विकमाथि कानुनी कारबाही होस् भनेर उनलाई फकाउँदै काठमाडौंसम्म ल्याएको दाबी पुनको छ । प्रहरी स्रोतका अनुसार घटनाकै दिन रातारात विकलाई नवलपरासीको हात्तीखोरस्थित जनमुक्ति सेनाको शिविर पुर्याइएको थियो । दुई दिनपछि उनलाई माओवादी पोलिटब्युरो सदस्य टोपबहादुर रायमाझीले आफ्नो गाडीमा राखेर काठमाडौं ल्याइपुर्याएको प्रहरीको दाबी छ ।
रूपन्देही प्रहरी स्रोतका अनुसार रवीन्द्र विक, सुजित महत, सुजित लामिछानेलगायत उपनामले परिचित विक राष्ट्रिय अनुसन्धान विभागका डीएसपी हिमराज रेग्मीको हत्याका अभियुक्त पनि हुन् । पण्डित नारायण पोखरेलको हत्यामा समेत उनको हात रहेको प्रहरी शंका छ Kantipuronline