[Show all top banners]

_____

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 हलो जोतेर, यिनी बाहुन हेर बिग्रे ।
[VIEWED 1733 TIMES]
SAVE! for ease of future access.
Posted on 08-14-11 8:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हिजोको तीतो आजको मीठो


दुराडाँडामा हलो जोत्ने अभियानको सम्झना




हलो जोतेर, यिनी बाहुन हेर बिग्रे ।

कोइरालाफाँटनिवासी पण्डित कवि खिमुकर्ण कोइरालाले लेखेका कविताका यी पंक्ति लमजुङका भीरपाखामा सुनिँदैनन्, अहिले। ११ साउन २००६ का दिन दुराडाँडास्थित अर्चल्यानीमा ब्राह्मणहरूले हलो जोत्ने अभियानको थालनी गरेपछि कोइरालाले त्यसको विरोधमा यी पंक्ति लेखेका थिए। तत्कालीन समाजको मूल्य र मान्यता अनुरूपको कविता भएकाले यसले चर्चा पाउन खासै समय लागेन। यस कविताले कवि कोइरालालाई पनि चर्चित बनायो।

तर, अहिले समयले नेटो काटेको छ। आजको पुस्ताले न त खिमुकर्णलाई चिन्छ, न त उनको कविता गुनगुनाउँछ। तर, जुन घटनाले त्यो कविता लेखायो, त्यही घटनाको सम्झना गर्न थालिएको छ, अहिले। ठीक छ दशकपछि दुराडाँडाबासी बाह्मणले हलो जोतेको त्यस दिनलाई राष्ट्रिय स्तरमा 'हलोकर्षण दिवस'का रूपमा स्थापित गराउने अभियानमा जुटेका छन्। हलो जोत्ने अभियानका अगुवा पण्डित तोयनाथ अधिकारीको सम्झनामा तोयनाथ स्मृति प्रतिष्ठान स्थापना गरिएको छ। प्रतिष्ठानका सचिव दीपक पौडेल भन्छन्, "६२ वर्षअगाडिको ११ साउन निकै सम्झनलायकको छ, जसलाई हामी कहिल्यै पनि भुल्न सक्दैनौँ। त्यस दिनसँग हाम्रो इतिहास जोडिएको छ।"

हलो जोत अभियानका अगुवा तथा ०१५ सालका जननिर्वाचित सांसद श्रीकान्त अधिकारीका अनुसार त्यसबेला नेपाली समाजमा ब्राह्मणले हलो छुनसमेत हुँदैन भन्ने मान्यता थियो। खेती लगाउने समयमा गरबि ब्राह्मणलाई खेताला -हली) पाउन पनि मुस्िकल हुन्थ्यो। कृषि क्रान्तिलाई टेवा पुर्‍याउने र समानताको भावना फैलाउने हेतुले ब्राह्मणहरूले सामूहिक रूपमा हलो जोतेका हुन्। "तर, उल्टो भइदियो," पूर्वसांसद अधिकारी भन्छन्, "त्यसबेला देशमा राणाविरोधी आन्दोलन चलेको थियो। यस अभियानले राणाविरोधी अभियानलाई ऊर्जा दियो। परम्परागत समाजका रुढीग्रस्त संरचनालाई ध्वस्त पार्नका लागि यसले सामाजिक क्रान्तिको रूप लियो।" हलो जोत्ने दिन पण्डित तोयनाथ अधिकारीसँगै लप्टन शेषकान्त अधिकारी, वसन्त अधिकारी, हरभिक्त पौडेल, विष्णुप्रसाद अधिकारी, मायानाथ पौडेललगायतका २७ जना ब्राह्मण अभियानमा सहभागी थिए। गोरु ख्ाोज्ने र हल नार्ने काम भने मायानाथ पौडेलले गरेका थिए भने उनलाई बद्री अधिकारीले सघाएको प्रत्यक्षदर्शीहरू बताउँछन्।

हलो जोत्नुअगाडि सो समूहले तत्कालीन संविधान, कानुन र शास्त्रीय पक्षको अध्ययन गरेका थिए। "कानुनी पक्ष हरभिक्त र शास्त्रीय पक्षका बारेमा पण्डित तोयनाथले अध्ययन गरेर काम अगाडि बढाएका हुन्," प्रत्यक्षदर्शी गुरूप्रसाद घिमिरे भन्छन्, "संविधान, कानुन र शास्त्रमा ब्राह्मणले हलो जोत्न हुँदैन भन्ने कुरा उल्लेख नगरेकाले कामको थालनी गर्न सजिलो भएको हो।"

बाहुनले हलो जोतेको खबर सुकेको खरमा आगो सल्केझँै देशभर फैलियो। तत्कालीन राणा प्रशासनलाई यो खबर पटक्कै चित्त बुझेन। समाजमा विद्रोह फैलाउने अभियानमा लागेको आरोपमा यसका अगुवा पण्डित तोयनाथ, लप्टन शेषकान्त र श्रीकान्त अधिकारी पक्राउ परे। उनीहरूलाई पोखरास्थित बडाहाकिमको कार्यालयमा केही दिन थुनेर तारेखमा छाडियो। प्रशासनले उनीहरूसँग स्पष्टीकरण सोध्यो। उनीहरूले ब्राह्मणहरूले हलो जोत्न हुँदैन भनेर शास्त्र, संविधान र कानुनमा कहीँ पनि उल्लेख नभएको जिकिर गरे। प्रशासनले तोयनाथ र शेषकान्तलाई महिनाको एक दिन बडाहाकिम कार्यालयमा उपस्थित हुने सर्तमा रहिाइ गरिएको थियो। तर, श्रीकान्त भने त्यसबेला पोखराको बाटुलेचौरमा रहेको आधार स्कुलका शिक्षक भएकाले उनलाई तारेख धाउन परेन। पण्डित तोयनाथले केही समय तारेख धाए भने शेषकान्तले संविधानविपरीत काम नगरेको भन्दै एक दिन पनि तारेखमा गएनन्। ब्राह्मणले हलो जोतेको काम केही दलितहरूलाई समेत मन परेन। "केही आफ्नो काम खोसियो भनेरसमेत रसिाए भने कोही हामी पनि ब्राह्मणसरह भयौँ भनेर खुसी भए," घिमिरे सम्झन्छन्, "हलो जोतेको खबरले त भूकम्पै गएजस्तो भयो।"

जे भए पनि हलो जोत्नेहरूले त्यतिबेलाको समाजमा निकै आलोचित हुनुपर्‍यो। ब्राह्मण समाज हलो जोत्ने र नजोत्नेमा विभाजित भयो। दुई पक्षबीच पानी बाराबार भयो। यतिसम्म कि हलो नजोत्नेहरूले जोतेकाले छोएको समेत खान छाडे। यस अभियानमा सहभागी विष्णुप्रसाद अधिकारी भन्छन्, "त्यसपछि त दुराडाँडाका -महिला-पुरुष दुवै) तन्नेरीलाई विवाह गर्न पनि निकै मुस्िकल पर्‍यो। आसपासका गाउँलेले यहाँकी चेलीलाई न बुहारी बनाएर भित्र्याए, न त आफ्ना छोरीलाई अन्माएर दुराडाँडा नै पठाए।" हलो जोतेकै कारण एक दशकसम्म विष्णुप्रसादलाई कसैले पनि छोरी दिएनन्। उनले ३० वर्षको उमेरमा छ वर्षकी सरस्वतीसँग विवाह गर्नुपर्‍यो। त्यसो त सरस्वतीका बाबुले पनि हलो जोतेका हुनाले उनलाई छोरी दिएका हुन्। त्यसबेला १२/१५ वर्षका पुरुषले प्राय: विवाह गरसिकेका हुन्थे। कतिका बाबुआमालाई छोराहरूले हलो जोतेको समेत मन परेन। विष्णुप्रसादका अनुसार हलो जोतेको अभियोगमा कछार गाउँका उमाकान्त अधिकारीले मुग्लान पस्नुपर्‍यो। उनकी श्रीमती माइतीको शरणमा पुगिन्।

स्थानीय पवित्रा पौडेलका अनुसार हलो जोत्ने बेला अर्थात् ११ साउन ००६ को आसपासमा माइत -दुराडाँडा) आएका चेलीबेटी माइतीमै अड्किए। विवाह गरेर टाढा पुगेकालाई जात जान्छ भनेर धेरै वर्षसम्म माइती पठाइएन। अन्य इष्टमित्रको पनि आवतजावत बन्द भयो। चाडबाड खल्ला भए। विवाह गरेर पठाएका छोरीलाई 'हलो जोत्नेकी छोरी' भनेर हेलाँ गर्न थालियो। केही वर्ष त यहाँका ब्राह्मणहरूले पुरोहित कामसमेत गर्न पाएनन्। स्थानीय भोजराज अधिकारी भन्छन्, "त्यसबेला हलो नजोतेकालाई पनि टाढाका आफन्तले दलितलाई जस्तै व्यवहार गर्न थाले। मावल र ससुराली जाँदा भान्छामा छुनसमेत दिएनन्। चौकीमा बसेर खाना खानुपर्‍यो। दुराडाँडाको ब्राह्मण समाज निकै अस्तव्यस्त भयो।" जुनबेला राणाविरोधी आन्दोलन पनि उत्कर्षमा पुगेको थियो।

७ फागुन ००७ मा राणाशासनको अन्त्य भएपछि दुराडाँडाका ब्राह्मणलाई ठूलो राहत मिल्यो। हालको पश्चिमाञ्चल विकास क्षेत्रका ब्राह्मण समाजमा यसलाई अभियानका रूपमा अगाडि बढाइयो। तर, हलो जोत्ने र नजोत्नेबीचको दूरी छोट्टनि दुई दशकभन्दा बढी लाग्यो। यस घटनाले कालान्तरमा छुवाछूतको भेदभाव अन्त्य गर्ने कामलाई पनि सकारात्मक प्रभाव पारेको देखियो। दुराडाँडामा भेटिएका बलबहादुर बस्याल भन्छन्, "यहाँका ब्राह्मणले हलो जोत्न थालेपछि समाजमा हामीहरू पनि कहिल्यै हेपिनुपरेन। हामी दलितले पनि अरूसरह नै जीवन जिउन पायौँ।" दलितका परविारलाई पनि ब्राह्मणले पढ्ने पाठशालामा थुनछेक गर्न छाडियो। यसले समाजमा सकारात्मक परविर्तन ल्यायो। बदलिएको समयसँगै त्यसबेला ब्राह्मणले हलो जोत्नु हुँदैन भन्ने पक्षमा उभिएकाहरूसमेत अचेल हामीले पनि हलो जोतेका हौँ भन्न थालेका छन्, जुन कुरा त्यसबेला हलो जोत्नेलाई मन परेको छैन। विष्णुहर िभन्छन्, "त्यसबेला हामीलाई उनीहरूले पानी बाराबार गरे, अहिले नगरेको काम गरेँ भन्छन्।"

११ साउनमा त्यतिबेला दुराडाँडामा हलो जोत्नेहरूको सम्झना गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रत्यक्षदर्शी घिमिरेले विगत सुनाए, "त्यसबेला हामीलाई परम्परा तोड्न निकै अप्ठ्यारो भएको थियो। ००३ मा दुराडाँडास्थित च्यानपाटामा लगाइएको महाभारत पुराणदेखि नै हलो जोत्ने कुरा अगाडि बढाइएको थियोे। तर, पण्डित हरदिास अधिकारीको देहवसानले अलि ढिला हुन पुग्यो।" ब्राह्मणहरूले हलो जोत्ने कामको थालनी नगरेका भए यहाँका धेरै खेतीयोग्य जमिन बाँझै पल्टिन्थे होलान्, कार्यक्रममा सहभागी भएका स्थानीयबासीले अड्कल काटे। ढिलै भए पनि उतिबेलाका पीडितहरू स्याबासी पाइएकामा खुसी व्यक्त गर्न पछि हटेनन्।

हाल दुराडाँडाबासी आफ्नो इतिहास जगेर्ना गर्न जोडतोडका साथ लागेका छन्। केही वर्षअगाडि उनीहरूले हलो जोतेको बारीलाई 'पुण्यभूमि' नामकरण गर्दै महायज्ञसमेत लगाइसके। पण्डित तोयनाथका छोराहरूले बिक्री गरेको उक्त जग्गा पुन: आफैँले किनेका छन्। उनकै सम्झनामा स्थापना गरिएको प्रतिष्ठानले यसलाई ऐतिहासिक स्थलका रूपमा विकास गरेर हलो जोत्ने अभियानकर्ताहरूको सालिक बनाउने तयारी गरेको छ।



'भान्छा छुन दिइएन'

चीजामाया अधिकारी

११ साउन ००६ मा मेरी बहिनी श्यामकला निकै बिरामी भएकी थिइन्। बुबा भानुभक्त अधिकारी औषधी खोज्न गाउँ चहार्दै हुनुहुन्थ्यो। औषधी ल्याएर हलो जोत्ने ठाउँमा पुग्दा गोरु फुकाइसकेका रहेछन्। उहाँले हलो जोत्न पाउनु भएन। तर, हलो जोत्नेमध्ये धेरै हाम्रै आफन्त थिए। त्यसबेला म माइतीघर आएकी थिएँ। दुराडाँडामा हलो जोतेको कुराले आसपासका क्षेत्रमा व्यापकता पाइसकेको थियो।

घर फकर्ंदा बुबाले आइतबहादुर सार्कीलाई चामल, आलु, तरुल बोकाएर मलाई पुर्‍याउन पठाउनुभएको थियो। तर, म घर नपुग्दै हलो जोत्न हुँदैन भन्ने पक्षधरले मेरो गाउँ -मिर्लुङ, पोखरीछाप)का जिम्मवाल ठूले जैसीलाई भानुभक्त अधिकारीले सार्कीलाई कोसेली बोकाएर छोरी घर पठाएको छ भन्ने चिट्ठी लेखेर पठाइदिएका रहेछन्। त्यसपछि मलाई ठूले जैसीकै दबाबमा गाउँलेले निकै हेलाँ गर्न थाले। त्यसअघिसम्म घरका परविार कुलीन परविारकी छोरीलाई बुहारी बनाउन पाइयो भनेर खुसी थिए। माइती गाउँलेले हलो जोतेकै आधारमा मेरा श्रीमान् सुकदेव पौडेललाई कि श्रीमती छाड्, नभए समाज त्याग् भनेर अत्तो थापे। उहाँलाई पनि केही समय पुरोहित काम गर्नबाट वञ्चित गराइयो। मलाई पनि भान्छा छुन दिइएन। असहज भएपछि म माइती गएर बसेँ। त्यसबेला जेठाजू बुद्धिसागर भारतमा हुनुहुन्थ्यो। घर फर्केपछि जेठाजू र जेठानीले गाउँलेलाई सम्झाउनुभयो। वातावरण सहज भएपछि श्रीमान्लाई पुरोहित काम गर्न दिइयो भने म पनि घर फर्किएँ।

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
H1B fraud
nrn citizenship
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
Why always Miss Nepal winner is Newari??
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters