fxcmnabin
More by fxcmnabin
What people are reading
Subscribers
Please log in to subscribe to fxcmnabin's postings.
:: Subscribe
|
माओवादीको अनिश्चितकालीन हड्ताल स्थगित------- बल्ल आनान्द हुने भयो
[VIEWED 3327
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
fxcmnabin
Please log in to subscribe to fxcmnabin's postings.
Posted on 01-23-10 1:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उच्चस्तरीय राजनीतिक संयन्त्रको आग्रहपछि माओवादीले आइतबारदेखिको अनिश्चिकालीन आमहड्ताल स्थगित गरेको छ । यसैबीच माओवादी अध्यक्ष दाहालले शुक्रबार नै प्रेस विज्ञप्ती जारी गर्दै उच्चस्तरीय राजनीतिक संयन्त्रबाट सहमति हुने विश्वासका साथ वन्द स्थगित गरेको जनाएका छन् । 'संयन्त्रबाट राजनैतिक गतिरोधको अन्त्यकालागि छिट्टै सहमति निर्माण हुने तथा शान्ति एवं संविधान निर्माणको पक्षमा सकारात्मक निष्कर्ष तथा भूमिकाको अपेक्षा गर्दै माघ १० गते देखिको अनिश्चितकालीन आम हड्ताल हाललाई स्थगित गरिएको छ,' दाहालले बिज्ञप्तीमा भनेका छन्, 'राष्ट्रिय स्वाधीनता एवं नागरिक सर्वोच्चताकालागि देशव्यापी सञ्चालित अभियानात्मक कार्यक्रमहरु भने जारी रहनेछन् ।' दाहालले गतिरोध अन्त्यकालागि सहमति निर्माण भएन र राष्ट्रिय स्वाधीनता, शान्ति र नयाँ संविधान निर्माणविरोधी षड्यन्त्र जारी रहेमा अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । प्रेस वक्तव्यको पूर्ण पाठः हाम्रो पार्टीले राष्ट्रिय स्वाधिनता र नागरिक सर्वोच्चतालाई केन्द्रमा राख्दै शान्ति र नयाँ संविधान निर्माणको कार्यभारलाई सुनिश्चित गर्नका लागि चौथो चरणको सङ्घर्षको कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्दै आएको कुरा सर्वविदितै छ । यसैक्रममा हाम्रो पार्टी समेत संलग्न राजनैतिक पार्टीहरुबीचको उच्चस्तरीय संयत्रको आज बसेको बैठकले यसको प्रभावकारी कार्य सम्पादनकालागि कार्यविधि एवं कार्यक्षेत्राधिकार (TOR) पारित गर्नुका साथै राष्ट्रपतिको कदमबाट उत्पन्न विद्यमान राजनैतिक गतिरोधको अन्त्य गर्ने विषयलाई पहिलो कार्यसूचीमा राखी छलफल शुरु गरेको छ । यस स्थितिमा संयन्त्रबाट राजनैतिक गतिरोधको अन्त्यकालागि छिट्टै सहमति निर्माण हुने तथा शान्ति एवं संविधान निर्माणको पक्षमा सकारात्मक निष्कर्ष तथा भूमिकाको अपेक्षा गर्दै माघ १० गते देखिको अनिश्चितकालीन आम हड्ताल हाललाई स्थगित गरिएको छ । राष्ट्रिय स्वाधीनता एवं नागरिक सर्वोच्चताकालागि देशव्यापी सञ्चालित अभियानात्मक कार्यक्रमहरु भने जारी रहनेछन् । विद्यमान गतिरोधलाई अन्त्य गर्नकालागि सहमति निर्माण गरिएन र राष्ट्रिय स्वाधीनता, शान्ति र नयाँ संविधान निर्माण विरोधी प्रतिक्रान्तिकारी षडयन्त्र जारी रहेमा भने हाम्रो पार्टी अझ सशक्त रुपमा स्थगित कार्यक्रमलाई नयाँ उचाईमा सञ्चालन गर्न बाध्य हुने कुरा पनि स्पष्ट गर्न चाहान्छौं । मिति: २०६६ माघ ८ (प्रचण्ड) अध्यक्ष एकीकृत नेकपा (माओवादी)
www.nbsansar.blogspot.com
|
|
|
Please Log in! to be able to reply! If you don't have a login, please register here.
YOU CAN ALSO
IN ORDER TO POST!
Within last 30 days
Recommended Popular Threads |
Controvertial Threads |
TPS Re-registration case still pending .. |
ढ्याउ गर्दा दसैँको खसी गनाउच |
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class) |
TPS Work Permit/How long your took? |
कल्लाई मुर्ख भन्या ? |
Morning dharahara |
Travelling to Nepal - TPS AP- PASSPORT |
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19? |
मन भित्र को पत्रै पत्र! |
Does the 180 day auto extension apply for TPS? |
Another Song Playing In My Mind |
Guess how many vaccines a one year old baby is given |
Elderly parents travelling to US (any suggestions besides Special Assistance)? |
Susta Susta Degree Maile REMIXED version |
Alert: Turbo Cancers: A Rising Global Threat |
1974 AD Pinjadako Suga Remixed |
जाडो, बा र म…… |
|
|
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.
|