[Show all top banners]

cheli
Replies to this thread:

More by cheli
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 रुँदै थिईन देश.. :(
[VIEWED 8451 TIMES]
SAVE! for ease of future access.
Posted on 06-18-10 8:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 



घायल तन, मैला लुगा, छरिएका केश
आज मेरो सपनीमा रुँदै थिईन देश । 

भन्थिन उन्का छोराछोरी उन्का भएनन् रे
माया, प्रेम जस्ता कुरा अब रहेनन् रे
हावी भए रे जताततै तिरस्कार, क्लेश
भन्दै मेरो सपनीमा रुँदै थिइन देश ।


छोराछोरी उनैलाई कुट्न खोज्छन अरे
उन्का झिटिझाम्टापनि लुट्न खोज्छन अरे
बुढेस्काल्मा सहारा कोही भएनन् रे बेश
भन्दै मेरो सपनीमा रुँदै थिइन देश ।



घायल तन, मैला लुगा, छरिएका केश
आज मेरो सपनीमा रुँदै थिईन देश ।

   

(Picture Courtesy:
http://beacononline.files.wordpress.com/2008/09/old-lady-nepal-flood.jpg)
Last edited: 18-Jun-10 08:41 AM

 
Posted on 06-18-10 8:52 AM     [Snapshot: 11]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

उत्कृष्ट रचना !


समयसापेक्छिक चोटिलो कबिता पढेर देशको सम्झनाले कटक्क मुटु दुख्यो !


 


 
Posted on 06-18-10 8:58 AM     [Snapshot: 22]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

देशको सम्झनाले कटक्क मुटु दुख्यो !


देश गएर फर्के पछी झन बेसमारी दुख्यो ।


 
Posted on 06-18-10 10:22 AM     [Snapshot: 54]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गज्जव छ ।
Last edited: 18-Jun-10 12:01 PM

 
Posted on 06-18-10 11:32 AM     [Snapshot: 109]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

सहदै छिन् पिडा नेपाली आमा
ब्यधाले हान्दा छातीमा आमाको
तै पनि हेर्यौ दुखेन हामीलाई
नपाउंदा कस्तो, पाएपछि सस्तो
आफ्नो सिमित् स्वार्थको खातिर
स्वाभिमान र आस्था बेच्नेहामी
अझै गर्छौ झगडा खिचातानी आपसमा,
सारा संसार चर्चा चलाइ आफ्नो इज्ज्त फालेर
भन कहिलेसम्म चल्छ देश पराइले टालेर?
पुच्छर के को सोझिन्थ्यो र?! ढुंग्रै बरु बाङ्गीएला
मती भ्रस्ट भयो सब्को अब कहिले सप्रीएला

 
Posted on 06-18-10 11:41 AM     [Snapshot: 119]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

It's sad but true. Nice expression, Cheli!
 
Posted on 06-18-10 12:29 PM     [Snapshot: 147]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ok


First of all there is no such thing as Nepal ama or Bharat mata. These are all propaganda initiated by state rulers, kings and the courts to pull the country together. The land you step in Kathmandu could care less whether Maoists rule us, UML lead us or India control us.


However, if you want to give her the due respect then call her dharati mata, mother earth.  Country’s governance will effect you but your action will effect mother earth. Recycle and be green.


 
Posted on 06-18-10 12:57 PM     [Snapshot: 156]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सन्कोच छैन,
देश आफनो लाग्ने मनहरु
देश चिनाउने आफ्नोपनहरु
आज आयातित रंगहरुले मेटीदैछन्
देशको भार थाम्ने काधहरु
देशको माठो जोगाउने बाधहरु
आज ग्लोबल भनी भुक्न थालछन्
अरे पहिले घर बनाउ अनी संसार हाँक्ने कुरा गर
तिम्रो कुनै औकात् छैन जब तिम्रो सिर माथि सितल दिने छानो छैन
तलाउ मा लेउ पनि रमनिय लग्नसक्छ
गरेर देखाउ, गफै गफ मा गफाडी ले पनि देश हाक्छ  

 
Posted on 06-18-10 1:10 PM     [Snapshot: 149]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

cheli
       जि नमस्ते ।

मैले नबुझेको:
यि लाईन हरुको,  कृपया,  अलि कत्ति ब्याख्या गरिदिनु होस भन्ने बिन्ति गर्दछु ।

------------------------------------------------
"बुढेस्काल्मा सहारा कोही भएनन् रे बेश"

देशको बुढेसकाल पनि हुन्छ र ?
------------------------------------------------

------------------------------------------------
"घायल तन, मैला लुगा, छरिएका केश
आज मेरो सपनीमा रुँदै थिईन देश ।
"

"घायल तन..."  "रुँदै थिईन देश... "


वाह !
देशले आईमाईको रुप लिएर रोएको देख्नु भएछ ।

Psychedelic

------------------------------------------------


------------------------------------------------
"मेरो सपनीमा... "
मेरो सपनी ?

स्त्री / पूरुस  लिँग ?

------------------------------------------------


------------------------------------------------
"भन्थिन उन्का छोराछोरी उन्का भएनन् रे
माया, प्रेम जस्ता कुरा अब रहेनन् रे"

अरुको छोराछोरी... ?

"उन्का छोराछोरी उन्का भएनन्"

छोराछोरीले आमा भनेर नमानेको कि ? अरुकै छोराछोरीलाई आफ्नो ठानेर हुर्काएको ?

माया, प्रेम... ?


नेपालमा प्रेम जोडि नै छैन ?

------------------------------------------------

सिर्फ उत्सुकता:
         ४ घन्टा देखिन तपाईको अर्थ निकाल्ने कोसिसमा छु ।

तपाईको लेख पढ्दै आएको छु। राम्रो छ।

 
Posted on 06-18-10 1:22 PM     [Snapshot: 163]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

सबैजनालाई धन्यवाद
@ रिट्ठे ब्रो :
@ ठुल्दाइ : साचै हामीले देशका कुरा गरेर खुशी हुने दिन कैले आउला है, यस्ता कुरा सम्झिदा त मलाई आँफै अपराधी भए  जस्तो लाग्छ ...  देशका लागि केही गर्न सकिन भनेर त्यसै दिक्क लाग्छ ..

@ सिम्पल_केटाज्यु  : हन तस्वीरहरु सहितको प्रतिकृया पो थियो त कता गएछ ? जे होस् , मैले पुरुषलाई हेयका दृष्‍टिले हेरेर देशलाई नारीको उपमा दिएको भने पक्कै होइन । मैले आज सम्म जता जता जे जे पढेकी छु सबैमा देशलाई, धर्तिलाई आमाकै/नारीकै उपमा दिइएको पाएकी छु । त्यही प्रभावले होला "नेपाल-आमा" भन्दा जुन भाव मन भित्र छतछुल्ल  हुन्छ, "नेपाल-बाबा" भन्दा त्यो हुन्छ जस्तो मलाई चैं लाग्दैन ।।  

@ एनार्किस्टज्यु : त्यही भन्या खोइ हामी कहिले सुध्रिन्छौ ?

@किरेजी :

@ किड्डोज्यु : नेपाल आमा भौतिक रुपमा पक्कै नहोलिन, तर मेरो मनमा त छिन्, "धर्ती माता" भन्नु र नेपाल-आमा भन्नुमा म खासै भिन्नता पाउँदिन..  मैले यहाँ "म" भनेर आफुलाई मात्र भनेको होइन, मजस्ता कैयन साथी-भाइ, दाजु-दिदीहरुलाई मैले चिनेकी छु जो अहिले आफ्नी आमा र मातृभूमी दुबैबाट भौतिक रुपमा टाढा हुनुहुन्छ तर उहांहरु को मन भने त्यतै कतै डुलिरहेको छ, मातृभूमीमा भएको आफ्नु घरको आङनमा आफ्नै आमाको ओरिपरी ...  म जसरी संसारका सबै नारीहरुलाई सम्मान गर्छु त्यसरी नै सम्मान गर्छु विश्वलाई तपाईंका भाषामा "Mother Earth" लाई तर खोइ किन होला आफ्नी आमा को स्थान जसरी अरु नारीहरुलाई दिन सक्दिन, नेपाल-आमाको स्थान पनि
सारा विश्वलाई दिनसक्दिन ...
 
Posted on 06-18-10 1:27 PM     [Snapshot: 181]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिम्पल_केटा: मैले त्यो तस्वीरमा भएकी बुढी-आमालाई आफ्नु देशसँग रिलेट गर्न खोजेको हो ...  चार घण्टा देखी मेरो सिर्जनामा घोत्लिनु भएकोमा धन्यवाद

 
Posted on 06-18-10 3:17 PM     [Snapshot: 212]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Cheli
   
जि धन्यबाद ।

  

--------------------------------------------------
धत्त ! म चैँ केलकुलेट गर्दै बसेको  -  के छ अर्थ भन्दै ।

त्यो फोटोको बारेमा लेखेको भन्ने था पाको भए...


--------------------------------------------------
सुकेनासे थोते बुढि ति दीन संझिन्छे
टाउकोमा हात हालि ति दिन संझिन्छे ।
--------------------------------------------------

२-४ हजार डलर दिने हो कि त्यो बुढि मान्छेलाई ।


PS: म नि गारिब नै छु है । बरु मेरो नि त्यो पोजमा भाको फोटो देखाम कि ?

 
Posted on 06-24-10 5:23 AM     [Snapshot: 362]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kabita raamro chha

Last edited: 28-Jun-10 10:09 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Poonam pandey - death or suicide?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters