एक फिलिपिनो महिलाको हत्या अभियोगमा कुवेतको जेलमा सजाय भोगिरहेकी नेपाली महिला डोल्मा शेर्पाको मृत्युदण्डको सजायबाट उन्मुक्ति पाएकी छिन् ।
कुवेतस्थित तल्लो तथा पुनरावेदन अदालतले मृत्युदण्डको सजाय सुनाएको भएपनि फिलोपिनो महिलाका परिवारले ब्लगमनि स्वीकार गरेकाले मृत्युदण्ड फिर्ता भएको बताइएको छ । ब्लडमनि स्वीकार गरेको परिवारको पत्र अदालतले बुझेको छ ।
कुवेतको पुनरावेदन अदालतले आज मंगलबार सुनाएको फैसलाअनुसार उनको मृत्युदण्डको सजाय मिनाहा भएको हो । उनको बाँकी सजाय समेत माफ गरिदिन पहल भइरहेको रियादस्थित नेपाली दूताबासले जानकारी गराएको छ । नेपाल सरकारले दश हजार डलरको ब्लड मनि उपलब्ध गराएको थियो ।
घरेलु कामदारको रुपमा कुवेत पुगेकी शेर्पाले फिलिपिनो सहकर्मी हत्या गरेको अभियोगमा बीस महिनादेखि जेल सजाय भोगिरहेकी थिइन् । उनी गत मंगलबार सुनवाइका लागि पुनरावेदन अदालतमा उपस्थित भएकी थिइन् ।
डोल्मा शेर्पाको रिहाइका लागि र ब्लडमनी जम्मा गर्न संसार भररहेका नेपालीहरुले सहयोग गरेका थिए ।
Source: www.chitawan.com