[Show all top banners]

ANS
Replies to this thread:

More by ANS
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

ThahaChaena

illuminati
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 उपचारखर्च नभएर २१ वर्षदेखि साङ्लोले बाँधियो
[VIEWED 2041 TIMES]
SAVE! for ease of future access.
Posted on 05-03-09 1:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

SHOULD WE HELP THIS GUY?? It is so sad story..

उपचारखर्च नभएर २१ वर्षदेखि साङ्लोले बाँधियो



























टीकाराम बस्याल/नयाँ पत्रिका
पाल्पा, १९ वैशाख

2009-05-03,Sunday



एसएलसी परीक्षामा अनुत्तीर्ण भएपछि मानसिक सन्तुलन गुमाएका पाल्पाका
एक युवक २१ वर्षदेखि जनावरझैं साङ्लोमा बाँधिएर नारकीय जीवन बिताइरहेका छन् । उपचार
गर्ने खर्च नभएपछि चापपानी-४ लिधिनडाँडाका ३७ वर्षीय दिलबहादुर सारुमगरलाई ०४६ सालदेखि
घरमै बाँधेर राख्ने गरिएको उनकी आमा बालकुमारी सारुले बताएकी छिन् ।



'०४५ सालको एसएलसीमा अंग्रेजी विषयको परीक्षा बिग्रिएपछि अत्यधिक मदिरा सेवन गर्न
थाल्यो, त्यसपछि मानसिक सन्तुलन गुम्यो,’ बालकुमारीले भनिन्, 'आफू काममा हिँड्दा
छिमेकीलाई दुःख देला भनेर बाँधेर राख्ने गरेका छौं।’ २०२९ सालमा जन्मिएका दिलबहादुरले
१६ वर्षको उमेरदेखि नै यसरी बाँधिएर यातना खेप्दै आएका छन् ।



'आफ्नै छोरालाई गाईवस्तुसरह अँध्यारो कोठामा बाँधेर राख्न त कसलाई मन लाग्छ र ?’
आमा बालकुमारीले नयाँ पत्रिकासँग भनिन्, 'उपचार गर्ने पैसा छैन, धाँमी-झाँक्रीबाट
उपचार गराउँदा निको भएन, अब त बाँधेर हिँड्ने बानी नै परिसक्यो ।’ सुरुमा बाबुआमासँग
झगडा गर्ने र आफ्नै कपडा च्यात्ने गरेका दिलबहादुरको साङ्लोले बाँधेर राख्ने गरेपछि
विस्तारै बोल्ने क्षमतासमेत गुम्दै गएको छ ।



सदरमुकाम तानसेनस्थित पद्म पब्लिक नमुना उच्च माध्यमिक विद्यालयबाट एसएलसी परीक्षा
दिएका दिलबहादुर विद्यालयकै उत्कृष्ट विद्यार्थीका रूपमा परिचित थिए । बालकुमारीले
भनिन्, 'पहिला एकदम राम्रो पढ्थ्यो, एसएलसी बिगि्रएपछि छोराको यो गति भयो ।’



दिलबहादुरलाई दिनभरि पिँडीको खाँबोमा बाँधेर राख्ने र साँझ परेपछि घरभित्रको कोठामा
थुन्ने गरेको आमा बालकुमारीले बताइन् । 'दिसा-पिसाब आउँदा कहिले भन्छ, कहिले त्यहीँ
गर्छ, मैले सफा गर्ने गरेकी छु,’ उनको दुखेसो छ ।



उपचार पाएमा छोरा निको हुनेमा बालकुमारी अझै विश्वस्त छिन् । ँसम्पत्तिका नाममा तीनवटा
बाख्रा छन्, दुःख गरेर रोगी छोरो पालेकी छु, कसैले उपचारमा सहयोग गरेमा निको हुने
थियो,’ बालकुमारीले गहभरि आँसु पार्दै भनिन् ।



गएको माघमा गाविसका तर्फबाट आठ सय रुपैयाँबाहेक छोराको उपचारमा कसैबाट सहयोग नपाएको
उनको गुनासो छ । गाउँकै युवालाई वर्षौंदेखि पशुझैं बाँधेर राख्दासमेत स्थानीय कुनै
पनि दललाई पत्तो छैन । तानसेनस्थित युनाइटेड मिसन अस्पतालका स्वास्थ्यकर्मी तेजबहादुर
थापाले भने, 'यति धेरै वर्षसम्म त्यसरी बाँधेर राख्दा उसको मानसिक अवस्था झनै बिग्रेको
हुन सक्छ । तर, उपचार पाउने हो भने निको हुन सक्छ ।’


 
Posted on 05-03-09 7:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sure; Why not.


 
Posted on 05-03-09 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Its a good idea to help this guys. I felt bad about him.

If any organization take initiative then it would be great to raise fund. We raise fund for dead people to send their body back to nepal. (I know they generated over 34 K to send body of a virginia girl about a year ago).

It would be a great help for that poor fellow.

 
Posted on 05-03-09 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Even couple hundred of dollars will be a starting.
 
Posted on 05-03-09 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

truely a sad story.


yes, count me in. lets find a way to reach his family in Palpa. if we can reach his parents even by phone then we can wire the money.


ANYONE from Palpa, Tansen?


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
श्राद्द
सेक्सी कविता - पार्ट २
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters