[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 नवउपनिवेशमा कूटनीति
[VIEWED 2803 TIMES]
SAVE! for ease of future access.
Posted on 05-01-12 6:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

नवउपनिवेशमा कूटनीति

 
  सौरभ   
पेपर टाइगर (कागजी बाघ) भन्ने गथ्र्यो, सांस्कृतिक क्रान्तिकालको चीनले अमेरिकालाई । तर अमेरिकाले भने चीनलाई स्पिलिङ टाइगर -सुतेको बाघ) भन्न कहिल्यै छोडेन । अर्थात् चीनसँग केवल आक्रोश थियो । तर मकाउदेखि ताइवानसम्म विभाजित, तिब्बत र सिनकियाङसम्म द्वन्द्व र अनेक दैवीप्रकोपमा परेको चीन जुर्मुराएर उठ्दै छ भन्ने अमेरिकाले उतिबेलै बुझेको थियो । उसले स्लिपिङ टाइगर त्यसै भनेन । त्यो शब्द र संज्ञाकै मात्र कुरा होइन । यो उदाहरणपछि नेपालका सन्दर्भमा पनि पश्चिमका सयौं शब्दहरूले भारतको साथ लिएर जानाजान के र कसरी मनोवैज्ञानिक लडाइँ लडिरहेका छन् भन्ने कुराका केही उदाहरण अब पेस गरिनेछ ।

एक

चेरूक्की नेसन/सियोक्स नेसन आदि लेख्छन् अमेरिकीहरू । अर्थात् रेड इन्डियनहरूको चेरूक्की ट्राइब, जातीय जमात/सियोक्स जातीय जमात । तर त्यही नेसन शब्द नेपालीमा लिम्बु नेसन र गुरूङ नेसन अर्थात् राष्ट्रियताको पर्यायवाची बनाएर हुनसम्म अनर्थ र राजनीतिक दुरूपयोग गरिरहेका छन्, पश्चिमाहरू । र पश्चिमकै अर्थमा जाने हो भने जर्मनीमा नश्लीय राष्ट्रवादको पर्याय हो नात्सिजम, अन्तर्राष्ट्रियलाई भनिन्छ इन्तरनात्सियोनाल । अर्थात् नेपालमा चलिरहेको एथ्निसिटी -जातीयता) लाई नाजीवाद भन्न किन नथाल्ने ? हाम्रा थारू र मगरले होइन, पश्चिमले नै जवाफ देओस् ।

दुई

इन्डिजिनसको नेपाली अनुवाद आदिवासी गरिएको छ । युरोपियनहरू अमेरिका पुग्दा त्यहाँ पहिला नै रेड इन्डियन थिए, अष्ट्रेलिया पुग्दा माओरीहरू त्यहाँ पहिला नै थिए । यसैले रेड इन्डियन्स आदिवासी र युरोपियनहरू आफू आगन्तुक हुने नै भए । त्यसो भए सन् १७२१ मा दुई फिरङ्गी पहिलोपटक नेपाल आउँदा यहाँ के राई र लिम्बु प्रभृतिमात्र थिए त ? तर कोलम्बसले आफू इष्ट इन्डिज पुगेको ठानेर आजका अमेरिकीलाई दिएको रेड इन्डियन भन्ने संज्ञालाई नै लिने हो भने पनि इन्डिजिनस शब्दले भारतीय मूलकोलाई मात्र आदिवासी बनाउँछ, नकि मंगोलियन मूलको तामाङ र गुरूङ प्रभृतिलाई । किनभने उतिबेला पश्चिमले इन्डियालाई नै आधार मानेर इन्डोचाइनादेखि इन्डोनेसियासम्मलाई इन्डिज भन्थ्यो । तर वर्णाश्रममा नपर्नु नै आदिवासी हुनु हो भने अंगीकृत नागरिकता पाएकी बार्बरा लगायत सबै फिरंगीहरू पनि नेपालका आदिवासी हुनुपर्‍यो । यो राई-लिम्बुभन्दा फिरंगीलाई नै अन्ततः नेपालका आदिवासी मान्न बाध्य पार्ने खेल हो, पहिला ढोकाबाट अरूलाई छिराएजस्तो गरेर पछि आफै छिर्ने ।

तीन

मेडिसाँ साँ फ्रन्तिए (सीमारहित स्वास्थ्यसेवा), रिपोर्तार साँ फ्रन्तिए (सीमारहित समाचारदाताहरू) आदि फ्रेन्च परिकल्पना अन्तर्गतका 'सीमारहितताहरू' हामीकहाँ अति लोकपि्रय छन् । तर अरूका सीमा नाघेर हस्तक्षेप गर्ने अधिकार यिनलाई कसले दियो ? के यिनीहरू जासुसी, सूचना सङ्कलन र नीतिगत हस्तक्षेप गर्ने गुप्त उद्देश्यका निम्ति सीमारहितता नाउँका उदारवादी झण्डा बोकेर घुसपैठ गरिरहेका त छैनन् ? भनेर कुनै पत्रकार/स्वास्थ्यकर्मीले आजसम्म सोचेको छ ? आईएफजेलाई नेपालका बारेमा आदेशनिर्देश दिने अधिकार के छ ? भनेर उसले प्रश्न कहिल्यै गरेको छ ?

चार

ग्लोबलाइजेसन यस्तो लोकपि्रय शब्द बनेको छ, नेपालीका निम्ति मानौं यो १९८० दशकका रूसी शब्दहरू पेरेस्त्रोइका र ग्लासनोस्तको सम्मिश्रण हो । तर ती दुवै शब्द अमेरिकी विश्वविद्यालयमा जन्माइएका थिए, जसको कारण तत्कालीन सोभियत संघ १६ टुक्रा भयो भन्ने कुराको हेक्का यता देखिँदैन । अर्थात् ग्लोबलाइजेसनको अर्थ हो वामपन्थीहरूले भनेजस्तै नवउपेनिवेशवादी सांस्कृतिक, वैचारिक यावत् अतिक्रमण र प्रभुत्वलाई सहजै स्वीकार गर्ने मानसिकताको विकास गराउनु ।

पाँच

'सर्वधर्म समभाव' को अचेल खुबै चर्चा छ यता, कथित 'अन्तरधार्मिक परिषद्'को कारण । जबकि यो भनाइ परम्परागत सनातन धर्मले उतिबेलै निर्माण गरेको सिद्धान्त हो । तर गेरूवस्त्र र टीका लगाएर, रूद्राक्ष झुन्ड्याउने एकथरीले आजभोलि यो वाक्य चाहिनेभन्दा बढी घन्काएको सुनिन्छ । धर्मनिरपेक्षताको प्रावधान अन्तरिम संविधानमा भएलगत्तै यो वाक्यको जगजगी किन भइरहेको छ भने अन्य धर्मको अतिक्रमणप्रति सहिष्णु हुनुपर्छ भनेर पहिला नै मानसिक तयारी गराउनु । तर आफूले अरूलाई पागान र काफिर भन्ने गरेको आरोपचाहिँ कायमै राखेर । आफ्नो अतिक्रमणप्रति नरम गराउने उपाय हो यो, जुन शब्द ब्रह्मा, विष्णु मान्नेहरूमात्र होइन, सुम्निमा, पारूहाङ, थुङथाङ्वा, हिमसाम्माङ समेटेको मुन्धुमहरू मान्नेका विरुद्ध पनि लागू हुन्छ ।

विनिर्माण टुप्पाबाट पलाएका समकालीन वामपन्थीहरूको अतिपि्रय शब्द हो । ज्याक डेरिडा, पाउलो फ्रेरे, ग्राम्सी, नोआम चोम्स्कीको नाम नलिई ती विनिर्माणवादीहरूको कुनै निबन्ध पूरा हुँदैन । जो केही निर्माण गर्न नसकेकैले विनिर्माणका कुरा गरिरहन्छन् । तर भएका रैथाने मान्यताहरूको विनिर्माण नगराई नयाँ आफ्ना मान्यताहरूको स्थापना गर्न विदेशलाई सजिलो हुँदैन । र रैथाने विनिर्माणवादीहरू आफैं धमिराजस्तो जन्मिन्छन् भने त्योभन्दा अनुकूल वातावरण पनि पश्चिमका निम्ति अर्काे हुँदैन ।

सात

'भीमसेन्ज फली' हाम्रा अंग्रेजीबाजहरू धरहराको ठाउँमा लेखिदिन्छन् । भीमसेन थापाको मूर्खता बुझाउने यो संज्ञा पहिलोपल्ट एम्बोस ओल्डफिल्डले १८५० मा दिएका थिए । तर अहिले हाम्रा अंग्रेजीबाजहरूका निम्ति यो संज्ञा धरहराको पर्यायवाची भएको छ । त्यसो भए हामीले इफेल टावरलाई इफेल्ज फली, स्टाचु अफ लिबर्टीलाई बार्थाेल्डिज फली भने

हुँदैन ? तर हामी आफैले आफैंलाई मूर्ख भनिरहेका छौं, जो उसले भन्न/भनाउन चाहिरहेको थियो । मूर्ख कालिदास भइरहेको पत्तो नहुनुको योभन्दा टड्कारो उदाहरण पनि नहोला ।

आठ

बिब्लियोग्राफीको नेपाली अनुवाद सन्दर्भसूची हो । तर लप्सीदेखि लेप्चासम्म नेपालको बारेमा जतिसुकै लेखियोस्, एउटा पश्चिमाले लेखेको पुस्तकको सन्दर्भसूचीमा नेपाली लेखक र उसको कृतिले अपवादबाहेक कुनै ठाउँ पाउँदैन । एङकोर वाटको बारेमा कुनै क्याम्बोडियन, पिरामिडको बारेमा कुनै इजिप्सियन, राराको बारेमा कुनै नेपाली अर्थात् रैथाने विषयमाथि रैथानेलाई विज्ञ मान्न ऊ तयार छैन । तर हाम्रा पुस्तकहरूको प्रतिष्ठा भनेको उसैलाई हुनसम्म उद्धृत गर्नु र उसैलाई विज्ञ मान्नु हो ।  आफ्ना विषयमा अर्काे विज्ञ हुन्छ र हो भन्ने मान्यतालाई स्थापित गरेको छ, बिब्लियोग्राफीले  तर कुनै रैथाने विज्ञले रैथाने विज्ञहरूका पुस्तकहरू मात्रै आधिकारिक मानेर सन्दर्भसूचीमा हालोस्, त्यसविरूद्ध प्रयोग गर्नलाई पश्चिमाहरूको बनिबनाउ वाक्यांश पहिला नै तयार छ । त्यो हो- गार्बेज इन, गार्बेज आउट ।

नौ

लोकतन्त्र पंक्तिकारले कहिल्यै प्रयोग गर्ने शब्द होइन । कथित संघीय नेपालको एउटाचाहिँ सदनको नाम भारतीय तल्लो सदन लोकसभाकै नाउँमा राख्नलाई गरिएको यो पूर्वतयारी हो । त्यसैगरी राज्यसभा/विधानसभाजस्ता नयाँ नाउँहरू आउनेछन् । नेपाल भारतको नयाँ प्रतिलिपि -रेप्लिका) बन्नेछ । जबकि नेपालको संविधानमै नेपाली मुद्राको नाम रूपैयाँ नराखी अरू नै राख्नु जरूरी छ । भारतको, पाकिस्तानको, श्रीलंकाको, इन्डोनेसिया आदिको अर्थात् पूर्वउपनिवेशहरूको मुद्राको नाम पनि रूपैयाँ हुने, नेपालको पनि हुने किन ? नेपाल भारतवर्षभित्र पर्दैन । त्यसैले रूपैयाँ राख्नुको अर्थ पनि छैन । तराईको ढेला, नेवारीको ढेवाजस्ता प्रशस्तै एथ्निक शब्दहरूले मुद्राका अंकहरू

-डिनोमिनेसन्स) को काम गर्न सक्नेछन् । राई, मगर, गुरूङ, लिम्बु, थारू भाषामा पनि मुद्राका निम्ति आआपmना शब्दहरू होलान् । तिनलाई टिपे हुन्छ । तर लोकतन्त्र भन्ने बानी जो बसेको छ, लोकसभाको निम्ति संविधान पनि उसैले देला ।

दस

धर्मसापेक्ष संविधान भन्नेबित्तिकै राजा फर्काउने योजना भन्ने आरोप माओवादी र उसका सहयोगी अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू एवम् दूतावासहरूले चर्काउन लगाउँछन् । तर चर्च अफ इङल्यान्डको पक्षधरलाई कन्जर्भेटिभ पार्टीको सदस्य भन्ने 'रेडिमेड' आरोप बनेको छैन । धर्मसँग राजतन्त्रलाई यसकारण गाँसिरहिएको छ कि ज्ञानेन्द्र शाहको व्यक्तिगत अकर्मण्यको मुखुन्डो जबर्जस्ती लगाइदिइराखिएको छ, नेपाल निर्माणको लिगेसी पुनःस्थापित होला भन्ने पश्चिमाहरूको आफ्नो सन्त्रासमाथि । जुन लिगेसीलाई पृथ्वीनारायण शाहसँगको २ सय ५० वर्षदेखिको रिसको कारण ध्वस्त पार्नुपरेको छ । त्यसैकारण पनि २ सय ५० वर्षदेखिको एकात्मक शासन भनिराखिएको हो । जुन वाक्चाल/शब्दविन्यास/सम्प्रेषण विधि पश्चिम र भारत मिलेर अपनाइएको छ, त्यसलाई त्यो कथित युवा पुस्ताले बोकेर हिँड्छ, २०५२ मा माओवादी द्वन्द्व सुरू हुँदा जसको नाइटो झरेको थिएन ।

एघार

इन्क्ल्युसिबको अनुवाद समावेशी/समेटाइमूलक झट्ट सुन्दा सटिक नै लाग्छ । तर यसले अल्पसंख्यक वा शिक्षा र सक्षमताले प्रतिस्पर्धा गर्न नसक्नेहरूलाई चोरबाटोबाट 'एक्स्क्ल्युसिब' अर्थात् विशिष्ट बनाइदिएको

छ । बाबरी मस्जिद ढलेलगत्तै भारतीय जनता पार्टीको उठानमाथि सरदार खुशवन्त सिंहले एकपटक टिप्पणी गरेका थिए- राष्ट्रिय एकताका नाममा अल्पसंख्यकलाई चाहिनेभन्दा बढी सहुलियत दिएपछि त्यसले यस्तै उपद्रवहरू ल्याउँछ ।

बाह्र

पोष्ट मोडर्निजमको अनुवाद उत्तरआधुनिक आफैंमा गलत सुनिँदैन पनि । तर बाह्रौंं शताब्दीका तुलनामा तेह्रौं शताब्दी उत्तरआधुनिक हो । पंक्तिकारले लेख्दालेख्दैको समय आधुनिक हो, पाठकले पढ्दापढ्दैको समय उत्तरआधुनिक हो । यसैले यसको बनोट नै गलत छ । तर मर्मचाहिँ त्यही नै होइन । डुमाखाल उत्खननसँग जोडिएका एक अनुसन्धानकर्ताले यावत् पुरातात्त्विक वस्तुहरू 'थियोडोर' लाई बेचेपछि, बेच्ने चन्डाल र किन्ने 'भन्डाल' भए । त्यसमा तपाईंको भनाइ के ? भन्ने प्रश्नमा अर्का अनुसन्धानकर्ताले भने- त्यो त उत्तरआधुनिक हो । त्यसो भए सिल्भिया लाफाङ्कीले चार बाकस सामान भक्तपुरमा फर्काएजस्तो उसले फर्काएको छ त ? उत्तर आएन । अर्थात् उत्तरआधुनिक यस्तो शब्द हो, जसले सम्पूर्ण सांस्कृतिक, सामाजिक, राजनीतिक धरोहरहरूमा घुसपैठ गर्ने र त्यसलाई 'द फिलिपिन्स'जस्तो मेकालेवादी -नश्ल स्थानीय, सभ्यता र सोचले पश्चिमको दास) पश्चिमा अनुहार दिलाउनमा मद्दत गर्छ । मेकालेवादको निम्ति परिस्थिति अनुकूल बनाउँछ । फ्याउरोको पुच्छर चुँडिनु नै जंगलको आधुनिक फेसन हो भन्ने मान्यतालाई स्थापित गर्छ । त्यसैले नेगि्रटोका ठाउँमा र्‍याग्गी र ज्याज भित्र्याएर नेपाली नेगि्रलो हुने हीन मानसिकताको जग हाल्छ ।

तेह्र

२ सय ४० वर्षको एकात्मक शासन व्यवस्था भन्ने उच्चारण गरेपछि क्रान्तिकारी, परिवर्तनवादीमा सहजै दर्ता हुन पाइन्छ । तर भन्न खोजेको के ? पृथ्वीनारायण शाहभन्दा अघिका मल्लहरू, लिच्छविहरू, अझ गोपालवंशीहरू के विपश्वी र क्रकुच्छन्द बुद्धहरू थिए ? कुन शासन व्यवस्था, मुलुक र त्यसको शासकले राष्ट्रको बाँदरकाट गर्ने अनुमति दिन्छ, दिएको छ र दिइरहेको छ ? लागू गर्ने नै एकात्मक शासन व्यवस्था हो । इलाका र क्षेत्रहरू लुटेर खान पाइनँ भनेर बाँदर घुर्की लगाउने भावी युद्धसरदारहरूको पि्रय वाक्य हो यो, जसलाई हामी प्रजातन्त्र भनिरहेछौं । अर्काे देशलाई अस्तव्यस्त पार्नु भनेको त्यसको व्यवस्था र इतिहासको कुव्याख्या गर्नु हो र त्यो कुव्याख्या यहाँ सामान्य भइरहेको छ ।

चौध

महेन्द्रवादी भन्ने शब्द एउटा नमीठो आरोप हो, त्यसको निम्ति जसले नेपाली प्रतिष्ठा र परिचयको खोजी गर्छ । त्यसको वैकल्पिक शब्द राष्ट्रवादी पनि हो । निश्चय नै महेन्द्र धेरै कुराले आलोच्य छन् । पुस १ गतेको घटना त्यसको चरमचुली हो । तर नेपालभित्र भारतीय होइन, नेपाली मुद्रा उनको कारणले चल्यो । संयुक्त राष्ट्रसंघको सदस्य नेपाल बन्यो, भुटान त्यही सदस्य बन्न पुगेको कारणले सदस्य बन्नुअघि नै सिक्किमको स्वाधीनता गुम्यो । पुनर्वासको कारणले नेपालको कुनै पनि इलाका भुटानजस्तो 'होमोजिनस' रहन पाएन । कथित मधेसवादीहरूबाटै महेन्द्रवादी भन्ने शब्द आउँछ, जबकि ठाउँ-ठाउँमा भारत भएर नेपाल पस्नुपर्ने भइआएकोमा पूर्व-पश्चिम राजमार्ग बनाएर उनले 'इन्डिपेन्डेन्ट' बनाइदिए । यसरी तराईलाई 'इन्डोपेन्डेन्ट' हुन नदिइएकोमा यो उसकै उक्साहटमा महेन्द्रवाद आरोप बनाइएको त्यसै बुझ्न सकिन्छ, उक्साउने उही हो । जुन सबै कुरा निकटतम छिमेकीका निम्ति नितान्त अपाच्य थिए । अर्थात् महेन्द्रको स्वाभिमानवाद/ स्वतन्त्रतावाद भन्ने वाक्यांशबाट दुई शब्द झिकेर टाउको र पुच्छर यसरी जोडिएको छ, मानौं त्यो विशुद्ध अधिनायकवाद, सामन्तवाद आदिबाहेक अरू केही होइन । तर यसको अर्काे पाटो के हो भने नेपाली राष्ट्रिय स्वार्थको कुरा गर्नु नै अपराध हो, किनभने त्यो भारतविरोध हो । यसबाट बुझे हुन्छ, जसले महेन्द्रवादी भन्छ, त्यो कसैको 'पेरोल'मा छ । देशभित्रै राष्ट्रद्रोह जन्मिन्छ भने त्यो सीमापारिको निम्ति खुसीकै कुरा हो । त्यसो त भारतले पनि यो तरिका सिकेको हो, बेलायतबाट । बेलायतले पश्चिमा सबैलाई भारतीय जनता पार्टीविरूद्ध हिन्दु राष्ट्रवादी पार्टी भनाइरहेको छ । -यद्यपि र यसैले नेपालको सन्दर्भमा आरएसएस र त्यसको राजनीतिक मुखौटो भाजपा एक नम्बरको नेपालविरोधी पार्टी हो । जति कंग्रेस आई र समाजवादीहरू होइनन् ।)

पन्ध्र

नयाँ नेपाल शब्द माओवादीले प्रयोग गर्दै आएको छ । बेलायतको योर्क सहरमा न्यु थपेर न्युयोर्क बन्यो अमेरिकाको, जो त्यसअघि हल्यान्डको एम्सटर्डममा न्यु थपेर न्युएम्सटर्डमका नामले चिनिन्थ्यो । यसैगरी न्युजिल्यान्ड, न्युफाउन्डल्यान्ड नामहरू बने, जुन बेलायती औपनिवेशिक परम्परा हो । त्यही परम्परा अन्तर्गत न्युदिल्लीको नामकरण भएको छ । भास्को द गामाले भारत पत्ता लगाए भनेर अलेक्जेन्डर र उनका पूर्ववर्ती, कोलम्बसले पत्ता लगाए भनेर अमेरिगो भेस्पुसाइ बिर्सने बानी परेको परम्परा अन्तर्गत न्युनेपाल नाममा पश्चिमले यसरी आफ्नो नयाँ उपनिवेशको रूपमा नामकरण गरिसकेको छ । तर नेपाललाई पश्चिमको हातमा सुम्पिएको माओवादीहरूकै नयाँ नेपाल भन्न र टाईसुटलाई राष्ट्रिय पोसाक बनाउनलाई नेपाली जिब्रो/मन थाक्दैन । आफैले आफ्नो देशलाई पश्चिमको उपनिवेश मानेपछि उसले गोलीगठ्ठा लिएर सैनिक हस्तक्षेप नै किन गर्नुपर्‍यो ?

अन्त्यमा,

गुरुकुलको शिक्षा हजारौं वर्षदेखि भएको ठाउँमा पश्चिमा शिक्षा प्रणाली छिरेको १ सय ७० वर्षमात्र भयो । विश्वविद्यालय स्थापना भएको जम्मा ५४ वर्ष । डेढ सय वर्षको शिक्षाले शब्द र अर्थको माध्यमबाट गरिने मनोवैज्ञानिक युद्ध र असरको गहिराइलाई बुभmन सक्दैन । त्यसले बुझ्दा-नबुझ्दै विरोधी पक्षले विजय हासिल गर्छ । किनभने गुरुकुलसँग हजारौं वर्षदेखिको रगतमै भएको, जीनमै भएको, त्यसभन्दा पर क्रोमोजम होइन, क्रोमाटिडमै भएको, डीएनएमै भएको ज्ञान यो ५४ वर्षको पश्चिमी शिक्षासँग छैन । अहिलेको नयाँ पुस्ताले विद्यावारिधि गरेर चर्मचक्षु प्राप्त गरेको छ, ज्ञानचक्षु होइन । यसैले दीक्षान्त समारोहमा भाग लिएको र घोप्टे टोपी पहिरेको तस्वीर के-के न प्राप्त गरेझंै घरको बैठक कक्षमा गौरवसाथ राख्न पल्किएको छ । त्यसैको परिणाम हो, अशिक्षित नेपालीले होइन, शिक्षित नेपालीले 'नेसन स्टेट' गुमाउँदै छ, 'सिटी स्टेट्स' का निम्ति ।

अर्थात् विशुद्ध विज्ञानका क्षेत्रमा बाहेक पश्चिमले नेपालका बारेमा समाजशास्त्र, राजनीति, इतिहास आदि-आदि यावत् क्षेत्रमा गरेका शोध, अनुसन्धान र कृतिलाई पूर्ण अविश्वासका साथ पुनर्लेखन गरी आफ्नै बाटो नलिने हो भने त्यसले यो राष्ट्र रहन दिनेछैन ।

http://www.ekantipur.com/nep/2069/1/19/full-story/347006.html



 
Posted on 05-01-12 9:08 AM     [Snapshot: 62]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 महेन्द्रवादी भन्ने शब्द एउटा नमीठो आरोप हो, त्यसको निम्ति जसले नेपाली प्रतिष्ठा र परिचयको खोजी गर्छ । त्यसको वैकल्पिक शब्द राष्ट्रवादी पनि हो । निश्चय नै महेन्द्र धेरै कुराले आलोच्य छन् । पुस १ गतेको घटना त्यसको चरमचुली हो । तर नेपालभित्र भारतीय होइन, नेपाली मुद्रा उनको कारणले चल्यो । संयुक्त राष्ट्रसंघको सदस्य नेपाल बन्यो, भुटान त्यही सदस्य बन्न पुगेको कारणले सदस्य बन्नुअघि नै सिक्किमको स्वाधीनता गुम्यो । पुनर्वासको कारणले नेपालको कुनै पनि इलाका भुटानजस्तो 'होमोजिनस' रहन पाएन । कथित मधेसवादीहरूबाटै महेन्द्रवादी भन्ने शब्द आउँछ, जबकि ठाउँ-ठाउँमा भारत भएर नेपाल पस्नुपर्ने भइआएकोमा पूर्व-पश्चिम राजमार्ग बनाएर उनले 'इन्डिपेन्डेन्ट' बनाइदिए । यसरी तराईलाई 'इन्डोपेन्डेन्ट' हुन नदिइएकोमा यो उसकै उक्साहटमा महेन्द्रवाद आरोप बनाइएको त्यसै बुझ्न सकिन्छ, उक्साउने उही हो । जुन सबै कुरा निकटतम छिमेकीका निम्ति नितान्त अपाच्य थिए । अर्थात् महेन्द्रको स्वाभिमानवाद/ स्वतन्त्रतावाद भन्ने वाक्यांशबाट दुई शब्द झिकेर टाउको र पुच्छर यसरी जोडिएको छ, मानौं त्यो विशुद्ध अधिनायकवाद, सामन्तवाद आदिबाहेक अरू केही होइन । तर यसको अर्काे पाटो के हो भने नेपाली राष्ट्रिय स्वार्थको कुरा गर्नु नै अपराध हो, किनभने त्यो भारतविरोध हो । यसबाट बुझे हुन्छ, जसले महेन्द्रवादी भन्छ, त्यो कसैको 'पेरोल'मा छ । देशभित्रै राष्ट्रद्रोह जन्मिन्छ भने त्यो सीमापारिको निम्ति खुसीकै कुरा हो । त्यसो त भारतले पनि यो तरिका सिकेको हो, बेलायतबाट । बेलायतले पश्चिमा सबैलाई भारतीय जनता पार्टीविरूद्ध हिन्दु राष्ट्रवादी पार्टी भनाइरहेको छ । -यद्यपि र यसैले नेपालको सन्दर्भमा आरएसएस र त्यसको राजनीतिक मुखौटो भाजपा एक नम्बरको नेपालविरोधी पार्टी हो । जति कंग्रेस आई र समाजवादीहरू होइनन् ।)...KURA SAHI HO
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
nrn citizenship
जाडो, बा र म……
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters