[Show all top banners]

_____

More by _____
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 जनकपुर बम विस्फोट : भारतमा बनेको थियो योजना
[VIEWED 1425 TIMES]
SAVE! for ease of future access.
Posted on 05-18-12 9:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जनकपुर बम विस्फोट : भारतमा बनेको थियो योजना

केपी ढुंगाना, काठमाडौं र सुरेश यादव, जनकपुर, जेठ ६- पाँच जनाको ज्यान जानेगरी जनकपुर रामानन्द चोकमा भएको विस्फोटको योजना भारतको सीतामढीमा बनेको प्रहरी अनुसन्धानबाट खुलेको छ। चार वर्षदेखि पटनाको सीतामढीमा बस्दै आएका नेपाली नागरिक सन्तोष चौधरीले सहयोगीलाई उतै बोलाएर विस्फोटको योजना बनाएको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानले खुलाएको हो।
 
विस्फोटमा संलग्न रहेको अभियोगमा पक्राउ परेका जयप्रकाश चौधरी, सुरेशकुमार कर्ण, रिपेन्द्र झा र मुकेशकुमार कर्णको बयान, पक्राउ अभियुक्त र चौधरीबीचको सम्पर्क जालो र अनुसन्धानका क्रममा फेला परेका तथ्यप्रमाणका आधारमा ब्युरोले यस्तो निष्कर्ष निकालेको हो।
प्रहरीले उनीहरूबाट ३८ लोला बारुद पाउडर, घटनामा प्रयोग गरिएका दुईवटा मोटरसाइकल, तीनवटा रिमोट कन्ट्रोल स्विच, एउटा डेटोनेटर, गन पाउडर, बममा प्रयोग गरिने ६ थान ब्याट्री, फलामको किला, ९ एमएमको एक राउन्ड गोलीसमेत फेला पारेको छ।

मिथिला राज्य माग गर्दै रामानन्द चोकमा धर्नामा बसेको स्थानमा वैशाख १८ गते भएको विस्फोटवाट पाँच जनाको मृत्यु र ३२ घाइते भएका थिए। शुक्रबार जनकपुरमा प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै ब्युरोका डिआइजी उपेन्द्रकान्त अर्यालले पहिलो चरणमा आएका तथ्यको आधारमा आतंक मच्याउन रामानन्द चोकमा विस्फोट गराइएको र यसको योजनाकार महोत्तरी जलेश्वरका २६ वर्षीय सन्तोष रहेको बताए। उनले जनकपुर विस्फोटलाई ‘अल्ट्रा मोडर्न अर्गनाइज्ड क्राइम'को संज्ञा दिए।

उनका अनुसार चौधरी तराई मधेस विद्यार्थी लिबरेसन फ्रन्टका नाममा आपराधिक गतिविधिमा सक्रिय छन्। उनले ६ महिना अगाडिमात्र भारतमै यो फ्रन्ट घोषणा गरेका हुन्। घटनामा राजनमुक्ति भनिने रञ्जित झाको समेत संलग्नता देखिए पनि पुिष्ट हुने तथ्य फेला परेको छैन। विस्फोटपछि घटनाको जिम्मेवारी उनैले लिएका थिए।

प्रतिवेदनअनुसार अखिल जनतान्त्रिक तराई मुक्ति मोर्चा (राजन समूह)मा आबद्ध उनले ६ महिनाअगाडि सुरेश कर्ण, जितेन्द्रलाल कर्ण, रिपेन्द्र झा र मुकेश कर्णलाई भारतको मुजफ्फरपुर र सीतामढीमा बोलाएर विस्फोटको योजना बनाएका थिए।

उनले विस्फोटका लागि सुरेशकुमार कर्ण र जयप्रकाश चौधरीको नेतृत्वमा दुईवटा टोली बनाएका थिए। यीमध्ये चौधरीले रामानन्द चोकमा विस्फोट गराएका थिए। विस्फोटको दिन भाग्दै गरेको अवस्थामा स्थानीयले चौधरीलाई पक्राउ गरी प्रहरीलाई बुझाएका थिए।

अनुसन्धानमा संलग्न ब्युरोका डिएसपी भुपेन्द्र खत्रीका अनुसार चौधरी घटनाको १० दिनअघि जनकपुर आएर विस्फोटको योजनामा खटिएका थिए। घटनाको दिन बिहान उनले धर्नास्थलमा रहेको कुर्सीमुनि राखेको टाइम बम बिहान १० बजे पड्किएको थियो। जनकपुरमा भएमा श्रृंखलावद्ध विस्फोटका घटना र हत्याका योजनाकार चौधरी नै रहेको खुलेको डिआइजी अर्यालले नागरिकसँग बताए।

श्रृंखलाबद्ध अपराध
चौधरीकै योजनामा सञ्चार उद्यमी अरुण सिंघानियाको हत्या भएको बम विस्फोट अनुसन्धान टोलीको निष्कर्ष छ। दुई वर्षअगाडि गोली हानेर जनकपुर टुडे पत्रिका र रेडियो टुडेका सञ्चालक समेत रहेका सिंघानियाको हत्या भएको थियो।

'विस्फोटको अनुसन्धान गर्दा सिंघानियाको हत्याको तथ्य पनि खुल्यो,' डिआइजी अर्यालले भने, 'सिंघानिया चौधरीकै योजनामा मारिएका थिए।' सन्तोषको निर्देशनमा सुरेशको समूहले जनकपुरमा एमाले पार्टी कार्यालय र जलेश्वर ट्राफिक कार्यालयमा विस्फोट गराएका थिए।
एक वर्षअगाडि संयुक्त तराई मुक्ति मोर्चाका राजनमुक्ति सन्तोष, राजनप्रताप र नागराज मिलेर अखिल जनतान्त्रिक तराई मुक्ति मोर्चा (राजन समूह) गठन गरेका थिए। राजनमुक्तिले राजनीतिक लाइन र इन्जिनियरिङ पढेका सन्तोषले विद्यार्थी फ्रन्ट हेर्ने गरी कार्यविभाजन गरिएको थियो। यसलगत्तै उनले विस्फोटको योजना बनाउन सक्रिय भएका थिए।

चौधरीको पृष्ठभूमि र अपराध प्रवृत्तिको अनुसन्धानबाट उनी आफ्नै योजनामा अपराधको योजना बनाउने भन्दा पनि अन्य कसैको निर्देशनमा पैसा लिएर घटना गराउन बढी सक्रिय देखिएका छन्। ब्युरो प्रमुख अर्यालले चौधरी 'कन्ट्र्याक्ट किलर' भएको बताए।

अनुसन्धान क्रममा विभिन्न पाटा देखिए पनि तथ्यका आधारमा प्रहरीले पूर्ण विवरण तयार पार्न सकेको छैन। विस्फोटका पछाडि राजनीतिक कारण समेत हुनसक्ने संकेत प्रहरीले पाएको छ। स्रोत पर्दापछाडि अन्य खेलाडी समेत रहेको दाबी गर्छ। पुष्टि हुने तथ्य फेला नपरेकाले अनुसन्धानको घेरामा रहेकाहरूको नाम सार्वजनिक गर्न चाहेन। अहिलेसम्मको तथ्यले चौधरीलाई मात्रै योजनाकार देखाएको डिएसपी खत्रीले बताए।

सीतामढी बेस
अनुसन्धान अधिकारीका अनुसार सन्तोष चार वर्षदेखि सीतामढीलाई आधार बनाएर जनकपुरमा आपराधिक घटना गराउँदै आएका छन्। नेपालले उनी सम्बन्धित सबै सूचना भारतीय सुरक्षा निकायलाई जानकारी गराएर पक्राउका लागि आग्रह गर्दै आए पनि उनी भारतीय भुमिमा सुरक्षित रूपमै बस्दै आएका छन्।

सिंघानिया हत्यालगत्तै समेत उनको हुलिया, उनी बस्ने गरेको भारतीय सहरको ठेगाना र उनी संलग्न आपराधिक घटनाबारे प्रहरीले भारतीय प्रहरीलाई जानकारी गराएर पक्राउका लागि आग्रह गरे पनि उनी पक्राउ परेका छैनन्।

जनकपुर विस्फोटमा उनको संलग्नता देखिएलगत्तै अनुसन्धान टोलीले चौधरीसम्बन्धी सूचना पठाए पनि उनी पक्राउ परेका छैनन्। 'सीमावर्ती गाउँमा अपराध गरेर सीमाक्षेत्रमा सुरक्षित लुक्ने वातावरण बन्यो भने दुबैतर्फ कोही पनि सुरक्षित रहन्न,' डिआइजी अर्यालले नागरिकसँग भने।
प्रहरी अनुसन्धानमा जनकपुर विस्फोटको जालो दुबईसम्म देखिएको छ। दुबईमा रहेका सौरभ सिंहसँग समेत सन्तोषको सम्पर्क देखिएको छ। घटनामा सौरभको संलग्नताबारे प्रहरी अनुसन्धान निष्कर्षमा पुग्न सकेको छैन।

भारतबाटै विस्फोटक
भारतको सीतामढीमा बनेको योजनाअनुसार विस्फोटका लागि सन्तोषले एक सय लोला विस्फोटक पदार्थ दिएका थिए। उक्त विस्फोटक पदार्थ जितेन्द्रको महोत्तरी जलेश्वरमा रहेको घर र सुरेश कर्णको जनकपुरमा रहेको आफन्तको घरमा राखेका थिए। अनुसन्धान प्रतिवेदनअनुसार रामानन्द चोकमा प्रयोग गरिएको बम जनकपुरस्थित सुरेश कर्णको आफन्तको घरमा राखिएको थियो।

विस्फोटका लागि सन्तोषले सुरेश, जितेन्द्र र जयप्रकाशलाई जनकपुरको सरकारी कार्यालय तथा अन्य व्यस्त स्थान छनोट गर्न लगाएका थिए। मुख्य स्थानमा पड्काउँदा पक्राउ पर्ने भएकाले जितेन्द्रको अगुवाइमा सोही विस्फोटक पदार्थबाट बनाएको बम ट्राफिक कार्यालय र एमालेको कार्यालयमा पड्काइएको थियो।

दुवै घटनाको प्रतिक्रिया राम्रो नभएको भन्दै सन्तोषले रामानन्द चोकमा बम पड्काउन निर्देशन दिएका थिए। सोहीअनुसार घटनाको १० दिनअगाडि जयप्रकाश सप्तरीबाट जनकपुर आए। उनले विस्फोटवापत पाँच लाख दिने आश्वासन पाएका थिए। उनले घटनाका लागि एड्भान्सबापतको १० हजार रुपैयाँ कान्तिपथको आइएमईबाट राम थापा भन्ने नक्कली नाम प्रयोग गरी चौधरीलाई पठाएका थिए। चौधरीले थापाको नाममा आएको रकम जनकपुरमा कुनै परिचयपत्रै नदेखाई भुक्तानी लिएका थिए।

मुकेशको निर्देशनमा जयप्रकाशले सुरेशसँग भेटेर विस्फोटक पदार्थ लिए। बम बनाउन सन्तोषले उनलाई फोनबाट निर्देशन गरेका थिए। टाइम बम बनाउने प्रविधि र ब्याट्री जडानको प्रविधि सन्तोषले जयप्रकाशलाई आफ्नो फेसबुक एकाउन्टमा तस्बिरमार्फत जानकारी गराएका थिए।
जयप्रकाशले रामानन्द चोकमा भिड भएकाले सोही स्थानमा बम राख्न अनुमति मागेका थिए। विस्फोटको दिन मुकेश र जयप्रकाशबीच कम्तीमा ३० पटक मोबाइलमा कुरा भएको डिआइजी अर्यालले बताए।

उनले एसएमएसमार्फत जयप्रकाशलाई कुर्सीमा बम राखेर भाग्न निर्देशन दिएपछि उनले सोहीअनुसार टाइम बम राखेका थिए। प्रारम्भमा विस्फोटक्षेत्र नजिकै फेला परेको मोटरसाइकलमै बम जडान गरी विस्फोट गराइएको आशंका गरिए पनि पूर्ण अनुसन्धानमा यसको पुष्टि भएन।

http://nagariknews.com/news-highlights/139-highlights/40900-2012-05-19-02-00-08.html


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Poonam pandey - death or suicide?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters