[Show all top banners]

_____
Replies to this thread:

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 अब त बोल्नुस्, नेताहरू
[VIEWED 2212 TIMES]
SAVE! for ease of future access.
Posted on 05-11-12 7:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब त बोल्नुस्, नेताहरू


प्रदीप ज्ञवाली
ती लामा र एकांकी दिनमै हो, जतिबेला मेरा आफ्नै जनताको स्वतन्त्रताको मेरो भोक सबै जनताको- गोरा र काला सबैको, स्वतन्त्रताको भोकमा बदलियो । मैले के पनि जानें भने उत्पीडकहरू पनि मुक्त हुनुपर्छ, जसरी उत्पीडितहरू मुक्त नभई हुँदैन । त्यो मान्छे जसले अरूको स्वतन्त्रता खोस्छ, ऊ घृणाको बन्दी हो, ऊ पूर्वाग्रह र सङ्कीर्ण मानसिकताको फलामे बारभित्र थुनिएको हुन्छ । ...उत्पीडित र उत्पीडक दुबै आफ्नो मानवीयता लुटिएको अवस्थामा छन् । ...जब मैले जेलबाहिर पाइला राखें, मेरो मिसन थियो- उत्पीडित र उत्पीडक दुबैलाई मुक्त गर्ने । कसै-कसैले भन्छन्, त्यो उद्देश्य पूरा भयो । तर मलाई थाहा छ, कुरा त्यसो होइन । सच्चाइ के हो भने हामीले खालि स्वतन्त्र हुने स्वतन्त्रतामात्रै पाएका छौं, उत्पीडनमा नपर्ने हक पाएका छौं । हामीले यात्राको अन्तिम कदम राखेका छैनौं, बरु अझ लामो र कठिन बाटोमा पहिलो पाइलामात्रै चालेका छौं । स्वतन्त्र हुनुको अर्थ साङ्ला चुँडाएर फाल्नुमात्रै होइन, बरु त्यसरी जिन्दगी जिउनु हो, जहाँ अरुको स्वतन्त्रताको सम्मान र अभिवृद्धि हुन्छ । स्वतन्त्रताप्रतिको हाम्रो समर्पणको साँचो परीक्षा त बल्ल पो सुरु भएको छ । ....' नेल्सन मण्डेला

राज्य पुनर्संरचनाको बहस जटिल मोडमा पुगिरहेको र कतै यही विवादले संविधानसभा र शान्ति प्रक्रिया नै असफल हुने त होइन भन्ने चिन्ताले हामी नेपालीहरूलाई गाँजिरहेको बेला फेरि एकपल्ट नेल्सन मण्डेला प्रासङ्गकि बनेर आए । त्याग र लामो जेलजीवनको नैतिक बल, अपार लोकपि्रयता र संविधानसभामा दुई तिहाइ सामथ्र्य- उनीसँग राष्ट्रलाई आफ्नै ढाँचामा ढाल्ने पर्याप्त जनादेश र शक्ति थियो । ८० प्रतिशत काला जातिलाई विशेष महत्व दिनेगरी दक्षिण अफ्रिकालाई वर्ण या जातीय पहिचान दिने प्रस्ताव अगाडि सारिएको भए अल्पसङ्ख्यक गोराहरूको केही लाग्दैनथ्यो । नौ प्रतिशत 'सवर्ण' र दुई प्रतिशत भारतीयहरूको आपत्तिको पनि अर्थ रहँदैनथ्यो सायद । तर उत्पीडकको स्वतन्त्रताका लागिसमेत लड्ने यी 'लिजेण्ड'ले कसैलाई होच्याउन चाहेनन् । 'यदि मैले अरुको स्वतन्त्रता खोसिरहेको छु भने म साँचो अर्थमा स्वतन्त्र हुनसक्दिन, जसरी मेरो स्वतन्त्रता खोसिएको बेला म स्वतन्त्र हुनसक्दिन' भन्ने आदर्श बोक्ने यिनलाई थाहा थियो- घृणाले घृणा नै जन्माउँछ । उनले दक्षिण अफ्रिकालाई 'इन्द्रेणी राष्ट्र'को पहिचान दिए । आज उनको देश 'बि्रक्स' समूहको सक्रिय सदस्यको रूपमा विश्व राजनीतिलाई नै प्रभाव पार्ने ठाउँमा पुगेको छ ।

राज्य पुनर्संरचनाको हाम्रो समग्र बहस राज्यको मूलचरित्र निर्धारणका मुख्य विषय छाडेर सङ्घीयताको प्रश्नमा खुम्चिएको छ । हामी जातीय पहिचानयुक्त प्रदेश निर्माणको प्रस्तावको वरिपरि रिङ्गेको-रिङ्ग्यै छौं । गलत ढङ्गले उठान गरिएका विषयहरूका कारण सिङ्गै मुलुक तनावमा फँस्न पुगेको छ । नेपाली समाजको चारित्रिक विशेषताको रूपमा रहेको सामाजिक सद्भाव, जातीय सहअस्तित्व र सांस्कृतिक सहचार्य सङ्कटमा फँस्न थालेको छ । दुर्भाग्यवस, यस्तो बेलामा चाहिने विशाल हृदय, सिङ्गो राष्ट्रको नेतृत्व गर्ने सामथ्र्य र पर-परसम्म दृष्टि लगाउनुपर्ने हाम्रो राजनीतिक नेतृत्व क्षमतामा ठूलो खडेरी परेको छ ।

झन्डै पाँच हजार वर्ष अघिदेखि आगमन र बसाइँ-सराइ, अन्तरघुलन र सहकार्य, आन्तरिक द्वन्द्व र एकताको जटिल प्रक्रियाबाट गुजि्रने क्रममा आर्य र मङ्गोलहरू, अष्ट्रिक र द्रबिडहरू, हिन्दु र बौद्धहरू, मुस्लिम र प्रकृतिपूजकहरू, मैदानी र पहाडीहरू सबै 'कम्प्याक्ट' हुँदाहुँदा आज एउटा 'मार्बल'को रूपमा नेपाल राष्ट्र बनेको छ । रङ्ग फरक-फरक छन्, तर त्यो 'स्ल्याब' एउटै छ । दुर्भाग्यवस, मतान्धतामा डुबेका केही दल, केही जातीय कार्यकर्ता र केही प्रायोजित बुद्धिजीवीहरूले नेपाल राष्ट्रको यो ऐतिहासिक विकासक्रमलाई अपव्याख्या गर्दै नेपाल राष्ट्रलाई स-साना टुक्राहरू जोडेर बनेको 'मोजाइक'को रूपमा चित्रित गरे । नेपाल कहिल्यै कसैको उपनिवेश नबनेको यथार्थलाई उपेक्षा गर्दै युरोपेली उपनिवेश र बसाइँ-सराइका कारण ल्याटिन अमेरिका, अष्ट्रेलिया या अमेरिकामा सिर्जित अवधारणालाई कलमी सारियो र यहाँ पनि 'आदिवासी' र 'आप्रवासी'को गलत बहस सिर्जना भयो । प्रत्येक सामाजिक समूह 'राष्ट्र' या 'राष्ट्रियता' हो र तिनलाई स्वतन्त्रता दिएपछि मात्रै नेपाल पूर्ण राष्ट्र बन्छ भन्ने गलत 'डिस्कोर्स'को परिणाम आज हामी जटिलतामा फँस्न पुगेका छौं ।

निश्चय नै नेपालमा सामाजिक विभेद थियो र आज पनि गहिरो छ । तपाईलाई त्यो पीडाले नछुएको हुनसक्छ- तर मधेसमा बस्ने कैयौं नेपालीहरूले आफ्नो वर्ण कालो भएकै कारण पटक-पटक आफ्नो राष्ट्रिय निष्ठामाथि औंलो ठडिएको भोग्नुपरेको छ । तपाइर्ँलाई त्यो घाउ नदुखेको हुनसक्छ- तर कैयौं दलितले बाटोमुनि पन्छिएर हिंड्नुपरेको या पानी छुँदा बर्बर दुव्र्यवहारको सामना गर्नुपरेको छ । तपाईलाई आफ्नो मातृभाषा नै सरकारी कामकाजको भाषा हुनाले यो कठिनाइको सामना गर्नुपरेन होला- तर कैयौं जनजातिहरूले भाषिक कठिनाइकै कारण लोकसेवाको परीक्षा गुमाउनुपरेको या संवादका महत्वपूर्ण अवसरबाट बञ्चित हुनुपरेको छ । तपाईलाई यस्तो अनुभूति नभएको होला- तर नेपाली महिलाले आफैले नौ महिनासम्म गर्भमा राखेको बच्चाको नाममा आफ्ना नामसम्म दिन नपाउने पीडा भोग्न या यौनतिर्खा मेटाएर भाग्ने पिपासुसँग बच्चालाई नाम देऊ भनेर गिडगिडाउनुपरेको छ । तपाईलाई त्यस्तो भएन होला- तर इराकमा कुनै अपराधी गिरोहले नेपाली युवा मार्दा यहाँका मुस्लिमले दुर्दिन भोग्नुपरेको छ । यी सामाजिक उत्पीडन र विभेद समाजका कटु यथार्थ हुन् । त्यसैले तपाई पहाडी मूलको र नेपालीभाषी हुनुहुन्छ भने तपाई बाहुन/क्षत्री जातीय आधारको र हिन्दु पृष्ठभूमिको हुनुहुन्छ भने अनि तपाई पुरुष हो भने एकछिन आफूलाई ती-ती ठाउँमा उभ्याएर त्यस्ता पीडालाई अनुभूत गर्नुपर्छ । तपाईले आफ्ना एजेन्डामा तिनलाई समेटेर समाधानको विकल्प दिनुपर्छ । प्रतिकृयात्मक भएर, 'जातिवाद'को विरोध गर्ने नाममा, 'विखण्डन'को विरोध गर्ने नाममा तपाईले आफूलाई अर्को कुनामा पुर्‍याउनु हुँदैन र आफूलाई एउटा जाति या भूगोल विशेषको नेता बनाउन सुहाउँदैन ।

तर माथि उल्लेख गरिएका जति पनि उत्पीडन छन्, तिनको कारण विभेदकारी राज्यसंरचना हो, कुनै जातिविशेष होइन । राणाशासनको विरोध गर्दा 'बाहुन' सुब्बा कृष्णलाल पनि मारिएका थिए, मगर जातिका लखन थापा पनि । प्रजातन्त्रका लागि दशरथ चन्दले सहादत दिनुपरेको थियो, थीरबम मल्ल मारिनुपरेको थियो- राणासँग 'जात' मिल्थ्यो, तर उनीहरूले कुनै उन्मुक्ति पाएनन् । राजतन्त्र विरुद्ध लड्दा जसरी दुर्गानन्द झा मारिए, त्यसरी नै सरोज कोइरालाले पनि ज्यान गुमाउनुपर्‍यो । पञ्चायती शासकहरूले 'बाहुन' रामनाथ दाहाल, नेत्र घिमिरे र कृष्ण कुइँकेलसँगै 'जनजाति' वीरेन राजवंशी र नारायण श्रेष्ठ कसैलाई बाँकी छाडेनन्, सुखानीको जङ्गल सबै सहिदको रगतले रातो भयो । हरि नेपाल र चन्द्र पुरीलाई त्यसरी नै मारियो, जसरी केही समय अगाडि रत्नकुमार वान्तवालाई नियन्त्रणमा लिएर मारिएको थियो । भीमनारायण श्रेष्ठलाई मृत्युदण्ड दिंदा क्याप्टेन यज्ञबहादुर थापालाई पनि त्यसरी नै सिध्याइयो -सायद यस्तो फैसला गर्ने न्यायाधीश आफै क्षत्री नै थिए ।)

भन्नुको तात्पर्य- आजसम्मको राज्य जातीय राज्य थियो र निश्चित जातिहरू शासक थिए, अनि तिनीहरूलाई किनारामा धकेलेपछि मात्रै आदिवासी-जनजाति, मधेसी र दलितहरूले मुक्ति पाउँछन् भनेर जसरी प्रस्तुत गर्ने गरिएको छ, यो गलत हो । सिङ्गो जातिलाई शासक/उत्पीडकको रूपमा प्रस्तुत गर्ने र सिङ्गो जाति/समुदायलाई शासित या उत्पीडकको रूपमा घृणाको विजारोपण गर्ने तरिका राज्य पुनर्संरचनाको सही तरिका होइन । आफ्नो पछाडिको जुलुसले '....नाक काटिन्छ, भित्तामा टाँसिन्छ' भनेर जहर पोख्दासमेत त्यसलाई रोक्न या यो गलत हो भनेर भन्न नसक्ने नेतृत्वले राष्ट्रनिर्माणको नेतृत्व गर्न सक्ला ?

राज्यको पुनर्संरचना गर्दा हामीले पहिचान र सामथ्र्यलाई आधार बनाउनेमा सहमति गरिसकेका छौं । पहिचानका पाँच आधार पनि निक्र्यौल भइसकेका छन् । तर यतिबेला बाँकी सबै कुरालाई छाडेर जसरी पहिचानको एकमात्र आधार जातीयतालाई बनाउने र एकल जातीय पहिचानका आधारमा प्रदेश निर्माणको हठ चलिरहेको छ, यो एकैसाथ अव्यावहारिक, त्रुटिपूर्ण र हानिकारक हुनेछ । अव्यावहारिक यस मानेमा कि यसले प्रत्येक जातिलाई आफ्नो नाममा प्रदेश निर्माणका लागि दबाब दिन नजिर बस्नेछ र सबैलाई थाहा छ- सयभन्दा बढी जातिको बसोबास गर्ने मुलुकमा यसो गर्नु सम्भव छैन । त्रुटिपूर्ण यसर्थ कि यसले बहुसङ्ख्यामाथि अल्पसङ््ख्याको चाहना थोपरिदिएको हुनेछ । अनि हानिकारक यस मानेमा कि यसले हाम्रो पुँजीको रूपमा रहेको सामाजिक सद्भाव, जातीय सहअस्तित्व र सांस्कृतिक अन्तरघुलनलाई अस्वीकार गर्दै जातीय द्वन्द्वतिर मुलुकलाई धकेल्नेछ । यसका सङ्केत त देखिन थालिसकेका छन् । बुद्धिमानले त ढोकाको ढकढकबाटै आसन्न खतराको पूर्वानुमान गर्नुपर्ने होइन र ? त्यसैले 'मिनी नेपाल' भन्न सकिने मिश्रति प्रदेश, त्यसभित्र जातीय, भाषिक, सांस्कृतिक र अन्य पहिचानको सम्वोधन तथा यसका आधारमा समुन्नत नेपालको निर्माण आजको बाटो हुनुपर्छ ।

कसैले सुनाएको थियो- जमिनमा रहँदासम्म खालि सोभियत रूसको पैरवी गर्ने युरी गागरिन जब अन्तरिक्षमा पुगे र जब तलतिर र्फके, साइबेरियादेखि अलास्का हुँदै अमेरिकासम्मको विशाल भूमि त माथिबाट हेर्दा एउटैजस्तो पो देखिंदो रहेछ ! त्यतिबेला उनीभित्रको सङ्कीर्णता भत्किएर 'वसुधैव कुटुम्वकम्'को  फराकिलो भावना पलाएको थियो रे र हाम्रा नेताहरूले अन्तरिक्षमा त होइन, चन्द्रागिरिमा मात्रै पुगेर हेरे पनि देख्नेछन्- विविधतायुक्त र बहुलवादी नेपाली समाजको एक झलक । त्यहाँबाट काठमाडौं उपत्यकाको काकाकुल 'घाँटी भिजाउने' मेलम्ची र उसको 'आची फाल्ने' ओखरपौवा दुबै देखिनेछ । यति विघ्न अन्तरनिर्भर नेपाली समाजमा घृणा, विद्वेष र कटुताको जगमा उभ्याउन खोजिएको जातीय ढाँचा कसरी टिक्न सक्छ ?

नेताहरू, तपाईहरू घरको धुरीमा हुनुहुन्छ । त्यहाँबाट पक्कै पनि पर-परसम्म देखिरहनुभएको होला, सम्भावनाका विशाल फाँट र चुनौतीका गहिरा खाडल पनि । अब मुख फोर्ने बेला भयो । भनिदिनुस्- हामी पहिचान र सामथ्र्य दुबैलाई सन्तुलनमा राखेर राज्य पुनर्संरचना गर्छौं । आन्दोलनकारी जनसमुदायहरू, तपाईहरूको पहिचान समाजको सप्तरङ्गी इन्द्रेणीमा छ । तर त्यसबाट छुट्टाछुट्टै रङ्ग छुट्याउन नखोज्नुहोस्, त्यसले हाम्रो सुन्दर इन्द्रेणी भत्किन्छ ।

कि यसो भन्दा भोट घट्छ भनेर मुलुकको खरानीमा भोटको अवशेष खोज्नेतिर लाग्नुहुन्छ ?

http://www.ekantipur.com/nep/2069/1/29/full-story/347553.html


 
Posted on 05-11-12 9:09 AM     [Snapshot: 68]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 सहि कुरा !!
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Nepali doctors future black or white usa ?
Another Song Playing In My Mind
nrn citizenship
TPS Renewal Reregistration
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
WHAT DO YOU GUYS THINK ABOUT THIS?
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
Is money sent to support family tax deductible?
Nearly one-third of Americans support autocracy, poll finds
Alert: Turbo Cancers: A Rising Global Threat
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters