काठमाडौं,भारतीय सरकारी समाचार संस्था 'प्रेस ट्रस्ट अफ इन्डिया'-पीटीआई)ले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई 'भारतीय मूलको' भन्दै समाचार सम्प्रेषण गरेको छ । उक्त समाचारलाई भारतीय अन्य सञ्चारमाध्यमहरूले पनि प्राथमिकता दिएका छन् ।
रौतहटका ५६ वषर्ीय नेपालबारे 'इथिनिक इन्डियन माधव नेपाल मे विकम नेक्स्ट पीएम' शीर्षक समाचारमा उनका पुर्खा भारतबाट आएको दाबी छ । 'भारतीय जातीय मूलका वरिष्ठ नेता नेपाल नयाँ प्रधानमन्त्री बन्न सक्छन्' एमाले स्रोतलाई उद्धृत गर्दै त्यसमा भनिएको छ, 'उनको उम्मेदवारीमा पार्टीभित्र खासै विवाद छैन ।'