[Show all top banners]

bikash kc
Replies to this thread:

More by bikash kc
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

$88888888$
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 shed light on FREE STUDENT UNION election
[VIEWED 8520 TIMES]
SAVE! for ease of future access.
Posted on 03-19-09 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनेरास्ववियु (क्रान्तिकारी)ले सभापति जितेका क्याम्पसहरु
१) पालुङ क्याम्पस, मकवानपुर
सुजन रायमाझी- सभापति प्यानल
२) महालक्ष्मी क्याम्पस, ललितपुर
पुष्पराज श्रेष्ठ - सभापति प्यानल
३) प्रभा क्याम्पस, काभ्रे
प्रेम चौलागाई - सभापति प्यानल
४) नेपाल राष्ट्रिय क्याम्पस काठमाडौं
भरत तामाङ - सभापति प्यानल
५) रमाइलो क्याम्पस मोरङ

६)अमरजनशक्ति क्याम्पस चितवन
आशिक काफ्ले - सभापति (संयुक्त)
७) उमावडी क्याम्पस चितवन
हरि भण्डारी- सभापति (संयुक्त)
८) सप्तगण्डकी क्याम्पस, चितवन
वोधराज काफ्ले सभापति
९) नेपाल आदर्श कपिलवस्तु
विशाल कुमार गुप्ता (संयुक्त)
१०) रामपुर कृषि क्याम्पस चितवन
चन्द्रकान्त ढकाल (संयुक्त)
११) हिमाल दर्शन क्याम्पस सोलु
सिताराम भट्टराई (मिश्रित)
१२) शहीद स्मारक चितवन
सुरेन्द्र बिक सभापति संयुक्न
१३) सुनपुरा क्याम्पस बझाङ
१४) माडी क्याम्पस चितवन
सरस्वति अधिकारी सभापति संयुक्त
१५) अरुणोदय क्याम्पस चितवन
प्रविण तिमिल्सिना संयुक्त
१६) कान्तिपुर क्याम्पस थली
हरिश खड्का सभापति मिश्रित
१७) लमजुङ कृषि क्याम्पस
सुरेन्द्र सुवेदी प्यानल
१८) हरिहर क्याम्पस अर्घाखाँची
विष्णु गौतम सुनुवार सभापति प्यानल
१९) जनता सुदर्शन क्याम्पस पर्वत
भरत के सी सभापति प्यानल
२०) शहीद स्मृति क्याम्पस, रामेछाप
गंगालाल गोले सभापति निर्विरोध
२१) जलजला क्याम्पस रोल्पा
धनिराम शर्मा प्यानल
२२) कपिलाकोट क्याम्पस सिन्धुली
एलिजा मैनाली (सभापति) प्यानल
२३) मनोहरा क्याम्पस गोंगबु
राजकुमार राई (सभापति) प्यानल
२४) अरनिको क्याम्पस, सिन्धुपाल्चोक
२५) जुम्ला क्याम्पस, जुम्ला
२६) द्‍व्यशाह क्याम्पस, गोरखा
रोहित पाण्डे (सभापति) प्यानल
२७) यज्ञोदय क्याम्पस, रुपन्देही
बैजनाथ चौधरी (सभापति) प्यानल
२८) रामपुर बहुमुखी क्याम्पस, रुपन्देही
दीपक अधिकारी (सभापति) मिश्रित
२९) पब्लिक युथ क्याम्पस, धोबिचौर
सभापति अखिल (क्रान्तिकारी) मिश्रित परिणाम

नेविसंघले सभापति जितेका क्याम्पसहरु
१) वीपी विद्यापीठ, सोलु प्यानल
२) माघी क्याम्पस, संखुवासमा
३) पुष्पलता जनएकता क्याम्पस, लमजुङ
४) मंगला क्याम्पस, लमजुङ
५) भक्ति आदर्श क्याम्पस, लमजुङ
६) देउखुरी क्याम्पस प्यानल
७) तनहुँ सस्कृत क्याम्पस निर्विरोध
८) जनप्रशासन क्याम्पस काठमाडौं निर्विरोध
९) नर्सिङ क्याम्पस विराटनगर निर्विरोध
१०) धुलिखेल क्याम्पस काभ्रे (संयुक्त)
११) सिद्धार्थ क्याम्पस काभ्रे (संयुक्त)
१२) मानपुर कालापानी क्याम्पस काभ्रे (संयुक्त)
१३) पब्लिक साइन्स क्याम्पस (सभापतिसहित ५ नेविसंघ)
१४) इन्द्रेश्वर क्याम्पस काभ्रे पनौति (संयुक्त प्यानल)
१५) वानेश्वर क्याम्पस (प्यानल)
नारायण श्रेष्ठ सभापति
१६) नीलकण्ठ क्याम्पस धादिङ (प्यानल)
राजु गुरुङ सभापति
१७) पब्लिक साइन्स क्याम्पस सुर्खेत (प्यानल)
शिशिरकुमार खड्का सभापति
१८) संस्कृत विश्वविद्यालय केन्द्रीय विद्यापीठ दाङ (प्यानल)
शरद गौतम सभापति
१९) त्रिपुरा सुन्दरी क्याम्पस अछाम (प्यानल)
२०) विन्दवासिनी विद्यापीठ पोखरा (प्यानल)
मिलन सुवेदी, सभापति
२१) कोटेश्वर क्याम्पस, काठमाडौं
महेन्द्र भट्टराई सभापति (मात्रै)
२२) चुरे बहुमुखी क्याम्पस, बर्दिया प्यानल
२३) इन्द्रेश्वर क्याम्पस, काभ्रे
रुपक महत, सभापति
२४) आयुर्वेद क्याम्पस नरदेवी काठमाडौं
सुरेन्द्र राय सभापति प्यानल
२५) गलकोट क्याम्पस बाग्लुङ
२६) ग्रामिण आदर्श क्याम्पस काठमाडौं
बलदेव थापा (प्यानल)
२७) चैतन्य क्याम्पस काभ्रे
रामगोपाल आचार्य - सभापति (संयुक्त)
२८) वनविज्ञान क्याम्पस पोखरा
अशोक शाह - सभापति (मिश्रित)
२९)गौरादह क्याम्पस झापा
रोशन सेढाईं सभापति प्यानल
३०) सहिद क्याम्पस रामपुर पाल्पा
नीलकण्ठ पोखरेल प्यानल
३१) सिद्धनाथ क्याम्पस, कञ्चनपुर
रोहित चन्द सभापति (मिश्रित)
३२) सोलुखुम्बु बहुमुखी क्याम्पस, सल्लेरी
राजु लामा सभापति (प्यानल)
३३) कुमारवर्ती क्याम्पस नवलपरासी
अर्जुन चालिसे सभापति (प्यानल)
३४) बाल्मिकी क्याम्पस
रमेश रिजाल सभापति (प्यानल)



अनेरास्ववियुले सभापति जितेका क्याम्पसहरु
१) मान्डब्य क्याम्पस पाल्पा
२) उदवुद्ध क्याम्पस पाल्पा
३) शहीद आदर्श क्याम्पस काठमाडौं
४) हनुमन्तेश्वर क्याम्पस दोलखा
५) धुलाबारी क्याम्पस झापा
६) गौरीगन्ज क्याम्पस झापा
७) त्रिया क्याम्पस स्याङ्जा
८) सिद्धार्थ क्याम्पस स्याङ्जा
९) हरैया रुपन्देही (संयुक्त)
१०) सञ्जीवनी धुलिखेल काभ्रे (सभापति)
११) सर्वमङ्गला काभ्रे (सभापति)
१२) डेढी थुम्का काभ्रे (सभापति)
१३) नर्सिङ क्याम्पस सानेपा ललितपुर (प्यानल)
१४) कोटेश्वर क्याम्पस, काठमाडौं
१५) शहीद आदर्श भद्रबास, काठमाडौं
१६) तेजगंगा, काभ्रे
१७) कुशादेवी, काभ्रे
१८) काभ्रे क्याम्पस, काभ्रे
१९) जगन्नाथ क्याम्पस, बैतडी
२०) कल्याण बहुमुखी, स्याङजा
२१) त्रिभुवन क्याम्पस, स्याङजा
२२) जनता क्याम्पस, सुर्खेत
२३) पाटन बहुमुखी, बैतडी
२४) पुल्चोक इन्जिनियरिङ क्याम्पस, ललितपुर प्यानल
२५) मुगु क्याम्पस, मुगु
२६) भृगी क्याम्पस प्युठान
२७) श्रमोदय क्याम्पस लम्जुङ
२८) पोखरा नर्सिङ क्याम्पस पोखरा
२९) चौतारा क्याम्पस सिन्धुपाल्चोक
३०) महादेश क्याम्पस मुगु
३१) बाजुरा क्याम्पस बाजुरा
३२) वनविज्ञान क्याम्पस हेटौंडा
३३) श्रीङ्गेश्वर क्याम्पस गुल्मी
३४) पाणिनी क्याम्पस अर्घाखाँची
३५) लुम्बिनी वाणिज्य क्याम्पस
३६) वीरगञ्ज नर्सिङ क्याम्पस (अमृता बरालको प्यानल)
३७) सुकुना क्याम्पस, मोरङ
३८) दार्चुला क्याम्पस
३९) जनज्योति क्याम्पस रौतहट
४०) मकवानपुर क्याम्पस
४१) हजारी जल संस्कृत, धनुषा
४२) सूर्योदय क्याम्पस, लमजुङ



अन्य
रुपन्देही क्याम्पस, रुपन्देही
(नेपाल विद्यार्थी मञ्चका अजय त्रिपाठीको प्यानल)


सुदुरपश्चिममा अखिल अगाडि
अखिल ६, नेविसंघ २ र क्रान्तिकारी १ स्थानमा विजयी
सुदुरपश्चिमका १४ वटा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन चुनावमा ६ क्याम्पसमा अनेरास्ववियु, २ वटामा नेविसंघ र एउटा क्याम्पसमा अखिल क्रान्तिकारी विजयी भएका छन् । चार क्याम्पसमा मतगणना जारी रहेको छ । महेन्द्रनगरको शारदा विद्यापिठमा अखिल क्रान्तिकारीले गणना हुँदै गरेका २५ वटा मतपत्र च्यातेपछि विवाद भएको छ । विवादका कारण परिणाम घोषणा हुन सकेको छैन।

कञ्चनपुरको सिद्धनाथ विज्ञान क्याम्पसमा नेविसंघ सभापति, सचिव र सदस्य गरी पाँच पदमा विजयी भएको छ। अखिल क्रान्तिकारीको उप-सभापति, सह-सचिव र सदस्य गरी चार पदमा तथा अनेरास्ववियुले कोषाध्यक्ष र एक सदस्यमा विजय हांसिल गरेको छ । सभापतिमा नेविसंघका रोहितबहादुर चन्दले २ सय ४७ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी अनेरास्ववियुका चिरञ्जीवी उपाध्यायले २ सय २५ मत पाएका छन् । क्रान्तिकारीका लालबहादुर धामीले २ सय १८ मत पाएका छन् ।

उप-सभापतिमा क्रान्तिकारीका बलराम अवस्थीले २ सय ४९ मत ल्याएर विजयी भए । सचिवमा नेविसंघका दीलिपसिंह भाटले ३ सय ३८ मत ल्याएर विजयी भए । सहसचिवमा क्रान्तिकारीका दिनेश शाहीले २ सय ४२ मत ल्याएर विजयी भए ।

यस्तै कोषाध्यक्षमा अनेरास्ववियुकी मर्यादा विष्टले २ सय ४७ मत ल्याएर विजयी भइन्। सदस्यमा विजयी नेविसंघकी भुवनेश्वरी भट्टले २ सय ७७ मत, विरेन्द्र चन्दले २ सय ७५ मत र कृष्ण बोहराले २ सय ६० मत पाए । सदस्य पदमा विजयी क्रान्तिकारीका विजेन्द्रसिंह धामीले २ सय ४८, विमला सोतीले २ सय ४५ मत पाइन् । यस्तै अनेरास्ववियुकी जानकी अवस्थीले २ सय ५५ मत पाएर विजयी भइन् ।

महाकाली बहुमुखी क्याम्पस बेलौरीमा अखिल र नेविसंघको संयुक्त प्यानल विजयी भएको छ। सभापतिमा अनेरास्ववियु विजयी भएको छ। महेन्द्रनगरको शारदा
 
Posted on 03-19-09 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nepal yetro campus cha hai.
 
Posted on 03-19-09 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-19-09 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

How about major colleges?


Mainly... Central Campus, TC, Minbhaban, RR, Law, Shankerdev, Ascol, Saraswati, Patan, PN, etc


 
Posted on 03-19-09 4:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It is rather surprising to see such a huge victories for ANNFSU and NSU, despite such a threat, killings and intimidations by so called terrorists aka Krantikaaris...It resembles that there are still lot of students who believe in democracy...We should wait and see the results in Kathmandu and major colleges..If possible, please let everyone know the results of Tri Chandra, Ascol, TU, Shankerdev, Mahendra Ratna (Tahachal), IOM (Maharajgunj), PN (Pokhara), Thakur Ram (Birgunj) and Mahendra Morang (Biratnagar)...
 
Posted on 03-19-09 10:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनेरास्ववियु (क्रान्तिकारी)ले सभापति जितेका क्याम्पसहरु
१) पालुङ क्याम्पस, मकवानपुर
सुजन रायमाझी- सभापति प्यानल
२) महालक्ष्मी क्याम्पस, ललितपुर
पुष्पराज श्रेष्ठ - सभापति प्यानल
३) प्रभा क्याम्पस, काभ्रे
प्रेम चौलागाई - सभापति प्यानल
४) नेपाल राष्ट्रिय क्याम्पस काठमाडौं
भरत तामाङ - सभापति प्यानल
५) रमाइलो क्याम्पस मोरङ

६)अमरजनशक्ति क्याम्पस चितवन
आशिक काफ्ले - सभापति (संयुक्त)
७) उमावडी क्याम्पस चितवन
हरि भण्डारी- सभापति (संयुक्त)
८) सप्तगण्डकी क्याम्पस, चितवन
वोधराज काफ्ले सभापति
९) थापाथली इन्जनियरिङ क्याम्पस
१०) रामपुर कृषि क्याम्पस चितवन
चन्द्रकान्त ढकाल (संयुक्त)
११) हिमाल दर्शन क्याम्पस सोलु
सिताराम भट्टराई (मिश्रित)
१२) शहीद स्मारक चितवन
सुरेन्द्र बिक सभापति संयुक्न
१३) सुनपुरा क्याम्पस बझाङ
१४) माडी क्याम्पस चितवन
सरस्वति अधिकारी सभापति संयुक्त
१५) अरुणोदय क्याम्पस चितवन
प्रविण तिमिल्सिना संयुक्त
१६) कान्तिपुर क्याम्पस थली
हरिश खड्का सभापति मिश्रित
१७) लमजुङ कृषि क्याम्पस
सुरेन्द्र सुवेदी प्यानल
१८) हरिहर क्याम्पस अर्घाखाँची
विष्णु गौतम सुनुवार सभापति प्यानल
१९) जनता सुदर्शन क्याम्पस पर्वत
भरत के सी सभापति प्यानल
२०) शहीद स्मृति क्याम्पस, रामेछाप
गंगालाल गोले सभापति निर्विरोध
२१) जलजला क्याम्पस रोल्पा
धनिराम शर्मा प्यानल
२२) कपिलाकोट क्याम्पस सिन्धुली
एलिजा मैनाली (सभापति) प्यानल
२३) मनोहरा क्याम्पस गोंगबु
राजकुमार राई (सभापति) प्यानल
२४) अरनिको क्याम्पस, सिन्धुपाल्चोक
२५) जुम्ला क्याम्पस, जुम्ला
२६) द्‍व्यशाह क्याम्पस, गोरखा
रोहित पाण्डे (सभापति) प्यानल
२७) यज्ञोदय क्याम्पस, रुपन्देही
बैजनाथ चौधरी (सभापति) प्यानल
२८) रामपुर बहुमुखी क्याम्पस, रुपन्देही
दीपक अधिकारी (सभापति) मिश्रित
२९) पब्लिक युथ क्याम्पस, धोबिचौर, काठमाडौं
सभापति अखिल (क्रान्तिकारी) मिश्रित परिणाम
३०) भैरहवा क्याम्पस
मोजित अली मुसलमान (संयुक्त)
३१) जिरी क्याम्पस
कुमार जिरेल (प्यानल)

नेविसंघले सभापति जितेका क्याम्पसहरु
१) वीपी विद्यापीठ, सोलु प्यानल
२) माघी क्याम्पस, संखुवासमा
३) पुष्पलता जनएकता क्याम्पस, लमजुङ
४) मंगला क्याम्पस, लमजुङ
५) भक्ति आदर्श क्याम्पस, लमजुङ
६) देउखुरी क्याम्पस प्यानल
७) तनहुँ सस्कृत क्याम्पस निर्विरोध
८) जनप्रशासन क्याम्पस काठमाडौं निर्विरोध
९) नर्सिङ क्याम्पस विराटनगर निर्विरोध
१०) धुलिखेल क्याम्पस काभ्रे (संयुक्त)
११) सिद्धार्थ क्याम्पस काभ्रे (संयुक्त)
१२) मानपुर कालापानी क्याम्पस काभ्रे (संयुक्त)
१३) पब्लिक साइन्स क्याम्पस (सभापतिसहित ५ नेविसंघ)
१४) इन्द्रेश्वर क्याम्पस काभ्रे पनौति (संयुक्त प्यानल)
१५) वानेश्वर क्याम्पस (प्यानल)
नारायण श्रेष्ठ सभापति
१६) नीलकण्ठ क्याम्पस धादिङ (प्यानल)
राजु गुरुङ सभापति
१७) पब्लिक साइन्स क्याम्पस सुर्खेत (प्यानल)
शिशिरकुमार खड्का सभापति
१८) संस्कृत विश्वविद्यालय केन्द्रीय विद्यापीठ दाङ (प्यानल)
शरद गौतम सभापति
१९) त्रिपुरा सुन्दरी क्याम्पस अछाम (प्यानल)
२०) विन्दवासिनी विद्यापीठ पोखरा (प्यानल)
मिलन सुवेदी, सभापति
२१) कोटेश्वर क्याम्पस, काठमाडौं
महेन्द्र भट्टराई सभापति (मात्रै)
२२) चुरे बहुमुखी क्याम्पस, बर्दिया प्यानल
२३) इन्द्रेश्वर क्याम्पस, काभ्रे
रुपक महत, सभापति
२४) आयुर्वेद क्याम्पस नरदेवी काठमाडौं
सुरेन्द्र राय सभापति प्यानल
२५) गलकोट क्याम्पस बाग्लुङ
२६) ग्रामिण आदर्श क्याम्पस काठमाडौं
बलदेव थापा (प्यानल)
२७) चैतन्य क्याम्पस काभ्रे
रामगोपाल आचार्य - सभापति (संयुक्त)
२८) वनविज्ञान क्याम्पस पोखरा
अशोक शाह - सभापति (मिश्रित)
२९)गौरादह क्याम्पस झापा
रोशन सेढाईं सभापति प्यानल
३०) सहिद क्याम्पस रामपुर पाल्पा
नीलकण्ठ पोखरेल प्यानल
३१) सिद्धनाथ क्याम्पस, कञ्चनपुर
रोहित चन्द सभापति (मिश्रित)
३२) सोलुखुम्बु बहुमुखी क्याम्पस, सल्लेरी
राजु लामा सभापति (प्यानल)
३३) कुमारवर्ती क्याम्पस नवलपरासी
अर्जुन चालिसे सभापति (प्यानल)
३४) बाल्मिकी क्याम्पस
रमेश रिजाल सभापति (प्यानल)
३५) शंकरदेव क्याम्पस
शुभराम बस्नेत, सभापति (मिश्रित)
३६) काठमाडौं शिक्षा क्याम्पस
अनुप चापागाई प्यानल
३७) पशुपति क्याम्पस चाबहिल
मनोज वैद्य प्यानल
३८) महाराजगञ्ज मेडिसिन क्याम्पस
मनोज पौडेल प्यानल
३९) राप्ति बबइ क्याम्पस दाङ
अनिल कार्की (प्यानल)
४१) शहीद क्याम्पस रामपुर पाल्पा
निलकण्ठ पोख्रेल प्यानल
४२) नेपाल आदर्श कपिलवस्तु
विशाल कुमार गुप्ता (मिश्रित)
४३) त्रिभुवन क्याम्पस, पाल्पा
हरिबोल भट्टराई प्यानल
४४) त्रिभुवन क्याम्पस नवलपरासी
चा्द्र खनाल मिश्रित
४५) राधा दामोरद संस्कृत क्याम्पस स्याङ्जा
खगेन्द्र सुवेदी





अनेरास्ववियुले सभापति जितेका क्याम्पसहरु
१) मान्डब्य क्याम्पस पाल्पा
२) उदवुद्ध क्याम्पस पाल्पा
३) शहीद आदर्श क्याम्पस काठमाडौं
४) हनुमन्तेश्वर क्याम्पस दोलखा
५) धुलाबारी क्याम्पस झापा
६) गौरीगन्ज क्याम्पस झापा
७) त्रिया क्याम्पस स्याङ्जा
८) सिद्धार्थ क्याम्पस स्याङ्जा
९) हरैया रुपन्देही (संयुक्त)
१०) सञ्जीवनी धुलिखेल काभ्रे (सभापति)
११) सर्वमङ्गला काभ्रे (सभापति)
१२) डेढी थुम्का काभ्रे (सभापति)
१३) नर्सिङ क्याम्पस सानेपा ललितपुर (प्यानल)
१४) कोटेश्वर क्याम्पस, काठमाडौं
१५) शहीद आदर्श भद्रबास, काठमाडौं
१६) तेजगंगा, काभ्रे
१७) कुशादेवी, काभ्रे
१८) काभ्रे क्याम्पस, काभ्रे
१९) जगन्नाथ क्याम्पस, बैतडी
२०) कल्याण बहुमुखी, स्याङजा
२१) त्रिभुवन क्याम्पस, स्याङजा
२२) जनता क्याम्पस, सुर्खेत
२३) पाटन बहुमुखी, बैतडी
२४) पुल्चोक इन्जिनियरिङ क्याम्पस, ललितपुर प्यानल
२५) मुगु क्याम्पस, मुगु
२६) भृगी क्याम्पस प्युठान
२७) श्रमोदय क्याम्पस लम्जुङ
२८) पोखरा नर्सिङ क्याम्पस पोखरा
२९) चौतारा क्याम्पस सिन्धुपाल्चोक
३०) महादेश क्याम्पस मुगु
३१) बाजुरा क्याम्पस बाजुरा
३२) वनविज्ञान क्याम्पस हेटौंडा
३३) श्रीङ्गेश्वर क्याम्पस गुल्मी
३४) पाणिनी क्याम्पस अर्घाखाँची
३५) लुम्बिनी वाणिज्य क्याम्पस
३६) वीरगञ्ज नर्सिङ क्याम्पस (अमृता बरालको प्यानल)
३७) सुकुना क्याम्पस, मोरङ
३८) दार्चुला क्याम्पस
३९) जनज्योति क्याम्पस रौतहट
४०) मकवानपुर क्याम्पस
४१) हजारी जल संस्कृत, धनुषा
४२) सूर्योदय क्याम्पस, लमजुङ
४३) गौरीशंकर क्याम्पस दोलखा
४४) ललितकला क्याम्पस काठमाडौं
४५) अमृत साइन्स क्याम्पस काठमाडौं
४६) चौतारा सिन्धुपाल्चोक
किशोर विद्याधर (प्यानल)
४७) मेलम्ची भ्याली क्याम्पस, सिन्धुपाल्चोक
संयुक्त




अन्य
रुपन्देही क्याम्पस, रुपन्देही
(नेपाल विद्यार्थी मञ्चका अजय त्रिपाठीको प्यानल)


दोलखामा अनेरास्ववियु विजयी
दोलखाको गौरीशंकर क्याम्पसको स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्ववियुका अमृत राउतको प्यानल बिजयी भएको छ। राउतले ३ सय ७९ मत प्राप्त गरी विजयी भएका हुन्। प्रत्यासी अखिल क्रान्तिकारीका राजकुमार कार्कीले २ सय उनन्साठी मत प्राप्त गरेका छन्। नेविसघंका गोविन्द श्रेष्ठले २ सय ६ मत ल्याए।

निर्वाचित हुनॆ अन्य पदाधिकारीमा कोशिसमणी न्यौपान्ये, उपसभापति नेत्र मोक्तान, सचिव शुसील खड्का, सहसचिव संगिता तामाङ कोषाध्यक्ष छन् । निर्वाचित हुने सदस्यमा सोम मगर, संगिता बस्नेत, अनुप बुढाथोकी, पवित्रा बस्नेत, सकिला धनुकेर, सुरेन्द्र मोक्तान छन्।
सुदुरपश्चिममा अखिल अगाडि, अखिल ६, नेविसंघ २ र क्रान्तिकारी १ स्थानमा विजयी
सुदुरपश्चिमका १४ वटा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन चुनावमा ६ क्याम्पसमा अनेरास्ववियु, २ वटामा नेविसंघ र एउटा क्याम्पसमा अखिल क्रान्तिकारी विजयी भएका छन्। महेन्द्रनगरको शारदा विद्यापिठमा अखिल क्रान्तिकारीले गणना हुँदै गरेका २५ वटा मतपत्र च्यातेपछि विवाद भएको छ। विवादका कारण परिणाम घोषणा हुन सकेको छैन।
कञ्चनपुरको सिद्धनाथ विज्ञान क्याम्पसमा नेविसंघ सभापति, सचिव र सदस्य गरी पाँच पदमा विजयी भएको छ। अखिल क्रान्तिकारीको उप-सभापति, सह-सचिव र सदस्य गरी चार पदमा तथा अनेरास्ववियुले कोषाध्यक्ष र एक सदस्यमा विजय हांसिल गरेको छ।

सभापतिमा नेविसंघका रोहितबहादुर चन्दले २ सय ४७ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी अनेरास्ववियुका चिरञ्जीवी उपाध्यायले २ सय २५ मत पाएका छन्। क्रान्तिकारीका लालबहादुर धामीले २ सय १८ मत पाएका छन्।
उप-सभापतिमा क्रान्तिकारीका बलराम अवस्थीले २ सय ४९ मत ल्याएर विजयी भए। सचिवमा नेविसंघका दीलिपसिंह भाटले ३ सय ३८ मत ल्याएर विजयी भए । सहसचिवमा क्रान्तिकारीका दिनेश शाहीले २ सय ४२ मत ल्याएर विजयी भए ।
कोषाध्यक्षमा अनेरास्ववियुकी मर्यादा विष्टले २ सय ४७ मत ल्याएर विजयी भइन्। सदस्यमा विजयी नेविसंघकी भुवनेश्वरी भट्टले २ सय ७७ मत, विरेन्द्र चन्दले २ सय ७५ मत र कृष्ण बोहराले २ सय ६० मत पाए। सदस्य पदमा विजयी क्रान्तिकारीका विजेन्द्रसिंह धामीले २ सय ४८, विमला सोतीले २ सय ४५ मत पाइन्। अनेरास्ववियुकी जानकी अवस्थीले २ सय ५५ मत पाएर विजयी भइन्।
महाकाली बहुमुखी क्याम्पस बेलौरीमा अखिल र नेविसंघको संयुक्त प्यानल विजयी भएको छ।
 
Posted on 03-22-09 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

2009-03-22 19:51:44
स्ववियु चुनावबाट एमाले अखिल ठूलो संगठनका रुपमा स्थापित

नेविसंघ र अखिल क्रान्तिकारी दोस्रो र तेस्रो स्थानमा
परिणामका हिसाबले तीन संगठनबीच सिट संख्या झन्डै बराबर
काठमाडौं, चैत ९ (दैनिकी) - संविधानसभामा तेस्रो शक्तिमा सीमित भएको नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा सबभन्दा ठूलो विद्यार्थी संगठनका रुपमा देखिएको छ। हालै सम्पन्न स्ववियु चुनावमा संविधानसभामा पहिलो र दोस्रो शक्तिका रुपमा क्रमशः एकीकृत नेकपा माओवादी र नेपाली कांग्रेसको भातृ संगठनभन्दा तुलनात्मक रुपमा सामान्य अग्रता हासिल गरेर अनेरास्ववियु ठूलो विद्यार्थी संगठन बन्न पुगेको हो।
अखिललाई पछ्याउँदै नेपाल विद्यार्थी संघ दोस्रो ठूलो विद्यार्थी संगठनका रुपमा देखा परेको छ। संविधानसभामा माओवादी पहिलो शक्तिका रुपमा उदाए पनि उसको भातृ संगठन अखिल क्रान्तिकारी भने स्ववियु निर्वाचनमा अखिल र नेविसंघको तुलनामा केही पछि परेको छ।
स्ववियु निर्वाचनको परिणामलाई हेर्दा अखिल नेविसंघ र क्रान्तिकारीबीच त्रिपक्षीय प्रतिस्पर्धा भएको देखिन्छ।अनेरास्ववियुका महासचिव माधव ढुंगेलले ७९ वटा क्याम्पसमा आफनो संगठन स्ववियु सभापति पदमा विजयी भएको दावी गरे। तर पुरै प्यानल नै जितेको आधिकारिक तथ्याङक भने आइनसकेको उनले बताए। झण्डै १ सय १० क्याम्पसको स्ववियुमा आफनो संगठनको उपस्थिति रहन गएको पनि उनले बताए।
चुनावी परिणामलाई हेर्दा नेविसंघले पनि अखिललाई पछयाइरहेको छ। नेविसंघका कार्यालय सचिव नारायण अधिकारी आफूहरुले ६८ वटा क्याम्पसमा सभापति जितेको र १ सय १६ क्याम्पसका स्ववियुमा आफ्नो संगठनको प्रतिनिधित्व भएको दाबी गरे। साथै ३० वटा क्याम्पसमा प्यानल नै जितेको पनि नेविसंघले बताएको छ।
क्रान्तिकारीका कार्यलय सचिव रत्न ढकालले भने आफ्नो संगठनले ६४ वटा क्याम्पसमा सभापतिसहित ४५ क्याम्पसमा प्यानल जितेको दावी गरे।

प्रभावशाली क्याम्पसको हालखबर
पाँच हजार भन्दा बढी विद्यार्थी भएको क्याम्पसमा स्ववियुमा सभापतिसहित १५ सदस्यीय समिति रहन्छ। त्यस्तै २ हजारदेखी ५ हजारसम्म विद्यार्थी भएको क्याम्पसमा ११ सदस्यीय समिति रहन्छ र यस्ता क्याम्पसहरुलाई प्रभावको हिसावले मध्यम खालको मानिन्छ। र २ हजारभन्दा कम विद्यार्थी भएको क्याम्पसमा ७ सदस्यीय समिति रहन्छ जसलाई कम प्रभावशाली क्याम्पसको रुपमा लिइन्छ।
१५ सदस्यीय स्ववियु रहने प्रभावशाली क्याम्पसहरुमा पृथ्वीनारायण महेन्द्र मोरङ बुटवल बहुमुखी मेची बहुमुखी त्रिचन्द्र बहुमुखी ठाकुरराम रारा बहुमुखी शंकरदेव नेपाल कमस्र पाटन संयुक्त महेन्द्ररत्न रत्नराज्य पद्यकन्या केन्द्रीय क्याम्पस किर्तिपुर लगायतका छन् ।
यी क्याम्पसहरुमध्ये अखिलले पाटन संयुक्त र महेन्द्ररत्न क्याम्पसमा जितेको छ । त्यस्तै नेपाल कमस्रमा पनि अखिलको विद्रोही उम्मेदार सभापतिमा विजयी भएका छन् । नेपाल विद्यार्थी संघ त्रिचन्द्र र शंकरदेवमा विजयी भएको छ। क्रान्तिकारी चािहं महेन्द्र मोरङमा मात्रै विजयी भएको छ।
केन्द्रीय क्याम्पस किर्तिपुरमा क्रान्तिकारीले ३ सय भन्दा बढी भोटले अग्रता लिइरहेको स्थितीमा हुन गएको विवादका कारण मतगणना रोकिएको छ । क्रान्तिकारीका सभापतिका उम्मेदार हिमाल शर्माको झण्डै ३ सय भोट बदर हुन गएपछि क्रान्तिकारीले आफुहरुलाई षडयन्त्रपुर्वक हराउन लागेको भनी विवाद सिर्जना गरेका हुन् ।
पोखराको पृथ्वीनारायण क्याम्पसमा पनि अखिल र क्रान्तिकारीबीचको विवादले मतगणना स्थगित भएको छ। त्यसै गरी ठाकुरराम बहुमुखी र रारा बहुमुखी क्याम्पसमा पनि विद्यार्थी संगठनहरुबीचको विवादकै कारण मतगणना स्थगित छ ।
बुटवल बहुमुखी क्याम्पसमा चुनावी परिणाम घोषणा हुन वाँकी छ। अनेरास्ववियुका महासचिव ढुंगेलले त्यहाँ आफनो संगठन विजयी भएको दावी गरे। आफनो संगठनको उम्मेदारले ६८ भोटले अग्रता गरिरहेको स्थितीमा क्रान्तिकारीले बाँकी रहेको ३५ भोट च्यातेर हिडेको अनेरास्ववियुको आरोप छ।
मेची बहुमुखी रत्नराज्य र पद्यकन्या क्याम्पसमा भने निर्वाचन नै स्थगित भएको छ। त्यस्तै उपत्यकाको सरस्वती बहुमुखी क्याम्पसमा र विश्वभाषा क्याम्पसमा पनि स्ववियु चुनाव हुन सकेको छैन।

क्रान्तिकारीको स्थिति
अखिल क्रान्तिकारी मोरङका २ चितवनका ९ काठमाण्डौकां ५ रुपन्देहीको ३ गोर्खाका २ सिन्धुपाल्चोकको २ वटा क्याम्पसहरुमा विजयी भएको छ । मोरङमा महेन्द्र मोरङ र रमाइलो क्याम्पसमा क्रान्तिकारी विजयी भएको हो । महेन्द्र मोरङ क्याम्पसमा मिश्रित परिणाम आएपनि सभापतिमा क्रान्तिकारी विजयी भएको छ। यसले त्यस क्षेत्रमा उसको उपस्थिती सशक्त भएको देखिन्छ।
त्यस्तै चितवनका ९ क्याम्पसमा क्रान्तिकारी विजयी हुनुले पनि त्यस क्षेत्रमा यो संगठन बलियो रहेको देखिन्छ । क्रान्तिकारी विजयी भएका चितवनका नौ क्याम्पसहरुमा अमरजनशक्ति उमावडी सप्तगण्डकी रामपुर कृषि शहीद स्मारक माडी अरुणेदय वालकुमारी र भुवानी शंकर क्याम्पस रहेका छन्। माडीमा गरिएको यात्रु वस आगजनीको घटनाले माओवादीलाई राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा नै अप्ठयारो पारेपनि स्ववियु चुनावमा भने त्यस क्षेत्रको माडी क्याम्पसमा क्रान्तिकारी नै विजयी बन्न पुगेको छ।
काठमाण्डौको थापाथली इन्जिनियरिङ कान्तिपुर मनोहरा पब्लिक युथ र नेपाल राष्ट्रिय क्याम्पसमा क्रान्तिकारी विजयी भएको हो । थापाथली र पब्लिक युथमा सभापतिमा विजयी भएपनि समग्र चुनावी नतिजा मिश्रित हुन पुगेको छ । तुलनात्मक रुपमा क्रान्तिकारी उपत्यकाका क्याम्पसहरुमा कमजोर देखिन पुगेको छ। मिश्रीत परिणाम आएका थापाथली र पब्लिक युथ बाहेक क्रान्तिकारी विजयी भएका अन्य क्याम्पसहरु उतिसारो चर्चित छैनन् ।
रुपन्देहीका यज्ञोदय रामपुर बहुमुखी र भैरहवा क्याम्पसमा पनि सभापतिमा क्रान्तिकारी विजयी भएको छ । यसमध्ये रामपुर बहुमुखीमा मिश्रित परिणाम आएको छ भने भैरहवा क्याम्पसमा अखिलसँगको संयुक्त प्यानलका कारण क्रान्तिकारी विजयी बन्न पुगेको हो ।
गोरखामा भने क्रान्तिकारीले द्रब्य शाह र गोर्खा शिक्षा क्याम्पसमा प्यानल नै जितेका छन् । सिन्धुपाल्चोकको अरनिको र सुनकोशी दुई क्याम्पसमा पनि क्रान्तिकारी विजयी भएको हो ।
मकवानपुर ललितपुर काभ्रे सोलुखुम्बु लमजुङ अर्घाखाँची पर्वत रामेछाप रोल्पा सिन्धुली जुम्ला दोलखा रुकुम जाजरकोट प्युठान खोटाङ दाङ धादिङ उदयपुर नवलपरासी ओखलढुङगा र सल्यानका एक÷एक क्याम्पसमा पनि क्रान्तिकारी विजयी भएको छ ।

काठमाडौंमा नेविसंघ अगाडी
नेपाल विद्यार्थी संघ चाहिं काठमाडौंका ११ मोरङका २ लमजुङका ३ काभ्रेका ५ कास्कीका २ पाल्पाका २ काचनपुरका २ र नवलपरासीका २ क्याम्पसमा विजयी भएको छ। काठमाण्डौमा नेविसंघको उपस्थिती बलियो देखिन गएको छ।
आर्युवेद नरदेवी ग्रामिण आदर्श वाल्मिीकी शंकरदेव काठमाडौं शिक्षा पशुपति चावहिल महाराजगाज मेडिसिन त्रिचन्द्र बहुमुखी जनप्रशासन र कोटेश्वर क्याम्पस हुन् । कोटेश्वर क्याम्पसमा सभापति मात्रै जितेको हो। चर्चित मानिएको त्रिचन्द्र क्याम्पसमा नेविसंघले प्यानल नै जितेको छ भने शंकरदेवमा मिश्रित परिणाम आएको छ।
नेविसंघले जितेका काभ्रेका ६ वटा क्याम्पसहरुमा धुलिखेल सिद्धार्थ इन्द्रेश्वर चैतन्य र मानपुर कालापानी छन्। त्यस्तै लमजुङका पुष्पलता जनएकता मंगला र भक्तिआदर्श छन् । कास्कीका विद्यावासिनी विद्यापीठ र वनविज्ञान पोखरा पनि नैविसंघले जितेको छ। पाल्पाको शहीद र त्रिभुवन गरी दुईवटा क्याम्पसमा पनि नेविसंघ विजयी भएको छ। काचनपुरको सिद्धनाथ र शारदा संस्कृतमा पनि नेविसंघ विजयी भएको छ । नवलपरासीको कुमारवर्ती र त्रिधुवन क्याम्पसमा पनि नेविसंघ विजयी भएको छ । कुमारवर्तीमा प्यानलले नै जितेको छ भने त्रिभुवनमा मिश्रित परिणाम आएको छ।
नेविसंघले संखुवासभा तनहुँ धादिङ सुर्खेत अछाम वर्दिया बाग्लुङ झापा कैलाली कपिलवस्तु स्याङजा डोटी रौतहट जाजरकोट र सप्तरी जिल्लाका एक÷एक क्याम्पसमा पनि विजयी भएको छ ।

अनेरास्ववियुको सामान्य अग्रता
६१ वटा क्याम्पसमध्ये काठमाण्डौको ६ काभ्रेको ७ र स्याङजाको ६ वटा क्याम्पसमा अनेरास्ववियु विजयी भएको छ । पाल्पा दोलखा झापा बैतडी सुर्खेत मुगु प्युठान लमजुङ सिन्धुपाल्चोक मकवानपुर गुल्मी र रुपन्देहीका दुई÷दुईवटा क्याम्पसमा पनि अनेरास्ववियुले जितेको छ ।
त्यस्तै ललितपुर कास्की वाजुरा अर्घाखाँची पसा्र मोरङ दार्चुला रौतहट धनुषा दैलेख दाङ सिन्धुली र चितवनमा पनि एक÷एक क्याम्पसमा अनेरास्ववियु विजयी भएको छ।
काठमाडौंका शहीद आदर्श पुल्चोक इन्जिनियरिङ ललितकला अमृत साइन्स पाटन संयुक्त र महेन्द्ररत्न ताहाचल क्याम्पसमा अनेरास्ववियुले सभापतिसहित जितेको हो। काभ्रेका साजीवनी सर्वमंगला डेडीथुंका तेजगंगा कुशादेवी र काभ्रे क्याम्पसमा अनेरास्ववियु विजयी भएको छ । अनेरास्ववियु विजयी भएका स्याङजाको ६ वटा क्याम्पसहरुमा त्रिया सिद्धार्थ कल्याण त्रिभुवन मिर्मि र निउली हुन् ।

´परिणाम अनपेक्षित होइन´
राजनीतिक विश्लेषक झलक सुवेदी स्वतन्त्र विद्यार्थी निर्वाचनको परिणामलाई स्वभाविक नै लिन्छन् । स्ववियु चुनावलाई संविधानसभा निर्वाचनमा दलीय प्रभावअनुरुप हेर्दा परिणाम स्वभाविक भएको उनको भनाई छ ।
´अनेरास्ववियु र नेविसंघको अग्रता नभएर क्रान्तिकारीको अग्रता भएको भए अनौठो हुन्थ्यो´ - उनले भने। उनका अनुसार क्रान्तिकारीको बीचमा श्रृङखला टुटेकाका कारण पनि उनीहरु अन्य दुई विद्यार्थी संगठनको तुलनामा पछि परेका हुन्।
क्रान्तिकारीको पकड तल्लो तहमा भएको तर त्यस्तो वर्गको पहुँच विश्वविद्यालय शिक्षामा नभएकाले पनि माउ पार्टीको तुलनामा विद्यार्थी संगठन कमजोर भएको भनाई सुवेदीको छ। नेविसंघको प्रतिनिधीत्व गर्ने वर्ग चाहिं सरकारी क्याम्पसमा भन्दा निजी क्याम्पसतर्फ आर्कषित रहेको तर्क उनको छ। ´सरकारी क्याम्पस पुग्ने वर्ग एमाले समर्थित अखिल नै हो´- सुवेदी भन्छन् ´त्यसैले पनि एमाले अखिलले केही अग्रता लिनु नयाँ कुरा होइन स्वभाविक नै छ।´
विद्यार्थी युनियनको चुनावमा प्रयोग गरिएको शैली दिएको महत्व र गरिएको खर्च यसपटक अनौठो हिसावले देखिएको छ । ´राजनीतिक दलहरुले यसपटक विद्यार्थीहरुको चुनावमार्फत शक्तिको प्रयोग गरेका छन्´ उनी भन्छन् । राजनीतिक दलहरुले विद्यार्थी चुनावमा गरिएको शक्ति प्रर्दशनले विगतमा भारतको उत्तर प्रदेशमा हुने विद्यार्थी चुनावको झझल्को दिएको छ । उत्तर प्रदेशको विद्यार्थी चुनावमा हुने शक्तिको प्रयोग र त्यसले निम्तयाएको विकृर्तिको कारण त्यहाँको राज्य सरकारले विद्यार्थी चुनावलाई नै प्रतिवन्ध लगाएको छ।
राजनीतिक दलहरुले खासगरी गैरप्राविधिक क्याम्पसहरुमा ठुलो संख्यामा कार्यकर्ताहरुलाई भर्ना गर्ने काम गरे । चुनावी प्रयोजनको लागि उनीहरुले यो काम गरेका हुन् । यो काममा पनि पार्टीहरुले ठुलो रकम खर्च गरेका छन् । विद्यार्थी संगठनहरुको यो कार्यले वास्तविक विद्यार्थीहरुको प्रतिनिधीत्व नहुन पनि सक्छ। ´यसमा राजनीतिक दलहरुको ठाडो हस्तक्षेप देखिन्छु विश्लेषक सुवेदी भन्छन् ुयसले गर्दा वास्तविक विद्यार्थीहरुको प्रतिनिधीत्व नहुने देखिन्छ।´
यसपटकको निर्वाचनमा एक अर्का संगठन र पार्टीलाई आरोप लगाउने काम पनि ज्यादा भएको छ। विश्लेषक सुवेदीका अनुसार पंचायतकालमा ब्यवस्था समाप्त गर्ने मिशन हुन्थ्यो भने पछिल्ला स्ववियु चुनावहरुमा राजतन्त्रको अन्त्य गर्ने नारा रहन गयो । ´अहिले विद्यार्थी संगठनहरुमा त्यस्तो एजेण्डा नभएपछि एक अर्काबीच आरोप प्रत्यारोप गर्ने परम्परा बृद्धि भएको हो,´ सुवेदी भन्छन् । अहिले राजनीतिक दलहरुमा स्ववियु कब्जा गरेर आफनो शक्ति देखाउने मिसन राखेकाले पनि तनाव बढन गएको हो ।
विगतमा झैं यसपटकको स्ववियु चुनावमा पनि शैक्षिक मुद्धाले खासै स्थान पाएन। शैक्षिक भन्दा राजनीतिक मुद्धा हावी हुने स्ववियु निर्वाचन र विद्यार्थी राजनीतिको परम्परा नै बन्न गएको छ।
एमाले अखिल तुलनात्मक रुपमा अघि रहनुमा उसको चुनावी तालमेलले पनि काम गरेको छ। स्थानिय आवश्यकताअनुसार अखिलले कुनै स्थानमा नेपाल विद्यार्थी संघ त कतिपय क्याम्पसहरुमा क्रान्तिकारीसँग तालमेल गरेर चुनावी मैदानमा उत्रिएको हो । ´माउ पार्टीमा झै स्पष्ट नहुने रोग विद्यार्थी संगठनमा पनि प्रतिविम्बित भएको छ´- एमाले अखिलबाट ०४४ सालमा पृथ्वीनारायण क्याम्पस स्ववियु सभापति समेत भएका सुवेदीको भनाई छ।
Last edited: 22-Mar-09 11:01 AM

 
Posted on 03-22-09 11:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://dainikee.com/news/index.php?action=news_details&news_id=5253
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Nepali doctors future black or white usa ?
Another Song Playing In My Mind
nrn citizenship
TPS Renewal Reregistration
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
WHAT DO YOU GUYS THINK ABOUT THIS?
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
Is money sent to support family tax deductible?
Nearly one-third of Americans support autocracy, poll finds
Alert: Turbo Cancers: A Rising Global Threat
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters