[Show all top banners]

_____

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 तीन हजार वर्ष पुरानो मुस्ताङे गुफामा 'आधुनिक बंगला'
[VIEWED 1475 TIMES]
SAVE! for ease of future access.
Posted on 02-28-11 12:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



तीन हजार वर्ष पुरानो मुस्ताङे गुफामा 'आधुनिक बंगला'

 

अनुसन्धान भइरहेको एक गुफाको स्केच। तस्बिरः पुरातत्व विभाग

ज्ञान न्यौपाने, काठमाडौं, फागुन १६- मुस्ताङका प्राचीन गुफाहरूमा आधुनिक जीवनशैलीका अवशेष फेला परेका छन्। तीन हजार वर्ष पुरानो मानिएको मानवनिर्मित एक गुफाको बनोट बंगलाजस्तै छ। अनुसन्धानका क्रममा अहिलेकै जीवनशैलीसँग मेल खाने किसिमका विभिन्न चिह्न भेटिएको पुरातत्व विभागले जनाएको हो। विभागका अनुसार २० कोठे गुफामा भेटिएका पूजाकक्ष, ध्यानकक्ष, भान्सा र शयनकक्ष तथा चर्पीका अवशेष अहिलेकै सभ्यतासँग मेल खाने खालका छन्।

 

भिरालो र जोखिमयुक्त पहाडमा बनाइएका गुफाको अध्ययनका क्रममा भेटिएका मानव कंकाल १५ सय वर्ष पुराना र तिब्बती बोन धर्मको ८ हजार पृष्ठको ग्रन्थ १४औँ शताब्दीको रहेको पुष्टि भएको अनुसन्धान प्रतिवेदन विभागले शुक्रबार सार्वजनिक गरेको थियो।

गुफामा दैनिक जीवनमा आवश्यक कक्षहरूसँगै शव राख्ने कोठासमेत छुट्टै भेटिएको विभागका अनुसन्धान अधिकृत मोहनसिंह लामाले बताए।

अहिलेका आधुनिक बंगलामा झैं गुफाभित्र प्रत्येक कोठामा हावा र प्रकाश छिर्ने व्यवस्था मिलाइएको छ।

अमेरिकी पुरातत्वविद्को समेत संलग्नतामा सन् २००८ बाट सुरु मुस्ताङका प्राचीन गुफाको जारी अनुसन्धान २०१३ सम्म गरिने विभागले जनाएको छ।

स्थलगत अध्ययनले तत्कालीन मानवीय जीवनयापन शैली पत्ता लागेको अनुसन्धाताले जनाएका छन्। 'एउटै गुफाभित्र धेरै कोठा भेटिए, एउटैमा २० कोठासम्म,' लामाले भने। २० कोठे गुफालाई पुरातŒवविद्ले 'झोङ क्योरे नर्थ' नाम दिएका छन्।

पूजा कोठामा विभिन्न धार्मिक चित्र र खाना पकाउने ठाउँमा भाँडाका टुक्रा भेटिएको उनले जानकारी दिए। 'गुफाभित्र पनि अहिले बाहिर बस्तीमा रहेका जस्तै ढाँचाका चर्पी भेटिए,' लामाले भने।

रेखदेख अभावले गुफाहरू भत्किँदै गएको र माटोले पुरिएर कतिपय गुफामा जानसमेत नसकिने अवस्था रहेको विभागले जनाएको छ।

अध्ययनमा विभागका अनुसन्धान अधिकृतसँगै अमेरिकी मानवशास्त्री तथा पुरातत्वविद् मार्क एलेर्न्डफर र पाँचपटक सगरमाथा आरोहण गरेका पिटर एथेन्स संलग्न छन्।



 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
Informatica consultancy share
Are you ready to know the truth?
Another Song Playing In My Mind
मन भित्र को पत्रै पत्र!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters