लेखा समिति सदस्य डा. प्रकाशचन्द्र लोहनी ः चारवटा कम्पनी अन्तिम छनोटमा परेपछि एउटा कम्पनीलाई ठेक्का दिनुपथ्र्यो, तर ठेक्का-प्रक्रिया नै रद्द भयो, किन ?
परराष्ट्रमन्त्री सुजाता कोइराला ः कति यही कुरा मात्रै ? अर्को कुरा सोध्नूस् ? मैले बुझिसकेँ । -दिक्क मानेर उनी कपाल कनाउन थालिन्)
लोहनी ः तपाईं परराष्ट्रमन्त्री होइन ? संसद्को समितिले सोधेका सबै प्रश्नको जवाफ दिनुपर्छ ।
सुजाता ः मेरा अन्त पनि कार्यक्रम छन्, मलाई हतार छ । छिटो-छिटो कुरा गर्नूस् ।
लोहनी ः तपाइर्ं को हो समितिलाई निर्देशन दिने ? आई एम नट योर सेक्रेटरी, यु क्यान गो ।
सुजाता ः तपाईं किन रिसाउनुहुन्छ । एउटै कुरा कति दोहोर्याउने ?
-सभासद्हरु
एकातिर मन्त्री अर्कोतिर, विवाद चर्कियो । सँगै रहेका पत्रकार ऋषि धमलाले
बिस्तारै-बिस्तारै भन्दै सम्झाएपछि सुजाता अलिक मत्थर भइन् । उनले एमआरपी
तयार गर्न प्रयास गरिरहेको बताउँदै समय -२८ चैतभित्र) मै नयाँ पासपोर्ट
नआए राष्ट्रिय संकट निम्तने घोषणा पनि गरिन्. )
http://www.nayapatrika.com/newsportal/permalink/11034.html