[Show all top banners]

IT_Guy
Replies to this thread:

More by IT_Guy
What people are reading
Subscribers
:: Subscribe
Back to: Politics Refresh page to view new replies
 संघीयता ???
[VIEWED 5552 TIMES]
SAVE! for ease of future access.
Posted on 12-19-11 4:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 हाम्रो जस्तो सानो देशले संघीयता परिकल्पना गर्दा भारत, अमेरिका जस्ता ठुल देश सँग तुलना गर्न जरुरी छैन| स्विजर्ल्यान्ड जस्तो सानो देशबाट हामी धेरै कुरा सिक्न सक्छौ| २१औ सतब्दिमा आएर जातियताको आधारमा राज्य बनाउने कुरा कदापि राष्ट्रहीतमा छैन| साथै १०-१५ वटा ठुलो-ठुलो आकरको राज्यहरु बनाउदा राज्यहरु बढी शक्तिशली हुने र बिदेशको चलखेल बढ्ने सम्भावना छ जस्ले गर्दा गृहयुद्ध र बिखन्डनको स्थिती आउने निश्चित छ|

 

हाल रहेका ७५ जिल्लाका सिमानालाई नै राज्यको सिमाना मानेर ७५ वटा राज्य बनाउन उचित छ | १ मुख्यमन्त्रि, १ उप-मुक्यमन्त्रि  र ७ मन्त्रि सहितको ९ सदस्सीय राज्य मन्त्रीमंडल रहन उचित हुन्छ | मन्त्रीहरूको संख्या निस्चित् हुनुपर्छ  र मन्त्रिमन्डलको प्यानल नै प्रत्यक्ष निर्वचिन हुनुपर्छ |हरेक मन्त्रिको निश्चित बिभाग जस्तो गृह, अर्थ, शिक्षा आदि निर्वाचनको अघिनै घोसणा गर्नु पर्ने छ| यदि पछी परिवर्तन गन्रु परेमा वा नया मन्त्रि नियुक्ति  गर्नु परेमा संसदबाट पास गर्नु पर्ने छ | यहि व्यवस्था केन्द्रीय मन्त्रीमंडल मा पनि गर्नु पर्छ | जसले गर्दा अयोग्य व्यक्ति मन्त्रि हुन सक्दैन र फोहोरी राजनीतिमा कमि आउछ |      

 

मुख्य मन्त्रीको सेवा सुबिधा हलको सह-सचिब र राज्यका मन्त्रीहरूको सुबिधा हालको उप-सचिब सरह अथवा तेस्तै केहि ब्यबस्था गर्न सकिन्छ जसले गर्दा राज्यलाई धेरै आर्थिक भार पर्दैन| राज्यक सभ्सादलाई महिनाबारी तलबको नतोकी बैठक भत्ताको मात्र व्यवस्था गर्नु पर्छ | राज्य संसद बढीमा ५१ सदसिय सम्म हुन सक्छ | 

 

अहिलेको जिल्ला प्रशासन राज्य प्रशासन बन्न सक्छ, अहिलेको जिल्ला अदालत राज्य अदालत बन्न सक्छ| अहिलेको सिडिओ र जिल्ला बिकास समितिको सभापतिले गर्ने काम मुख्य मन्त्रीले गर्न सक्छ |

 

राज्यहरुलाई आत्मनिर्णय को अधिकार भने हुनु हुदैन | जस्तो अलग राज्य बनाउने अर्को राज्य संग मर्ज हुने, राज्य टुक्राउने, कुनै जाति, धर्म वा वर्ग बिशेषको राज्य बनाउने जस्ता अधिकार राज्यमा हुनु हुदैन | साथै राज्य सरकार वा राज्य संसद को निर्णय लाई उल्टाउने अधिकार संघिय संसदमा हुनु पर्छ | जसले गर्दा राज्य निरंकुस र स्वार्थी हुन पाउदैन |   

 

फाइदाहरु 

  • लामो समय देखि मानि आएको नक्शा र इतिहास अनुसार हुने |
  • राज्य सिमा र नाम सम्बन्धि विवाद नहुने |
  • जातीय, क्षेत्रिय, बर्गीय विवाद नहुने |
  • प्रशासनिक पुर्संरचना मा कुनै समस्या नहुने | 
  • कुनै जति वर्ग वा क्षेत्रमा पूर्वाग्रह नहुने |
  • विकेन्द्रीकरणको सहि प्रयोग हुन जाने |
  • कुनै राज्य धेरै सक्तिशाली भै केन्द्र सरकारलाई चुनौती दिने स्थिति नहुने | 
  • राज्य सरकारमा बिदेशीको चलखेल हुने सम्भावना नहुने |
  • प्रत्येक गाउँ  र नगरबाट राज्य-संसदमा प्रतिनिधित्व हुने हुदा सबैको आवाज समान रुपमा केन्द्रमा पुग्ने   |
  • राज्यको आकार सानो हुने हुनाले प्रत्येक नागरिकले राज्यको उपस्थिति महसुस गर्ने |
  • राज्य पुर्संरचनाको नाममा धेरै खर्च नहुने |
  • अदालत, प्रहरी, निजामती सबै क्षेत्रमा कुनै ठुलो खर्च र विवाद बिना राज्यमा रुपान्तरण गर्न सकिने |
  • दिर्घकालिन रुपमा टिकाउ, सफल र विवाद रहित प्रणाली हुन सक्ने |    

 ७५ राज्यको प्रस्ताब सबै भन्दा उत्तम, सरल, प्रगतीशिल र ब्यबहारिक छ जसबाट बिकेन्द्रिकरणको सही प्रयोग हुने र नयाँ नेपाल कल्पना साकार हुन सम्भब छ |

 

 
Posted on 12-19-11 5:53 PM     [Snapshot: 30]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 The only thing needed in our country is practical implementation of decentraliazation. Decentralization was there, but it wasn't in practice, most of the parties are just passing their time in federalism and how u create the states. Just focus more on decentralization, people don't want their country to be divided onto states just want more responsible and powerful local states.

 
Posted on 12-20-11 9:27 PM     [Snapshot: 119]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Anybody liked this concept ?
 
Posted on 12-21-11 2:59 AM     [Snapshot: 173]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-21-11 9:30 PM     [Snapshot: 224]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thats fine...it takes time to understand and accept the bitter truth..
 
Posted on 12-21-11 10:48 PM     [Snapshot: 241]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लग्बग एक करोड् को सन्ख्या मा रहेको बाहुन ,छेत्री ,थकुरी ,गिरी ,दलित को नाउमा कुनै राज्य न् हुनुले यो
भारतीएे खुरापती को दिमाग बाट निस्केको ,नेपाल को नेपाली को एक हिस्सा लाई भुटानी शरणआर्थी जस्तो
भबिस्य् मा लख्ट्ने योजना  हो |देशका  एक थरी नेपाली लाई सङियताको नाउमा मा भद्काएर आर्को सग जुधाउने कुत्सित चाल् हो |
ता कि नेपाली सधैं कम्जोर रहोस् र् आफ्नो मुत्ठी मा रहोस् |
राज्य पाउनेले पनि खुशी हुनु पर्दैन ,र न् पाउने ले पनि गुन्टा कस्न पर्दैन ,सबै नेपाली सतर्क रहेर बस्न मा नै भलाई हुन्छ |

देश संघियता मा गै नै सकेको हुनाले शायद अब परीनाम् हेर्नु मात्रा बिकल्प होला |
जे होस् नेपाल मा बेस्करी द्वन्द को आगोबालेर चीन लाई पोल्न खोज्ने हरु आँफै जलेको हेर्नु न् परोस |


 
Posted on 12-22-11 6:47 AM     [Snapshot: 279]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Prabhat ji tapai lai 75 jilla ko concept kasto lagyo ?
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
emergency donation needed
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
nrn citizenship
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters