[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Nepalese civil servants
[VIEWED 1580 TIMES]
SAVE! for ease of future access.
Posted on 07-26-10 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिरामीले तिरेको १७ लाख कर्मचारीद्वारा अनियमितता

सोमबार, 26 जूलाई 2010 19:04


नागरिक


दिलबहादुर छत्याल, धनगढी, साउन १०- सेती अञ्चल अस्पतालका कर्मचारीले
बिरामीले तिरेको शुल्कबाट जम्मा भएको १७ लाख रुपैयाँ अनियमितता गरेको
खुलासा भएको छ। शुल्क शाखामा कार्यरत् ४ जना कर्मचारी मिलेर यो रकम
हिनामिना गरेको  बुझिएको छ।




[Disallowed String for - ] type="text/javascript">

[Disallowed String for - ] type="text/javascript" src="http://pagead2.googlesyndication.com/pagead/show_ads.js">

लेखा शाखाले असार मसान्तमा वर्षभरको हिसाव मिलान गर्ने क्रममा १७ लाख हिनामिना भएको कुरा खुलेको हो।

'प्रत्येक
दिन शुल्कबाट हजारौं रुपैयाँ जम्मा हुन्छ। त्यसमध्यको केही रकम ४ जना
कर्मचारीले बाँडेर गोजीमा हाल्ने गरे। अहिले कुरा छताछुल्ल भयो'- अस्पतालका
एक कर्मचारीले बताए। अस्पतालमा बिरामीले तिरेको शुल्कको रकमबाट १७ लाख
कर्मचारीले हिनामिना गरेको कुरा सत्य भएको सेती अञ्चल अस्पतालका मेडिकल
सुपरिटेण्डेन्ट डा. गणेश सिंहले पनि बताए।

रकम हिनामिना गर्ने ४ जना
कर्मचारीलाई कारबाही गरिने मेडिकल सुपरिटेण्डेन्ट डा. गणेश सिंहले बताए।
शुल्क शाखामा कार्यरत् खरिदार जगतबहादुर सिंह, रोशनराज पाण्डेय, मनोज
श्रेष्ठ र कार्यालय सहयोगी भोजराज चौधरी मिलेर रकम हिनामिना गरेका उनले
बताए। सिंह, पाण्डेय र श्रेष्ठ अस्पताल विकास समितिअन्तर्गतका कर्मचारी
हुन। चौधरी भने सरकारी दरवन्दीमा छन। श्रेष्ठ र सिंह अस्पताल विकास
समितिअन्तर्गतका स्थायी कर्मचारी हुन।

हिनामिना गरिएको १७ लाख
रुपैयाँ बुझाउन ती कर्मचारीलाई अस्पतालले पत्र काटिसकेको छ। उनीहरुबाट
हिनामिना गरेको रकम असुल गरिन थालेको डा. सिंहले बताए।  करिव ५ लाख
रुपैयाँमात्र बाँकी रहेको उनको भनाइ छ। ४ जना कर्मचारीलाई ऐन र नियम बमोजिम
कारबाही गरिने उनको भनाई छ। ती कर्मचारीलाई निलम्बन गरिने पनि उनले बताए।

शल्यक्रिया,
ल्याब, एक्सरे, बहिरङ्ग र आकस्मिक सेवाको पर्चालगायतबाट अस्पतालमा दैनिक
२० हजार रुपैयाँ उठ्ने गरेको छ। अस्पतालका कर्मचारीको लापरबाही र
अनियमितताका कारण मर्कामा पर्ने गरेको बिरामी बताउँछन्।

अञ्चल
अस्पतालमा बिरामीलाई दिने औषधीमा पनि अनियमितता हुने गरेको स्रोतले बताएको
छ। वर्षेनी लाखौंको औषधी खरिद गरिए पनि बिरामीले पूरै औषधी मेडिकलबाट खरिद
गर्ने गरेका छन्।

करिव १ सय २५ शैया रहेको यो अस्पतालमा प्रत्येक दिन ३ सयको हाराहारीमा बिरामी उपचार गर्न आउने गर्छन्।

 
Posted on 07-26-10 10:23 PM     [Snapshot: 323]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yo ma[Disallowed String for - bad words]ee corrupted randi ka chora haru le garda hamro desh bigreko, one of the failed state in the world bahyeko ani hami lai nepali bhanan pani laj lageko, corruption nabhyeko bahey desh bikasit hunthyo ani at least developing state bahnera ta ganinthyo, yesta ma[Disallowed String for - bad words]ee ghushyaha harulai katnu aorcha

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
nrn citizenship
जाडो, बा र म……
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters