[Show all top banners]

Gabbar Singh

More by Gabbar Singh
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 See the Difference
[VIEWED 2859 TIMES]
SAVE! for ease of future access.
Posted on 06-22-11 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राजीनामा नदिए प्राचार्यलाई नै जलाइदिने सभासद्‍को धम्की

बरुण पनेरु, डडेलधुरा, असार ८– एनेकपा माओवादीबाट समानुपातिकतर्फका सभासद् हरिलाल थापाले आलिताल गाविसको दुर्गा उच्च माविका प्राचार्य प्रतापसिंह धामीलाई तत्काल राजीनामा नदिए जलाइदिने धम्की दिएका छन्। विद्यालय व्यवस्थापन समितिको बैठकमै सभासद्‍ थापाले धामीलाई यस्तो धम्की दिएका हुन।
'मैले राजीनामा दिन्न भन्दा यहीँ जलाइदिन्छु भन्दै धम्की दिए', प्राचार्य धामीले भने- सभासद्‍ थापाले कोरम नपुगेको विद्यालय व्यवस्थापन समितिबाट जबर्जस्ती राजीनामाको निर्णय गराए। थापाले आफूखुशी विद्यालयबाट निर्णय गराउन नसक्दा तत्काल राजीनामा दिन धम्की दिएका हुन।

धामीले आमभेला बोलाए राजीनामा दिने बताए पनि थापाले तत्काल दिनुपर्ने उर्दी दिएका थिए। 'द्वन्द्वकाल जस्तै जलाइदिने धम्की दिँदै प्राचार्य धामीबाट राजीनामा मागियो', दुर्गा उच्चमाविका अर्का शिक्षक धनबहादुर देउवाले भने- बाध्य पारेर राजीनामा मागिएको छ।' मैले राजीनामाको कारण माग्दा उल्टै धम्काइयो- प्राचार्य धामीले भने।


काठमाडौं, असार ८ (नागरिक)- नेपाली कङ्ग्रेसका युवा नेता गगन थापाले अपराधी जुनसुकै पार्टीको भए पनि उन्मुक्ति पाउन नहुने भन्दै सुडान घोटालामा संलग्न कङ्ग्रेसका प्रभावशाली नेताहरुले पनि उन्मुक्ति पाउन नहुने बताएका छन्। उनले भने- सुडान घोटालामा संलग्न कङ्ग्रेसकै महामन्त्री कृष्ण सिटौलालाई पनि कानुनको कठघरामा उभ्याइनुपर्छ। राजनीतिक दलका नेता भएकै कारणले कसैले उन्मुक्ति पाउनु हुँदैन, उनले भने- सुडान घोटाला काण्डका आरोपीहरुले कुनै पनि हालतमा उन्मुक्तl पाउन हुँदैन। उनले आफ्नै नेतालाई बचाउन खोजे आफूले पार्टीभित्र त्यसको प्रतिवाद गर्नेसमेत प्रतिबद्धता व्यक्त गरे।

रिपोर्टर्स क्लबको कार्यक्रममा उनले बुधबार भने– अपराध र अपराधीको कुनै जात र पार्टी हुँदैन। कुनै पार्टीको मान्छे भएको नाताले उसले उन्मुक्ति पाउनु हुँदैन। यस्तो अवस्थाले दण्डहीतनाको अवस्था झनै बढाउँछ। दण्डहीनता कायम रहे फेरि पनि यस्ता घटना कुनै न कुनैरुपमा दोहोरिइरहन्छन्। उनले सुडान घोटालामा प्रहरीले राजनीतिक गुटबन्दीविरुद्ध नबोल्ने हो भने प्रहरी सङ्गठन नै कोल्याप्स हुने चेतावनी पनि दिए।

पत्रकार आक्रमणका घटनाका आरोपी पनि कानुनको प्रक्रियामा लैजानुपर्ने भन्दै आफ्नै कार्यकर्तालाई पक्राउ गर्न नसक्ने प्रधान मन्त्री यो देशकै सबैभन्दा लुते, निरीह र असफल प्रधान मन्त्री भएको आरोपसमेत उनले लगाए। उनले भने– प्रधान मन्त्री झलनाथ खनाल प्रधान मन्त्री पदकै उपहास हुन।


OK, now see the difference between terrorists and an educated guy and judge urself.

 
Last edited: 22-Jun-11 11:31 AM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
BREAKING: THE LEFT HAS LOST THE SUPREME COURT!
Another Song Playing In My Mind
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters