयपुरी घर्तीमगर 'नमुना' र परवाना चुनिएका छन् । जयपुरी किरण पक्षधर हुन् भने प्रथम डिभिजन कमान्डर परवाना अध्यक्ष प्रचण्ड पक्षधर ।

शनिबार र आइतबार गरी दुई दिनसम्म चलेको छलफलमा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता किरणको प्रतिवेदनका सकारात्मक कुरालाई समेटेर एउटै बनाउनुपर्ने धारणा पनि केही सहभागीले उठाएका थिए । तर, दुईवटा प्रतिवेदन आएपछि अधिकांश सहभागी प्रस्ट दुई धारमा उभिए । प्रचण्ड पक्षधर सहभागीले आफूहरू बहुमतमा रहेको बताए । किरण पक्षधरले भने टोली विभाजन गर्दाखेरि नै 'षड्यन्त्र' भएको आरोप लगाएका छन् । अध्यक्ष प्रचण्ड पक्षले आफूहरूलाई थाहै नदिई सयभन्दा बढी राज्य समिति सदस्य भित्रभित्रै बनाएर सहभागी गराएकोसमेत किरण पक्षको दाबी छ ।

'दुवैका दस्तावेजको सारमा कुनै फरक छैन । तर, बहुमत अध्यक्षकै पक्षमा छ', प्रचण्ड पक्षधर रेणु चन्दले नयाँ पत्रिकासित भनिन्, 'यहाँसम्म गाडी हाँकेर ल्याउने उहाँ नै हो, अब पनि गाडीको स्टेरिङ अध्यक्षकै हातमा हुन्छ ।'
किरण पक्षधर सहभागीहरूले नेतृत्वमा प्रचण्डको विकल्प नभए पनि उनको कार्यनीति 'यथास्थितिवादी' भएको जनाए ।

'हामी अर्को एमाले हुने कि क्रान्तिकारी स्पिरिटलाई बचाएर माओवादी नै हुने ? फरक यही हो,' किरण पक्षधर एक सहभागीले बताए, 'अबको कार्यनीति क्लियर हुनैपर्छ ।'
भेलामा माओवादीका १० राज्यसमिति, तीन उपराज्यसमिति र प्रवास र विभिन्न विभागका गरी एक हजार दुई सयभन्दा बढी सहभागी छन् । भेलामा माओवादी केन्द्रीय सल्लाहकारदेखि राज्यसमिति सदस्यहरूले भाग लिएका छन् ।


 
Posted on 11-24-08 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la aba timi haru ko pani jhagada suru vo, Khuv ramro vayi rakhya chha. Aba ta power pani chahiyo timi haru lie hoin? Desh lie Swiserland banaune vaneka thiyou aba somalia banau. Afai khau afnai ghar banau!! badhayi chha bajya ho
 
His_majasty_prchanda
Posted on 11-24-08 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

श्री ५ प्रचन्ड प्रतापी भुपती

 
Posted on 11-24-08 5:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 " जिसका हातमे लाठी , उसिका बैल " चरिरार्थ हुँदै छ,
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Informatica consultancy share
मन भित्र को पत्रै पत्र!
TPS Renewal Reregistration
Nepali doctors future black or white usa ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters