ल हेर्नुस, बाउन छेत्री, जनजाती मिलेर बलात्कार गरेका
Tuesday, 28 June 2011 15:01 नागरिक
(0 votes, average 0 out of 5)
उर्लाबारी, असार १४- एक विवाहित महिलामाथि सामूहिक बलात्कार गरेको अभियोगमा मोरङमा प्रहरीले पाँच युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ, गोविन्दपुर–१ का १९ वर्षीय डिप्लुङ राई, गोविन्दपुर–७ का सरोज पौडेल, दिनेश पोखरेल, हेमु लिम्बू र गोपाल बस्नेत रहेका प्रहरीले जनाएको छ।
सिजुवा–८ स्थित शनिश्चरे बजारबाट घर फर्कंदै गर्दा उनीहरुले ती महिलामाथि बलात्कार गरेका इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक यामबहादुर पौडेलले बताए।
पीडित महिलाको कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको र घटनामा संलग्न युवाहरुविरुद्ध जबर्जस्ती करणी ऐनअन्तर्गत मुद्दा चलाइएको पौडेलले जानकारी दिए।
यसैबीच एक बालिकामाथि बलात्कार गरेको अभियोगमा मोरङ, शनिश्चरेका १९ वर्षीय अभिषेक ठटाल (नेपाली) लाई प्रहरीले पक्राउ गरेको छ।
ठटालले छिमेककी नौ वर्षीया बालिकालाई घरमा कोही नभएको बेला बलात्कार गरेको र निजविरुद्ध मुद्दा दर्ता भइसकेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी नायब निरीक्षक डम्बरप्रसाद आचार्यले बताए।
- रासस
Last edited: 28-Jun-11 10:59 AM