[Show all top banners]

timi_mero_sathi

More by timi_mero_sathi
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

lolitalover

Jhapali_Thito
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 योजना आयोग दिएर फकाउन खोजिएको थियो रे
[VIEWED 1259 TIMES]
SAVE! for ease of future access.
Posted on 04-06-11 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


योजना आयोग दिएर फकाउन खोजिएको थियो

अर्थसचिव रामेश्वर खनालले बजेटमा असहमती भएर मात्र राजिनामा दिएका थिएनन्, उनलाई अर्थसचिवबाट विदा दिने तयारी समेत भएको थियो। अर्थसचिवलाई सरुवा गरेर अरु मन्त्रालयमा लैजाँदा ठूलो दवाव आउने देखिएपछि खनाललाई राष्ट्रिय योजना आयोगको उपाध्यक्ष दिएर फकाउने प्रयास गरिएको थियो।
जुनसुकै मूल्यमा पनि खनाललाई अर्थबाट हटाउनुपर्दछ भन्ने प्रधानमन्त्री झलनाथ खनाल, माओवादी अध्यक्ष प्रचण्ड र उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीको प्रयास थाहा पाएपछि खनालले राजिनामा दिएका थिए। अर्थसचिवबाट राजिनामा दिनु अघिल्लो दिन खनाललाई योजना आयोगको उपाध्यक्ष बनाउने प्रस्ताव अर्थमन्त्री अधिकारीले गरेका थिए। नयाँ सरकार गठनपछि डा. जगदिशचन्द्र पोखरेलले योजना आयोगको उपाध्यक्ष पदबाट राजिनामा दिएका छन्, त्यो पद अहिले खाली छ।
योजना आयोगको उपाध्यक्ष बनाउँदा खनाललाई ‘प्रमोशन’ गरेजस्तो पनि हुने अर्थबाट कालोव्यापारीका लागि काँडा पनि हट्ने बुझाइ सरकारको थियो। यसो हुँदा नक्कली भ्याटको कारोवारबाट देशको दश अर्ब लुट्ने व्यापारीलाई पनि राहात दिन सकिने विश्वास अर्थमन्त्री अधिकारीलाई थियो। त्यसो त खनाल र अर्थमन्त्री अधिकारीवीच सरकारको पुरक बजेटका विषयमा पनि ठूलै मतभिन्नता थियो।

रामेश्वरले मंगलवार राजिनामा दिनु अघिल्लो दिन सोमवार यो विषयमा अधिकारीसँग राम्रै विवाद पनि भएको थियो। सोमवार बिहान ९ बजे अधिकारीले खनाललाई २३ पानाको पुरक बजेट पढ्न दिएका थिए। पुरक बजेटमा अधिकारीले प्रत्येक दलितलाई २५ हजार रुपैयाँ अनुदान दिने प्रस्ताव ल्याएका थिए। अर्थमन्त्रालयमा तथ्याङ्कसँग खेल्ने खनालले तत्काल दलितको जनसंख्या हिसाव गरे। उनले यसरी हिसाव गर्दा ६० अर्ब रुपैयाँ दिनुपर्ने अवस्था देखियो।

अधिकारीले बाख्रा पालनका लागि पनि अनुदान दिने प्रस्ताव पुरक बजेटमा गरेका थिए। त्यसैगरी नेपाल आयल निगमलाई अनुदान दिने प्रस्ताव पनि पुरक बजेटमा थियो। आफ्नो अनुपस्थितीमा बजेट बनेपछि क्षुब्ध भएका खनालल दिउँसो १२ बजेतिर फेरी अर्थमन्त्रीको कार्यकक्षमा गएर भनेका थिए, ‘मन्त्रीज्यु, यसरी वितरणमुखी बजेट बनाउँदा एक सय अर्ब चाहिन्छ, पैसा कहाँबाट जुटाउने। तपाईले यो पुरक बजेट संसदमा पढ्न लाग्नुभयो भने सबै हाँस्छन्।’
त्यसपछि भरतमोहन अधिकारीले खनाललाई तानेर आफ्नो गोप्य कोठामा लगेका थिए। गोप्य कोठामा पुर्‍याएपछि अधिकारीले खनाललाई भनेका थिए, तपाई त मेरो नाता पनि पर्ने मान्छे, यो पुरक बजेट बनाउनुपर्‍यो, मलाई पनि बाध्यता छ, अझ मैले त तपाईलाई कति राम्रो ठाउँमा लैजान खोजेको छु। खनालले त्यतिवेला नै बुझेका थिए, ‘अब त मेरो अर्थबाट विदा हुने भयो भयो।’

खनाल त्यसपछि तीन बजेसम्मै अर्थमन्त्रालयमा काम गरे र ३ बजे मुख्य सचिव माधव घिमिरेकहाँ पुगे। मुख्यसचिव घिमिरेसँग खनालले उर्जा संकटकाल र त्यसका लागि तयार गर्न लागिएको विधेयकका विषयमा कुराकानी गरे। साँझ छ बजेसम्म घिमिरेसँग उर्जाको विकराल समस्या समाधान गर्ने विषयमा छलफल भएको थियो। छलफलका क्रममा घिमिरेले खनाललाई योजनाका आयोगको उपाध्यक्ष बनाउन लागेको संकेत गरेका थिए। त्यतिवेलासम्म एमालेबाट माओवादीमा प्रवेश गरेका अर्थशास्त्री डिल्लीराज खनालले रामेश्वर खनाललाई तीनपटक मिस कल गरिसकेका थिए।

माओवादीका तर्फबाट पुरक बजेट बनाउने जिम्मेवारी पाएका खनालले किन फोन गरेछन् भनेर रामेश्वरले जवाफ फकाउनु अघि नै डिल्लीराजको एसएमएस रामेश्वरलाई आएको थियो। डिल्लीराजले रामेश्वरलाई एसएमएसमा जरुरी र गोप्य काम छ भनेका थिए। रामेश्वरले फोन गरेपछि डिल्लीराजले भनेका थिए, उपप्रधानमन्त्रीले सिएम(प्रचण्ड)सँग तपाईको गुनासो गर्नुभएको छ। तपाईले त भाँडभैलो गर्दै हुनुहुन्छ रे। रामेश्वरले डिल्लीराजलाई पुरक बजेटमा मेरो आपत्ति कहाँ छ र? भनेर प्रश्न गरेका थिए। तत्कालै डिल्लीराजले अर्थमन्त्रीले तपाईलाई बजेटको एउटा ड्राफ्ट दिएका होलान्, त्यो ड्राफ्ट चाहिं असली होइन्, झुक्याउलान है बुढाले। भरतमोहन दुई जिव्रे हुन भन्ने कुरा बुझेका खनालले पाइला पाइलामा अविश्वास भयो, अब त राजिनामा दिनुपर्दछ भन्ने मनस्थिति बनाएका थिए। त्यो दिन खनाल राती घर गए सुते, भोलिपल्ट बिहान सात बजे अर्थमन्त्री अधिकारीले खनाललाई फोन गरेर चाँढै अफिस आउन भने। अधिकारीले सबै मन्त्रीहरुलाई फोन गर्न र सबैलाई अर्थमन्त्रालयमै खाना खुवाउने व्यवस्था मिलाउन पनि भनेका थिए। तर खनालले अधिकारीलाई जवाफ दिए, ‘आजबाट म अफिस आउँदिन।’ राजिनामा दिने खबर सुनेपछि अर्थमन्त्री अधिकारीले खनाललाई फकाएका थिए, अहिले राजिनामा नदिनुस्, बबाल हुने छाँटकाँट देखेको छु, तपाई योजना आयोगको उपाध्यक्षमा जानुस्। तर खनाल दिउँसो अर्थमन्त्रालय आए, उपस्थित सहसचिवसँग विदा मागे भने बाँकी केहीलाई एसएमएस पठाए आजदेखि म आउँदिन।

खनाल अर्थबाट बाहिरिएपछि पाल्पा जानका लागि बस चढेका थिए, उनी वीच बाटोमा पुगेपछि पर्यटकीय स्थल घोडेपानी पुगे। त्यहाँ दुई दिनसम्म आनन्दको जीवन बिताएपछि उनी पवर्त फलेवास पुगेका थिए। पर्वतको कुश्मा पुग्दा खनाललाई विशाल समूहका अशोक अग्रवालले फोन गरेर भनेका थिए, सचिवज्यु मिडियामा मिलाएर बोलिदिनुपर्‍यो, यहाँ बुढा मर्न लागे। यी त्यही अग्रवाल हु्न्, जसको कम्पनी युनाइटेड डिष्ट्रिव्युटर्स अहिले नक्कली भ्याट विल प्रकरणको छानविनमा दोषी पाइएको छ। १० करोड रुपैयाँको नक्कली भ्याट विल फेला परेपछि आन्तरिक राजस्व विभागले अग्रवालको कम्पनीलाई आठ करोड रुपैयाँ राजस्व दाखिला गर्न निर्देशन दिएको छ।

त्यसो त अर्थमन्त्री अधिकारी र खनालवीच शंकर समूहका अध्यक्ष शंकर गोल्यानका विषयमा पनि एक पटक राम्रै घोचपेच भएको थियो। अर्थमन्त्री भएर आएको केही समयपछि अधिकारीले ‘आरती स्ट्रिप’को प्रसङ्ग झिकेर भनेका थिए, त्यो ‘आरती स्ट्रिप’को भ्याट मुद्धामा ‘सफ्ट’ हुनुपर्‍यो। खनाल ‘आरती स्ट्रिप’को प्रसङ्ग आए पछि अचम्ममा परेका थिए, ‘आरती स्ट्रिप’ त भ्याट छलीमा छैन, अरु कुनै कम्पनी होला? भरतमोहन अनकनाए पछि खनालले कतै जगदम्बा त होइन? अधिकारीले सम्झनामा आएजस्तो गरी भने हो, हो, जगदम्बा हो। तत्कालै खनालले भने हामी त जगदम्बाप्रति सफ्ट भएकै हो, त्यो कर कार्यालय नगएर किन हजुरकोमा आएछ? त्यसलाई थुनाईदिउँ हजुर? अर्थसचिव खनालले तत्कालै आन्तरिक राजस्व विभागका सहसचिव राजन खनाललाई फोन गरेजस्तै गरी भने, राजनजी त्यो शंकर गोल्यानलाई ल्याएर तुरुन्तै थुन्नुपर्‍यो, त्यो बयान दिन नआउँदो रहेछ, राजनीतिक लवी गर्दोरहेछ। तत्कालै हडबडाएका अर्थमन्त्री अधिकारीले भने रामेश्वरजी होइन, हाइन, होइन। फोन नै नगरिकन राजन खनाललाई फोन गरेको अभिनय गरेका रामेश्वरले राजनलाई यो कुरा पछि बढो रमाइलो साथ सुनाएका थिए। अधिकारीको अघि यस्तो घटना भएपछि शंकर बयान दिन आन्तरिक राजस्व विभाग पुगेका थिए। जहाँ उन्ले नक्कली भ्याट विल प्रकरणमा संलग्नता स्वीकार गरेका थिए।

त्यसो त त्यसभन्दा केही दिन अघि भरतमोहन अधिकारीसहित एमालेका तीन मन्त्रीले सपथ ग्रहण गरेको तर पदभार ग्रहण नगरेको बेलामा बैंक अफ एशिया तथा समुद्रपार व्यापार संघका पूर्वअध्यक्ष सतिषकुमार मोरकी छोरी श्रुती मोरको जन्मदिनको पार्टीमा मदिरा खाएर झुम्म भएका शंकर गोल्यानले भनेका थिए, १० करोड दिइसकें न त भरतमोहनलाई अर्थमन्त्री बनाउँछन्, न त रामेश्वरलाई नै परिवर्तन गर्छन्। शंकरको कम्पनी जगदम्बा स्टिलल ८० करोडको नक्कली भ्याट विलमा फसेको छ, जहाँबाट ६० करोड रुपैयाँ राजस्व असुल गर्ने निर्णय गरिसकेको छ।



 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
emergency donation needed
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Poonam pandey - death or suicide?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters