[Show all top banners]

Khairey
Replies to this thread:

More by Khairey
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

pacific salmon

gwarcha
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 आज बेलुका राजधानीमा मसाल जुलुश
[VIEWED 2081 TIMES]
SAVE! for ease of future access.
Posted on 05-05-09 10:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://www.dainikee.com/news/index.php?action=news_details&news_id=6587
- 2009-05-06 07:26:36
काँग्रेस र एमालेलाई गाउँ छोड्न माओवादी चेतावनी

गाँउ गाँउबाट कार्यकर्ता खेद्ने

सदनका कारवाही अबरुद्ध बनाउने

विपक्षीलाई जुत्ताको माला र कालोमोसो

आज बेलुका राजधानीमा मसाल जुलुश

भोलीदेखि राजधानीमा सडकमा जुलुश

काठमाडौं, वैशाख २३ (दैनिकी)- माओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री पदबाट राजीनामा दिएलगत्तै विभिन्न जिल्लामा काँग्रेस र एमालेलाई गाउँ छाड्न माओवादीले धम्की दिन थालेका छन् । प्रधानसेनापति रुक्मांगद कटवाललाई हटाएपछि माओवादीले गाउँबाट अरु पार्टीका कार्यकर्ता खेद्ने र शहरी क्षेत्रको जनजीवन अस्तव्यस्त बनाउने रणनीति अवलम्बन गरेको छ ।

माओवादीले केन्द्रमा प्रधानसेनापति प्रकरणमा सरकारी निर्णय विरुद्ध रहेकालाई विदेशी दलालको संज्ञा दिदैं उनीहरुलाई कालोमोसो र जुत्ताको माला लगाउनेसम्मको कार्यक्रम घोषणा गरेको छ । ककित माओवदीको रामेछाप जिल्ला समितिले नेपाली कांगे्रस र एमालेका सबै तहका कार्यकतालाई पाँच दिनभित्र गाउँ छाड्न चेतावनी दिएको छ। एकीकृत माओवदीको रामेछाप जिल्ला समितिका सह-इन्चार्ज राजन दाहालले विज्ञप्ति जारी गरी गाउँ खाली गर्न चेतावनी दिएको समाचार छ ।


तीय दलालहरुलाई जिल्ला, इलाका, गाउँ गाउँबाट लखेट्न वाईसीएल जनवर्गीय मोर्चा तथा देशभक्त जनतामा अपिल समेत गरिएको छ।
´नेपाली अनुहारका विस्तारवादी दलाल र मतियारहरुका गाउँ पार्टी प्रमुखसम्मका सम्पूर्णलाई पाँच दिनभित्र आफ्नो कित्ता स्पष्ट पारी सार्वजनिक अपिलमार्फत माफी मागी सर्वसाधारण भइरहन वा जनकारबाहीको सामना गर्ने विषयमा अन्तिम फैसला लिने अवसर दिन चाहन्छौं´ दाहालले विज्ञप्तिमा भनेका छन् ।
विज्ञप्तिमा समयसिमाभित्र उचित निर्णय लिन नसक्दा उत्पन्न हुने परिस्थितिको सामना गर्ने आवश्यक तयारी पुरा गर्नसमेत चेतावनी दिइएको छ ।
माओवादी जिल्ला समितिको विज्ञप्तिसँगै माओवादीको इलाका इन्चार्जहरुले समेत सोही बेहोराको विज्ञप्ति जारी गरेर नेपाली कांगे्रस र एमोलका कार्यकर्ताहरुलाई गाउँ छोड्न चेतावनी दिएका छन् । माओवादीको सो धम्कीप्रति एमाले र कांग्रसले आपत्ति जनाएका छन् भने स्थानीय प्रशासनले त्यस्तो हुन नदिने र भएमा कारबाही हुने बताएको छ।
पार्टी कार्यकर्ताले संकलन गरेको नामावलीमा पार्टीको निर्णय अनुसार कारवाही गर्न कडा निर्देशन केन्द्रले पठाएको छ । राष्ट्रपति रामवरण यादवको शिरमा श्रीपेच लगाएर भारतीय प्रधानमन्त्री मनमोहन सिंहले बोकेको कार्टुन मंगलबारदेखि प्रर्दशन गर्न थालेका छन् ।
माओवादीले रत्नपार्क, माइतीघर मण्डला, जाउलाखेल र पाँचतले मन्दीरमा आगामी २६ गते थप कार्टुन प्रर्दशन गर्ने बताइएको छ ।
बुधबार साँझ माओवादी मन्त्रीको नेतृत्वमा काठमाडौं उपत्यकामा सबै निर्वाचन क्षेत्रमा मसाल जुलुश प्रर्दशन गर्ने भएका छन् । विहान ९ देखि ११ सम्म रत्नपार्कबाट युवाहरुले प्रर्दशन गर्ने छन् । विहिबार विहान ११ देखि १२ बजेसम्म राष्टपति भवनमा महिलाले धर्ना दिने र शुक्रबार निषेधित क्षेत्रमा धर्ना दिने कार्यक्रम छ ।
 
बैरागिकाइलो
Posted on 05-06-09 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

When is it not happening ?
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
पुलिसनी संग - आज शुक्रवार - भाग २
Will MAGA really start shooting people?
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters