अन्तरजातीय विवाह गरेका कारण दैलेखको तोली गाविस वडा नंं २ धनीगाउँका सन्तबहादुर दमाईले बाबु गुमाएका हुन् | तोली गाविस वडा नंं २ धनीगाउँका सन्तबहादुर दमाई र राजकुमारी शाहीले अन्तरजातीय विवाह गरेका थीए | सन्तबहादुरले पिता सेते दमाईलाई माईती पक्षकी फूपू नाता लाग्ने विन्दकला शाहीको नेतृत्वमा भदौ १३ गते खुकुरी प्रहार गरी घाइते बनाएपछि उपचारको प्रयास लगायतको काममा ६० हजार बढी ऋण लागेकोले छ ।
उपचारको लागि जीप रिजर्व गरी सुर्खेत पठाउँदा मृत्यू भएकोले त्यहाँबाट शव वाहनमा शव ल्याउँदा, क्रिया खर्च र आफूहरुको सुरक्षा समस्याको कारण सदरमुकाममा दुई महिना खान–बस्नको किफायती खर्च गर्दा समेत त्यति धेरै खर्च लागेको र विपन्नताको कारण ऋण तिर्न सक्ने स्थिति रहेको सन्तबहादुरको भनाई छ ।
सन्तबहादुर दमाईले ३ वर्ष लामो प्रेम सम्वन्ध रहेकी सोही ठाउँकी २२ वर्षीया राजकुमारी शाहीवीच गएको साउन २८ गते विवाह भएको विषयलाई लिएर राजकुमारीका माइती पक्षबाट भदौ १३ गते घर सुतिरहेका सन्तबहादुर दमाईका पिता सेते दमाई माथि खुकुरी प्रहार गरी हत्या भएको थियो ।
इच्छुक कार्यालय, संघ–संस्था, महानुभावले सहयोग गर्न सहजताको लागि दलित जागरण केन्द्रले १ हजार रुपैंयाँ दिई सन्तबहादुर दमाईको नाममा राष्ट्रिय बाणिज्य बैंक दैलेखमा ४०१००२११३९१० बचत खाता खोलिएको दलित जागरण केन्द्रका अध्यक्ष अमर सुनारले जानकारी दिएका छन् | Video Courtesy:Image Tv