[Show all top banners]

_____

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 दक्छिण को छिमेकी
[VIEWED 1176 TIMES]
SAVE! for ease of future access.
Posted on 02-26-10 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर्नुस् जती विश्वाश गर्न खोजे पनि, जती positive attitude लिये पनि बाङा को बाङै  भन्या एही हो। हाम्रो दक्छिण को छिमेकी, संसार कहाँ  बाट कहाँ पुगी  सक्यो तर हाम्रो छिमेकी नेपाल माथि जाल हल्न कहिलीए छोड्दैन। । लाग्भाग  एकै बेला स्वोतन्त्र भएको र लग्भग एकै समये economic openness adopt गरेको उत्तर को छिमेकी world's third biggest economy भै सक्यो तर दक्छिण को चिमेकी ,१९५० को completely failed Neheru Doctirine मै छ। 


लोकेन्द्रबहादुर चन्द
पूर्वप्रधानमन्त्री


 



०४६ सालको आन्दोलनको सम्झनाले मलाई घोरिन बाध्य तुल्याउँछ । त्यो मेरो राजनीतिक जीवनको उतारचढावपूर्ण समय थियो । ०४६ फागुन ७ गतेदेखि देशमा आन्दोलन चर्किन थाल्यो । हरेक दिन भिडन्त हुन्थ्यो । आन्दोलनकारी घाइते हुन्थे । कति आन्दोलनकारी मरे त्यो मलाई पनि थाहा छैन 

 

आन्दोलन चर्किरहेका वेला राजा वीरेन्द्र पोखरामा हुनुहुन्थ्यो । घुमिरहनुभएको थियो । आन्दोलन चर्कंदै गएपछि हामी राष्ट्रिय पञ्चायत सदस्यलाई राजा वीरेन्द्रबाट दरबारमा बोलावट भयो । खासमा हामी आन्दोलनको विपक्षी थियौँ । आन्दोलनको हल कसरी निकाल्ने भन्ने अन्योल कायम थियो । त्यसैवेला हामी पञ्चायतका ४१ जना सदस्यले एउटा वक्तव्य निकाल्यौँ । वक्तव्यमा हामीले आन्दोलनलाई 'राजनीतिक समस्याभनेका थियौँ । व्यक्तव्यमार्फत नै सरकारसँग वार्ता गर्न आन्दोलनकारीलाई आग्रह पनि गरियो ।  तर, सरकारले त हामी राष्ट्रिय पञ्चायतका सदस्यलाई 'यिनीहरू त आन्दोलनकारीभन्दा पनि खतरा पो रहेछन्भन्यो 


चैत २४ गते व्यापक आन्दोलन भयो । मान्छे मरे । र, स्थिति नियन्त्रणबाहिर जस्तो देखियो । तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहले राजीनामा दिए । सिंहले राजीनामा दिएलगत्तै राजाबाट हामी राष्ट्रिय पञ्चायतका केही सदस्यलाई बोलावट भयो  ।


त्यसवेला हामी सूर्यबहादुर थापा, कीर्तिनिधि विष्ट, नगेन्द्रप्रसाद रिजाल, राजेश्वर देवकोटा र वेदानन्द झा दरबार पुगेका थियौँ । परिस्थितिले अर्को मोड लिन लाग्दा पनि राजा वीरेन्द्रलाई शान्त र सौम्य देखेँ मैले । राजाको अनुहारमा कुनै विचलनको भाव देखिएन त्यतिवेला । राजाले हामीलाई सोध्नुभयो, 'अब के गर्ने ?केही क्षण मौनता छायो । अनि मैले भने, ँसरकार तपाईंहरूले नै देश बिगारिबक्स्यो । आन्दोलनकारी सबै सडकमा ओर्लेका छन् । यिनीहरू सबैले समयअनुसारको सुधार खोजेका हुन् अरू साथीहरूको मत पनि यस्तै थियो । उपस्थित सबैले राजालाई एकैखालको सल्लाह दिइरहँदा राजाले मुसुमुसु हाँसेर टाउको हल्लाएको सम्झना छ । मैले रुमानियामा भएको परिवर्तनबारे पनि राजालाई सुनाएँ 


त्यही २४ गतेकै भेटमा राजा वीरेन्द्रले 'म आफ्नै अध्यक्षतामा सरकार गठन गर्छु । तपाईंहरू सबैले एउटा-एउटा मन्त्रालय लिएर मलाई सहयोग गर्नु पर्‍योभन्नुभयो । फेरि एकपटक मौन भयौँ । हामीहरूलाई राजाको यो प्रस्ताब चित्त बुझेको थिएन  । हामीहरू सबैले ँअब हामी यस्तो नगरौँभन्यौँ । मैले भने, ँयसले फाइदा गर्दैन, हामी सबैको ठाउँ सुरक्षित छ 


त्यसपछि राजाले हामी सबैलाई प्रधानमन्त्रीका लागि प्रस्ताब गर्न थाल्नुभयो । सबैभन्दा पहिला सूर्यबहादुर थापालाई सोधनी भयो । सूर्यबहादुरले भने, 'यस्तो अप्ठेरो वेला मलाई नभन्नूस् सरकार ।त्यसैगरी कीर्तिनिधि विष्टले पनि 'म प्रधानमन्त्री बन्दिनँभने । अब पालो मेरो थियो । मैले पनि 'म प्रधानमन्त्री बन्दिनँ सरकार । म अरूलाई सघाउँछु, अरूलाई नै दिनोस्भनेँ । राजाले दोहोर्‍याएर सोध्नुभो । दोस्रोपटक पनि मैले 'प्रधानमन्त्री नबन्नेभनेँ 


यतिवेला भने राजाको अनुहारको भाव अलिक बदलिएको थियो । कता-कता उहाँको अनुहारमा हामीप्रतिको निराशा दौडेको देखेँ मैले । राजाले भन्नुभयो, 'मलाई अप्ठेरो परेको वेला कोही पनि प्रधानमन्त्री नबन्ने ?राजाको यो प्रश्नले मलाई छोयो । र, मैले भनेँ, 'ल सरकार म प्रधानमन्त्री बन्न तयार छु 


त्यसपछि सरकारको खाका बनाउने कुरामा हाम्रो कुराकानी सुरु भयो । नगेन्द्रजी पनि सरकारमा बस्न तयार हुनुभयो 
मलाई थाहा थियो- म चरम आन्दोलनको वेला प्रधानमन्त्री बन्दै छु । तर, एउटा
जिम्मेवारी लिन तयार हुनुपर्ने अवस्था आइपर्‍यो । पशुपतिशमशेर जबरा,
नैनबहादुर स्वाँर, अच्युत रेग्मी गरी तीनजना मन्त्री र मलाई राजासँगको यही
भेटले प्रधानमन्त्री बनायो । अरूलाई पछि मनोनीत गर्ने भन्यौँ ।


२५ गते
मेरो शपथ थियो । दरबारबाट खबर आइसकेको थियो । आन्दोलनकारीले मेराविरुद्ध
चर्को नारा लगाउन थाले । सडकमा आन्दोलन रोकिने कुनै संकेत थिएन । फेरि
दरबारबाट 'आन्दोलन चर्कियो पछि शपथ गरौँला' भन्ने खबर आयो । र, म दरबार
हिँडेको मान्छे बीचैबाट बानेश्वरस्थित डेरा फर्किएँ ।


राति फेरि मलाई बोलाइयो र शपथग्रहण
सम्पन्न भयो । शपथग्रहणपछि राजासँग कुराकानी भयो । राजाले मसँग भन्नुभयो,
'भारतबाट परराष्ट्र र रक्षा मिलेर काम गरौँ । आन्दोलन साम्य हुन्छ भन्ने
डकुमेन्ट आएको छ के गर्ने ?' मलाई लाग्यो, 'यसमा भारतले खेलिरहेको छ ।
त्यो गम्भीर डकुमेन्ट हो ।' राजाको यो कुरा सुनेपछि म केहीबेर बडो गम्भीर
बनेँ । मैले राजालाई भनेँ, 'देशलाई सार्वभौम राख्न पुर्खाको त्यत्रो मेहनत
छ ।



तलमाथि हुन दिन्नँ ।' त्यस्तो वेला सम्झौता भयो भने भारतले देशको
महत्त्वपूर्ण निर्णयमा हस्पक्षेप गर्छ, सबैलाई आफ्नो हात लिन्छ भन्ने ठहर
गरेर मैले त्यसो भनेको थिएँ । त्यसपछि राजा वीरेन्द्रले भारतको प्रसंग
चटक्कै छाड्नुभो । भन्नुभयो, 'ल न त्यसो भए नेपालीसँगै कुरा गरौँ ।'
'आन्दोलनकारी के भन्छन् ? मुलुकको सम्प्रभुता त उनीहरूलाई पनि चाहिएला नि
?' राजाले मलाई भन्नुभो । राजाले आन्दोलनकारीसँग वार्ता गर्नुपर्छ भन्ने
कुरामा आन्दोलन सुरु भएदेखि नै जोड दिन थालेको कुरा मलाई थाहा थियो ।


मैले आन्दोलनकारीसँग वार्ता गर्ने टिम तयार पार्ने काममा लागेँ ।


प्रधानमन्त्री
भएकै दिन मैले मन्त्रीहरूलाई भेटेको थिएँ । आन्दोलनले गर्दा कोही मन्त्री
साइकल चढेर त कोही पैदलै हिँडेर सिंहदरबार पुगेका थिए । देवेन्द्रराज
पाण्डे थुनामा थिए । मैले त्यही दिन जेलबाट छुटाएर हामीलाई सहयोग गर भनेँ
। तर, उहाँले 'कुनै पनि पदमा नआउने,' भन्नुभो । मलाई खुब दबाब महसुस भएको
थियो । त्यो दिन म रातिसम्म प्रधानमन्त्री कार्यालयमा बसेँ । सुरक्षाको
बि्रफिङ लिएँ । आन्दोलन रोकिने संकेत थिएन ।


आन्दोलनकारीसँग
कुरा गर्न मैले दुईवटा टिम बनाएँ । कांग्रेस र कम्युनिस्टसँग वार्ता
प्रारम्भ गर्न टोली गठन गरेँ । हामी आन्तरिक छलफलका लागि राजासँग दरबारमा
जुटयौँ । राजाबाट सम्बोधन हुने कुरा भयो । छलफलबाट तयार भएको विज्ञप्तिमा
'बहुलवादी समाजतर्फ प्रतिबद्ध हुनुपर्छ' भनेर लेख्यौँ । राजाले मलाई
बोलाएर 'लोकेन्द्र, बहुलवादी समाज भनेको के हो ? यसमा बहुदल पर्छ भने
बहुदल लेख,' भन्नुभो । मैले सोहीअनुसार शब्द बदल्न लगाएँ । त्यो २६ चैतको
दिन थियो । त्यही दिन बहुदल घोषणा भयो । थुनामा रहेका सबै आन्दोलनकारीलाई
रिहा गर्न निर्देशन दिएँ ।


 **


म २७
चैतमा गणेशमानजीकहाँ गएँ । उहाँ अस्पतालमा हुनुहुन्थ्यो । एकचोटि राजालाई
भेट्नुपर्‍यो भनेँ । गणेशमानले 'म एक्लै राजालाई भेट्दा अनेक शंका हुन्छ,
म एक्लै भेट्दिनँ, किसुनजीकहाँ जानूस्,' भन्नुभो ।


पछि भएको वार्ताटोलीमा लेफ्टबाट सहाना
प्रधान, राधाकृष्ण मैनाली र कांग्रेसबाट गिरिजाप्रसाद कोइराला,
कृष्णप्रसाद भट्टराई थिए । वार्तालाई अगाडि बढाउने विषयमा म, गणेशमानजी र
राजाले केहीबेर कुरा गर्‍यौँ ।


आन्दोलनकारीसँग
फाइनल वार्ता गर्ने प्रक्रिया अघि बढ्दै थियो । सुरक्षा निकायबाट वार्ता
शीतलनिवासमा कि सिंहदरबारमा गर्ने भन्ने कुरा थियो । तर, पछि गणेशमानजीले
प्रज्ञाप्रतिष्ठानमा वार्ता गरौँ भन्नुभो । र, वार्ता सुरु भयो । सरकारका
तर्फबाट वार्ताटोलीमा पशुपतिशमशेर, पद्मसुन्दर लावती, श्रीभद्र शर्मा थिए
भने आन्दोलनकारीका तर्फबाट दमननाथ ढुंगाना, नीलाम्बर आचार्य, कृष्णराज
बर्मा । त्यो वार्ता भएको दिन वैशाख १ वा २ गते हो, मलाई पनि त्यहाँ
बोलाइयो । म पुगेपछि प्रज्ञाप्रतिष्ठानमा ठूलो हुलदंगा भयो । वार्ता
चलिरहेकै वेला वार्तास्थल घेराउ भयो । आन्दोलनकारीको माग राष्ट्रिय
पञ्चायत विघटन गर भन्ने थियो । मैले त्यो प्रधानमन्त्रीको हातमा हुँदैन
भोलि कुरा गरौँला भनेँ । केहीबेरमै दरबारबाट बोलावट भयो । मलाई अब फेरि
आन्दोलन चर्कियो भने त धेरै मान्छे मर्छन् भन्ने डर लागिरहेको थियो ।


तत्कालीन संविधानअनुसार मेरो सरकार
अन्तरिम थियो । मलाई सदनले निर्वाचित गरेको थिएन । म प्रधानमन्त्री भएकै
वेला मेरो प्रधानमन्त्रीकाललाई कुनै विशेष काम गर्न वा सरकारको काम
सम्पन्न गर्न भनेर तोकिएको थियो । आन्दोलन अन्तिम चरणमा हुँदा पनि राजा
शान्तिको पक्षमा हुनुहुन्थ्यो । उहाँले 'आन्दोलन दबाउ' भनेर मलाई कहिल्यै
भन्नुभएन । 'रगत बग्नुहुन्न,' भन्नुहुन्थ्यो ।


 **


मलाई अहिले लाग्छ- त्यही आन्दोलनका
कारण आफूले एउटा जिम्मेवारी लिइयो र त्यसलाई वहन गरियो । देशको समस्या
समाधान गर्न धेर-थोर मेरो पनि हात रहयो । समाधानकोे मुख्य श्रेय
आन्दोलनकारी नेताहरूलाई जान्छ ।


त्यो
वेला इतिहासमै र मेरो जिन्दगीकै महत्त्वपूर्ण समय बनेर रहयो । मैले
कहिल्यै बिर्सन नसक्ने समय । म आन्दोलनभन्दा पनि राजा वीरेन्द्रको शान्त
अनुहार बढी सम्झन्छु । उहाँ हामीमाझ हुनुहुन्न । तर, उहाँका याद र शान्त
वाणीहरूको झझल्को सधैँ आइरहनेछ । अहिले पनि वीरेन्द्र कतै मलाई हेर्दै
'लोकेन्द्र' भन्दै छन् जस्तो लाग्छ

Source: http://www.nayapatrika.com/newsportal/permalink/11524.html



Last edited: 26-Feb-10 09:38 AM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Travelling to Nepal - TPS AP- PASSPORT
Does the 180 day auto extension apply for TPS?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters