[Show all top banners]

sano_kanchha
Replies to this thread:

More by sano_kanchha
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 धमलालाई भारतीय पुलिसको चड्कन
[VIEWED 5286 TIMES]
SAVE! for ease of future access.
Posted on 11-08-09 7:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धमलालाई भारतीय पुलिसको चड्कन


युएसनेपाली न्युजबाट साभार


काठमाडौं, २० कार्तिक (दैनिकी)


रिपोर्टर्स क्लबका अध्यक्ष ऋषी धमला भारतीय प्रहरीबाट कुटिएका छन्।
नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र मधेसी जनअधिकार फोरमका अध्यक्ष
उपेन्द्र यादवको भारत भ्रमणको सिलसिला मै धमला दुई दिन अघि नयाँदिल्ली
पुगेका थिए। विहीबार नयाँदिल्लीस्थित विज्ञान भबनमा भारतीय अधिकारीहरुलाई
भेट्न गएका फोरम अध्यक्ष यादवसँगै रहेका धमलालाई भारतीय सुरक्षाकर्मीले
मर्यादा उल्लङ्घन गरेपछि दुई चड्कन लगाएका थिए।

भारतीय टेलिभिजन स्टार न्युजको राजनीतिक सम्बाददाता आशिष कुमारका अनुसार
भारतीय अधिकारीहरुलाई भेट्न फोरम अध्यक्ष यादवसँगै प्रवेश गर्ने कोशिश
गर्दा धमलालाई सुरक्षाकर्मीले रोकेका थिए । आफू सञ्चारकर्मी भएको भन्दै
परिचय पत्र देखाउँदा पनि धमला प्रवेश गर्न पाएनन् । उनले दुई पटकसम्म
आफूलाई प्रवेश गर्न दिन अनुरोध गरेपछि भारतीय सुरक्षाकर्मीले उनलाई थप्पड
हानेका थिए ।

सुरक्षाकर्मीको अनुरोध लत्याउँदै मर्यादा उल्लङ्घन गरेकोले भारतीय
प्रहरीले हिँजो धमलालाई कुटेको आशिष कुमारले जनाएका छन् । भारतीय प्रहरीले
दुई चड्कन लगाएपछि धमलालाई विज्ञान भबनको गेटबाट बाहिर निकालेका थिए।
सम्भब भएसम्म क्यामेरामा पर्ने गरी नेताहरुको नजिक बस्ने सञ्चारकर्मीको
रुपमा धमला परिचित छन् ।


 
Posted on 11-09-09 7:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thukka Dhamala....

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters