काठमाडौ, भाद्र ३१ -
काठमाडौ प्रहरी प्रमुख रमेश खरेललाई महानगरीय आयुक्तको कार्यालयले
चेतावनीयुक्त 'ध्यानआर्कषण' को पत्र थमाएको छ । खरेलले प्रहरीको परम्परा र
अनुशासन (चेन अफ कमान्ड) नाघेर माथिल्लो निकायमा अधिकृतहरूबारे औपचारिक
गुनासो गरेको आरोप आयुक्त कार्यालयको छ । आयुक्तको कार्यालयमा कार्यरत एक
नायव निरीक्षकले गरेको गलत कार्यबारे एसपी खरेलले महानगरीय प्रमुख मदन
खड्कालाई कुनै पनि जानकारी नदिई सोझै प्रहरी प्रमुख महाननिरीक्षक रमेश
चन्दकहाँ गुनासो गरेको थाहाभएको छ । सोझै गुनासो गरेको घटनालाई प्रहरी
प्रमुखले पनि उचित नठानेपछि खरेललाई चेतावनीयुक्त पत्र दिने निर्णय भएको
थाहाभएको छ ।
आयुक्तको कार्यालयले खरेललाई यसअघि पनि काठमाडौंमा आपराघिक घटना बढेकोमा
सचेत गराउँदै ध्यानआर्कषण गराएको थियो । खरेललाई अर्को पटक यस्तै गल्ती
दोर्याए कारबाही गर्ने चेतावनीसमेत पत्रमा दिइएको छ । आयुक्तको कार्यालयले
खरेललाई बुझाएको पत्रका बोधार्थ प्रहरी महानिरीक्षकको सचिवालय र प्रशासन
विभागलाई पनि दिइएको छ ।
http://www.ekantipur.com/np/2067/5/31/full-news/317891/