[Show all top banners]

IT_Guy

More by IT_Guy
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 सभासद्का चर्तिकला
[VIEWED 2971 TIMES]
SAVE! for ease of future access.
Posted on 01-04-12 4:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 
कमला शर्मा, एमाले
सभासद्का उद्दण्ड क्रियाकलाप संविधानसभाको पहिलो बैठक बसेकै दिनदेखि देखिन थालेको हो । १५ जेठ ०६५ मा बसेको पहिलो बैठकमै एमाले सभासद् कमला शर्माले कांग्रेस सभासद् पूर्णबहादुर खड्काको गालामा चप्पलले बजाइन् । सभामुख आसनको अगाडि बायाँतिर उभिएका खड्कालाई उनकै जिल्ला सुर्खेत-१ बाट चुनाव जितेकी शर्माले गालामा चप्पलले हिर्काइन् । बैठकमा एकछिन हल्लीखल्ली नै मच्चियो । शर्माले आफ्ना श्रीमान्को हत्यामा खड्काको संलग्नता रहेकाले चप्पलले हिर्काएको बताइन् । संविधानसभाको चुनावमा एमालेले शर्माका पति ऋषिराम अधिकारीलाई उम्मेदवार बनाएको थियो । चुनाव प्रचारकै क्रममा उनको गोली हानी हत्या गरिएपछि एमालेले कमलालाई उम्मेदवार बनाएको हो । राम्रो मत ल्याएर उनले चुनाव जितिन् । कांग्रेस सभासद् खड्काले आफ्ना श्रीमान्लाई गोली हान्न लगाएको कमलाको आरोप थियोे ।
गायत्री साह, जनता दल
केही सभासद्ले सभासद् भएबापत पाइएको कूटनीतिक राहदानी बेच्नसमेत बाँकी राखेनन् । जनता दलकी सभासद् गायत्री तिनैमध्येकी एक हुन् । आफ्नो कूटनीतिक राहदानी बेचेको आरोपमा प्रहरी र अख्तियारले मुद्दा चलाएपछि अहिले उनी निलम्बित भएकी छिन् । प्रहरीले केही समय यही आरोपमा उनलाई हिरासतमा पनि राखेको थियो । पछि उनी धरौटीमा रिहा भइन् ।
बिपी यादव, मधेसी जनअधिकार फोरम नेपाल
फोरम नेपालका केन्द्रीय सदस्य बिपी यादव आफूलाई पार्टीको प्र्रवक्तासमेत बताउँथे । पार्टीका तत्कालीन नेताहरू उपेन्द्र यादव र विजयकुमार गच्छदारबीचको विवादमा उनले सधैँ उपेन्द्रलाई साथ दिए । जनता दलकी गायत्री साहसँगै उनले पनि कूटनीतिक राहदानी बेचे । त्यही अभियोगमा प्रहरी र अख्तियारले मुद्दा चलाएपछि उनी पनि निलम्बनमा परे । केही समय प्रहरीले उनलाई हिरासतमा पनि राख्यो । त्यसअघि पनि उनले केेही सभासद्लाई तिब्बती धर्मगुरु दलाई लामा भेट्न लगेपछि विवादमा मुछिएका थिए । पदमा हुँदा सधैँ चर्चामा  आउन रुचाउने उनी अहिले गुमनाम छन् ।
नारदमुनी राना, एमाले
कैलाली घर भएका एमाले सभासद् नारदमुनी राना पनि कूटनीतिक राहदानी बेच्नेमा दरिए । समानुपातिक कोटाबाट सभासद् बनेका उनी तराईका रैथाने राना थारू हुन् । रानालाई प्रहरीले राहदानी बेचेको आरोपमा गत २० असारमा -४ जुलाई ०११) मा अनामनगरस्थित डेराबाट पक्राउ गरेको थियो । केही दिन उनलाई हिरासतमा पनि राखियो । अदालतमा मुद्दा चल्दै गर्दा फरार भएका उनी अहिलेसम्म लुकेकै छन् । 
प्रहरीले काठमाडांै जिल्ला अदालतमा थुनछेक बहसका लागि लगेका वेला उनी त्यहीँबाट फरार भएका थिए । उनी अदालतबाटै भाग्न सफल हुनुमा कर्मचारीको समेत मिलेमतो रहेको आशंका गरिएको छ । अदालतमा मुद्दा चलेपछि संविधानसभा सचिवालयले उनलाई निलम्बन गरिसकेको छ । स्रोतका अनुसार रानालाई पक्राउ गर्ने तयारी प्रहरीले पहिले नै गरेकोे थियो । तर, त्यतिवेला सरकारमा रहेकोे एमालेले उनलाई जोगाउने भरपुर प्रयास गरेको थियो ।
डिबी कार्की -डोलबहादुर), एमाले
एमाले सभासद् डिबी कार्कीलाई प्रहरीले घुस लिँदालिँदै पक्राउ गरेको हो । एक युवालाई इन्सपेक्टर बनाइदिने भन्दै एक लाख रुपैयाँ घुस लिँदै गर्दा अख्तियारकोे टोलीले २५ भदौ ०६७ मा उनलाई पक्राउ गरी मुद्दा चलाएको थियो । यही अभियोगमा उनी केही समय प्रहरी हिरासतमा समेत बसे ।
अदालतमा मुद्दा चलेपछि एमालेले पनि उनलाई कारबाही गर्‍यो भने संविधानसभा सचिवालयले पनि उनलाई सभासद्बाट निलम्बन गर्‍यो । उनी एमालेको अखिल नेपाल किसान महासंघको सचिव पनि थिए । कार्की पनि धरौटीमा रिहा भए ।
शारदा नेपाली, नेकपा माले
पार्टीलाई लेबी धेरै बुझाउनु परेपछि घरखर्च चलाउन गार्‍हो भएको भन्दै नेकपा मालेकी सभासद् शारदा नेपालीले पटकपटक आत्महत्याको प्रयास गरिन् । एकपटक त नेपालगन्जमा रक्सीले मातेर वितण्डासमेत मच्चाइन् ।
मालेको समानुपातिक कोटामा सभासद् भएकी शारदाले पार्टी नेता सिपी मैनालीले मासिक तलबको अधिकांश रकम लेबीस्वरूप लिने गरेको आरोप नै लगाइन् । त्यही झोकमा उनले दुईपटक विष सेवन गरेर आत्महत्याको प्रयास गरिन् । घरमा श्रीमान्ले 'सभासद्कोे त्यत्रो तलब कहाँ हालिस् भनेर यातना दिने र पार्टीले धेरै लेबी माग्ने' गरेको गुनासो उनले त्यतिवेला सञ्चारमाध्यमसित गरेकी थिइन् ।
स्थायी घर बर्दिया भएकी शारदाले गत वर्षको २४ वैशाखमा नेपालगन्जमा रक्सीले मातेरसमेत ताण्डव गरिन् । आफूलाई श्रीमान्ले हत्या गर्न खोजेको भन्दै उनले नेपालगन्जमा प्रहरीको सुरक्षासमेत मागिन् । रक्सीले टिल्ल उनलाई पछि प्रहरीले छोरीको घर पुर्‍याएको थियो ।
कृष्णप्रसाद यादव, कांग्रेस 
कांग्रेस सभासद् कृष्ण्ाप्रसाद यादव त यौनकर्मीसँग नै भेटिए । १८ फागुन ०६५ मा महाराजगन्जस्थित कान्ति बाल अस्पतालको पछाडितिरको एक घरमा प्रहरीले छापा मार्दा उनी देहव्यापारमा संलग्न चार युवतीसँगै भेटिए । संविधानसभा चुनावमा रौतहट-४ बाट निर्वाचित उनी पनि सजिलै उम्किए ।
करिमा बेगम, फोरम लोकतान्त्रिक
संविधानसभा चुनावमा वीरगन्जबाट उम्मेदवार बन्दादेखि नै करिमा बेगम चर्चामा आएकी थिइन् । मुस्लिम परिवारकी उनी सामाजिक कुसंस्कारलाई तोड्दैै चुनावमा होमिएकी थिइन् । त्यतिवेला उनले राम्रै वाहवाही पनि पाएकी थिइन् । तर, माधव नेपाल नेतृत्वको सरकारमा राज्यमन्त्री भएपछि भने उनले उद्दण्डता प्रदर्शन गरिन् । जिल्ला भ्रमणमा जाँदा आफूलाई राम्रो गाडी नपठाएको तथा लिन विमानस्थल नआएको भन्दै उनले पर्साका तत्कालीन प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीलाई चड्कन लगाइन् ।
२४ कात्तिक ०६६ मा उनी पर्सा विमानस्थलबाट सोझै सिडिओ कार्यालय गएर भण्डारीको गालामा झापड हानिन् । उनी त्यतिवेला कृषि राज्यमन्त्री थिइन् । उनलाई कारबाही गर्न त्यतिवेला विपक्षी दल, कर्मचारी संघसंगठन तथा विभिन्न संस्थाबाट दबाब आए पनि तत्कालीन प्रधानमन्त्री नेपाल र उनको पार्टी फोरम लोकतान्त्रिकले समेत कुनै कारबाही गरेन ।
खड्कबहादुर विश्वकर्मा, माओवादी
माओवादी पोलिटब्युरो सदस्यसमेत रहेका सभासद् खड्कबहादुर विश्वकर्मालाई प्रहरीले चोरीको गाडी चढेको आरोपमा पक्राउ गर्‍यो । गत वर्षको १५ पुसमा उनलाई प्रहरीले नक्कली नम्बरप्लेटको गाडीसहित चाबहिलबाट पक्राउ गरेको थियो । महिला, बालबालिका तथा समाजकल्याण्ामन्त्री छँदा पाएको सरकारी गाडीमा उनले नक्कली नम्बर प्लेट हालेर प्रयोग गरेको थाहा पाएपछि उनलाई प्रहरीले छाड्यो । महानगरीय प्रहरीले उनलाई एक घन्टा नियन्त्रणमा लिएको थियो ।
ल्यारक्याल लामा, एमाले
सभासद् भएको तीन वर्षसम्म पनि चर्चामै नआएका एमालेका ल्यारक्याल लामा मन्त्री हुनेबित्तिकै विवादमा तानिए । एमाले अध्यक्ष झलनाथ खनाल नेतृत्वकोे सरकारमा अर्थ राज्यमन्त्री बनेका उनीमाथि तीन देशको राहदानी बनाएको आरोप लाग्यो ।
उनीमाथिको आरोप यति बलियो हुँदै गयो कि प्रधानमन्त्री खनालको निर्देशनमा उनले नियुक्त भएको १० दिनमै राजीनामा दिनुपर्‍यो । त्यतिमात्रै होइन, सरकारले उनीमाथि लागेका आरोपबारे छानबिन गर्न समिति नै बनायो ।
अच्युतराज पाण्डे, कांग्रेस
सभासद्हरूले सबैथोक गर्न भ्याए । गत वर्षको २२ भदौमा कांग्रेस सभासद् अच्युतराज पाण्डे जुवाको खालबाट पक्राउ परे । महानगरीय प्रहरी प्रभागको टोलीले उनलाई भोटेबहालस्थित दिनेश शेरचनको घरबाट पक्राउ गरेको थियो ।
संविधान लेख्ने जिम्मेेवारी बोकेका सभासद् जुवाडेका रूपमा भेटिएपछि छापा मार्न गएको प्रहरी टोलीसमेत जिल्लियो । सभासद् पाण्डेलाई प्रहरी कार्यालयसम्म त लगियो तर राजनीतिक दबाबमा त्यही दिन ससम्मान छाडियो ।
प्रकाशशरण महत, कांग्रेस    
पटकपटक मन्त्री भइसकेका कांग्रेस केन्द्रीय सदस्य डा.प्रकाशशरण महतले पनि पदीय मर्यादाविपरीत काम गरे । संविधानसभामा राज्यको शासकीय स्वरूप निर्धारण समितिका सदस्यसमेत रहेका उनले समितिको निर्णयपुस्तिका नै च्याते ।
समितिको बैठकमा शासकीय स्वरूपका बारेमा दलहरूबीच विवाद चर्किरहेको थियो । सहमतिमा पुग्नेे कुनै लक्षण नदेखिएपछि बैठकमा मतदान भयो । समितिका सभापति रहेका कांग्रेस सभासद् शम्भुहजारा दुसारले निण्र्ाय सुनाउन लाग्दा महतले निर्णयपुस्तिका खोसेर च्यातचुत पारे । त्यतिवेेला ऊर्जामन्त्री रहेका डा.महतलाई न त समितिले कारबाही गर्‍यो न संविधानसभाले ।
चन्दादेवी, माओवादी
आयु थपिँदै गएको संविधानसभाका सदस्यहरू संरक्षित क्षेत्रका रूख काट्नेे काममा पनि भेटिए । माओवादी सभासद् चन्दादेवी रामलाई १२ माघ २०६६ मा पर्सा वन्यजन्तु आरक्षका कर्मचारीले रूख काट्दाकाट्दै नियन्त्रण्ामा लिए । उनीसँगै अन्य केही स्थानीय व्यक्ति पनि थिए । 
वनसुरक्षाकर्मीको टोलीले पक्राउ गर्न खोज्दा सभासद् चन्दादेवीलगायत भाग्न खोजेका थिए । तर, गोली हान्ने चेतावनी दिएपछि उनीहरू रोकिन बाध्य भए ।
मोहम्मद इस्तियाक राई, मधेसी जनअधिकार फोरम
माओवादी सभासद् चन्दादेवीको पद पछ्याउन खोजे मधेसी जनअधिकार फोरमका सभासद् मोहम्मद इस्तियाक राईले । उनले नेपालगन्जमा हंगामा नै मच्चाए । कानुनले रोक लगाए पनि रूख काट्न पाउनुपर्छ भन्दै उनले जिल्ला वन कार्यलयमा जुलुस नै लगेका थिए । 
संजयकुमार साह, फोरम लोकतान्त्रिक
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सभासद् संजयकुमार साहले त संविधानसभा बैठक स्थलमा माइक नै तोडफोड गरे । जनताबाट निर्वाचित भएर आएको आफूलाई एक वर्षदेखि संसद्मा बोल्न नदिएको भन्दै उनले गत ७ पुसमा संसद्का तीनवटा माइक तोडफोड गरेका हुुन् । तोडफोडबाट माइकसँगै मेन कन्ट्रोल युनिटसमेत बिगि्रएको छ ।
पार्टीभित्रको आन्तरिक विवादका कारण प्रमुख सचेतकले बोल्नका लागि सिफारिस नगरिदिने र सभामुखले सचेतकमार्फत आऊ भनेर बोल्न नदिएको उनको जिकिर छ । ७ पुसको संसद् बैठकमा त उनले आफू अगाडिका तीनवटा माइक नै फुटाले ।
सभासद्को मर्यादाविपरीत उद्दण्ड क्रियाकलाप गरेको तथा बैठक स्थलको शान्तिसुरक्षामा खलल पुर्‍याएको भन्दै सभामुख सुवास नेम्वाङले उनलाई १० दिनका लागि निलम्बन गरेका थिए । तोेडफोडबाट भएको क्षति पनि उनकै पारिश्रमिकबाट असुलउपर गरिएको छ । तीनवटा माइकको ६० हजार र मेन कन्ट्रोल युनिटको ३० हजार गरी उनीबाट ९० हजार असुलउपर गरिएको छ ।
शिवपुजन राय, फोरम
मधेसी जनअधिकार फोरम नेपालका सभासद् शिवपुजन यादव पनि कूटनीतिक राहदानी बेच्नेमा परे । जनता दलकी गायत्री साह र फोरमका बिपी यादवलाई पक्राउ गरिसक्दा पनि उनीमाथि प्रहरीले छानबिन 
गरिरहेको थियो ।  अन्ततः सभासद् यादवले पनि राहदानी बेचेको पुष्टि भयो र उनलाई प्रहरीले पक्राउ गर्‍यो । त्यो थाहा पाएपछि उनी बेपत्ता भए । गत असोजमा मात्रै प्रहरीले सभासद् यादवलाई ताहाचलबाट पक्राउ गरेको हो । अदालत र अख्तियारबाट उनी धरौटीमा रिहा भए । तर, उनीमाथि सर्लाहीमा पनि ज्यानमुद्दाको अभियोग छ । संविधानसभाबाट उनी निलम्बनमा परेका छन् ।
विश्वेन्द्र पासवान, दलित जनजाति पार्टी
सभासद् विश्वेन्द्र पासवान संविधानसभा सुरु भएदेखि नै चर्चामा आइरहे । कहिले संसद्मा चर्का कुरा गरेर, कहिले आफ्नै छोरीज्वाइँलाई पक्राउ गर्न लगाएर त कहिले संसद् अवरुद्ध गरेर उनी चर्चामा आइरहे । तर, ती सबैको उत्कर्ष रूप उनले गत वर्षको १८ चैतमा बसेको संवैधानिक समितिको बैठकमा देखाए ।  राज्य पुनसर्ंरचना तथा राज्यशक्ति बाँडफाँड समितिको प्रतिवेदनमा दलित, मुस्लिम, आदिबासी र जनजातिका मुद्दा नसमेटिएको भन्दै उनले चार तलामाथिको बैठक कक्षको झ्यालबाट कुर्सी नै फालिदिए । त्यति मात्रै होइन, उनले 'आवश्यक परे मान्छे नै झ्यालबाट फाल्ने' धम्की पनि बैठकमा दिए ।  ठुल्ठूलो स्वरमा आएको उनको चेतावनीपूर्ण बोलीले बैठकमा मौनता छायो । उनले आफैँले लगाएको सर्टसमेत च्यात्दै आफूलाई गोली हान्न पनि चुनौती दिए । 
तर पनि उनीमाथि कुनै कारबाही हुन सकेन । यतिमात्रै होइन, संसद् बैठक अवरुद्ध गरेको आरोपमा उनलाई ७ दिनका लागि निलम्बन पनि गरिएको थियो ।
इन्द्रमति यादव, माओवादी
माओवादी सभासद् इन्द्रमति यादव त बिजुली चोरिरहेको अवस्थामा पक्राउ परिन् । गत १९ वैशाखमा उनीसहित स्थानीय केही व्यक्तिलाई कपिलवस्तुमा बिजुली चोर्दा-चोर्दै पक्राउ गरिएको थियो । 
तत्कालीन ऊर्जामन्त्री गोकर्णर् विष्टले संसद्ीय समितिमै यसको जानकारी दिएका थिए । बिजुली चोर्न सभासद्लाई तीन हजार जरिवाना गरेर छाडिएको थियो । माओवादीले उनलाई समानुपातिक कोटाबाट सभासद् बनाएको हो ।
किरणकुमारी राय, एमाले
सभासद्हरूले अनेकथरि चर्तिकला देखाए । एमाले सभासद् किरणदेवी यादवले आफ्नो एसएलसीको परीक्षा छोरीलाई दिन लगाइन् । गत वर्षको १३ चैतमा सर्लाहीको बरहथवा परीक्षा केन्द्रमा उनले छोरीलाई परीक्षा दिन लगाएको प्र्रमाणित नै भयो ।
छोरीलाई नक्कली परीक्षार्थी बनाएर परीक्षा दिन लगाउने सभासद् यादवलाई पनि कुनै कारबाही भएन । अर्को परीक्षा दिन उनी आफँै दलबलसहित परीक्षाकेन्द्र पुगेकी थिइन् । तर, दबाब बढेपछि उनी परीक्षा नदिईकनै फर्किइन् ।
गुणाखर बस्याल, माओवादी
जनतासित नयाँ संविधान लेख्ने बाचा गरेर सिंहदरबार छिरेका माओवादीका एक सभासद् झन्डै डेढ वर्षदेखि संविधानसभामा देखिएका छैनन् । संविधानसभा चुनावमा पर्वत २ बाट निर्वाचित माओवादी सभासद् गुणाखर बस्याल घरमा श्रीमती र छोराछोरी छाडेर कमला तामाङ नाम गरेकी कान्छी लिएर बेपत्ता भएका हुन् ।
जेठी श्रीमती खिमाले गत जेठदेखि सम्पर्कविहीन श्रीमान्लाई एक महिलाले अपहरण गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीले सभासद् बस्याल कान्छी श्रीमतीसित चितवनमा रहेको पत्तो लगाएको थियो । नयाँ पत्रिकाले सभासद् अपहरणमा परेकोे समाचार प्रकाशित गरेपछि उनले फोनमार्फत आफू चितवनमा रहेको जानकारी दिएका थिए । गत १४ भदौमा सभासद् बस्याललाई पाँच दिनभित्र पार्टी संसद्ीय दलको कार्यालयमा उपस्थित हुन माओवादीले सूचना जारी गरेको थियो । संसद्ीय दलले स्पष्टीकरणसहितको सूचना जारी गर्दै 'लामो समयदेखि यस दलको सम्पर्कमा नरहेको र प्रधानमन्त्री निर्वाचनलगायत दलले ह्वीप जारी गरे पनि संसद् बैठकमा अनुपस्थित रहेको' जनाएको थियो । उनले गत असोजमा सभासद् पदबाट राजीनामा दिएको जनाएका छन् । तर, उनको राजीनामा स्वीकृत भएको छैन ।
खोभारी राय, सद्भावना गणतान्त्रिक
गणतन्त्र आउनुअघिदेखि नै चर्चामा रहेका हुन 
खोभारी राय । संविधानसभा चुनावमा सद्भावनाका तर्फबाट समानुपातिक कोटामा परेका उनी अहिले उद्योग राज्यमन्त्री पनि छन् ।  संविधानसभा चुनावपछि तत्कालीन सद्भावनाका अध्यक्ष राजेन्द्र महतोको घरअगाडि रक्सी खाएर गालीगलौज गरेका कारण उनी चर्चामा आएका थिए । त्यसको लगत्तै उनलाई लाइसेन्स नभएको पेस्तोलसहित प्रहरीले पक्राउ गर्‍यो । फेरि पनि उनलाई कुनै कारबाही भएन । 
पछिल्लो समय उनलाई ठमेलको एक रेस्टुरेन्टमा दुईजना युवतीसहित रक्सीले मात्तिएको अवस्थामा फेला पारियो । हिँड्नसमेत नसक्ने गरी रक्सीले टिल्ल उनको फोटो नयाँ पत्रिकाले यसअघि नै प्रकाशित गरिसकेको छ । 
बबन सिंह, स्वतन्त्र सभासद्
हत्या र काठमाडौंमा भएको शृङ्खलाबद्ध बम विस्फोटनको घटनामा संलग्न भएको आरोप लागेका बबन सिंह पनि चर्चित सभासद् हुन् । १४ जेठ ०६५ मा सभासद्ले पद तथा गोपनीयताको शपथ लिँदा उनलाई खोजी गरिरहेको थियो । प्रहरीलाई जिल्याएर उनी बानेश्वरस्थित संविधानसभा भवनमा शपथ लिन पुगेका थिए ।
त्यही अभियोगमा सभासद् सिंहलाई प्रहरीले पक्राउ पनि गर्‍यो । त्यसको लगत्तै उनी छुटे । पछिल्लो समयमा उनलाई वीरगन्जका व्यापारी राजेशमान सिंहलाई अपहरण गरी हत्याको सुपारी लिएको अभियोग लागेको छ । यो मुद्दा अहिले पनि अदालतमा विचाराधीन छ । अदालतले सभासद् सिंहको नाममा ३५ दिने म्यादपुर्जी जारी गरेको छ ।

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters