[Disallowed String for - ] type=text/javascript>
[Disallowed String for - ] src="http://pagead2.googlesyndication.com/pagead/show_ads.js" type=text/javascript>
सिन्धुली , २०६६ माघ ४ -
वीपी राजमार्ग यातायात व्यवसायी संघले आह्वान गरेको बन्दका कारण दोस्रो दिन सोमबार सिन्धुलीको जनजीवन प्रभावित बनेको छ । बन्दका कारण लामो तथा छोटा दूरीका कुनै पनि सवारी साधन चलेका छैनन् ।
बृद्ध,बृद्धा तथा विद्यार्थीहरुलाई भाडामा ५० प्रतिशत छुट, सिट आरक्षण, टिकट काउण्टरको व्यवस्था, भाडा घट्नुपर्ने लगायतका माग राखी भद्रकाली गाविसको पिपलभन्ज्याङका स्थानीय वासिन्दाहरुले वीपी राजमार्गको सिन्धुलीमाढी-खुर्कोट खण्डमा हिजो गरेको बन्दका विषयमा सहमति हुन नसकेपछि यातायात व्यवसायीहरुले त्यसको बिरोधमा बन्द गरेका हुन् । यातायात व्यवसायीहरुले गरेको बन्दको समर्थनमा व्यापारीहरुले सदरमुकामको बजार समेत बन्द गरिदिएका छन् ।
जिल्ला प्रशासन कार्यालयमा यातायात व्यवसायी र स्थानीय वासिन्दाहरुवीच भएको छलफल टुङ्गोमा पुग्न नसकेको वीपी राजमार्ग यातायात व्यवसायी संघका अध्यक्ष चुडामणी श्रेष्ठले बताए । सदरमुकामको बजार तथा सडकहरुमा यातायात व्यवसायीहरुले सार्वजनिक वस तेस्र्याएर सडक अबरोध गरेका छन् ।
बन्दका कारण वीपी राजमार्ग भएर काठमाण्डौ जाने तथा खनियाँखर्क, खुर्कोटको यातायात समेत अबरुद्ध भएको छ । लगातारको बन्दले सयौं यात्रुहरु बिचल्लीमा परेका छन् । यात्रुहरु अहिले बिहानै देखि झोलाकुम्ला बोकेर गन्तव्यतर्फ पैदलनै हिँडिरहेका छन् ।