खुल्न त खोइ कहिले खुलेको हो यो साझा, तर म भने साझाको ग्रहाक भएको ३-४ बर्ष जती भएछ। पहिला पहिला न २४/७ नै भइन्थ्यो तर आजकाल दौंतरीले गर्दा चौतारी मात्र होइन साझा नै पराइ भएको छ।
बेलामा बेलामा सान दाइले हाम्रो सुनुवाइ गर्नुभएकै छ। यस पटक सुनुवाइ भन्दा पनि हाम्रा भाते सांसदकै स्टाइलमा ध्यानकार्षण गर्दैछु।
- त्यो अंग्रेजी बर्षका केही महिना गएर नेपाली नया बर्ष आउने बेला सम्म पनि " Greater Boston wishes a Happy New Year 2009" राख्न कत्तीको उपयुक्त होला?
- प्रत्यक लेखमा तारा राखेर २० वटा राता तारा पुगे पोस्ट हटाउने कुरा छ। त्यो कतीको प्रभावकारी छ त थाहा छैन तर दिपको कथा देखी गोतामे को कबिताले पनि तारा पाउंदा मान्छेहरुले flag भन्दा पनि त्यो पोस्टलाइ राम्रो भनेर भोट त गर्दैछैनन?
पोस्टको बाढीमा यो पोस्ट नपुरिए सान दाइको ध्यानकर्षण पक्कै होला।
जदौ
नेपालियन