[Show all top banners]

Nepalibir
Replies to this thread:

More by Nepalibir
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 यो षडयन्त्र हो कि होइन?
[VIEWED 5697 TIMES]
SAVE! for ease of future access.
Posted on 03-04-09 8:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 










ज्ञानेन्द्र नफर्कंदै भारतमा गिरिजा!






























२०-फागुन-२०६५,मंगलवार


Image
व्यक्तिगत
बाहानामा लामो अवधिका लागि भारत भ्रमणमा निस्किएका पूर्वराजा
ज्ञानेन्द्रको मिसनबारे राजनीतिक वृत्तमा चर्चा भइरहेका वेला उनी त्यहाँ
हुँदै पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद
कोइरालाले भारत भ्रमण गर्ने तयारी सुरु गर्नुभएको छ।


कांग्रेस सभापति कोइराला स्वाथ्य परीक्षणको बाहानामा भारत जाने उहाँनिकट स्रोतले बताएको छ।

तर, कोइराला एक्लै जाने या एमालेका नयाँ अध्यक्ष झलनाथ खनाल वा
पूर्वमहासचिव माधव नेपालको पनि एक/दुई दिन यताउतामा भारतको व्यक्तिगत
भ्रमण तय गरेर मात्र जाने भन्ने टुंगो नलागेका कारण भ्रमण मिति भने तय
भएको छैन।
कतिपयको दाबीअनुसार पूर्वराजा ज्ञानेन्द्र ०४७ सालको
संविधान पुनर्स्थापित गराउन चाहान्छन्। यसका लागि भारतीय नेताहरूसँग उनले
लविङ गरिरहेका छन्। नेपालमा माओवादी शासनविरुद्ध अरूलाई एकताबद्ध बनाउने र
दुनियाँको आँखामा विवादमा नआउने गरी गुप्त योजना तय भएको स्रोतको दाबी छ।
पछिल्लो योजनाअनुसार राजाको एजेन्डामा छलफल गर्ने गरी कोइराला दिल्लीस्थित
कुनै अस्पतालमा भर्ना हुनुहुनेछ। उहाँलाई भेट्न भारतीय नेताहरूका अतिरिक्त
पूर्वराजा ज्ञानेन्द्र र एमाले अध्यक्ष वा पूर्वमहासचिव पनि दिल्ली
पुग्नेछन्। कोइरालाको राजनीतिक उचाइलाई विचार गरेर प्रधानसेनापति
रुक्मांगद कटवालले यसबीचमा अस्पतालमा भेट्नेगरी निजी भ्रमण तय गरेमा
आश्चर्य मान्न नहुने स्रोतले दाबी गरेको छ। दोस्रो जनआन्दोलनको तयारी र
शाही शासनविरोधी दलहरूलाई भारतको सहयोगमा दिल्लीमा एकसाथ बैठक गर्ने
वातावरण बनाइएको थियो। फलस्वरूप १२ बुँदे समझदारी हुन सक्यो र शाही
शासनविरोधी आन्दोलनले निर्णायक रूप लिँदा शासन मात्र होइन, राजतन्त्र नै
समाप्त भइदियो। स्रोतले पूर्वराजा, कांग्रेस, एमाले र सेनाको सामूहिक बैठक
गराएर नेपालमा सम्भावित सत्ता कब्जाबाट बचाउन विकल्प खोज्ने सहमतिको
प्रयास भारतले गरिरहेको दाबी गरेको छ। यो खेल प्रारम्भिक चरणमै रहेको पनि
स्रोतको दाबी छ। यसलाई पुष्टि गर्नेगरी कोइरालाले अस्ति आइतबार सीमित
परिवारजनको उपस्थितिमा भन्नुभयो, 'आफूलाई बचाउन राजाले कोसिस गर्नु
स्वाभाविक हो।' उहाँले भारतका तर्फबाट केही महत्त्वपूर्ण विषयमा जनमत
संग्रह गरेर मात्र नयाँ संविधान निर्माण गर्न दबाब आइरहेको पनि बताउनुभएको
थियो। हिन्दु राष्ट्र, संघीयताजस्ता विषयमा जनमत संग्रह गर्नु राम्रो
हुन्छ भन्ने दबाब आउनुमा राजसंस्थाका विषयमा पनि विचार गर है! भन्न खोजेको
आभाष कोइरालाले पाउनुभएको छ। राजा र कांग्रेसबीच बिरामीको बाहानामा पहिलो
चरणको वार्ता गराएपछि मात्र अरूलाई सामेल गराउने कि भन्नेबारे पनि छलफल
भइरहेको विश्वस्त स्रोतले दाबी गरेको छ। कोइराला उताबाट संकेत आएपछि आफ्ना
निजी चिकित्सकलाई सिफारिस गर्न लगाएर त्यसतर्फ उड्नुहुनेछ। यसो भएमा
पूर्वराजाको भारत बसाइ अझै केही दिन लम्बिन सक्ने बताइएको छ। कोइरालाले
माओवादी सरकारलाई ढाल्छौँ भन्दै थर्काए पनि वैधानिक बाटो खोज्नुबाहेक
अर्को उपाय नभएको आइतबारे ब्रेकफास्ट बैठकमा बताउनुभएको थियो। स्वास्थ्यका
हिसाबको कोइराला यतिवेला निकै दुरुस्त देखिनुभएको छ। डाक्टरहरूले
विज्ञानलाई पनि उहाँले चुनौती दिएको बताएर उहाँको हौसला बढाइरहेका छन्,
कोइरालानिकट स्रोतले बतायो।

- जनआस्था


 
Posted on 03-04-09 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I have a better option:


KG gets sick during his trip to India and gets admitted at AIIMS, Delhi and GPK, MaKuNe and Mr. Katwal goes to visit him there. Mr. Singh along with Mrs. Gandhi and Mr. Bajwaye along with Mr. Advani can also join them there. I guess, this will be a better idea than pretent GPK getting sick again. In my opinion that trick has been over used and will raise red flag from day one.


 
Posted on 03-04-09 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Girija Bajay......Narayana Bhana...Narayana ...then die, instead of messing up more
 
Posted on 03-04-09 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Speculative journalism at its best.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
TPS Re-registration
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters