[Show all top banners]

_____

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 बिहाबारी चल्ने, एउटै अपराधी गुट बनाउन हुने, राज्य छुट्टै चाहिने?
[VIEWED 1360 TIMES]
SAVE! for ease of future access.
Posted on 07-08-11 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

डन चरी खाग तस्कर गिरोहका नाइके

Font size: Decrease font Enlarge font
image

 

 

काठमाडौं, २४ असार : गुण्डागर्दीका 'डन' चरी भनिने दिनेश अधिकारी गैंडाको खाग तस्करी गिरोहका नाइके भएको खुलेको छ । 'चरी' नेतृत्वको तस्करी गिरोहका उनीसहित आठजना बिहीबार खागसहित पक्राउ परेका हुन् । 

एमाले धादिङ क्षेत्र नं. १ का उपाध्यक्षसमेत रहेका दिनेश अधिकारी चरी यसअघि पक्राउ पर्दा केपी ओलीको दबाबमा छुटेको आरोप केन्द्रीय कमिटीको बैठकमा समेत लागेको थियो ।

प्रहरीले बिहीबार एमालेनिकटका 'चरी'सहित माओवादी जनसेना तेस्रो डिभिजनका सेक्सन सहकमान्डर दीपकबहादुर हमालसमेतलाई पक्राउ गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरूलाई बालाजुबाट पक्राउ गरेको हो । 

उनीहरूबाट प्रहरीले नौ सय ५० ग्रामको एक थान खाग बरामद गरेको छ । बरामद खागको मूल्य ३१ लाख रुपैयाँ पर्ने प्रहरीले जनाएको छ । उनीहरूको साथबाट प्रहरीले बा.२७प ५६१, बा.४१प ३६१५ नम्बरको नीलो पल्सर मोटरसाइकल पनि बरामद गरेको छ । 

चरी नेतृत्वको गिरोह खाग तस्करमा संलग्न रहेको सूचना प्रहरीलाई चितवन राष्ट्रिय निकुञ्ज कार्यालय र वन्यजन्तु संरक्षणमा काम गर्दै आएको अन्तर्राष्ट्रिय संस्था डब्लुडब्लुएफले दिएको थियो । सूचनाका आधारमा प्रहरीले बिहीबार बालाजु माछापोखरीस्थित धादिङ गोर्खा होटल एन्ड लजमा छापा मारेर चरीसहित पाँचजनालाई पक्राउ गरेको हो । 

लजबाट पक्राउ पर्ने अन्यमा धादिङका अन्जन गुरुङ भनिने लोकबहादुर गुरुङ, भीमबहादुर विक, दिलबहादुर विक र रमेश हमाल छन् । प्रहरीले पक्राउ परेकालाई सोधपुछ गर्ने क्रममा गिरोहमा काभ्रेका पञ्चकुमार लामा, धादिङका नरबहादुर श्रेष्ठ भन्ने नारायण श्रेष्ठ रहेको खुलेको थियो । उनीहरूलाई पनि प्रहरीले शुक्रबार पक्राउ गरेको छ । 

सिआइबीका प्रहरी नायव उपरिक्षक प्रवीण पोखरेलका अनुसार खाग तस्कर गिरोहका नाइके चरी नै भएको अनुसन्धानमा खुलेको छ । उनको संरक्षणमा नै गिरोहले खागको कारोबार गर्दै आएको थियो । पक्राउ परेकामध्ये नारायण श्रेष्ठ चरीका भाञ्जेज्वाइँ हुन् । प्रहरीका अनुसार बुधबार उनीहरूबीच भेटघाट भएको थियो । 

प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनीहरूले दुई लाखमा घले थरका व्यक्तिसँग करिब पाँच महिनाअघि खाग किनेका थिए । सो खाग बिक्रीका लागि ग्राहकको खोजीमा होटलमा बसेका वेला प्रहरीले छापा मारेको हो । 

पक्राउ परेका माओवादी सहसेक्सन कमान्डर हमाल घर बिदामा रहेको खुलेको छ । उनको साथबाट प्रहरीले जनमुक्ति सेनाको परिचयपत्र पनि बरामद गरेको छ । 

चरी लुटपाट, फिरौती, डकैती, गुण्डागर्दीलगायत आपराधिक गतिविधिमा संलग्न रहेका व्यक्ति हुन् । उनी धादिङ एमाले क्षेत्र नम्बर १ का उपाध्यक्ष हुन् । 

गत १३ वैशाखमा धादिङबाट काठमाडौं आउँदै गर्दा उनी हतियारसहित पक्राउ परेका थिए । तर, उनी जिल्ला प्रशासन कार्यालयको आदेशमा साधारण धरौटीमा छुटेका थिए । उनी यसअघि कर्तव्यज्यानलगायतका मुद्दामा समेत पटक-पटक पक्राउ पर्दै आएका थिए ।


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
if you are in USA illegally and ask for asylum it is legal
Top 10 Anti-vaxxers Who Got Owned by COVID
निगुरो थाहा छ ??
Travelling to Nepal - TPS AP- PASSPORT
Poonam pandey - death or suicide?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
How long does Citizenship take?
Will MAGA really start shooting people?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters