[Show all top banners]

ANS

More by ANS
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

ThahaChaena

illuminati
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 गणवहालस्थीत ग्याँस गोदाममा भीषण आगलागी
[VIEWED 901 TIMES]
SAVE! for ease of future access.
Posted on 06-23-09 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गणवहालस्थीत ग्याँस गोदाममा भीषण आगलागी


साँघुरो बाटो भएकाले दमकल जान कठिनाई,जनजीवन त्रस्त


काठमाडौं ९ असार (दैनिकी)




राजधानीको केन्द्रविन्दु मानिएको गणवहालस्थीत एक ग्याँस गोदाममा भीषण
आगलागी भएको छ । अत्यन्त ज्वलनशील पदार्थ ग्याँसको गोदाममा आगो लागेकाले
स्थानीय बासिन्दाहरु अत्यन्त त्रसित भएका छन् ।

ग्याँस गोदम भएको पाँच तले घरसँग अन्य घरसमेत जोडिएका थिए । राजधानीको
सबभन्दा बढी घना बस्ती भएको क्षेत्रमा अत्यधिक प्रज्वलनशील इन्धनको
गोदाममा भएको आगलागीले त्यस क्षेत्रको जनजीवन अस्तव्यस्त भएको छ ।

प्रहरी नियन्त्रण कक्षका अनुसार घटना करिब साढे ८ बजे आएको थियो ।
त्यसलगत्तै प्रहरी त्यस क्षेत्रमा पुगेर आगो नियन्त्रणमा लिने प्रयास
गरेको थियो । अहिलेसम्म त्यस क्षेत्रमा आगो नियन्त्रणमा आउन सकेको छैन ।

नेपाल प्रहरी, सेना लगायतका १० भन्दा बढी दमकलले आगो नियन्त्रणका लागि
प्रयास गरिरहेका छन् । प्रहरीका अनुसार अझैसम्म पनि आगो नियनत्रणमा आउन
सकेको छैन । ग्याँसमा लागेको आगो नियन्त्रणका लागि पानीको प्रयोगले हुदैंन


यस्तो अवस्थामा विशेषगरी फोमको प्रयोग हुने गर्छ । पे्रट्रोलियम पदार्थमा
लागेको आगो पानीले निभाउने प्रयास गर्दा आगो अझ माथि माथि जाने हुन्छ ।
आगोका ज्वालाई मत्थर पार्न विशेष फोमको प्रयोग गरिएको हुन्छ । सामान्यतया
विमानस्थल लगायतका संवेदनशील क्षेत्रमा प्रयोग गरिने फोमयुक्त दमकल ठूला
भएकाले घटनास्थलमा पुग्न कठिनाई भैरहेको छ ।

त्यसक्षेत्रको जनजीवन अस्तव्यस्त भएकाले क्षतिको विवरण अझैसम्म प्राप्त
हुन सकेको छैन । प्रहरीले भने १० बजेसम्म आगो नियन्त्रणमा आउन सक्ने
जनाएको छ ।


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters