[Show all top banners]

_____

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 प्रधानमन्त्रीले राजीनामा दिँदैन भने हामी वीरगन्जलाई अर्को राजधानी घोषणा गर्छौं,
[VIEWED 1830 TIMES]
SAVE! for ease of future access.
Posted on 05-31-11 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रधानमन्त्री खनालसँगको कुराकानीको प्रमुख अंशः

 

प्रधानमन्त्रीज्यू, संंविधानसभाको म्याद थप्नका लागि भएको पाँचबुदे सहमतिको कार्यान्वयन संविधान निर्माण, शान्तिप्रक्रिया वा राष्ट्रिय सहमतिको सरकार गठन कहाँबाट सुरु हुन्छ ?

अहिले सिङ्गो राष्ट्रको प्राथमिकता भनेको शान्ति र संविधान नै हो । शान्ति र संविधान निर्माणले प्राथमिकता पाउनुपर्छ, यो कुरामाथि सबैको ध्यान केन्दि्रत हुनुपर्छ । त्यसनिम्ति हामीले राष्ट्रिय सहमति निर्माण गर्नुपर्छ ।

सहमतिका लागि सरकारको राजीनामाको कुरा आइरहेको छ, राजीनामा सहमतिको सरकार गठनको आधार तयार भएपछि हुन्छ वा पहिले ?

हामीले एक वर्षअगाडिका अनुभवलाई यही परिप्रेक्ष्यमा संस्मरण गर्नु जरुरी हुन्छ । प्रधानमन्त्रीले राजीनामा दिने कुरामात्र मुख्य होइन, राजीनामा दिन त म एक मिनेटमै दिन सक्छु । मलाई प्रधानमन्त्रीको कुर्सी पि्रय छैनÙ यो देश, जनता र राष्ट्र पि्रय छ । शान्ति र संविधान पि्रय छ । त्यसैले राजीनामा जुनसुकै बेला दिन तयार छु तर मैले राजीनामा दिएपछि राष्ट्रिय सहमति बन्छ कि बन्दैन, यो महìवपूर्ण प्रश्न हो । पोहोर साल पनि तत्कालीन प्रधानमन्त्रीले राजीनामा दिएपछि मुलुक सात महिनासम्म 'केयर टेकर' सरकारको अवस्थामा रहनु पर्‍यो । त्यो कालखण्डमा मुलुकको समग्र व्यवस्था र त्यसभित्र पनि सुरक्षाव्यवस्था धेरै हदसम्म प्रभावित भयो । अहिले हामी एउटा जटिल मोडबाट अघि बढ्दै छौँ । यस्तो बेलामा मुलुकका अन्य समस्त व्यवस्थालाई खल्बल्याउने ढङ्गले हामीले कदम चाल्नु कति उपयुक्त हुन्छ, यो आफँैमा एउटा गम्भीर प्रश्न हो । त्यसो हुनाले सबैलाई मेरो आग्रह छ- राष्ट्रिय सहमतिको विकल्प तयार गरौँ ।

वर्तमान सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउने सम्भावना कति छ ?

वर्तमान सरकार पनि राष्ट्रिय सहमतिको सरकारमा रूपान्तरित हुन नसक्ने कुनै कारण छैन । यदि राजनीतिक दलहरूले शान्ति र संविधानलाई प्राथमिकतामा राखेर सहमति गरौँ भन्ने चाहना राखे भने अहिले पनि सम्भव छ । तर अरू नै सरकारबाट मात्रै राष्ट्रिय सहमतिको सम्भावना हुन्छ भने त्यसलाई व्यवहारमा उतार्न म 'ओपन' छु ।

शान्ति र संविधानका लागि तीन महिनाको अवधि पर्याप्त होइन भन्ने विचार आइरहेका छन् नि ?

मेरो प्रस्तावचाहिँ एक वर्षको थियो तर यसमा मेरो जिद्दी थिएन । अब बाँकी कामको आकलन गरेर ती काम सम्पादन गर्न हामीलाई लाग्ने सयम निर्धारण गर्नुपर्छ । अहिले पनि म के भन्न चाहन्छु भने हामीसँग केही मतभिन्नता बाँकी छन् भने त्यसको व्यवस्थापनका लागि हामीलाई केही समय चाहिन्छ । त्यसको समाधानपछि संविधानको एउटा मस्यौदा ड्राˆट गर्नुपर्छ । त्यसका लागि पनि केही समय लाग्छ । यसलाई जनताको बीचमा लैजानुपर्छ । जनताका सुझाव प्रशोधन गर्न पनि समय चाहिन्छ । अन्तिम मस्यौदा तयार पारी त्यसलाई पास गर्न पनि एक महिनाको समय लाग्छ । त्यसो हुँदा सबै 'क्यालकुलेसन' गरेर समय निर्धारण गर्नुपर्ने थियो ।

संंविधानसभाले गर्न बाँकी रहेका महìवपूर्ण काम जुन छन्, ती जनमतसङ्ग्रहमा समेत जानुपर्ने खालका रहेकाले यो तीन महिनामा हुन सक्दैन भन्ने पनि चर्चा छ नि ?

योचाहिँ इतिहासलाई उल्टो ढङ्गले बुझ्ने कुरा हो । इतिहास निरन्तर सकारात्मक प्रवाहमा अघि बढ्छ । ०६२/६३ सालको जनक्रान्तिले यो देशमा धर्मनिरपेक्षता र सङ्घीयताको विषय निक्र्योल गरिसक्यो । त्यसलाई अन्तरिम संविधानमै संस्थागत गरिसकियो । अब लेखिने संविधानमा त्यसलाई विस्तृत व्याख्या विश्लेषण गरेर राख्ने कुरामात्रै हो ।

शान्तिप्रक्रियाको सन्दर्भमा पाँचबुँदे सहमति पनि अमूर्त देखिन्छ, सो काम अबको तीन महिनाभित्र सम्पन्न गर्न कसरी अगाडि बढ्छ ?

हामीले जेठ १४ भन्दा पहिले गरेका छलफलमा निकै राम्रा समाधानका बिन्दुहरू पहिल्याएका थियौँ र समाधानको राम्रो प्याकेज पनि तयार हुँदै थियो । १४ गते रातितिर गएपछि वार्ताहरू विस्तारै विस्तारै अमूर्तीकरणतिर लागे र सहमतिको बिन्दुसम्म आइपुग्दा तीन महिनामा शान्तिप्रक्रियासँग सम्बन्धित मूलभूत काम सक्छौँ भनेपछि सबैजना सहमत भए । यो अमूर्तीकरणको राम्रो नमुना हो । सहमति अमूर्त भए पनि यसमा अन्तरनिहित कुरा शान्तिप्रक्रियाको मोडालिटी, लडाकू समायोजनको मापदण्ड, समायोजनमा जाने सङ्ख्या निर्धारण, पुनःस्थापनामा जाने प्याकेज र त्यसको कार्यतालिकासमेत रहेका छन् । त्यतिमात्र होइन, दोहोरो सुरक्षाप्रणाली अविलम्ब अन्त्य गर्ने, कब्जा सम्पत्ति फिर्ता गर्नेलगायतका कुरा छन् ।

संविधानसभाको म्याद अर्को तीन महिना थपिनेबारेमा सहमति भएको छ कि ?

हाम्रो छलफलमा छ महिनाको समय लिनुपर्छ भन्ने विचार उठेको थियो । तीन/तीन महिना गरी दुई चरणमा बढाऔँ भन्ने प्रस्ताव पनि आएको थियो तर त्यो तुहियो ।

राष्ट्रिय सहमतिको सरकार गठन हुने आधार तयार नभए यो तीन महिना पनि तपाईं नै प्रधानमन्त्री रहने हो ?

विकल्प तयारै नभईकन अत्यन्त गैरजिम्मेवार भएर प्रधानमन्त्रीको उत्तरदायित्वलाई छोडेर हिँड्न मिल्छ कि मिल्दैन ? यहाँहरूले नै भनिदिनुस्, मुलुकको कार्यपालिका प्रमुखले विकल्प नै तयार नभई छोडेेर हिँड्न मिल्छ ?

राष्ट्रिय सहमतिको कुरा यहाँले जोड रूपमा उठाउनुभएको थियो, त्यसका लागि अब के प्रयास गर्नुहुन्छ ?

म त सुरुदेखि नै राष्ट्रिय सहमतिको पक्षधर हुँ र यसको प्रतिपादक पनि हुँ । त्यसैले राष्ट्रिय सहमति निर्माणकै पक्षमा प्रयत्नशील छु । राष्ट्रिय सहमतिका लागि मेरो तर्फबाट सम्पूर्ण योगदान हुन्छ । तर यसमा सबै दलको भूमिका हुनुपर्छ । मेरो दल तेस्रो ठूलो दल हो । पहिलो र दोस्रो ठूलो दलका काँधमा पनि त्यहीअनुसार पहिलो र दोस्रो भारी हुन्छ र ती दलले गर्ने प्रयत्नमा मेरो निरन्तर साथ रहन्छ ।

जेठ १४ गतेको रातिको प्रसवपीडासम्म आइपुग्दा सहमतिको संस्कृति विकास भएको पाउनुभयो कि थप जटिलता ?

यो देशको नागरिक भएर जन्मिएपछि मैले कहिल्यै सुन्नु पर्दैन होला भनेेको कुरासमेत जेठ १४ गते राति सुनेँ । यदि प्रधानमन्त्रीले राजीनामा दिँदैन भने हामी वीरगन्जलाई अर्को राजधानी घोषणा गर्छौं, हामी यो संविधानसभाबाट समेत राजीनामा गरेर हिँड्छौँ भन्नेसम्मका आवाज मैले केही नेताका मुखबाट सुनेँराजनीतिक पार्टीहरूका बीच कसरी समझदारी अगाडि बढिरहेको रहेछ भनी यसबाट अनुमान गर्न सक्नुहुन्छ ।

त्यो संस्कृति तीन महिनामा सुधार हुने सम्भावना देख्नुभएको छ ?

प्रमुख तीन दलले यो मुलुकको भविष्यप्रति साँच्चै नै जिम्मेवार र उत्तरदायीपूर्ण ढङ्गले सोच्ने हो भने त्यस्ता क्षुद्र प्रवृत्ति छेउ लाग्नेछन् । गलत दृष्टिकोणबाट विस्तारै यो राष्ट्र मुक्त हुनेछ तर तीन दलभित्र पनि केही समस्या छन् । जिम्मेवार नेताहरूलाई मेरो विशेष आग्रह छ- देश, जनता, राष्ट्रिय सहमति, संविधान निर्माण, शान्तिप्रक्रिया जस्ता विषयमा उत्तरदायीपूर्ण ढङ्गले सोचेर अघि बढौँ ।

प्रधानमन्त्रीज्यूको राजीनामा माग्ािनुमा आˆनै पार्टीभित्रै यहाँ कमजोर भएर हो वा अन्तर्राष्ट्रिय चलखेलले हो ? कि राष्ट्रिय सहमतिको संस्कृति विकास नभएर हो ? यहाँलाई के लाग्छ ?

अहिले हामी सङ्क्रमणकालमा छौँ । नयाँ व्यवस्था बन्दै गएको तर पुरानो व्यवस्था पनि टुटिनसकेको अवस्था हो यो । यसमा बहुआयामिक ढङ्गका अन्तरसङ्घर्ष प्रकट हुनु स्वाभाविक ठान्न सकिन्छ । यो अन्तरसङ्घर्षको प्रतिविम्ब यतिबेला सबै राजनीतिक पार्टीमा छ । त्यसलाई कसरी व्यवस्थित गर्ने भन्ने कुराचाहिँ प्रमुख हो । सबै दल यस मामिलामा गम्भीर भई आफूभित्रका समस्या समाधान गर्नुपर्छ ।

तपाईंलाई आधा माओवादी हुनुभयो भनिन्छ नि ?

कसैले मलाई आधा माओवादी भयो भनेर आरोप लगाउँछ भने मलाई आरोप लगाउनेहरू आधाभन्दा बढी नै काँग्रेस भए भनेर पनि त आरोप लगाइदिन सकिन्छ नि । तर, आरोपले समस्या समाधान हुँदैन । समझदारी र गहन विश्लेषणका साथ समाज विकासको गतिलाई बुझ्न र दिशा दिन खोज्यौँ भने मात्र समाधानको दिशातर्फ हामी अगाडि जान सक्छौँ ।

पाँचबुँदे सहमति कार्यान्वयन गर्ने सन्दर्भमा सरकारले सुरु गर्ने पहिलो काम के हुनेछ ?

सबभन्दा पहिले म विभिन्न पार्टीका नेताहरूसँग भेट्छु । उहाँहरूको सुझाव लिएर यो पाँचबुँदेलाई कार्यान्वयन गर्ने एउटा कार्यतालिका बनाउँछु । त्यसपछि विशेष समितिको बैठकबाट शान्तिप्रक्रियालाई प्राथमिकताका साथ अगाडि बढाउने कामको थालनी गर्नेछु ।

मुलुकको राजनीतिमा विदेशी प्रभाव र हस्तक्षेपका कुरा आउने गर्छन्, यसबारेमा स्पष्ट पारिदिनुहुन्छ कि ?

हामी नेपाली आˆनो देशको स्वतन्त्रता, स्वाधीनता, सार्वभौमसत्ता, राष्ट्रिय अखण्डताप्रति अत्यन्तै संवेदशील छौँ । यो संवेदनशीलता घट्नुभन्दा बढ्दै गइरहेको छ । हामी विश्वको अत्यन्तै महìवपूर्ण रणनीतिक बिन्दुमा पनि छौँ । हाम्रो जुन भौगोलिक यथार्थ छ, त्यसले समेत हामीलाई संवेदनशील बनाएको छ । स्वाधीनता, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डता अक्षुण्ण रहनुपर्छ भन्ने नेपाली जनताको भावनालाई हाम्रा छिमेकीहरूले अत्यन्त गहिरो गरी बुझिदिऊन् भन्ने हाम्रो सधैँ नै अपेक्षा रहन्छ । त्यसो नहुँदा हामी कहिलेकाहीँ दुःखित हुन्छौँ । हाम्रो मुलुक जति बेला कठिनाइहरूबाट अगाडि बढिरहेको हुन्छ, त्यस्तो बेलामा हामीले दुःखित हुनुपर्ने खण्डहरू आइलाग्ने गरेका छन् । यी खण्डहरू नआऊन् भन्नेबारेमा हाम्रा दुवै छिमेकी सचेत भइदिए भने नेपाली खुसी हुन्छन् भन्ने मलाई लाग्छ ।

राष्ट्रिय सहमतिका नाममा समीकरण र ध्रुवीकरणका कुरा नै भइरहेका हुन्छन् । त्यस्तो प्रवृत्ति जारी रहँदा साँचो अर्थमा राष्ट्रिय सहमति हुन्छ त ?

यो बीचको कालखण्डमा राजनीतिक पार्टी र नेतृत्वपङ्क्तिभित्र जुन प्रकारको आत्मकेन्दि्रत आत्मस्वार्थले ग्रस्त चिन्तनहरू विकसित भएर गए, त्यसले राष्ट्रिय सहमति प्राप्त हुन सकेन । फेरि पनि राजनीतिक पार्टीहरूले आवश्यक पर्छ भने टाउकोमा बरफ राखेर सोच्नुपर्छ ।

हामी आत्मस्वार्थ, गुटस्वार्थ, पार्टीस्वार्थबाट होइनÙ राष्ट्रिय स्वार्थलाई सर्वोपरि राखेर अघि बढ्नुपर्छ । असङ्ख्य मतभेदका बीच पनि साझा आधार पहिल्याउने कुरालाई प्राथमिकता दिएर अघि बढ्यौँ भने राष्ट्रिय सहमति अहिले पनि सम्भव छ र त्यसले मुलुकमा अकल्पनीय मूल्य र मान्यता सिर्जना गर्दै देशलाई समृद्ध भविष्यतर्फ अगाडि बढाउनसक्छ ।

होइन मार्गप्रशस्त गर्ने नाममा समीकरण बदल्ने कुरा नै हुन्छन्, अब पनि राष्ट्रिय सहमति हुन्छ भन्नेमा जनता सशङ्कित छन्, तपाईं के भन्नुहुन्छ ?

मार्गप्रशस्त गर्ने भन्ने प्रवृत्तिको थालनी भएको छ । मार्गप्रशस्त गर्ने प्रवृत्ति अगाडि बढ्दै गयो भने मार्ग लोप हुने खतरा हुन्छ । यसलाई ठीक सीमाबाट बुझ्ने र प्रयोग पनि ठीक सीमाबाट गर्न सक्नुपर्छ । अन्यथा जनताका अपेक्षा र राष्ट्रको आवश्यकताअनुसार हामी अगाडि बढ्न सक्दैनौँ ।

गत वर्ष पनि बजेट ल्याउने बेलामा सरकारले राजीनामा गर्नुपर्ने अवस्था आयो । बजेट समयमा नआउँदा आर्थिक क्षेत्र नराम्ररी प्रभावित बन्यो । यसपालि पनि बजेट ल्याउने बेलामा सरकारको राजीनामाको कुरा आइरहेको छ, त्यो अवस्था आउन नदिन सरकारले बजेटको तयारी गरिरहेको छ कि छैन ?

सरकारले निकै अघिदेखि नै बजेटको तयारी गर्दै आएको छ । सुरुमा पूरक बजेट ल्याउने सोचेका थियौँ । त्यसमा प्रमुख प्रतिपक्षी दल सहमत नभएपछि शीघ्र बजेट ल्याउने तयारी गर्‍यौँ, त्यसमा पनि सहमति भएन । अब सहमतिका साथ नियमित बजेट ल्याउने तयारीमा छौँ । सरकारले नियमित बजेटको तयारी स्वाभाविक रूपमा गरिरहेकै हुन्छ र गरिरहेको छ । नियमित बजेटलाई कसैले अवरोध गर्न खोज्यो भने स्वाभाविक रूपले त्यो राष्ट्रलाई अवरोध गरेको ठहर्छ ।



 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters