[Show all top banners]

बैरे
Replies to this thread:

More by बैरे
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 सफल जिन्दगी भाग २
[VIEWED 3885 TIMES]
SAVE! for ease of future access.
Posted on 09-24-09 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घटना र परिस्थिती सत्यता मा आधारइत भए पनि कसै सँग मिल्न गए लागे पागे  बुढा को दोष 



सेल फोन मधुरो आवाज ले बज्यो , यो त पक्कै कल त होइन भन्दै सेल फोन हेरे , मेसेज आको रहेछ , इन्बोक्स मा जादा मेसेज देखे " Lets work things out ...." एक त घाम ले पारा तती रहा थियो त्यस माथि उु सँग अझै रिश उठेए रहेको थियो । उसलाई म के कुरा मा रिसाउछु , कस्तो कुरा मलाई मन पर्दैन सब ज्ञान थियो त्यही पनि उु त्यही कुरा ले म सँग झगडा गर्न खोज्थी । माया गरी मन भित्र राखेको मान्छेले त्यो मन लाई दुखाउदा चित्त कस्को नदुख्ला र ?


समय ले कसै लाई कुर्दैन भन्थ्यो र समय को गती पनि मोड्न सक्किन्न भन्थे तर म त्यो गती लाई मोडेर अतित तिर लाग्दै छु , कहाँ के बिग्रेछ भनी हेर्न खोज्दै छु । शायद दोषी मै नै हुँ कि ?


नेपाल छोडेको नि बर्षौ भयो , नेपाली को छोरो परिवार प्यारो कस्को हुँदैन र त्यस माथि त म एक्लो छोरो बाउ आमा को काख छोडि हुइकिए म पनि अमेरिका तिर । बाउ आमा को सपना साकार गर्ने धोकोले अमेरिका आको आज जिन्दगी लाई तराजु को तौलो मा तोल्दै छु । अब उु सँग को भेट त मैले मेरो अर्कै कथा मा लेखी सकेको छु । त्यो अन्तिम दिन लाई डेढ बर्ष अघी लग्यौ भने आज को दिन आउछ , तर हाम्रो यो नयाँ यात्रा १ बर्ष अघी सुरु भएको हो, त्यही सुरु गरु होला ...............


हाम्रो त्यो दिन को बिछोड पछी एक अर्का सँग कुरा सधैं जसो हुने गर्थ्यो , उु मलाई मन पराउथी र म उसलाई त्यो कुरा मा दुई मत हुन सक्दैन । हामी बिच केवल भौगोलिक दुरी थियो र त्यसै दुरी लाई मेटाउन हामी कोशीश गरी रहेका थियौ । उु न्यू योर्क मा थियो भने म अहिले काम को शिल्शिला मा डेन्भर मा सर्नु परेको थियो । मलाई न्यू योर्क को चहल पहल मन नपर्ने भएको कारण ले उस्लाई डेन्भर मै सर्ने कर गर्को थिए , तर उु मनेकी थिएन ।


सधैं झै काम पछी उसलाई फोन लगाए, म सधैं काम सकिने बित्तिकै उस्लाई फोन गर्थे , आफ्नो ६ बज्दा उसको ८ बज्थ्यो धन्न एउटै सेल फोन कम्पनी भएर आफु लाई ओवरेज नपर्ने 



फोन को अर्को तिर उसको सुमधुर आवाज ले मेरो सब थकान मेटिदिन्थ्यो । दिन भरी काम का कुरा हरु उसले नि बताए र मैले पनि । दिन भरी को रिपोर्ट पछी उही अब के गर्छौ , आज के खान्छौ आदी इत्यादि .....


उु - " अनी अब को कोमिङ वीक्न्ड त लोङ वीकेन्ड छ , तिमी मिल्छ भने बिहीवार नै निस्क त्यहाँ बाट , मैले शुक्रबार बिदा लिएको छु , हामी यो पाली Maine घुम्न जाउ । आईतवार फर्कौला अनी सोमबार त बिदा नै हो तिमी सोमबार बेलुका फर्क , हुन्छ  ?"


म प्राय लामो बिदा हुँदा न्यू योर्क जान्थे उस्लाई भेट्न तर अहिले सम्म उु भने यहाँ नआएकोले मैले उस्लाई यहाँ बोलाउने बिचार  गरे -


म - " सधैं म नै आएको छु , यो पाली तिमी आउन बरु यहाँ "


उु - " तिमी लाई थाहा छ त मलाई न्यू योर्क, इष्ट कोस्ट छाड्नु मन छैन , किन तिमी फेरी मलाई त्यहाँ सार्ने निउ खोज्छौ "


म - " ल यसो गरौ न , पहिला ठाउँ हेर अनी चित्त बुझेन भने बरु मै न्यू योर्क सरुला "


मैले नि जोखिम लिएर भनी दिए । यो बाजी हात पर्छ भनेर होला उसले पनि हुन्छ भनिदियो । 


अब मलाई र डेन्भर लाई केवल उस्को प्रतिक्षा थियो ।


क्रमश :


 


 
Posted on 09-24-09 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब मलाई र डेन्भर लाई केवल उस्को प्रतिक्षा थियो ।


समय ले आफ्नो काचुली फेर्दै गयो । गर्मी महिना चडचढी पोल्ने मौसम लाई उत्तर दिशाको सितल हावा ले ढाकदै गयो , जब ति दुई को मिलन भयो डेन्भर मा बसन्त को जन्म भयो । शायद बस्न्त को आगमनन् गर्न होश वा मेरो प्रियसीको, बोट बिरुवा ले पनि नयाँ पौदा हरु फुलाएर रङ्गी बिरङ्गी भई सजिन थाल्यो । बाटो घाटो मा मान्छे , बच्चा देखी ब्रिध सब को चहल पहल बढ्न थाल्यो । सितल हावामा नयाँ पौधा र बाटोका छेउका रेस्तुरन्त र ठेला गाडा मा खाना किन बेच गर्ने हरु को खाना को बास्ना मिसिदा सुन मा सुगन्ध थपे झै भएको थियो ।


उु आउने दिन पनि आयो । उसलाई लिन म काम बाट छिट्टै निस्किए , म न्यू योर्क गएको भए उसले शुक्रबार छुट्टी लिन्छु भनेकी थीइ , अब उु यहाँ आउँदा आफु ले पनि सोहि गर्नु पर्ने भएको ले शुक्रबार को छुट्टी मागी सकेको थिए । एअरपोर्ट सम्म जादा , मौसम देख्दा रफी को गीत याद आयो - " बहारो फूल बर्षावो ....... " गीत सँगै मैले नयाँ षड्यन्त्र पनि कोर्दै थिए । उसलाई आफ्नो चक्रबिउ मा फसाउन सकी भने, उु न्यू योर्क छोडेर डेन्भर सर्ने निस्चित थियो ।  


एअरपोर्ट को प्रतिक्षा कक्ष मा उसको प्रतिक्षा गर्दै थिए । उ आइपुगी , दिमाग एक्कासी बर्ष दिन अघी को याद मा भुल्न गयो । त्यो केल्विन क्लैन को बास्ना अझै पनि त्यस्तै छ । उु मुस्कुराउदै मेरो समक्ष आइ , एअरपोर्ट आउनु अघी , पसल छिरी केही रङ्गी चङ्गी गुलाबको बुके किनेको थिए त्यही पसारी , हात खोलेर आफ्नो अङ्गालो मा  उस्लाई आमन्त्रण गरे । उसले मेरो आमन्त्रण स्विकार गरी आएर मेरो अङ्गालो मा बाधीई ।


हुन त मैले एक तिर दो सिकार गरेको थिए , बिचरा उसलाई मेरो कपटी मन को बारे के थाहा । उु कल्युग अभिमन्यु थियो, मेरो चक्रबिउ बनेको देख्ने बित्तिकै भागने सुर उसको थियो । तर मेरो कपटी सकुनी मनले गुलाब र अङ्गालो सँगै चक्रबिउकोद्वार खोलेर उसलाई फसाइ सकेको उसले थाहा पनि पाएन । अब मैले खुखार खेलाडी झै नाप तौल सित खेल खेल्नु पर्ने थियो । आफ्नो चक्रबिउ को द्वार  उसले देख्न नपाउने गरी बलुउटेमा भसाउदै लानु पर्ने थियो ।


हामी त्यहाँ बाट निस्की मेरो डेरा तिर लाग्यौ , बाटो मा उही त्यो दिन को रिपोर्ट एक अर्का लाई बुझाईयो । मैले डेरा जाने बाटो सिधा बाटो पनि बदलीदिए, हाईवे बाट नलगी उसलाई भित्री बाटो बाट लगे , बाटा मा मानिस हरु चहल पहल थियो , घर हरु का बगैचा हरु रङ्गी बिरङ्गी फूल हरु ले सजिएको थियो । आँखा अगाडि हरियो डाँडा काडा हरु माकही राता, कही पहेला र कही अनेक रङ्ग हरु मिसिएको थियो । "Fall in Denver"  डेन्भर विवाह मा सजेकी दुलही झै सजिएको थियो । त्यो रमणिय बातावरण मन नपर्न त मुटु बिना को मान्छे हुनु पर्छ ।


म - " कस्तो लाग्यो त डेन्भर "


उु - "so far, so good, मलाई थाहा छ तिमीले के गर्न खोज्दै छौ , म तिम्रो जाल मा फस्ने वाला छैन " ... म तिर हेर्दै उु मुस्कुराइ रहेकी थिई


म - "मैले केही गर्या छैन , अब म बस्ने ठाउँ , नै यती रमाइलो छ भने, त्यस मा मेरो के दोष ? "


उु - "मैले तिमीलाई राम्ररी चिनेको छु , Either way you are coming to New York "


मन मनै - Ohh I wish you really knew me झै लाग्यो , फेरी डाइलग दिए - " It doesn't matter where one is , what matters is who one is with ....."


तरुनी दङ्ग !!!!!


केही क्षण मै हामी मेरो डेरा तिर नि पुग्यौ । भित्र पस्दा उसको होष हरायो, कोठा मिलेको थियो । न्यू योर्क मा उसको कोठा मुसो को डुलो जत्रो थियो भने , यहाँ लिभिङ , डाइनिङ , र सुत्ने कोठा छुट्टै थियो , तर त्यो कुरा ले भन्दा मेरो कोठा चटक्क मिलेको देखेर होला उसको होष हराको । लिभिङ रूम बाट बाल्कोनी जाने ढोका खुल्लै थियो, क्षितिज मा रहेको डाँडा हरु,  मेरो कोठा र आफु बिच पर्ने शहर का घर हरु लाई पन्छौदै चिहाउदै थियो । ठीक समयमा ठीक ठाउँ मा हुनु पर्छ भन्थे , कोठा भित्र छिर्ने समय र हावा को बेग बाल्कोनी बाट छिर्ने साहित् मिलेको रहेछ , ठ्याक्क हिन्दी फिल्म मा झै पर्दा हरु पनि हल्लिन थाले ।


उु - " Am I Dreaming ? तिम्रो कोठा यस्तो राम्रो त्यो माथि नि यस्तो मिलेको , पक्कै मलाई फकाउन " समान भित्र राख्दै


- " होइन अली अली सफा मात्रै गरेको हुँ , अब एक्लो ज्यान कती नै फोहर हुन्छ र "


उु - " हो , भेगस मा देख्या थिए तिमी कती सफा थियौ भनेर "


- " समय सँगै मान्छेको पनि परिवर्तन हुन्छ "


उु - " ल ल पत्ताए , धेरै डाइलग नहान , बरु म फ्रेश हुन्छु , तिमी पनि चेन्ज गर, एक छिन थकाइ मारु अनी बेलुका को लागि तयारी गरुला हुन्न ? "


हुन्छ भन्दै , म कोठा तिर लागे , उु चाँही सुटकेस खोल्न लागि ।  म चेन्ज गरेर बाहिर कोठा मा निस्किदा उु बाथरूम मै थीइ , उसको समान फेरी कोठा तिर लगेर राखी दिए । मरी मरी कोठा सफा गर्या यती चाडो भताभुङ्ग हुन त दिनु भएन , ३-४ दिन त हो नि सफा राख्नु पर्ने त्यस पछी त आँफै राजा आँफै प्रजा बालै छैन ।


म किचन तिर गएर जुस , फल्फूल र केही कूकिस हरु तयार पार्न गए । बाल्कोनी मा सधैं चुरोट निभाउने खरानी दानी मात्रै हुन्थ्यो , तर उसले डेन्भर आउछु भने सि , गराज सले मा २ वोटा कुर्शी र एउटा सानो टेबुल पनि किनेर ल्याए । खाना त्यही राखी कुरे , उु बाथरूम बाट निस्की, मस्किदै - " इन्तेरेस्तिङ " भनेर छेउ मा बसी ।


- "एक छिन बस्दै गर है , म पनि हात मुख धोएर आउछु " भनी उठे , बाथरूम तिर लाग्द मनले -" कत्ती न सधैं गर्या झै " भन्यो मन ले बोलेको नि सुन्ला कि भनेर बाथरूम भित्र छिरी हाले । आफ्नै बाथरूम पराया झै लाग्यो । चुरोट को गन्ध , ऐना मा पानी को छिटा हुने बाथरूम आज बास्ना सुगन्धित थियो ,  सिशा मा पनि चमक थियो , रुमाल झुण्डाउने ठाउँमा , एउटा बाथ टोवेल , एउटा फेस टोवेल र अर्को ह्यान्ड टोवेल मिलेर राखीएको थियो , म्याट र मत्चिङ शावर कर्टेन थियो ।  बाथरूम सँग पनि गफ गरियो - " $१०० खर्च गर्या छु तरुनी लाई फसाउन सकेन भने सब रिफन्ड गरिदिन्छु " भनेर थर्काए ।


मुखा पानी पर्दा त मुख पनि झस्कियो होला लौ न नसुती बिहान भयो कि क्या हो भने हो !!! ऐना हेरे , र आफ्नो प्रतिबिम्भ लाई सम्झाए , " Play it Right " Thumbs up दिएर निस्किए बाहिर ।  उु मलाई कुह्री रहेकी थीइ , एक छिन बसी खाजा खायौ । बाहिर को रमणिय द्रिश्य सँगै हामी दुई रमाइ रहेका थियौ ।


 


क्रमश :


 
Posted on 09-24-09 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मुखा पानी पर्दा त मुख पनि झस्कियो होला लौ न नसुती बिहान भयो कि क्या हो भने हो !!! ऐना हेरे , र आफ्नो प्रतिबिम्भ लाई सम्झाए , " Play it Right " Thumbs up दिएर निस्किए बाहिर ।  उु मलाई कुह्री रहेकी थीइ , एक छिन बसी खाजा खायौ । बाहिर को रमणिय द्रिश्य सँगै हामी दुई रमाइ रहेका थियौ ।


उु - " कस्तो रमाइलो ठाउँ रहेछ है यहाँ त "


म केवल उस्लाई हेरी मुस्कुराइ रहे , म त्यो द्रिश्य र मेरी प्रियसी को दाजो गरी रहेको थिए । हार जीत कस्को भयो त्यो ठम्म्याउन सकिन ।


- " Please मलाई त्यसरी नहेर , I Know what you are thinking । मलाई Time चाहिन्छ , I will seriously consider this ."


- "मैले के नै भने र , म त तिमीलाई यो पल सँग दाजो गरी रहेको मात्रै थिए "


उु - " अनी कुन राम्रो त ? "


यथार्थ र सहि जवाफ मा फरक हुदो रहेछ , तर मलाई मेरो प्रश्न को सहि जवाफ थाहा थियो मैले न हिच्किचाई भनी - " तिमी "


उसको जवाफ - " I Know "


केही क्षण हामी त्यही बसी रहयौ , र बाहिर निस्किने तर खर गर्न आट्यौ । तयार भई राख्दा उसले मलाई सोधी - " आज यही खाने कि बाहिर ? "


- "बाहिरै केही खाउ हुन्न र ? " मन मनै सोचे घर मा पकाउदा काट कुट गर्नु पर्‍यो , पकाउनु पर्‍यो , भाडा माज्नु पर्‍यो , हिजो रात भरी उु आउने भनेर सफा सुगर गर्न लाग्या थिए फेरी गर्नु पर्छ भनेर घरमा खाने कुरा उपयुक्त लागेन ।


उु आफ्नो आँखा मा गाजल लगाइ रहेकी थीइ , आँखा को पारीली मा  आइ लाइनर कोर्दै थी , कहिले ब्लश ले गाला टक्टकाउथी भने कहिले कपाल सुम्सुमाउथी । - "के हेरी रहेको , give me  2 mins , जाउ बाहिर बसी राख "


- "किन मैले तिमीलाई हेर्नु हुन्न ?"


- " हुन्छ , तर तिमी लाई केटी को श्रिङ्गार पटार मा किन interst नि ?"


म केही नबोली बाहिर गएर बसे । एकै छिन मा उु बाहिर निस्की - "How do I Look ?" उत्तर - " Beautiful "


उु - " को जस्तै देख्या छु भन त " उत्तर - " रानी मुखर्जी "


उु - "रानी मुखेर्जी कि ऐश्वर्य राय " उत्तर - " ऐश्वर्य राय "


उु फेरी दङ्ग परी, भन्दै मा मेरो केही जाने होइन , उु दङ्ग पर्छ भने त Angelina Jolie नै भनी दिन्थे मेरो के बिग्रन्छ र ? 


हामी डेन्भर डाउन टोव्न घुम्न निस्कियौ , केही बेर यता उता घुमीयो , उसले पोज पोज मा फोटो खिची कत्ती पोज त आफु ले नि मारियो , बाट मा हिडि रहेका लाई खिचिदिन आग्रह पनि गरियो । केही बेर को हिडाइ र फोटो खिचाइ पछी खुट्टो ले सर्नै छाड्यो , खुट्टा ले हड्ताल सुरु गरी सकेको थियो भने पेट पालो कुर्दै थियो , लौ भएन खुट्टो लाई फकाउनु र पेट लाई युद्ध मा सामिल हुन दिनु अघी केही उपाय गर्नु पर्‍यो भनेर हामी एउटा डाईन आउट रेस्तुरन्त मा पस्यौ ।


आफ्नो अर्डर दिएर हामी , त्यो सितल साझ सँगै रमाइ रहेका थियौ ।


उु - " म नहुँदा अरु सँग पनि यस्तै गर्ने गरेको छौ कि क्या हो ?"


हरे भगवान कुरा फेरी अतित तिर जाला भन्ने डर ले - "किन नचाहिने कुरा गरी रहा " भने


उु - " तिमी सँग जिस्किन पनि हुन्न ? "कस्तो un-romantic मान्छे टाईम "


- " त्यसो भन्या होइन , कहाँ अरु सँग आउनु नि हान्न पो खोज्या त "


उु - " एउटा कुरा सोधु "


मुन्ना भाई मा झै मत पुछो भनी दिउ क जस्तो ला थियो तर , मुखबाट - " हुन्छ " भनी उत्तर आयो


उु - " तिमी प्राय जसो बाहिरै खान्छौ हो ?


मैले केही नसोची - " कहिले काही " भनी दिए , फेरी सोधे - " किन ?"


उु - " त्यतिकै सोधेको "


- " तिमीले कहिले त्यतिकै सोध्दैनौ , किन भन त !"


उु - " होइन खासै केही होइन , यसरी सधैं बाहिर खानु हुन्न , अहिले कमाइ छ त्यसइ ले सोच्दैनौ , तर savings को पनि बिचार  गर्नु पर्छ । आफ्नो भविश्य को बारेमा पनि सोच्नु पर्छ , We are not kids anymore "


मलाई उसको कुरा ले चित्त बुझ्यो , हुन पनि हो मैले अब भविश्य को बारेमा सोच्नु पर्ने त थियो , त्यही पनि उस्लाई जिस्काउन - " कमाए पछी खर्च  पनि त गर्नु पर्‍यो नि , आखीर  मरी लानु केही छैन "


उु - " मैले त्यसो भन्या होइन , खर्च  अवस्य गर्नु पर्छ , दु:ख ले कमाको पैसा मा मोज गर्न अर्कै मजा आउछ , आफ्नो पसिना को कमाइ भन्ने याद हुन्छ तर जीवन को कुन कुना मा झरी लुकेर बसेको छ त्यो थाहा हुन्न , त्यो पल नआए  पनि त्यसको लागि जगेणा भने गर्नु पर्छ । फेरी भविश्य भोली तिमी एक्लो हुने छैनउ , आफ्नो जीवन साथी को पनि तिमीले खयाल गर्नु पर्छ , त्यसैले अहिले देखी  saving गर्ने बानी पर्‍यो भने तिमी लाई पछी लाई सजिलो हुन्छ । Its not how much a Man makes, Its how much he saves ....."


- "Save  गर्ने तिमी छ्दैचाउ नि , मैले किन गर्नु पर्‍यो ?"


उु - " अ तिम्रो पैसा मलाई चलाउन दिन्छौ होला नि "


- " मेरो भन्नु नै तिम्रो हो, तिम्रो भन्नु नै मेरो हो , म सँग मेरो तेरो भन्ने कुरा नगर , मलाई मन पर्दैन " अली रिसाएर भने मैले


त्यही बिच वेटरले खाना ल्यायो । खाना खाइ सके पछी , हामी बाहिर निस्क्यौ , म चुरोट सल्काउन लागे ।


- " आज नखाए हुन्न "


- " अली कती मात्रै तान्छु " खाना खाए सि तान्नै पर्ने आफु लाई , उसलाई भने पटक्कै मन नपर्ने


उु - " अघी को कुरा ले अझै रिसाइ रहेको छौ कि क्या हो ? "


- "होइन किन रिसाउनु , तर आइन्दा प्लिज यस्तो तेरो मेरो कुरा चाँही नगर, मैले अघी नै भनी सके जे तिम्रो हो त्यो मेरो हो , जे मेरो हो त्यो तिम्रै हो " हान्न पाको डाइलग किन छोड्ने , दिए मैले नि एकै सास मा


उु - " ल ल , अब देखी गर्दिन, बरु तिमी ले चाँही चुरोट खान कहिले छोड्ने हो ? अब त उमेर पुगी सक्यो अब त न स्टाईल न पोज किन तानी रहनु पर्‍यो ?"


- " पहिला त तिमी लाई केही हुँदैन थियो अहिले चाँही किन एकासी के बिगारयो चुरोट ले तिम्रो ?"


उु - " तिमी ले भन्या होइन जे तिम्रो त्यो मेरो , जे मेरो त्यो तिम्रो , तिम्रो श्वासथ बिगारएे राख्या छ त्यो चुरोटले , तिम्रो र मेरो बिच को हरेक पल चोरी चोरी  पर लागि राख्या छ , तिम्रो चुरोट ले " उसले नि एकै सास मा भनी ।


आफु ले खन्या खाल्डो मा आँफै परीयो , हुन पनि हो अब त यो जिन्दगी मा उसको पनि अधिकार छ , आफु चाँही तेरो मेरो नभन भन्ने फेरी मलाई मन पर्छ भने तिम्रो टाउको किन दुख्ने त भन्नु भएन ।


- " छोडि दिउला , बिहे पछी " मैले नि भनी दिए त लौजा ।


उु - "बहाना त कत्ती आउछ हगी तिमीलाई "


म केही बोलिन । हामी हिड्दै गाडी भएको ठाउँ तिर गयौ । कोठा पुगेर एक छिन टि.भी हेरी बस्यौ ।


- " ल अब सुत्ने तर्खर गर्ने होइन ? भोली बिहान एस्पेन तिर जाउला "


- " हुन्छ " भनी उु पनि उठी र हामी सुत्ने तर्खर गर्न लाग्यौ ....................


क्रमश :


 
Posted on 09-24-09 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

- " हुन्छ " भनी उु पनि उठी र हामी सुत्ने तर्खर गर्न लाग्यौ ....................


बिहान आँखा ७ बजे नै खुल्यो , आफ्नो नित्य कर्म सकाएर किचन मा गई, ब्रेक फास्ट तयार पारी उस्लाई उठाए , मेरो यो नयाँ रूप देखेर उु दङ्ग थियो , तर उस्लाई के थाहा उु मेरो जालो भित्र फस्दै गएको थियो भनेर ।


डेन्भर बाट एस्पेन कारीब ४ घण्टा को बाटो थियो । हामी निस्किदा कारीब ९ बज्न आटेको थियो ।  गाडी हाई वे मा छिर्ने बित्तिकै उु नुन खाको कुखुरा झै झोक्राउन थाली , मैले दुबै झ्याल खोली दिए , हावा को बेग र आवाज उस्लाई उठ्ने कर लाग्यो ।


उु - "एक छिन सुत्न देउ न १ घण्टा मात्रै अनी म फ्रेश हुन्छु के "


- " कहाँ सुत्ने , यस्तो रमणिय मौसम छ, साथ मा तिमी अली Romantic हुन सिकन "


आफ्नो बज्रले आँफै लाई प्रहार हान्दा कस्तो हुन्छ उसलाई महसुश भयो । उु मुस्कुरायो , मेरो हात लाई आफ्नो हात ले समाइ र मलाई फकाको झै फेरी मेरो काध लाई सिरानी बनाउन पुगी ।


- " please यस्तो bore नगर न , एक्लै चलाऊन एकदम गाह्रो हुन्छ क्या , जाबो ४ घण्टा को बाटो मा साथ दिन सक्दैनौ , जिन्दगी मा के साथ दिन्छौ ?"


अब मैले उसको माया लाई लल्कारेको थिए , यो चुनौती मलाई भारी पर्ला जस्तो थियो , तर सोचे ४ घण्टा त मैले चलाऊनु पर्ने हो कसरी गाह्रो पर्ने मलाई , तर पनि डर भने लागि रहेको थियो , कती बेला यही डाइलग आफु लाई पेल्न आउँला भनेर ।


उु - " ल ल अब त उठ्नै पर्‍यो , यस्तो डाइलग हाने पछी, ल भन के कुरा गर्नु मन छ, Besides Move to Denver "


म - " दु:ख सुखका कुरा गर , हामी दुई को कुरा गर । भाग्य ले तिमी लाई फेरी म सँग अगाडि को सिट मा राखी दियो, पहिले यही सिट मा बस्दा आसुँ झर्थ्यो अब यही बेसी भयो " पेले मैले पेल्न पाको बेला ।


उु - " Please , म केही रोको थिईन के , त्यती खेर म बच्चै थिए , ईमोसनले टेक ओभर गरेर मात्रै हो , नभए रुन्थे तिमी जस्तो निर्दही को लागि , तिमी ले नि काम पापड बेला थियौ । म सोझी भएको ले फसे नभए त ......"


- " नभए के , मैले त केही गर्या थीईन , तिमी आँफै फस्या त हो नि । म त च्याङ्ग्रा को बिहे को लागि मात्रै गाको थिए । "


उु - "म नि त्यसकै बिहे को लागि गाको थिए , तिमी ले नै के के गर्यौ .......... तर कस्तो अच्चम्म हगी I Never thought I Would be with you again "


- " It was meant to be "


उु - "तिमिले च्याङ्ग्रा र केरेन लाई नि बोलाको भए हुने नि, तिनी हरु लाई नभेट्या नि बर्ष दिन भयो "


- "कवाफ मा हड्डी किन बेकारमा "


उु - "त्यो पनि हो " हाँस्दै


समय बित्दै गयो , बाटो सकिदै र साथ मा गर्ने कुरा हरु पनि , घडी हेर्दा ११ बजी सक्या रहेछ , भोक नि लाग्यो , खानेको बन्दो बस्त गर्नु पर्‍यो ।


- " केही खान को लागि रोक्नु पर्ला जस्तो छ "


उु - " के खाने , Mc Donalds हरु त नखाउ , बरु लन्च कै ब्यब्स्था गर्ने हो कि ? "


- " होइन लन्च त एस्पेन मै गर्नु पर्ला अहिले केही लाईट खाउ , हुन्न ?"


उु -" हुन्छ " 


एक्सित लिएर गाडी Mc Donalds मै रोक्यौ ,


उु - " ल म अली फ्रेश हुनु पर्ला "


उु रेस्टरूम तिर लागि , मैले फोन हेरे ११:२० सोचे अझै टाईम भाको छैन , अब एक घण्टा बाँकी छ ।


गोर्खे लाई चिकेन बाहेक अरु के नै पाईन्छ र Mc Donalds मा । चिकेन सन्द्विच मगाइयो , र फेरी बाटो नापियो । गाडी मा गफ गाफ त्यती खासै केही भएन , सि.डि सुनियो, हिन्दी फिल्म मा राजेश खन्ना ले झै अली अली आफु ले नि गाइयो ।
 
सि.डि  आधुनिक र पुराना हरु गीत हरु संकलन थियो , "पिया बसन्ती रे " घन्क्यो , आफु उस्ताद नभएनी सुल्तान खान को लय मा लय मिलाएर गाउँन थाले , उु पनि के कम ? चित्रा नै हुँ झै गरे , म हाँस्दै गाउँन लागे । गीत को घन्काइ मधुरो भयो ,
 
उु - " किन हास्या मेरो स्वोर सुनेर ?"
 
- "होइन (साचो बोल्न डर लाग्यो ), तिमीले मेरो साथ दिएकोले हास्या नि "
 
उु - " अनी मेरो स्वोर कस्तो छ त "
 
हरे भगवान आफ्नो स्वोर कहिले सुन्या थिन कि के हो , मलाई बिच मा किन पार्ने , हरेक चोटि झूठो बोल्दा , यामुण्ड ले चित्र गुप्ता लाई हेरेर - "यस्को नाम मा २ किलो इट्टा अझै थप " भनेको सुन्छु । त्यो मह जोडी को टेलिफिल्म झै "प्रभु मुख सानो छ छिर्दैन" भन्दा नि "ए त्यसो भए दात फोड्दे अनी पस्छ" भन्ला कि भन्ने डर आफ्नो नाम २-३ ट्रक इट्टा त जम्मा भई सक्या थियो ।
 
अब अर्को जुग होला कि नहोला, यो जुगाँ त त्यस्को फल नभुग्त्ने बिचार ले - " ठ्याक्क चित्रा " भनेर जसाव्फ दिए ।
 
तरुनी नि दङ्ग आफु ले अरु थप केही भन्नु नपर्ने , के को टिकी ट्यास ट्यास ।
 
एस्पेन आउन केवल १ घण्टा बाँकी थियो , खल्टी मा फोन भाईब्रेट भएको महसुश भयो । मेरो कुराही सकिएको थियो ।
फोन निकालेर कतै फोन गर्न लागेको झै गरे , टेक्स्ट मेसेज थियो - " २:०० " 


उु -" का फोन गर्न आट्या "


- " एस्पेन मा रूम बुक गर्या थिए , त्यही कोन्फिर्म गरु कि भनेर " मैले कुरा घुमाए


उु - "नेट बाट बुक गर्या रूम लाई नि किन कोन्फिर्म गर्नु पर्‍यो ? कस्तो पाखे तिमी "


मैले उस्को पाखे भन्ने भनाइ लाई घुरेर हेरे ...


उु " त्यस्तो भन्न खोज्या होइन, जिस्क्या मात्रै "


- " यही पाखे नभै भाको थिएन पहिले , अहिले मै बेसी भए "


उु - " तिमी त कस्तो un-interesting character , अली sense of humor किनेर राख "


- " अब त त्यही त हो नि "


उु - " ल ल भयो , सक्दिन तिमी सँग झगडा गर्न , म चाँही उु भनेर यहाँ सम्म आए , उु भने चाँही खाली ठुस्स को ठुस्स , बरु आज को के प्लान छ भन न, एस्पेन मा अझै हीउँ हुन्छ , मलाई स्कीङ  गर्न कस्तो मन छ "


- "हुन्छ , पहिले मोटेल मा चेक इन गरु अनी स्कीङ जाउला "


उु - " तिमी लाई स्की आउछ "


- "हल्का फुल्का "


उु - " I'm so excited "


हाम्रो अगी एस्पेन का द्रिश्य हरु सुरु भई सकेको थियो , हावा मा पनि बद्लावत भई सकेको थियो , चिसो हावाले मन मस्तिस्क नै बिउझाएको थियो । गाडी को सिशा खोलेर त्यो हावा को महसुश लिदै थियौ । एस्पेन शहर भित्र प्रबेश गरियो , घडी हेर्दा १:५२ भएको थियो , गाडी आफ्नो लक्ष बाट अली घुमाए ।


उु - "किन यहाँ घुमाको "


म - " यहाँ को इन्फर्मेसन सेन्टर मा हामी स्की गर्न जाने ठाउँ को पास छ रे , त्यही लिन " गाडी पार्क गर्दा २:०० बज्न आटी सकेको थियो ।


म - "तिमी पनि जान्छौ कि यही बस्छौ ? "


उु - "कती टाईम लाग्छ "


- "१० मिनट जती "


उु - " ल ल चाडो आउ , म यही बस्छु "


केही बेर पछी म आए , उु शायद गीत सुनेर मग्न भई रहेको हुनु पर्छ , मैले उु झसँङ भएको देखे , शायद उस्ले मेरो आपेक्षा गरेको थियो तर उसको नजर मा म होइन अरु कोही थियो । उु थर्ररर काप्दै थियो , उसका आँखा रसाएको थियो ।


क्रमश :


 
Posted on 09-24-09 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रभु हरु सान दाई ले यो सर्वर उप्ग्रेड गर्ने क्रम मा मेरो नाउ नै ढुस गरिदिनु भयो बल्ल कोम्पुटर मा खोजी भेटे ..... ढिलाई को लागि माफ पाउँ 
 
Posted on 09-24-09 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केही बेर पछी म आए , उु शायद गीत सुनेर मग्न भई रहेको हुनु पर्छ , मैले उु झसँङ भएको देखे , शायद उस्ले मेरो आपेक्षा गरेको थियो तर उसको नजर मा म होइन अरु कोही थियो । उु थर्ररर काप्दै थियो , उसका आँखा रसाएको थियो ।


उसले हत्त न पत्त गाडी को ढोका खोलेर च्याङ्ग्रा लाई अंगालो हाली र पछी केरेन लाई -


उु - " What a Surprise !!!!!!!!!!!!!!!!!!!! "


च्याङ्ग्रा - " के छ तेरो खबर , मलेवा जोडी हाम्रो बाल नै छैन "


उु - " कहाँ त्यस्तो हुनु , म त तिमी हरु बिजी भन ठान्या नि "


म - च्याङ्ग्रा लाई हेर्दै  " खै अघी सम्म, तलाई कवाफ मा हड्डी भनी रहा थि "


उु - मलाई घुरेर हेरेर - " आमा ..... केही नहोश अझै आफु ले भन्या कुरा मलाई भन्ने "


( तरुनीको "आमा" ........ भन्ने बानी घातक हुने के गर्नु )


केरेन - " You guys want to stay here all day , or shall we get moving "


च्याङ्ग्रा र केरेन को समान गाडीमा राखेर हामी निस्किन तयार भयौ ।


च्याङ्ग्रा - " बाटो भरी अगाडि बस्या थिस् , जा अब पछाडि बस "


एक बर्ष ढाड नपड्क्या आवाज फेरी सुनियो ।


च्याङ्ग्रा - "सल्काउने हो "


- "नाइ त भन्नै जान्या छैन "


एस्पेन को त्यो चिसो हावा लाई केही डिग्री ले तताइयो अनी आफ्नो लक्ष तिर लागियो ।


रिया केरेन सँग कुरा गर्दै - " Oh my God , tomorrow  is your Anniversary ! How has this idot treated you "


केरेन - " You Know all Guys are the same, after they get married, they all lose interest "


च्याङ्ग्रा - " Hey Baby , that is not what you have been saying for the past year " , च्याङ्ग्रा ले आँखा झिम्कायो , केरेन लजाइ ।


रिया - " So you guys had this trip planned before ?"


केरेन - " I guess these two made the plans, I did not know until the last moment "


च्याङ्ग्रा - " त यहाँ आउने थाहा भयो अनी लौ एनिभर्सरी हीउँ मा मनाइ दिउ न , जाडो ले अनेक काम गर्छ भनेर नि " हाँस्दै


रिया - " बिहे भई सकेर नि कस्तो छिल्लिन सक्या , तलाई त्यतिकै मान्छे ले बोका भन्छ "


च्याङ्ग्रा - " लौ मैले के नै भने र ? "  म तिर हेर्दै - "बैरे, मैले केही भने त त्यस्तो "


म उनी हरु को कुरा सुनी हासी रहेको थिए - " मलाई किन बिच मा पार्छस तिमी हरु को कुरा मा ....... No Comment "


केही बेर मै हामी होटेल पुग्यौ , चेक इन गरेर आ-आफ्नो कोठा मा लाग्यौ । ३० मिनट पछी निस्किने खाली फ्रेश हुने अनी स्की गर्न जाने निधो भयो ।


फ्रेश भएर हामी लबी मा भेटी लन्च खान तिर लाग्यौ ।


केरेन - " So Whats the plan for the day and the week "


केरेन को एउटा नासो म सँग थियो , फर्काउने बिचार  गरे - " Plans for the week , let time take its toll , as for the day we'll go skiing "


केरेन - " For some reason, I knew it would come back to hunt me, You guys are alike, even he does the same thing , whenever I say something to him, I know he is going to use it against me in the near future "


- " He learnt from the best "


खाना खाएर हामी स्की रेन्टअल तिर लाग्यौ । खासै स्की त कसै लाई आउँदैन थियो त्यही पनि लडी बुडी गरियो एकै छिन । म र च्याङ्ग्रा केटा भाको देखाउन अली चाडो चाडो अगी बढ्दै थियौ , केरेन र रिया पछी पछी आउँदै थिए । दुरी अली धेरै भएको लागेर हामी उनी हरु लाई कुर्न बस्यौ । उनी हरु हामी भए ठाउँ मा आए ।


रिया - " Are you guys here by yourself on vacation ?"


केरेन च्याङ्ग्रा लाई हेर्दै - " Baby I fell and hurt my hands "


च्याङ्ग्रा केरेन को हात मा चुम्दै - " Hope this feels better "


केरेन - " It Does "


(तरुनीहरु को नाटक नै अनेक , फकाउन कती नाटक गर्नु पर्ने )


रिया च्याङ्ग्रा लाई हेरेर हाँस्दै - " When she feel she hurt her @$$ too , why don't you kiss it as well "


हामी सब हास्यौ , च्याङ्ग्रा ले रिया लाई लखेट्न थाल्यो , छुट्टाउने मा म रे केरेन परे ।


स्की गरेर थाकेका थियौ , खुट्टा दुखेर थाम्नै गाह्रो भयो , लडेर घुडा र पछाडि नि निलो भई सक्या झै लाग्यो ।  हामी स्की फिर्ता गरी क्याफे तिर लाग्यौ ।


क्याफे मा हल्का फुल्का नास्ता अर्डर गर्यौ , च्याङ्ग्रा बाथरूम गएर फर्कियो , उु हात ले आफ्नो पछिल्लो तिर सुम्सुमाउदै थियो । आ गर्दा अलन्कार बुझे झै , उसको आउने वाक्य मैले बुझे को थिए , नभनोश जस्तो लाग्या थियो , बोली हाल्यो - "लड्दा लड्दा , दुई टुक्रै भए छ "



केटी मान्छे कस्तो सोझो हुदो रहेछ , केरेन र रिया दुबै ले - "व्हाट" भनी सोधे , च्यङ्ग्राले लाजै पचाएर के टुक्रेको भनी दियो ।  तरुनी हरु को मुख हेर्न लायक को थियो । आफ्नो वाक्य सकिए पछी म तिर हात उठाउदै हाइ फाइभ दिन खोज्यो , कसरी नकारु आफ्नै साथी लाई , मैले नि उठाइदिए के नै जान्छ र ।


" तिमी किन दङ्ग ?" रिया को प्रश्न


उत्तर - " नो कमेन्ट "


कमेन्ट गरेर नि किन आफ्नै खेदो खन्नु , बरु नो कमेन्ट भने कम से कम, उसको प्रहार बाट त बचिन्थ्यो ।


एक छिन त्यही बसेर , कफी पिउदै , द्रिश्य सँगै मान्छे हरु स्की गरेको हेर्यौ ,  को लड्छ को लड्दैन भन्दै बाजी नि खेलियो , समय बितेको पत्तो नै भएन । सुर्य को प्रकाश लाई निलुला झै गरेर सन्ध्या छाउन थाल्यो , हामी पनि होटेल गएर बेलुकी को तयारी गर्न लाग्यौ ।


 


क्रमश :


 
Posted on 09-24-09 3:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लामो अन्तराल पछी बैरे को सफल जिन्दगी पढेर फेरी एक पटक मुसु मुसु हासे !


रमाइलो छ ब्रो !
अब चाँही साझा बिग्रिदैन होल, छिटो छिटो हात  चलाऊ है !


 
Posted on 09-24-09 3:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माकुरी, बबाल, हा हा हा हा हा हा हा हा हा हा, ब्'बाल प्रभो, माने मैले माने, ग्रु, च्याङ्ग्रा र केरेन आउँलान भन्ने त सपनामा पनि सोचेको थेन, dat indeed was a pleasant surprise. खै कती खुशी लाग्यो भनेर भनी साध्य छैन, लौ प्रभो खै के गरौँ, खुशीको सीमै रहेन बाSSSSSS

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters