२०३६ साल चैत महिना ,आइ एस्सी प्रथम बर्स ,अस्कल क्याम्पस अगाडी,ढाका टोपिलाएको,कान मा गलबन्दी,निधार मा रातो पहेलो टिका ,खुट्टा मा हरियो मोजा
रातो जुत्ता |जवानी मै बुडौली को बास छरिरहेको ,एउटा गाउले युबक जबर्जस्ति हात समाउन आउछ 'सर को परिचय पाम न '| म हठात झसंग हुन्छु | फेरी मैले मुख खोल्न न पाउदै उ फता फत बोल्दै गयो ,'मेरो नाम ,चक्रपाणि लामिछाने,घर स्याङ्जा ,जुरेली भन्ज्यांग ,पन्डित बिजुली प्रसाद को छोरा म' मुख मा ठुलो गर्ब,अनुहार मा मुस्कान |मैले अपरिचित भाब देखाउनै न मिल्ने |
मेरो जबाफ को प्रतिक्ष्या मा थियो|मैले भने ,'ये तपाइँ पन्डित को छोरा ' उ तृप्त भाब ले म तिर हेर्दै ,अरु हात हरु समाउन गयो | म कक्ष्या कोठा खोज्न तिर लागे !!
X-X-X-X-X-X-X-X-X-X-X-
आइएस्सी दोस्रो बर्स !! क्लास को पहिलो दिन , पछाडी बाट कसैले आवाज दिए 'हेल्लो ब्रो ,हाउ आर यु ' म लाइ चिन्नु भएन, म उही पुरानो सी पी क्या त् '
मैले भने 'ये पन्डित को छोरा ' उसले मुख बिगार्दै भन्यो 'नो , मेरो ड्याड सोसियल ओर्कर हुनु हुन्छ ' | मैले मेरो सम्झना सक्ति मा दबाब डाले,गहिरिएर उ तर्फ हेरे |कपाल छोटो,बजार मा भर्खर देखिएको मार्शल ब्याग भिरेको |मैले जबाफ पाए |
उ अगाडी थप्दै गयो 'मेरो डेरा पनि झोसे मा छ नि ' |मैले भने|'ये हो र ,मेरो घर पनि झोसे नै हो ' उसले फेरी जबर्जस्ति मेरो हात समायो | भन्यो
'म अनेरा स्व बि यु को प्राराम्भिक कमिटि मा उठेको छु ,भोट दिने हैन ?'तपाइँ हामि त् एउतै टोल को ? 'फेरी हाम्रो ने क पा ये माले भनेको कांग्रेस जस्तो देस बेचुवा हैन के ,यो त् सर्बहारा बर्ग को पार्टी ' 'ल पासा !एक भोट म लाइ है ' भन्दै अगी बढ्यो |
X-X-X-X-X-X-X-X-X-X-X-
भाजु मान कि छोरी ! खाएकी ,पीयेकी !!१५ बर्स को उमेर मै बिस बर्स कि जस्ती देखिने ,पुरै बैस मा प्रबेस गरि सकेकी| आउदा जादा तन्नेरी केटा हरु को मन मा घन्टी बजौथी |उसलाई आश गर्ने धेरै थिए |
'ये प्रभात जी ,उनै भाजुमान कै बार्दली बाट कोइ बोलाउदै थ्यो|हेरे !चक्रपाणि हात हल्लाउदैथ्यो,म विस्मित भावले घर गल्लि भित्र छिरे |
समय बित्दै गयो| | एक दिन बिहानै भाजुमान को घर मा हल्ला ,खल्ला हुदै थियो |बुढो आवाज , आइमाई रोएको आवाज ,फेरी चक्रपाणि को आवाज |दिउसो टोल छिमेक मा खस्याक खुसुक गर्दै थिए ,भाजुमान छोरी ले बिहान लगातार वाक वाक गरेकीले बिर अस्पताल लागेको अरे |डाक्टर हरुले २ महिनाको गर्भ रहेको खुलासा गरेछन |बच्चा को बाबु ,घर मा बहाल बस्ने केटो |
X-X-X-X-X-X-X-X-X-X-X-
केहि साल पछी ,पंचायत गयो ,बहुदल आयो | झोला बोकेर सडक मा हिड्ने हरु , हरु राता रात पजेरो मा गुड्न थाले | बीएस्सी को पढाइ सकेर शिक्ष्या मन्त्रालय ले भर्खर निकालेको कोलम्बो प्लान को लागि फारम लिएर आउदै थियेउ ,साथ् मा कलेज का सह पाठी हरु थिए | केशर महल को ढोकै मा कालो कार टक्क रोकियो, कार को पछाडी को सिसा खोल्दै चक्रपाणि ले झ्याल बाट चिच्यायो 'ये प्रभात जी ,
मैले तपाइको काम गरिदिएको छु ,भोलि मन्त्रालय मै आएर चिट्ठी बुझ्ने है ' | के काम ?कस्तो काम ?मैले कहिले कुन काम को लागि उ सग भने ?यो चक्रपाणि नै हो के ?उ कसरि त्याहा पुग्यो ?येस्ता हजारौ प्रस्न एकै चोटी मेरो मस्तिस्क मा आए |
मैले साथै हिडेका अरु साथीहरु लाइ सोधे,चिनेउ तिमीहरु ले उसलाई ? कोइ बाट पनि सकारात्मक् उत्तर आएन |मैले भने त्यही हामी सग अाइएस्सी मा सगै पढेको गाउले ठिटो | सबैले जिब्रो टोके |हामीले त् बहुदल आएपछी त्यो मन्त्री भयेको भन्ने सम्म सुनेको थियो |ये साचै हो रहेछ |एकै स्वर मा कराये ।
पर खुला मन्च मा एमाले को कुनै नेता ठुलो ठुलो आवाज मा भाषाण गर्दै थ्यो 'देस ले बिकास को गती समाउने हो भने ,बहुदलिय जनबाद र नौलो जनबाद लाइ फ्युजन गर्नु पर्छ |"'
मैले साथी हरु तिर हेरे,तर उनिहरु अझै जिब्रो टोकेको टोकेइ थिए |