[Show all top banners]

_____

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नेपाली अवसर, सीमावर्ती नजर
[VIEWED 1166 TIMES]
SAVE! for ease of future access.
Posted on 09-22-11 6:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

नेपाली अवसर, सीमावर्ती नजर

 
(0 Votes)

 

गरी खानेका लागि नेपालमा पनि अवसर कम छैन । सुदूर पहाडदेखि तराईका देहातसँग त्यस्ता अनेकौं अवसर छन्, जसलाई कसैले चिन्न सक्यो र त्यस अनुकूल आफ्नो उपयोगिता कायम गर्न सक्यो भने राम्रैसँग जीवन धान्न सकिँदो रहेछ । रोजगारीका लागि अर्कै मुलुक भाैंतारिरहनु पर्दैन । नेपाली रोजगारीका क्षेत्रमा सीमावर्ती भारतीय राज्य विशेषगरी विहार र उत्तर प्रदेशका मानिसहरूले नजर राखेका छन् । उनीहरूले तराईदेखि हिमालसम्म छरिएर रहेका अवसरहरूलाई चिनेका

छन् । स-साना काम भनेर जसप्रति हामी प्रायः आँखा चिम्लिरहेका हुन्छौं, त्यसलाई उनीहरू झिँजो नमानी गरिरहेका हुन्छन् । यसरी छरिएर रहेका रोजगारीका बारेमा नेपाली पक्षबाट न अध्ययन-अनुसन्धान हुन सकेको छ, नत कसैले खोजखबर नै गरेका छन् ।

परम्परागत कृषिलाई आधुनिकीकरण नगर्नाले आम्दानीका लागि कृषिमै आफूलाई पूर्ण रूपमा केन्दि्रत गर्ने वातावरणसमेत गाउँघरमा पाइँदैन । श्रमको न्यूनतम मूल्यसमेत नपाइने र जीवनस्तरको स्वरूपमा परिवर्तन हँुदै गइरहेबा बेला आम्दानीमा वृद्धि गर्नुपर्ने तथा यसका लागि सहरको श्रम बजारमा अवसरहरू बढी हुने हुँदा अधिकांश श्रमशक्ति सहर केन्दि्रत रहेको छ । अझै शिक्षित श्रमशक्तिका लागि त ग्रामीण भेगमा कुनै अवसर नरहेकाले सहरी क्षेत्रकै मुख ताक्नुपर्ने स्थिति छ । यसले श्रम बजारको यथार्थलाई प्रतिविम्बित गर्छ, तर यसैसँग जोडिएर आउने अर्को पक्ष सुदूर ग्रामीण देहातहरूमा पनि अवसरहरू अझै लुकेका छन्, जसले त्यसलाई चिन्न सक्यो र आफ्नो श्रम र सीप त्यससँग जोड्न सक्यो, उसैले फाइदा लिइरहेको छ ।

प्रत्येक नेपालीलाई रोजगारीको वातावरण बनाउनु राज्यको दायित्व हो । तर आउने केही दसकसम्म पनि संवैधानिक रूपमा राज्यले यसलाई स्वीकारे पनि व्यवहारमा उतार्न सक्ने स्थिति छैन । कृषि उत्पादनको आधारभूत वृद्धिको अभाव, उत्पादन सम्बन्धमा सुधार नहुनु र कृषि क्षेत्रमा सामन्तवादी संरचना विद्यमान हुनुले कृषि क्षेत्रमा कार्यरत श्रमिकहरूको ठूलो हिस्सा वर्षेनि गैरकृषि क्षेत्रमा पलायन भइरहेको छ । कृषिमा आश्रति श्रमशक्तिले भोग्नुपरेको रोजगारी र उत्पादकत्वको समस्याका कारण आय-आर्जन गर्नका लागि विदेशिने प्रवृत्ति बढेको छ । नेपाली श्रमशक्ति अब पोखरीमा जमेको पानीजस्तो स्थिर छैन ।

नेपाली अवसर सीमावर्ती भारतीयहरूका लागि सामाजिक-आर्थिक 'सेफ्टी भल्व' बनेको छ । नेपालमा उपलब्ध सीमित अवसरलाई उपयोग गर्दै सीमावर्ती भारतीयहरूले आफ्नो आर्थिक जीवनमा पखेटा हाल्न थालेका छन् । जीविकाको खोजीमा भारत जाने नेपालीका बारेमा धेरै लेखियो, तर नेपाल भित्रिने भारतीयहरूका बारेमा च्ाियाउने काम भइरहेको छैन । नेपालले पनि रोजगारी दिँदोरहेछ, यहाँ पनि कम आर्थिक स्तर भएकाहरूका लागि व्यवसायका अवसर छन्, त्यसलाई मान्यता दिन जरुरी छ । औपचारिक र अनौपचारिक रूपमा स-साना उद्यमबाट पनि भारतले नेपालबाट रेमिटेन्स हात पारिरहेको छ । रोजागरी, स्थायी बसोबास वा जीविकोपार्जनको अवसरका लागि नेपाल भित्रिने भारतीयहरूको संख्या बढे पनि यो खासै नौलो कुरा भने होइन । यस आलेखभित्र ठूला लगानीकर्ता वा उच्च जनशक्तिको सन्दर्भ जोडिएको छैन । यसभित्र त कम पढेलेखेका वा निरक्षर, काम गर्दै थोरबहुत सीप सिकेकाहरूले आफ्नै प्रयासमा रोजगारी गर्दा पारेको असरबारे उठान गर्न खोजिएको छ ।

जुन अवसरलाई भारतीयहरूले छोप्न भ्याएका छन्, त्यसलाई सांस्कृतिक सामिप्यता भएर पनि मधेसी समुदायले भ्याएका छैनन् । पछिल्ला वर्षमा थोरै मधेसी उद्यमीहरूबाट यस्ता प्रयत्नहरू भएका छन्, जो केही पहिलासम्म सीमावर्ती भारतीयहरूले देखाइरहेका थिए । सीमावर्ती भारतीयहरूले प्रायः अनौपचारिक क्षेत्रका कारोबारमा हात हालेका छन् । यसभित्र आफ्नै व्यवसाय, स्वरोजगारी वा संगठित रोजगारी छ । नेपाली घरआँगनमा कपडा, तरकारी, फलफूल, माछा, कुचो, प्लाष्टिक वा स्टीलका भाँडा, खेलौना, मूर्ति, शृङगार सामग्री बेच्ने प्रायः सीमावर्ती भारतीय व्यापारीहरूबाट हुँदै आएको छ । यसकै दोस्रो तहमा स्टोभ, प्रेसरकुकर, ग्यास चुल्हा मर्मत, भाँडाकुँडा टाल्ने, पुरानो कपडा खरिद गरी भाँडा बेच्ने, सान लगाउने, सिरक-डसना बनाउने, घर रंगरोगन गर्ने, करेसाबारीको काम गरिदिने काम पनि हुन्छ । यी काम गर्नेहरू घरदैलोमा घुमीघुमी आफंै आवश्यक स्रोत सामग्रीका साथ पुगिरहेका हुन्छन् । अर्को तरिकाले के हुन्छ भने बोलाएर गरिदिने सेवा जसमा घर बनाउने, धारा जडान, काठ-फलामको काम, बिजुली मर्मतजस्ता काम हुन्छन् । सैलुन, फर्निचर निर्माण, गि्रल बनाउने, कवाडको कारोबार, मासु-माछा बिक्री, इलेक्ट्रोनिक सामानको मर्मत, छालाको कारोबार, हाड खरिद, घुम्ती होटल, फुटपाथको खाना तथा भोजन व्यवसायजस्ता कामलाई समूहमा नै सीमावर्ती भारतीयहरूले चलाइरहेका छन् । राँगा, खसी, भेडा खरिद-बिक्रीको एउटा हिस्सासमेत यिनीहरूले ओगटेका छन् ।

तराई र पहाडका दर्जनौ जिल्लामा भेटिएका भारतीयहरूसँग सोधपुछ गरी निष्कर्ष निकाल्ने प्रयास गरिएको छ । भारतीयहरू कामका लागि किन यता आए त ? पहिलो, अर्को मुलुकमा काम गर्दा फरक सामाजिक स्वीकार्यता हुन्छ । दोस्रो, उता -भारत) रोजगारी अत्यन्त प्रतिस्पर्धी छ । तेस्रो, यहाँ आएर जस्तो काम गरे पनि हेला होइँदैन । चौथो, भारतकै अर्को राज्यभन्दा नेपालमा काम गर्न धेरै अर्थमा घरपायक छ । पाँचौं, यहाँ लिङ्क व्यवसाय र लिङ्क अवसर छ, त्यो भनेको व्यक्ति-व्यक्ति मिलेर केही खास व्यवसाय गर्नसक्ने वा एक ठाउँमा देखापरेको अवसरलाई अर्को ठाउँमा गएर छोप्ने अनुकूलता छ । छैठौं, जुन क्षेत्रमा उनीहरूले हात हालेका छन्, अहिले पनि त्यसतर्फ नेपालीले जमर्को गरेका छैनन् । त्यसैले सधंै चल्ने कारोबारमा मात्रै होइन, देखासिकीका रूपमा हुने औद्योगिक मेलाहरूमा पनि प्रायः भारतीयहरूले नै लाभ लिइरहेका हुन्छन् । चटक देखाउनु, खेलौना बेच्नु, पिङ खेलाउनु, आर्केस्ट्रा, तमासा लगायत सबैमा उनीहरूले नै भ्याएका छन् । इलम, सिमराका प्रमुख चन्द्रकान्त अधिकारी भन्छन्, 'यस्ता असंगठित कारोबारले निकै ठूलो अर्थतन्त्र विकसित गरेको हुन्छ । हजारमा मात्र होइन, लाखौंको संख्यालाई रोजगारी दिएको छ ।'

तराईमा मात्र होइन, दुर्गम पहाडी जिल्लाहरूमा समेत मधेसी अनुहारजस्तो देखिनेहरूलाई अलिकति पत्यारिलो ढङ्गले सोधपुछ गर्नुभयो भने उनीहरू भारतका कुन राज्यका हुन् भनी सहजै पहिचान बताउँछन् । उनीहरूमध्ये केही पछिल्ला वर्षमा नागरिकता बिक्री अभियानका उपभोक्तासमेत भएर यतैतिर बसोबास पनि गर्न थालेका छन् । यस्तो तराईका जिल्लाहरूमा मात्र होइन, पहाडी बजारहरूमा पनि भेटिन्छन् । कोही नेपाली नागरिकसँग बिहे गरेर वा उनको विश्वास जितेर कारोबार गर्दैछन् । सुरुमा उताबाट एक्लै आउँछन् र पछि आफन्त र छरछिमेकलाई पनि तान्ने गर्छन् । एउटा ठाउँमा देखिएको अवसरलाई अलि परको ठाउँमा गएर उनीहरूकै समूहले प्रयोग गर्न थाल्छन् । यसरी सीमावर्ती भारतीयहरू रोजगारीका लागि बाक्लिँदै गएका छन् ।

हुन त यिनका लागि अवसरका साथै चुनौती पनि अनेकौं छन् । कुनै बेला ठगिनु, लुटिनु र हेपिनु पनि पर्छ । तर यहाँ उल्लेख गर्न खोजिएको के मात्र हो भने नेपालभित्र उपलब्ध अवसरहरूमा नेपालीलाई कसरी समाहित गराउने भन्ने हो । एउटा सामाजिक मनोविज्ञान के हो भने परम्परागत रूपमा निम्न तहको भनी वर्गीकरण गरिएको कामलाई प्रायः स्थानीयहरू गर्न चाहँदैनन् । आफ्नो श्रम र सीप प्रयोग गरेर कमाइ गर्दा त्यसलाई हीन मान्नु पर्दैन भन्ने भावनाको विकास गर्नु जरुरी छ ।

पछिल्ला केही वर्षयता नेपालीहरू पनि भारतीयहरूलाई पछ्याउँदै उनीहरूले गर्ने कामहरू व्यक्ति वा समूहमा मिलेर गर्नथालेका छन् । पहाड र मधेस जोड्ने अनौपचारिक क्षेत्रका यस्ता कारोबारलाई अहिलेसम्म राज्यले संरक्षण गरेको छैन । राज्यले यसलाई मापन गर्ने हो भने उसको संकुचित कार्यभारलाई टेवा पुग्न सक्छ । नेपालीहरूका बदलिँदो आवश्यकता र जीवनशैलीसँगै व्यवसायका नयाँ-नयाँ अवसरहरू पनि विकसित हुँदैछन् । नेपाल आई काम गर्ने सीमावर्ती भारतीय राज्यका नागरिकलाई गिज्याउने हिजोका हाम्रा गतिविधि उनीहरूले देखाएको उद्यमशीलता, सिर्जनशीलता र साहसलाई अब उपयोग गर्ने दिशामा अग्रसर हुनुपर्छ ।
source: http://www.ekantipur.com/np/2068/6/5/full-story/336066.html

 


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Morning dharahara
Guess how many vaccines a one year old baby is given
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
1974 AD Pinjadako Suga Remixed
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters