[Show all top banners]

bhunte ko bau

More by bhunte ko bau
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नेपाल को मन्त्रीहरु चढ्ने गाडी...........
[VIEWED 4702 TIMES]
SAVE! for ease of future access.
Posted on 03-18-09 7:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



















काठमाडौँ, चैत ५- गृह मन्त्रालयले मन्त्रीहरूलाई उपलब्ध गराएको गाडी स्तरीय नभएको भनी मन्त्रीहरूले सो गाडी चढ्न छाडेका छन्। गृह मन्त्रालयले २०३८ सालदेखि हालसम्म मन्त्रीहरूलाई चालकसहित गाडी उपलब्ध गराउँदै आइरहेको छ तर त्यसबाट आवश्यकता पूरा नहुने भएकाले गाडी चढ्न छाडेको मन्त्रालयका स्रोतहरूले जनाएका छन्।

बुधबारको गोरखापत्रमा सुरेश यादव लेख्छन्- गृह मन्त्रालयका उपसचिव लक्ष्मणकुमार थापाका अनुसार मन्त्रालयसँग २०५२ सालदेखिको कोरोला, मित्सुविसी, वेन्ज र किया कम्पनीको ५७ वटा गाडी छन्, जसमध्ये १८ जना मन्त्रीलाई एक/एकवटा गाडी बाँडिएको छ ।

कोरोला कम्पनीको १४ वटा गाडीमध्ये सातवटा मन्त्रीहरूलाई दिइएको छ भने दुईवटा बिगि्रएको, बाँकी अरू कर्मचारीलाई बाँडिएको छ । २१ वटा मित्सुविसीमध्ये तीनवटा मन्त्रीलाई, तीनवटा बिग्रेको, तीनवटा मन्त्रालयको स्टोरमा, बाँकी अरू कर्मचारीलाई दिइएको छ । वेन्ज कम्पनीका सातवटा गाडीमध्ये प्रधानन्यायाधीश र राष्ट्रपतिलाई एक/एकवटा र पाँचवटा बिग्रेर राखेको र किया कम्पनीको १५ वटा गाडीमध्ये प्रधानमन्त्रीलाई एउटा र आठजना मन्त्रीलाई एक/एकवटा बाँकी अरू कर्मचारीलाई दिइएको उपसचिव थापाले जानकारी दिनुभयो ।

कोरालाको कम्पनीका गाडी पाउने मन्त्रीहरूमा उद्योगमन्त्री अष्टलक्ष्मी शाक्य, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री गिरिराजमणि पोखरेल, वन तथा भू-संरक्षणमन्त्री किरण गुरुङ, संस्कृति तथा राज्य पुनसर्ंरचनामन्त्री गोपाल किराँती, युवा तथा खेलकुदमन्त्री गोपाल शाक्य, वातावरण, विज्ञान तथा प्रविधिमन्त्री गणेश साह र वाणिज्य तथा आपूर्तिमन्त्री राजेन्द्र महतो हुनुहुन्छ ।

वनमन्त्री गुरुङ गृहले दिएको गाडी नचढी बा. १ झ ७२०१ नम्बरको पजेरो चढ्नुहुन्छ । मन्त्रालय स्टोर शाखाका विश्व काˆलेका अनुसार गृह मन्त्रालयले दिएको गाडी सानो भएको, चक्का पनि सानो भएको कारण चाहिएको ठाउँमा जान नसकिने भएकाले सो नचढेको बताउनुभयो ।

त्यस्तै विज्ञानमन्त्री साहका स्वकीय सचिवको भनाइ पनि त्यस्तै रहेको छ । मन्त्री साहले आˆनै मन्त्रालयको बा. १ झ ८३६१ नं.को गाडी चढ्नुहुन्छ भने गृह मन्त्रालयको चालकलाई काममा लगाइरहनुभएको छ ।

संस्कृतिमन्त्री किराँतीले पनि अर्को गाडी प्रयोगमा ल्याउनुभएको छ । उहाँका मन्त्रालयका प्रवक्ता जलकृष्ण श्रेष्ठका अनुसार गृह मन्त्रालयले उपलब्ध गराएको गाडी पुरानो र स्तरीय नभएको कारण नारायणहिटी दरबार सङ्ग्रहालयको प्राइभेट नम्बर प्लेटको गाडी चढिरहनुभएको छ ।

गृह मन्त्रालयले दिएको गाडीले आवश्यकता पूरा नगरेका कारण आफ्नो मन्त्रालयद्वारा मन्त्रीका लागिसमेत गरी चारवटा गाडीका लागि टेन्डर गरिएको र गाडी चाँडै आउने तयारीमा रहेको उहाँले बताउनुभयो । त्यस्तै मन्त्री महतोले चढ्दै गरेको गाडी बिग्रेका कारण हाल गृहले उपलब्ध गराएको गाडी चढिरहनुभएको मन्त्रालय स्रोतले बतायो । गाडी होचो र सानो भएका कारण मन्त्रीलाई गाडी चढ्न अप्ठ्यारो भएको स्रोत बताउँछ । त्यसैले अर्को नयाँ गाडीसमेत किन्ने तयारीमा रहेको बताइन्छ ।

मित्सुविसी कम्पनीका गाडी पाउने मन्त्रीहरूमा शिक्षामन्त्री रेणू यादव, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हिसिला यमी, शान्ति तथा पुनर्निर्माणमन्त्री जनार्दन शर्मा ´प्रभाकर´ हुनुहुन्छ । यी मन्त्रालयका कर्मचारीले त्यही गुनासो गरेका छन् । तीन जनाभन्दा बढी व्यक्ति अटाउँदैन भनेर गुनासो गर्दै पर्यटनमन्त्री यमीका सहायक स्वकिय सचिव ध्रुव कार्कीले गृह मन्त्रालयलाई त्यसबारे बारम्बार जानकारीसमेत गराएको बताउनुभयो ।

गृह मन्त्रालयद्वारा दिइएको गाडीलाई कति पटक त ठेलेर ल्याइएको अनुभव सुनाउँदै मन्त्रीहरू सो गाडी चढ्न नै डराउने गरेको बताउनुभयो । शिक्षा मन्त्रालयका प्रवक्ता रामप्रवेश यादवले मन्त्रीहरूले सुविधा अनुसार गाडी चढ्नुहुन्छ, यसमा आˆनो कुनै प्रतिक्रिया छैन भन्नुभयो ।

किया कम्पनीका गाडी पाउने मन्त्रीहरूमा प्रधानमन्त्री पुष्पकमल दाहाल ´प्रचण्ड´, श्रम तथा यातायात व्यवस्थामन्त्री लेखराज भट्ट, रक्षामन्त्री रामबहादुर थापा ´बादल´, भौतिक योजना तथा पुनर्निर्माणमन्त्री विजयकुमार गच्छदार, जलस्रोतमन्त्री विष्णु पौडेल, सूचना तथा सञ्चारमन्त्री कृष्णबहादुर महरा, कृषि तथा सहकारीमन्त्री जयप्रकाश गुप्ता, कानुन, न्याय तथा संविधानसभा व्यवस्थामन्त्री देव गुरुङ तथा स्थानीय विकासमन्त्री रामचन्द्र झा हुनुहुन्छ ।

गृह मन्त्रालयद्वारा प्रधानमन्त्रीलाई दिइएको गाडी प्रधानमन्त्रीको पछुवामा गुडिरहेको छ । मन्त्रीहरूले सो गाडी चढ्दैनन् भने प्रधानमन्त्रीले त झन् चढ्ने कुरै भएन, प्रधानमन्त्री कार्यालयका एक पदाधिकारीले बताए । त्यस्तै गृहले उपलब्ध गराएको गाडी नचढी कृषिमन्त्री गुप्ताले बा. १ झ ८३११ नम्बरको गाडी चढ्दै आएकोबारे मन्त्रालयका सहसचिव लक्ष्मण पोखरेलसँग जिज्ञासा राख्दा गृहले दिएको गाडीबारे आफूलाई कुनै जानकारी नभएको जनाउँदै "जो चढ्नुहुन्छ, त्यसैसँग गएर सोध्नुस्" भन्नुभयो ।

मन्त्री झाले गृहले दिएको गाडी चढ्ने लायकको नभएको, त्यसलाई छोटो दूरीमा मात्र प्रयोग गर्न सकिने र त्यसमा पनि गार्ड र एकजना मन्त्री मात्र बस्न सकिने बताउँदै अहिलेको अवस्थामा उपयोगी नभएको कारण अर्को गाडी चढेको बताउनुभयो । गृहलाई त्यसबारे जानकारी गराएको अथवा अर्को गाडी किन्नुपर्छ भन्नेबारे कुराकानी चलेको छ कि छैन भन्नेबारेको प्रश्नमा त्यस्तो कुरा नउठाएको बताउँदै गृहले लगानी लगाइसकेको अवस्थामा अर्को गाडी किन्ने अवस्था नरहेकोसमेत बताउनुभयो ।

मन्त्री पौडेलले पनि गृहको गाडी नचढी आˆनै मन्त्रालयको गाडी चढेको जानकारी मन्त्रीको निजी सचिवालयले दिएको छ । सचिवालयका अनुसार मन्त्रीको हैसियत अनुसार गृहको गाडी नभएका कारण आवश्यकता अनुसार अर्को गाडी चढ्नुभएको छ ।

परराष्ट्रमन्त्री उपेन्द्र यादव र अर्थमन्त्री डा. बाबुराम भट्टराईसमेतले पनि गृहबाट गाडी पाउनुभएको थियो तर मन्त्रालयका स्रोत अनुसार गाडीले आवश्यकता पूरा नगरेका कारण फिर्ता गरिएको छ ।

सम्बन्धित मन्त्रालयसँग सम्पर्क गर्दा सबैबाट सिट थोरै, कच्ची बाटोमा चलाउन गाह्रो, पुरानो र होचो भएको कारण मन्त्रीहरूले गाडी चढ्न नमानेको जानकारी प्राप्त भएको छ।

    
Dainikee - Breaking News, politics, sports and blogs from Nepal Politics, Vehicle











Dainikee - Breaking News, politics, sports and blogs from

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मेरो अम्रिका यात्रा -२
TPS Re-registration case still pending ..
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
पुलिसनी संग - आज शुक्रवार - भाग २
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters