[Show all top banners]

_____

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नयाँ खेतालाको खोजी
[VIEWED 1902 TIMES]
SAVE! for ease of future access.
Posted on 12-02-11 5:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ खेतालाको खोजी – युवराज गौतम

 

त्यतिबेला डा.शकुन्तला महावल भारतीय सूचना विभागकी निर्देशक थिइन्। एउटा लेखकको नाताले दिल्लीमा उनीसाग मेरो परिचय भयो। टंकप्रसाद आचार्य नेपालको प्रधानमन्त्री छादा काठमाडौंमा कक्षा ६ मा पढ्ने एमएस कुमार नामका भारतीय सज्जन सञ्चार मन्त्रालयका सहसचिव रहेछन्। अघिल्लो रात प्रगति मैदानमा आयोजित एउटा डिनरमा कुमारले 'गाउाछ गीत नेपाली, ज्योतिको पंख उचाली' भन्ने गीत गाएर सुनाउादा उनको नेपालप्रेम देखेर मेरा आाखा रसाएका थिए।  

भुटानको राजपरिवारकी एकजना नातेदारसाग दुई दिनमै यो पंक्तिकारको मित्रता गाासिइसकेको थियो। दार्जिलिङको लरेटो पढेकी उनले अस्टे्रलियाबाट कूटनीतिको अध्ययन गरेकी हुन्। उनी गम्भीर थिइन्। शरणार्थी समस्याबारे मैले दिएका केही सुझावहरू उनले डायरीमा टिपिन्। दिल्लीस्थित भुटानी राजदूतावासकी कर्मचारी थिइन् उनी।  

हामीले भोलिपल्ट भारतका तत्कालीन राष्ट्रपति एपीजे अब्दुल कलाम र प्रधानमन्त्री डा. मनमोहन सिंहलाई भेट्यौं। नेपालबाट आएको भन्नासाथ उहााले भन्नुभो– 'पहाडतिर बाटो र स्कुल पुर्याकउनुपर्छ। त्यति भएपछि ज्ञान खोज्दै खोज्दै विद्यार्थीहरूले आफंै विश्वसाग सम्पर्क गर्छन्।' 

'गुजरातको एउटा स्कुलमा जाादा कक्षा १० की छात्रा प्रभा ठक्करले भारतको प्रमुख शत्रु दरिद्रता हो भनेर जवाफ दिएपछि नयाा पुस्ताप्रति म ढुक्क भएको छु। देशको माया गर्ने विद्यार्थीहरू छन् भने त्यो देशले दुर्भाग्य भोग्नु पर्दैन। किनभने भोलि देश सम्हाल्ने उनीहरू नै हुन्,' भारतीय राष्ट्रपतिले भन्नुभयो। त्यसपछि उहााले आफ्नो 'रोज गार्डेन' देखाउनुभयो। 

तीन दिनपछि म एक्लै दिल्ली घुम्न थालें। लोधीरोडस्थित भारतीय गुप्तचर संस्था 'र' मा कार्यरत एकजना अधिकृतकी श्रीमती नेपाली महिलाले मलाई खाना खान बोलाइन्। उनीहरू मसाग नेपालबारे सूचना लिन चाहन्थे। मैले स्पष्ट भनें– 'पैसाले किनेका मान्छेहरू विश्वासी हुादैनन्। तपाईहरू नेपालमा प्रत्येक वर्ष करोडौं रुपैयाा बााड्नुहुन्छ। चीन र अमेरिकाले त्यो भन्दा धेरै खर्च गर्छन्। नेपालमा भारतीय संयन्त्र पंगु भइसकेको छ।'  

अर्को एउटा प्रसंगमा नेपाल–भारत सम्बन्धबारे कुरा चल्यो। मैले भारत आकारले मात्र ठूलो छ, तर छिमेकीहरूलाई सताइरहन्छ। त्यसैले उसको हृदय सानो छ भन्दा आउटलुकका सम्पादक आलोक मेहता र रामचन्द्र पाणीग्रहीले प्रतिवाद गरेनन्। एसियन एजकी स्तम्भकार सीमा मुस्तफाका लेखहरूको तारिफ गर्दै मैले उनकै सामु केही साथीहरूले भने– दक्षिण एसियाका सबै देशलाई भारतले 'कारिन्दा' बनाउन चाहन्छ भनेर तपाईले निर्भीकतापूर्वक लेख्नुभएको छ। तपाईका लेखबाट हामी राहत पाउाछौं। भारतमा स्पष्टवक्ता र तटस्थ पत्रकार पनि छन् भन्ने एउटा उदाहरण तपाई पनि हुनुहुन्छ। नशालु आाखा भएकी सुन्दरी सीमा खित्का छाडेर हाासिन्। 

नेपालका दिल्लीपरस्त निर्वस्त्र नेता र निर्लज्ज राजनीतिका कुरा उठाएर उनीहरूले मलाई व्यंग्य गरे। प्रो. रोहण गुणरत्ने, सुनन्दा दत्त रे, महम्मद इकवाल सागर र फारुक जस्ता लेखकले 'र' सम्बन्धमा लेखेका चार/पााचवटा पुस्तकको चर्चा गरेर भारतीय नियतबारे त्यहाा निकैबेर छलफल भयो। भारतको चक्राटामा नेपाली माओवादीलाई 'र' ले तालिम दिएको, एसडी मुनिहरूले बाबुरामहरूलाई पुल्पुल्याएको, लखनउको गोमतीनगरस्थित 'र' को गेस्ट हाउसमा माओवादी नेता, झलनाथ र वामदेवहरूको गोप्य बैठक बस्ने गरेको दिल्लीस्थित केही मित्रहरूले बताए। दिल्लीको द्वारका टाउन प्लानिङमा अशोक मेहताहरूले सात दल र माओवादीको मीत लगाइदिएको, माओवादी नेताहरूलाई भारतीयहरूले टन्न पैसा दिएपछि 'तुम' भन्न थालेको प्रसंग उठाएपछि उनीहरू छक्क परेको चर्चा चल्यो। 

एकजना नेपाली महिलाले सोधिन्– 'आफ्नो देश भनेपछि सबैजना गर्व गर्छन्। नेपाली नेताहरू मात्रै किन अरुको दलाल भएका होलान्?' नेपालीमा उनले भनेको कुरा अरुले पनि बुझेछन्। एकजना भारतीय पत्रकारले हाास्दै भनिन्– 'दलाल त इन्डियामा पनि छन् तर उनीहरू हत्पति नांगिदैनन्। लुगा लगाउने दलाल र नांगा दलालहरूमा यही फरक छ।' 

यतिकैमा रौतहटमा ससुराली भएका एकजना भारतीय प्राध्यापक प्रवेश गरे। उनले नेपालका नेताहरूको चर्चा चलाए। उनीहरूले भारतीय दूतावासबाट हरेक महिना प्रशस्त रकम लिने गरेको, आफ्ना छोराछोरीलाई भारतमा छात्रवृत्तिमा पढाएको र विभिन्न ठाउामा आफ्नो राजनीतिक वर्चस्व समाप्त हुादै गएकोमा चिन्ता गरिरहेको पनि प्राध्यापकले बताए।  

नेपाली राजनीतिज्ञहरूले चारधाम मान्ने गरेका भारतका गुप्तचर संस्था, परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री कार्यालय आदि अहिले रनभुल्ल परेका छन्। उनीहरूले लगानी गरेका नेताहरू पंगु ठहरिएका छन्। त्यसैले अब कसलाई मूर्ख बनाउन सकिन्छ भनेर नयाा खेतालाको खोजी गरिरहेका छन्। अहिलेको राजनीतिक यथार्थ यही हो। 
http://www.weeklynepal.com/index.php/2011-08-01-14-05-44/4583-2011-11-28-05-45-51
 


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
Travelling to Nepal - TPS AP- PASSPORT
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters