[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 काष्ठमण्डपको कथा
[VIEWED 2607 TIMES]
SAVE! for ease of future access.
Posted on 08-02-11 9:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काष्ठमण्डपको कथा
प्रा. दिनेशराज पन्त
 
 
 

काठमाडौँ गणेशस्थानको अगाडि मरूसत्तल छ । यसलाई काष्ठमण्डप पनि भनिन्छ । यस काष्ठमण्डपको विषयमा वंशावलीहरूमा रमाइलो कथा लेखिएको छ । सो कथा यसप्रकारको छ -

काठमाडौँका राजा लक्ष्मीनरसिंह मल्लको राज्यकालमा मत्स्येन्द्रनाथको जात्राको अवसरमा मानिसको रूप लिएर कल्पवृक्ष जात्रा हेर्न आएछन् । मत्स्येन्द्रनाथका एकजना पूजारीले कल्पवृक्षलाई चिनेछन् र समातेछन् । एउटा रूखले एउटा सत्तल बनाइदिने प्रतिज्ञा कल्पवृक्षले गरेपछि उनलाई छोडियो । यो घटना घटेको ४ दिनपछि कल्पवृक्षले एउटा रूख पठाइदिए र त्यही रूखबाट सत्तल बनाइयो । त्यसको नाउँ मरूसत्तल राखियो । यसैलाई काष्ठमण्डप पनि भनिन थालियो र यतैबाट यस सहरको नाम काष्ठमण्डप भयो । यही बेलादेखि यो सहर काष्ठमण्डप नामले पनि पुकारिन थाल्यो ।

वि.सं. १६७७ देखि १६९८ सम्म राज्य गरेका लक्ष्मीनरसिंह मल्ल प्रसिद्ध राजा प्रताप मल्लका बाबु हुन् । छोरा प्रताप मल्ल शक्तिशाली भएपछि लक्ष्मीनरसिंह मल्ल कैदमा राखिए र छोराको राज्यकालमा वि.सं. १७१४ मा यिनको मृत्युभयो । यसकारण वंशावलीको माथिको कुरा पत्याउने हो भने विक्रमको सत्रौं शताब्दीदेखि मात्र काष्ठमण्डप भन्ने नाउँ रहेको देखिन आउँछ तर मरूसत्तलमै टाँगिएका ताम्रपत्रहरूले पनि यो कुरा ठीक होइन भनेर हामीलाई बुझाउँछन् । मरूसत्तलमा टाँगिएको रत्न मल्ल र अरि मल्लको शासनकालको वि.सं. १५४२ को ताम्रपत्रमा काष्ठमण्डप सहर भनी लेखिएको छ । त्यसैगरी मरूसत्तलमा रहेको अर्को ताम्रपत्रमा रत्न मल्लको शासनकालमा वि.सं. १५६९ मा काष्ठमण्डप भनी लेखिएको छ । रत्न मल्लको शासनकालमा कुँदिएका वि.सं. १५६५, १५६७ र १५७१ का तीनवटा ताम्रपत्रमा पनि काष्ठमण्डप महानगर लेखिएको छ । रत्न मल्ल लक्ष्मीनरसिंह मल्लका बराज्यू महेन्द्र मल्लका पनि बराज्यू हुन् र अरि मल्ल रत्न मल्लका भाइ हुन् भन्ने कुरा यस प्रसङ्गमा स्मरणीय छ ।

हाम्रो देश नेपालका इतिहासका कुरा प्रामाणिक रूपमा बुझाउने साधनहरूमा अभिलेखका साथै विभिन्न समयमा सारिएका पुस्तकहरू पनि पर्छन् । त्यस्ता सारिएका पुस्तकहरू नेपालमा मात्र नरहेर विदेशका विभिन्न ठाउँमा पनि पुगेका छन् । नेपालका पुस्तक पुगेका त्यस्ता ठाउँहरूमा भोट अर्थात् तिब्बत पनि पर्दछ । नेपालमा सारिई पढिई कालान्तरमा त्यहाँ पुगेका पुस्तकहरूबाट तथा नेपालमै रहेका पुस्तक र अभिलेखहरूबाट पनि काष्ठमण्डपको विषयमा विचार गर्न हामीलाई मद्दत मिल्छ ।

तिब्बतको सक्यमठमा वि.सं. १२०० मा सारिएको नामसङ्गीति नामक पुस्तक पाइएको छ । राजा नरेन्द्रदेवको पालामा काष्ठमण्डपमा बस्ने वसुधुजीवले यो पुस्तक सारेका हुन् भनी त्यहाँ लेखिएको छ । नेपालका प्रसिद्ध पुस्तकालयहरूमध्ये राष्ट्रिय पुस्तकालय पनि पर्दछ । विद्धच्छिरोमणि हेमराज शर्मा -वि.सं. १९३५-२०१०) को सङ्ग्रहमा रहेका पुस्तकलाई उनको शेषपछि उनको परिवारसँग श्री ५ को सरकारले खरिद गरी स्थापना गरेको राष्ट्रिय पुस्तकालयमा वि.सं. १३०० मा सारिएको परमार्थनाम सङ्गीतिनामक पुस्तक पाइएको छ -हाल यो पुस्तक राष्ट्रिय अभिलेखालयमा छ) । त्यस पुस्तकमा राजा अभय मल्लको शासनकालमा काष्ठमण्डप सहरमा बस्ने जिनरसितले यो पुस्तक सारेका हुन् भनी लेखिएको छ । उपर्युल्लिखित तिब्बतकै सक्यमठमा वि.सं. १३४० मा सारिएको शतहाससि्रका प्रज्ञापारमितानामक पुस्तक पाइएको छ । त्यसमा राजा अनन्तमल्लको शासनकालमा काष्ठमण्डपमा बस्ने नारायणले यो पुस्तक सारेका हुन् भनी लेखिएको छ । अर्जुनदेव र स्थितिमल्लको शासनकालको वि.सं. १४२९ को अभिलेख स्वयम्भूमा छ । त्यसमा काष्ठमण्डप सहरमा बस्ने राजहर्षले बङ्गालका सुल्तान शमसुद्दीनले उठाएको स्वयम्भूको स्तूपको जीर्णोद्वार गरे भनी लेखिएको छ । उपर्युल्लिखित राष्ट्रिय पुस्तकालमा वि.सं. १४३७ मा सारिएको विदग्धमुखमण्डन नामक पुस्तक पाइएको छ -हाल यो पुस्तक राष्ट्रिय अभिलेखालयमा छ) । त्यसमा स्थिति मल्लको शासनकालमा काष्ठमण्डपमा बस्ने लुन्तभद्रले यो पुस्तक सारेका हुन् भनी लेखिएको छ । इटुम्बहालमा जयसिंहमद्धर्नको पालाको वि.सं. १४३९ को अभिलेख छ । त्यसमा काष्ठमण्डपमा बस्ने भिक्षु आरजयोनको उल्लेख छ ।

वीर पुस्तकालयमा -हाल यो राष्ट्रिय अभिलेखालयको नामले प्रसिद्ध छ ।) वि.सं. १५०१ मा सारिएको कुब्जिका पूजानामक पुस्तक छ । त्यसमा राजा यक्ष मल्लको शासनकालमा काष्ठमण्डपमा बस्ने राजसिंहपाल भल्लोकको लागि यो पुस्तक सारिएको हो भनी लेखिएको छ । नेपालका केही पुस्तक बेलायतको इन्डिया अफिस लाइबे्ररीमा पनि पुगेका छन् । त्यसैमध्येका वि.सं. १५३१ मा सारिएको स्रग्धरास्तोत्रनामक पुस्तकमा राजा यक्ष मल्लको शासनकालमा काष्ठमण्डप महानगरमा यो पुस्तक सारियो भनी लेखिएको छ । उपर्युल्लिखित वीरपुस्तकालयमै वि.सं. १५३३ मा सारिएको पञ्चरसानामक पुस्तक छ । त्यसमा राजा यक्ष मल्लको शासनकालमा काष्ठमण्डपमा बस्ने देवचन्द्रको लागि यो पुस्तक सारियो भनी लेखिएको छ । फिल्डमार्शल केसरशमशेर -वि.सं. १९४८-२०२१) को मृत्युपछि उनको सङ्ग्रहमा रहेका पुस्तक उनको परिवारले श्री ५ को सरकारलाई हस्तान्तरण गर्‍यो पुस्तकालयमा वि.सं. १५३५ मा सारिएको पञ्चरसानामक पुस्तक छ । त्यसमा राजा सदाशिव मल्लको शासनकालमा काष्ठमण्डप महानगरमा यो पुस्तक सारियो भनी लेखिएको छ ।

लक्ष्मीनरसिंह मल्लभन्दा अघि काष्ठमण्डपको उल्लेख आएका धेरै उदाहरणमध्ये माथि केहीको मात्र उल्लेख गरिएको हो । सबैको उल्लेख यहाँ गर्नु सम्भव छैन । यतिबाट पनि लक्ष्मीनरसिंह मल्लभन्दा साढे ४ सय वर्षअघि नै काष्ठमण्डपको अस्तित्व रहेको स्पष्ट हुन्छ र लक्ष्म्ीनरसिंह मल्लको पालादेखि मात्र काष्ठमण्डप नाम चल्यो भन्ने वंशावलीहरूको भनाइ अशुद्ध ठहर्छ । यसै गरी अहिलेभन्दा झण्डै पौने ९ सय वर्षअघि स्पष्टसँग काष्ठमण्डपको उल्लेख आइसकेको छ भन्ने कुरा पनि यताबाट स्पष्ट हुन्छ । भविष्यमा हुने थप अनुसन्धानले यो मिति अझ माथि जाने कुरामा कुनै शङ्का छैन । नेपालको सहरी विकासको सन्दर्भमा यतातिर पनि सम्बद्ध सबैको ध्यान जानु वाञ्छनीय छ

http://www.gorkhapatra.org.np/detail.php?article_id=54153&cat_id=22
Last edited: 02-Aug-11 09:10 PM

 
Posted on 08-02-11 11:35 PM     [Snapshot: 111]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 Kasthamandap was constructed by Dailekhi khas king Malaya Bam. 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
Do nepalese really need TPS?
TPS Re-registration case still pending ..
Drawback for applying NRN card
Breathe in. Breathe out.
nrn citizenship
Democrats are so sure Trump will win
ढ्याउ गर्दा दसैँको खसी गनाउच
My facebook archive (for sale)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters