[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 सुडान घोटाला रहस्योदघाटन मैले गरेको हुँ'
[VIEWED 2071 TIMES]
SAVE! for ease of future access.
Posted on 06-10-11 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भू पु गृहमन्त्री रावल ले त स्पस्टिकरण दिए , उसको स्पस्टिकरण verify  गर्न पर्छ
अब बामदेव गौतम र सिटौला को पालो
तिनी हरु चुप चाप बसे भने , तिनीहरु संलग्न भएको थरिने छ , मन्त्रि जस्तो भैसकेको मान्छे को पत्रपत्रिकामा भ्रस्ट भनेर  नाम आउदा response  गर्न पर्दैन ??

 

'सुडान घोटाला रहस्योदघाटन मैले गरेको हुँ'

(2 Votes)
 
कान्तिपुर संवाददाता


काठमाडौं, जेष्ठ २७ - सुडान घोटालामा मुछिएका पूर्व गृहमन्त्री एवं एमाले नेता भीम रावलले एपीसी खरिदमा आफ्नो संलग्नता अस्वीकार गरेका छन् । उनले आफ्नै कार्यकालमा घोटाला रहस्योदघाटन गरी छानबिन सुरु गरेको उल्लेख गरे ।

रिपोर्टर्स क्लबमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा रावलले आफू गृहमन्त्री हुनुभन्दा १९ महिनाअघिको घोटाला काण्ड भएकोले आफ्नो यसमा कुनै संलग्नता नभएको जिकिर गरे ।

आफ्नो कार्यकालमा मिसनका लागि कुनै पनि भूक्तानी नभएको र आफैंले सो भ्रष्टाचारको रहस्योदघाटन गरेर छानविन गरेको उल्लेख गर्दै सो घोटालामा आफ्नो नाम मुछिनु दुखद भएको रावलले गुनासो गरे ।

आफू २०६६ साल असार ३ गते गृहमन्त्रीमा नियुक्त भएकोमा २०६४ साल भदौ १० गते नै सो काण्डको सबै प्रक्रिया सकिसकेको र २०६५ साल भदौमा सबै एपीसीहरु सुडान बन्दरगाहमा पुगिसकेकोले यसमा आफ्नो नाम जोडिनु पूर्वाग्रह मात्रै भएको उनले दावी गरे ।

आफ्नो कार्यकालमा २०६६ साल साउन १९ गते मात्रै यूएन मिसनले सामानको जाच गरेर काम नलाग्ने भनेपछि आफूलाई थाहा भएको र त्यसपछि आफूले नै सो विषयमा छानविन गर्न लगाएको उनको दावी छ ।

उनले छानविन समितिले कात्तिक २० गते प्रतिवेदन बुझाएपछि आफूलाई कुनै भुक्तानी नदिनु, मर्मत नगर्नु भनि सबै काम रोक्न निर्देशन दिएको जानकारी दिंदै राज्य ब्यवस्था समितिले गरेको समितिलाई समेत आवश्यक सबै कागजात उपलब्ध गराउनु भनि प्रहरीलाई निर्देशन दिएको बताए ।

 

पूर्व गृहमन्त्री रावलले मन्त्रिपरिषद्ले मिसन पठाउने नीतिगत निर्णय गरी गृहमन्त्रालय मार्फत आवश्यक ब्यवस्था मिलाउने निर्देशन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिनेसम्म भूमिका मात्रै गृहमन्त्रायको भएको बताए । उनले तत्कालिन अवस्थामा गृहमन्त्रायबाट यस्तो निर्देशन हुन सक्ने प्रक्रिया भए पनि खरिद र निर्णय प्रक्रियामा मन्त्रालयको कुनै भूमिका नहुने बताए

आफूले देशकै बदनाम हुने भ्रष्टाचार छानविनमा सहयोग गरेकोले धन्यवादको पात्र हुनु पर्ने अपेक्षा गरे पनि उल्टै बदनाम गराउने खेल सुरु भएबाट अन्यौलता उत्पन्न गरेर कसैलाई जोगाउने र फसाउने कुत्सित मनसायबाट षडयन्त्र भइरहेको आंशका उनले ब्यक्त गरे ।

सुडान काण्डमा पूर्व गृहमन्त्री कुष्णप्रसाद सिटौला, बामदेव गौतम, भीम रावल र तत्कालिन सचिव उमेश मैनाली र गोविन्द कुसुम पनि संलग्न रहे पनि उनीहरुमाथि कारबाही नगरिएको भन्दै अख्तियारकै आलोचना भइरहेको छ


http://www.ekantipur.com/np/2068/2/27/full-story/330712.html

 
Posted on 06-10-11 12:36 PM     [Snapshot: 49]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dharke Sathi,

Former minister Rawal seems to be the least benefitted guy in this APC deal if he has gotten any portion. If you look into the charge sheet, the final installment of payment was made on 2066/ 4/ 13 of the the amount 2 crore 11 lakhs rupees. According to his article, he became HOme minister on 2066/ 3 / 3. So, all other payments were done before he became Home Minister. There is very less chance that he did not take interest on those final payment of 211 Lakhs.

Again, my view is that: former ministers and secretaries are least likey to be convicted in this case just because of proofs. Ofcourse, they are morally responsible for not stopping the payments. I think the CA committee report is more like  a political report, they have not been able to coherently proof any involvement of minsters and secretaries. They might have given very vague report, thats why CIAA could not indict the ministers. So, the only way they can be bring to justice is through investigations of their property and bank accounts around the times of those deals.
Last edited: 10-Jun-11 01:51 PM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
nrn citizenship
H1B fraud
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
Why always Miss Nepal winner is Newari??
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters