[Show all top banners]

Syandai
Replies to this thread:

More by Syandai
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

asha1
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 हारेका बाघ - प्रचंड
[VIEWED 6618 TIMES]
SAVE! for ease of future access.
Posted on 08-18-10 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहिले बोली कहिले व्यवहारका कारण राजनीतिकबृत्तमा चर्चामा छाईरहने माओवादी अध्यक्ष पुष्पकमल दाहालको बोली हिजोआज र्दुलभ छ। प्राय दिनकै टेलिभिजनको पर्दामा छाउने दाहालको अनुहार टेलिभिजनको स्त्रि्कनमा देखिन छाडेका छन्। उनका भाषणका समाचार पत्रिकामा छापिन छाडेका छन्। सार्वजनिक कार्यक्रममा उनको उपस्थिती पातलीएको छ। पार्टीको कार्यक्रमहरुमा उनको उपस्थिती न्युन देखिएको छ। मुटुनै घोच्ने गरी विपक्षीलाई गरिने कटाक्ष सुन्य छ। आखिर किन दाहालमा यो परिर्वतन?

केही समय अगाडि बसेको माओवादीको केन्द्रिय समितिको बैठकमा उनले मौखिक प्रतिवेदन पेश गर्दै भारतका कारण आफ्नो नेतृत्वमा सरकार गठन हुन नसकेको बताएको समाचारहरु आएका थिए। त्यो पनि स्रोतका आधारमा। उनको बोली चै सुन्न सकिएको थिएन त्यो बेला पनि। त्यसपछिका दिनमा उनी पार्टीको कुनै औपचारिक कार्यक्रममा भाग लिएको भेटिएको छैन, देखिएको छैन, सुनिएको छैन। प्रधानमन्त्री पदको मनोनयन अगाडिसम्म सक्रिय नै देखिएका थिए दाहाल। प्रधानमन्त्रीको निर्वाचनको तेस्रो चरणसम्म फाट्टफुट्ट उनी झुल्कीरहेका थिए संचारमाध्यमहरुमा। तर, चौथो चरणको निर्वाचनपछि गुप्तवास बसे सरह छ उनको उपस्थिती।

आखिर के भयो उनलाई?

दाहाल निकटहरु भन्छन् अहिले उनी घायल छन् अनी निरास पनि। प्रधानमन्त्री निर्वाचनका परिणाम र आफन्त अनी दुष्मनको व्यबहार दुबैवाट उनी घायल छन्। संसदिय राजनीतिको सबै खेलको अभ्यास गर्दापनि ३०१ मत ल्याएर प्रधानमन्त्री चुनिन नसक्दा निरास। जसका कारण उनले आफ्नो दैनिकीलाई माओवादी छापामारको शुरक्षा घेरामा रहेको नयांबजारमा सिमित गरेका छन्। सधै आफुलाई जितुवाको पहिलो श्रेणिमा राखेर विपक्षीलाई क्वाप्लाक्कै खाउंला झै गर्ने उनी जव चारौ पटकको प्रधानमन्त्री निर्वाचनमा पनि पराजीत भए तव एकाएक भुमिगत समान बनेको छ उनको दैनिकी। पार्टीका नेता या प्रतिष्पर्धी दलका नेताले उनको विषयमा नरम वा गरम जे टिप्पणी गरेपनि उनी अहिले प्रतिवाद गर्ने मुडमा देखिएका छैनन्।


रोए पनि चर्चा, हांसेपनि चर्चा। हुंकार गर्दै सार्वजनिक स्थलमा को हो त्यो भन्दै तीनवित्ता माथि उफि्रदा पनि चर्चा। सार्वजनिक राजनीतिक जीवनमा उत्रिएपछि दाहाल सधै चर्चाका विषय बने। उनको हाईहाई भयो त्यो बेला। उनले जे बोलेपनि हटकेक बन्न थाल्यो। एकप्रकारले उनी ठुलो शक्ति केन्द्र बने। पार्टी संविधान सभामा सबैभन्दा ठुलो दल बनेपछि उनको चमक र स्वर दुबै बढ्दै गयो उनको। दाहाल मात्र हैन, श्रीमती सिता, छोरा प्रकाश अनी उनका बाबु समेत चर्चाका केन्द्रमा रहे। पुरा पार्टीपक्ति उनको पछिपछि थियो। उनले जस्तो लगायो सबैले सकेसम्म त्यस्तै लगाउने। जस्तो कपाल बनायो त्यस्तै बनाउने र जस्तो बोल्यो त्यस्तै बोल्ने प्रतिष्पर्धा नै शुरु भएको थियो।
 
जव उनको नेतृत्वमा सरकार बन्यो तव विस्तारै उनी विवादका घेरामा तानिन थालिए। कहिले सुत्ने खाटको विवाद चुलियो त कहिले घडीले उनलाई विवादमा तान्यो। छोरा प्रकाशको व्यबहार अनी श्रीमती सिताको बोलीले पनि पटक पटक संकटमा पारेको नै हो उनलाई। तर, पनि उनको हुंकार सेलाएको थिएन।
 
पार्टीभित्र आन्तरिक संघर्ष बढेपनि उनले जसरी पनि थामथुम पारेका थिए। कहिले मोहन बैद्य जस्तै बनेर होस या बाबुराम भट्टराई झै उनी पार्टीभित्र बलियोनै थिए। उनको बोली र निर्णयको सार्वजनिक रुपमा प्रतिवाद गर्ने हिम्मत गर्ने कोही जन्मीएकै छैन जस्तै थियो। तर जव उनी प्रधानमन्त्रीको कुर्सी छोडेर सडकमा उत्रिएपनि पनि पुन कुर्सीमा पुग्ने प्रतिष्पर्धामा उत्रिए तव विस्तारै कमजोर बन्दै गए।  आफ्नै पार्टीको कार्यक्रममा भट्टराईलाई भारत परस्तको आरोप लगाउंदै भारतको निर्देशनमा प्रधानमन्त्री बन्न खोजेको भनेपछि त उनीमाथि यस्तो पदलोलुपको आरोप लाग्यो जसलाई उनले पखाल्नै सकेनन्। उनको पार्टीभित्र पनि उनको विरोध शुरु भयो। प्रधानमन्त्रीको उम्मेदवार बन्न पार्टीभित्रै उनले कम संघर्ष गरेका हुन र? संघर्षपछि प्रधानमन्त्रीका उम्मेदवार त बने। तर यसले उनको राजनीतिक साख बढाउनुको साटो थप खस्कायो।


जितुवा दाहाल हरुवाको सूचीमा सुचिकृत भए। तेस्रो चरणको निर्वाचनमा जसरी पनि जित्छु भन्ने उनका रहेको आत्मविश्वास निर्वाचनको परिणामवाट असफल बन्यो। चौथो चरणको निर्वाचनमा आफ्नै सभासदको समेत भोट पाएनन्। भारतका विशेष दुत मान्छन् कि भनेर एक्लै भेटेपनी केही भएन। राजावादीसंगको सांठगांठले पनि रगं ल्याएन। अनी हराए उनी। खै कता छन् अहिले? पत्तो छैन। लाग्छ राजनीतिको फ्रेमवाट आउट छन् उनी। साच्चै कहां छन् उनी?


Source :  www.hamroblog.com

Last edited: 18-Aug-10 09:35 AM

 
Posted on 08-18-10 1:07 PM     [Snapshot: 153]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्खिन जाठो, १ दिन प्रचन्डले कुकुर धुलाई सहित नराम्रो गड्यौले खाल्को मृत्‍यु भेटछ। धराने कालो बङूरलाई साबुन पानीले धोएर पोख्रेली सेतो बङूर बनाउन मिल्छ त गुले हो?
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters