[Show all top banners]

Smooth

More by Smooth
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 अब इनको परिक्छा
[VIEWED 1559 TIMES]
SAVE! for ease of future access.
Posted on 04-12-11 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काठमाडौ, चैत्र २८ -
संवैधानिक परिषद्ले खिलराज रेग्मीलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको छ । 'उहाँ सर्वाेच्च अदालतका वरिष्ठ न्यायाधीश हुनुका साथै कार्यक्षमता र दक्षता राम्रो भएकाले प्रधानन्यायाधीशका लागि छानेका हौं,' बैठकबाट बाहिरिँदै सभामुख सुवास नेम्वाङले भने, 'मंगलबार बिदा हुने भएकाले बुधबार संसद्मा यसबारे सुनुवाइ पनि हुनेछ ।'

संवैधानिक निकायका पदाधिकारीलाई परिषद्ले सिफारिस गर्ने र त्यसमाथि संसदीय सुनुवाइ गर्ने संवैधानिक व्यवस्था छ । त्यसैअनुरूप सिफारिस गरिएका रेग्मीको पनि सुनुवाइ हुनेछ ।

परिषद्ले अख्तियार लगायतका संवैधानिक निकायका रिक्त पदका लागि वैशाख ७ गते बैठक गर्ने निर्णय गरेको छ । प्रधानन्यायाधीश श्रेष्ठ सोमबारबाट बिदामा बसेका छन् ।

वैशाख २३ गते विधिवत पदभार सम्हाले पनि रेग्मी सोमबारैदेखि कार्यवाहक प्रधानन्यायाधीश भइसकेका छन् । श्रेष्ठको १३ महिने कार्यकालका हरेक काममा साथ दिँदै आएका रेग्मी पनि पाल्पाकै हुन् । उनीहरू दुवैले आईए सँगै पढेका थिए ।

रेग्मी पोखराथोक गाविसमा २००६ जेठ १७ गते जन्मिएका थिए । उनले २०२८ सालमा सर्वाेच्चमा शाखा अधिकृतका रूपमा न्याय सेवामा प्रवेश गरेका थिए । २०३० फागुन १८ गते जिल्ला न्यायाधीश भएका थिए । २०४१ देखि ०४८ सम्म उनले सर्वाेच्चमा सहायक रजिस्ट्रार भएर पनि काम गरेका थिए । जिल्ला पुनरावेदन हुँदै उनी २०५९ माघ १५ गतेदेखि सर्वाेच्चमा न्यायाधीश छन् ।

२०६० यता सर्वाेच्चमा भएका महत्त्वपूर्ण न्यायिक सुधारहरू ज्यादाजसो उनकै नेतृत्वमा भएका छन् ।

रेग्मी कानुनमा स्नातक हुन् भने मानविकीमा स्नातकोत्तर छन् । सर्वाेच्च अदालत र नेपाल सरकारले गठन गरेका दर्जनौं समितिहरूमा उनले संयोजक भएर काम गरेका छन् । संसद्मा पारित हुने क्रममा रहेको देवानी संहिता उनकै नेतृत्वमा तयार भएको थियो । उनी २०६४ मा 'तराई मधेस घटना सम्बन्धमा गठित उच्चस्तरीय न्यायिक जाँचबुझ समिति' का अध्यक्ष पनि थिए ।

रेग्मीको कार्यकाल तीन वर्ष एक महिनाको हुनेछ । प्रजातन्त्र पुनःस्थापनायता विश्वनाथ उपाध्यायपछि यति लामो समय प्रधानन्यायाधीश पदमा बस्ने उनी एक्ला हुन् ।

भ्रष्टाचार, ढिलासुस्ती र अन्य अनियमितताका विरुद्ध आफू नियमित रूपमा गतिशील हुने उनले बताए ।

'अदालतको काम एकै पटक हार्र हुर्र गरेर सकिने पनि होइन,' उनले भने, 'के बुझ्नोस् भने अदालत सधंै गतिशील हुन्छ र कुनै कुरामा पनि अनावश्यक ढिलाइ हुने छैन ।'

सञ्चार माध्यमहरूले आफूलाई कम बोल्ने र 'कम्प्रोमाइज गर्ने,' न्यायाधीशका रूपमा टिप्पणी गरेको प्रसंगलाई कोट्टयाउँदै उनले थपे, 'हो, म सबै निकायसँग काम लिन समन्वयका लागि कम्प्रोमाइज गर्छु तर न्यायमा नो कम्प्रोमाइज !'

पुनरावेदन अदालतका मुख्य न्यायाधीशहरूलाई जिम्मेवार बनाउने र गुनासाहरूलाई आफैं सुन्ने प्रणालीको विकास गर्न लागेको उनले बताए ।

'म मेरा कामबारे ज्यादा बोल्दिनँ,' उनले भने, 'कर्मले नै बोलेको राम्रो ।' उनी दुई छोरा र एक छोरीका पिता हुन् । उनका एक छोरा र एक छोरी अमेरिकामा छन्
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
emergency donation needed
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
Thank you for the sajha policy
Nepali doctors future black or white usa ?
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters