[Show all top banners]

Smooth

More by Smooth
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Supreme court: A stage for Drama
[VIEWED 1147 TIMES]
SAVE! for ease of future access.
Posted on 04-06-11 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काठमाडौ, चैत्र २२ -
कानुनको पालना गर्ने निकाय र गराउने मानिसबाटै त्यसको उल्लंघन भइरहेको छ भन्दा पत्यार नलाग्ला । तर सर्वाेच्चमा थन्किएका वषर्ाैं पुराना भ्रष्टाचारका मुद्दाको मिसिलले त्यही भन्छ । मुद्दाको पेसी दुई पटकभन्दा बढी हटाउन नपाइने कानुनी व्यवस्था छ । तर यसको पालना कुनै पनि भ्रष्टाचारका मुद्दामा भएको छैन ।

कहिले सरकारी वकिलले त कहिले अभियुक्तका अधिवक्ताले पटक-पटक पेसी हटाउने गरेका छन् । जसका कारण भ्रष्टाचारका मुद्दा वषर्ांैसम्म अदालतकै दराजमा थन्किने गरेका छन् । जस्तो कि पाँच वर्षअघि सर्वाेच्चमा दायर भएको आयल निगम तथा वायु सेवा निगमका पूर्वमहाप्रबन्धक रामाज्ञा चतुर्वेदीको मुद्दा सोमबार पनि सुनुवाइ हुन सकेन । सरकारी वकिलले पेसी हटाए । योसमेत गरेर उनको मुद्दा पाँच पटक पेसीबाट हटिसकेको छ ।

यसअघि पनि उनको सरकारी वकिलले दुई पटक पेसी हटाइसकेका थिए । दुई पटक चतुर्वेदी आफैंले सुनुवाइ पन्छाएका थिए । वकिलले चाहेको न्यायाधीशको नपरेको र कडा न्यायाधीशको इजलासमा परेपछि पेसी हटाउने गर्छन् ।

पूर्वमन्त्रीहरू गोविन्दराज जोशी, जयप्रकाशप्रसाद गुप्ता, खुमबहादुर खड्का र रवीन्द्रनाथ शर्मा, गिरिजाप्रसाद कोइरालाका पीए गोकर्ण पौडेल, पूर्वप्रहरी महानिरीक्षकहरू प्रदीपशमशेर राणा, अच्युतकृष्ण खरेल र मोतीलाल बोहरा, पूर्वगृहसचिव पदमप्रसाद पोखरेल, पूर्वरक्षा सचिव चक्रबन्धु अर्याल, भन्सारका पूर्वउपसचिव केशरजंग खड्का र ईश्वर पोखरेल -कर्मचारी), सडक विभागका पूर्वमहानिर्देशक आनन्द खनाललगायतको मुद्दामा पनि यसैगरी पेसी हटाएको छ ।

'मुद्दा लम्बिनुमा मुख्य कारण पेसी हटाइनु पनि हो,' सर्वाेच्चका प्रवक्ता श्रीकान्त पौडेल भन्छन्, 'अदालतले मात्रै चाहेर फैसला हुने होइन, पक्ष/विपक्षले पनि साथ दिनुपर्छ ।' दुई पटकभन्दा बढी पेसी हटाउन नपाउने कानुनी व्यवस्था भ्रष्टाचारका मुद्दामा लागू नभएको उनले स्विकारे । पेसी पटक/पटक सर्ने गरेकाले मुद्दा वषर्ांै लम्बिएका हुन् । सुरु अदालतमा एक वर्ष र पुनरावेदनमा ६ महिनाभित्र मुद्दाको टुंगो लगाइसक्नुपर्ने कानुनी व्यवस्था छ । तर भ्रष्टाचारका अधिकांश मुद्दामा कानुनी सीमा तोडिएको छ । 'कहिले पक्ष र कहिले विपक्षले पालैपालो पेसी हटाउने गरेका छन्,' सर्वाेच्चका एक अधिकारीले भने, 'यो पूरै मिलेमतो हो ।'

अभियुक्तविरुद्ध लड्ने सरकारी वकिलले ज्यादाजसो पेसी हटाउने गरेका छन् । सरकारी वकिलले गोविन्दराज जोशीको तीन पटक पेसी हटाएका छन् भने खुमबहादुर खड्काको चार पटक । 'यो नियत होइन, बाध्यता हो,' महान्यायाधिवक्ता युवराज संग्रौला भन्छन्, 'हामीसँग चाहिनेजति जनशक्ति छैन, बहसै गर्न नभ्याएपछि त हटाउनैपर्‍यो नि ।' 
 (Joke of the century!!!)
संग्रौलाका अनुसार सर्वाेच्चमा दैनिक एघार इजलास लाग्छन् तर सरकारी वकिल सातजना मात्रै छन् । 'एउटै इजलासमा दुई/चार मुद्दा हुन्छ,' संग्रौला भन्छन्, 'हामीलाई एक ठाउँमा बहस सक्न नपाई अर्काे ठाउँमा कुद्न हतार भइसक्छ, अनि कताबाट भ्याइन्छ ?' (Is this guy a Joker?)

ज्यादाजसो मुद्दा सरकारले हार्नु र भनेकै समयमा बहस गर्न नभ्याउनुमा सरकारकै लापरबाही भएको उनी ठान्छन् । 'चाहिनेजति जनशक्ति र स्रोत साधन सरकारले देओस् हामी एउटै मुद्दा पनि हार्ने छैनौं,' उनी भन्छन्, 'होइन भने त सधैं यस्तै हो ।'

जोशी हाजिर भए मुद्दा दायर भएको चार वर्षपछि पहिलो पटक पूर्वमन्त्री गोविन्दराज जोशी सोमबार अदालतमा हाजिर भएका छन् । दिउँसो १ बजेतिर उनी अदालतमा आएर तारेख बुझेका थिए । उनको अर्काे तारिख वैशाख १८ गते परेको छ ।

उनीविरुद्ध ३ करोड ९३ लाख रुपैयाँ भ्रष्टाचार गरेको अभियोग लगाउँदै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर विशेषले हदम्याद नाघेको भन्दै मुद्दा खारेज गरिदिएपछि उनीविरुद्ध २०६३ चैत १० गते सर्वाेच्चमा पुनरावेदन परेको थियो । जोशीको मुद्दामा तीन पटक पेसी सरेको थियो । चार महिनाअघि मंसिर २६ गते प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठ र कृष्णप्रसाद उपाध्यायको संयुक्त इजलासले जोशीलाई अदालतमा १५ दिनभित्र हाजिर हुने आदेश दिएको थियो ।

तर जोशीले त्यसको सूचना दुई साताअघि मात्रै पाएका थिए । त्यो पाएपछि उनी सोमबार अदालत आएका हुन् । जोशीकी सासू नीरकुमारी पन्त, सालो वासुदेव पन्त र अर्का एक नातेदार रामकृष्ण तिवारीको म्याद तामेल अझै भएको छैन । उनीहरू पनि अदालत नआई मुद्दाको कारबाही अघि बढ्दैन ।





















http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=239924

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
emergency donation needed
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
nrn citizenship
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters