[Show all top banners]

_____

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 मेरो लोग्ने यो हो भनेर देखाउन सक्तिनथेँ 24
[VIEWED 1689 TIMES]
SAVE! for ease of future access.
Posted on 05-01-12 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो लोग्ने यो हो भनेर देखाउन सक्तिनथेँ

 

गौरा प्रसाईं

म पहिलोचोटि आमा बन्ने प्रक्रिया हुँदा एक्लै थिएँ । नयाँ ठाउँ थियो । वरपर चिनजान थिएन । छिमेकी विष्णुदेवी खनालसँग अलिअलि मात्र चिनजान थियो । म बसेको घर भर्खर बन्दै थियो । झ्यालढोका केही थिएनन् । त्यो घरमा सरेको केही दिन मात्र भएको थियो । बेथाले च्याप्दै लगेको दुई दिनपछि वरिपरिका छिमेकी, देशी, पहाडी महिलाहरूले यहाँ त पहिले पनि बच्चा पाउन नसकेर एउटी आइमाई मरेकी छे, चुरा बजाउँदै आउँछे, रुन्छे, तर्साउँछे, म अरू बच्चा पनि खान्छु भन्छे भन्दै नाना थरीका कुरा सुनाउन थाले । मलाई भने यस्ता फजुल कुराको विश्वास थिएन । एक्लै छु, के हुने हो भन्नेचाहिँ लाग्थ्यो । डरको होइन मर्ने–बाँच्नेकै सवाल थियो । नयाँ ठाउँ, आपूm बिलकुल अनजान, साथमा कोही थिएन ।

यत्तिकैमा प्रसवपीडाले छटपटाउन थालेँ । मेरो अहोभाग्य, बेथा लागेको दोस्रो दिन मेरो जीवनसाथी सविन (गोविन्द कोइराला) आइपुग्नुभयो । म उहाँलाई देखेर अत्यन्तै खुसी भएँ । आधा बेथा कम भएको महसुस भयो । उल्टै सकीनसकी खाना बनाएर खान दिएँ । खाना खाएको एकैछिनमा उहाँ सुर्खेत जाने तयारीमा लाग्नुभयो । मैले एक्लोपन, आइपर्ने अप्ठ्यारो, प्रसवपीडा आदि बारे सबै कुरा बताएँ । उहाँ त खोइ, म के गरूँ मलाई पार्टीले सुर्खेत पठाएको छ, कार्यक्रम छ, जानै पर्छ भन्न थाल्नुभयो । अर्को विकल्प पनि दिन सक्नुभएन । कसैसँग सुझाव, सल्लाह पनि लिनुभएन । त्यतिकै अलपत्र छाडेर जानुभयो । म साह्रै निराश भएँ । म मृत्युकै दोसाँधमा छटपटाइरहेकी थिएँ । उहाँले केही सोच्नुपथ्र्यो । जिम्मेवारी बोध गर्नुपथ्र्यो । यति बेला मेरो जीवनभन्दा पनि पार्टीकै कामलाई सर्वोपरि ठानेर सुर्खेतको पार्टी काममा जानुभयो । मलाई प्रसवपीडाले च्याप्तै लग्यो । बिस्तार समय घर्किंदै गयो । साँझ पर्न लाग्यो । म पीडाले तड्पिन थालेँ । हातखुट्टा गल्न थाले । बाउँडिन थाले । आँखा तिरमिराउन थाले । चक्कर लाग्न थाल्यो । प्यासले मुख सुक्दा पानीको गिलास उठाएर खान नसक्ने अवस्थामा पुगेँ । अबचाहिँ बाँच्दिनँ होला जस्तो लाग्यो । माइतीघरमा आमालाई असाध्यै सम्झिएँ ।

उता, सुर्खेतको बीचबाटोमा पैरो गएछ । सविन झमक्क साँझ परेपछि दिवाकर मामालाई लिएर आउनुभयो । मैले फेरि सकीनसकी दालभात पकाएर खान दिएँ । दुवै जनाले खाना खानुभयो । मामा खाना खाएर आफ्नै घरतिर जानुभयो । म यता कोठामा छटपटाउन थालेँ । धेरैबेर छटपटाएपछि मेरा हातखुट्टा चल्न छाडे । शरीर शिथिल भयो । सास रोकिएझैँ भयो । पसिनाले निथ्रुक्क भएँ । लौन केही गर्नुहोस्, मलाई अति गाह्रो भयो, म त मर्छु कि क्या हो भनेर कराएँ । उहाँ आतिँदै गएर छिमेकी विष्णु खनाललाई लिएर आउनुभयो । विष्णु दिदीले लौ बहिनीको स्थिति गम्भीर भयो, यहाँ एकछिन पनि राख्नु हुँदैन, अस्पताल लगिहालौँ भनेर कराउनुभयो । दौडाएर मलाई भेरी अञ्चल अस्पताल लगियो । बेथा लागेको तेस्रो दिन भेरी अञ्चल अस्पतालमा छोरी जन्मिइन् । नर्स बहिनी लता पौडेलले ठूलो सहयोग गरिन् । बच्चा नुहाउने, धुने, औषधि खुवाउने सबै हेरचाह उनले नै गरिन् ।

पाँच दिनपछि अस्पतालले बिदा दियो । घर फर्केपछि छोरी जन्मिएको एघार दिनमा न्वारान भयो । त्यति बेला म अति नै कमजोर थिएँ । गाडी, घोडाको बाटो थिएन । श्रीमान्ले बोकाएर ककौरा गाउँको घरमा लग्नुभयो । घर लगेको दुई दिनपछि उहाँ पार्टीको काममा दाङतिर जानुभयो । तर मैले घरमा साह्रै नभएको दुःख पाएँ । घरमा दुहुना भैँसी थिए । केही कुराको कमी थिएन । तर चिल्लोचाप्लो, सेकतापको त के दालतरकारीसम्म पनि खान पाइएन । दूध, घिउको त अनुहारै देखिएन । केवल बच्चाको निम्ति फुको भात नुनसँग पानी हालेर खान्थेँ । म निकै थला परेँ । बच्चालाई दूध पनि आउन छाड्यो । हातखुट्टा लुला भए । शरीर उठ्न छाड्योे । म रोएर दिन बिताउन थालेँ । माइती मुलुकको पल्लो छेउ थिएँ, ममा जान सक्ने सामथ्र्य थिएन । अति भयो दिदी, दूध आउँदैन, बच्चा मर्ने भयो । मलाई दाल तरकारी पेटभरि खान दिनुहोस् न, मलाई केराको तरकारी खान असाध्यै इच्छा छ भन्दै जेठानीलाई बिन्ती गरेँ । दालतरकारी खाएर तरुनी हुन खोजेकी ! भन्दै जेठानीले पिठ्यूँ फर्काइन् । बच्चालाई सुताउने थाङ्नासम्म थिएन । थाङ्ना माग्दा पनि काटेर धुजाधुजा पारेर काम नलाग्ने टुक्रा अगाडि फालिदिन्थिन् । यसरी पहिलो सुत्केरीमै पाउनु दुःख पाएँ ।

यहीबीचमा पाल्पाबाट फुपूसासू आउनुभयो । मेरो शारीरिक अवस्था र जेठानीको व्यवहार देखेर साह्रै दिक्क मान्नुभयो । दुई दिनपछि मुख फोरेरै भन्नुभयो, “ए माइली, तिमीले यो के गरेको ? तिमीलाई भने छ महिनासम्म घिउ र भात खानुपथ्र्यो । यस्तो अवस्थामा बाहिरको मान्छेलाई त सेवा पु¥याउनुपर्छ भने यो त एउटै भाँडाको भात खाने, एउटै परिवारको सदस्य हो । यो कुना परेकी सुत्केरीमाथि यस्तो व्यवहार गर्न लाज लाग्दैन ? यो मरी भने भाइ आउँदा के बुझाउँछ्यौ ? एउटी स्वास्नीमान्छेले अर्की स्वास्नीमान्छेमाथि यत्रो अत्याचार गर्नु हुन्छ ? हेर, यो सुत्केरी आज कुनामा लडेर रोइरहेकी छ । तिमीलाई यसका आँसु लाग्दैन ?”

बच्चा पटकपटक बिरामी भैरहन्थ्यो । उपचार गर्ने पैसो थिएन । घरमा मुख फोरेर माग्दा पनि एक कौडी निस्कँदैनथ्यो । बुबा, छोरी साह्रै बिरामी भई म कसरी अस्पताल पु¥याऊ ? मलाई दस–बीस रुपियाँ दिनुभए हुन्थ्यो भन्दै म अनुरोध गर्थें । के पैसो फल्ने रूख छ र टिपेर दिऊँ, पातपतिङ्गर हो र सोरेर दिऊँ, तिम्रा बाले कति राख्न दिएका छन् भन्दै ससुरा बुबाले जबाफ दिनुहुन्थ्यो । तर फुपूसासूबाट ठूलो सहयोग पाएँ । उहाँ आपैmँ बच्चा बोकेर उपचारका लागि हिँड्नुहुन्थ्यो । तिमी मेरो छाया हेर्दै आऊ भन्नुहुन्थ्यो । डा. सुरेश रेग्मीले पनि त्यतिकै ठूलो सहयोग गर्नुभयो । म आतिएर रुँदा नरुनुहोस् पैसा सबैथोक होइन, नानीको उपचार म गरिदिन्छु भन्दै औषधि गर्नुभयो । उहाँले निस्स्वार्थ भावनाले मेरी छोरी सन्जीतालाई कैयौँ पटक निःशुल्क उपचार गरेर बचाउनुभयो ।

कहिलेकाहीँ केही उपाय नभएपछि बिरामी बच्चा बोकेर म ठूलो जेठाजु शिव कोइरालाको घरमा पुग्थेँ । केही नभनी पैसा खोजेर उपचार गराइदिनुहुन्थ्यो । हामी छुटिएर बसेका थियौँ । तर उहाँले कहिल्यै फरक व्यवहार गर्नुभएन । आखिर म घरमा टिक्न सकिनँ । अन्त्यमा चार महिनाकी छोरी लिएर भूमिगत भएँ । भूमिगत भएपछि अति दुःख पाइयो । म सानी छँदा आमाले आफ्नो कथाबेथा भन्नुहुन्थ्यो, “बाबु, बोक्सीले बास पाउँछन् तर छोराछोरीकी आमाले बास पाउँदिन ।” आखिर मेरो पनि दशा त्यही भयो । कति ठाउँमा त मैले बास पाउन सकिनँ । ठाडै कसको नासो लिएर आइछे, यो वेश्यालाई बास नदेऊ भन्थे । त्यस्तो कुराले मेरो छाती छियाछिया हुन्थ्यो । लाजले शिर झुक्थ्यो । मेरो लोग्ने यो हो भनेर देखाउन पनि सक्तिनथेँ । यसरी बास नपाउँदा कति रात भोकै सुतेँ, बाहिरै बसेँ ।

(पछिल्लो महिना चर्चामा रहेको झापा आन्दोलनसँग सम्बद्ध एमाले नेतृ प्रसाईंको पुस्तक ‘मेरा जीवनका पाना’बाट साभार)

http://onlinekhabar.com/2012/04/157839.html


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
emergency donation needed
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Travelling on TPS advance travel document to different country...
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters