[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 फेरी असफल हुन सफल भएँ साथी..........
[VIEWED 9399 TIMES]
SAVE! for ease of future access.
Posted on 06-26-12 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     8       ?     Liked by
 

 फेरी असफल हुन सफल भएँ साथी,

दाना बिनाको फोस्रे फसल भएँ साथी

 

दिल पैंचो मागेर फर्काएँन कहिलेइ

जिन्दगी नै उधारो पसल भए साथी

 

दिल हराएर के भो र फेरी हास्न खोजें

तै पनि मन मानेन, पलपल रोएँ साथी

 

कर्म गर..... “ए राहुल” सधै भन्थी गीता

निस्वार्थ कर्ममा अमिलो फल पाएँ साथी 
Last edited: 26-Jun-12 01:40 PM

 
Posted on 06-26-12 1:35 PM     [Snapshot: 37]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

वाह वाह ठुल्दाइ ...
तखल्लुस सहितको यो गजल गजब नै छ है ...

संजोग पनि कस्तो भने मलाई रिताले पनि त्यस्तै भन्थी तर पछी आँफै पोइल हिडि ..
कतै यि रिता र गीता दिदी बहिनी त परेनन् ?

 
Posted on 06-26-12 3:38 PM     [Snapshot: 179]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Wah Dai Wah
Sahi chha!!
 
Posted on 06-27-12 2:49 AM     [Snapshot: 440]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 06-27-12 9:00 AM     [Snapshot: 534]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahulvai
Loved the gazal. Your use of the word "fasal" makes me ask you a question, specially since you are well versed in the literary world.
To me, 'fasal' is an adopted word, dare I say, urdu or hindi word. Much like 'dil.' What is your take in the use of non-nepali word in poems and gazals? I have notice people (including me) smirk when hindi words are used in Nepali movie songs; but we seem to be more liberate when it comes to poems or gazals. Our Mahakavis, rashtrakavis seem to be using them generously as well. What's your take?
 
Posted on 06-27-12 10:06 AM     [Snapshot: 584]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुनत किड्डोको प्रश्न राहुलभाइलाई नै थियो र पक्का पनि उहाँले अझ राम्रो जवाफ दिनु हुनेछ । त्यसमाथी राहुलदाइको यस्तो सुन्दर गजल भएको यो धागोमा अन्य बहस जोड्न मन थिएन ।

तर मलाई किड्डोको प्रश्न पढेपछि खसखस लाग्यो र नलेखी बस्नै सकिन ..

नेपाली भाषा हामी मूलभूत रुपमा चार किसिमका शब्दहरु पाउछौ ।
१. ठेट नेपाली शब्दहरु जसलाई हामी झर्रो नेपाली शब्द पनि भन्छौ जस्तै चसक्क, कलकल बङ्लङ
२. संस्कृतबाट जस्तोको तस्तै आएका तत्सम शब्दहरु जस्तै जल, सूर्य, अग्नि
३. संस्कृतबाट आएका तर रुप फेरिएका तद्भव शब्दहरु जस्तै आषाढबाट असार, कर्णबाट कान
४. हिन्दी, उर्दु, फारसी, अङ्रेजी र अन्य विविध अन्तर्राष्ट्रिय अथवा नेपालको क्षेत्रीय भाषाबाट उस्तै रुपमा अाएका अथवा रुप फेरिएका आगन्तुक शब्दहरु जस्तै तिहार, अदालत, तलब, शहर, फोटो, झुमा, खापा, चाकु आदी इत्यादी

यसरी हेर्दा नेपाली भाषाको शब्दभण्डार ठुलो मात्रामा आगन्तुक शब्दहरुले भरिएको छ र यो कुरा नेपाली भाषा बाहेकको अरु भाषामा पनि लागू हुन्छ । मलाई लाग्दैन कि दुई चारवटा यस्ता आगन्तुक शब्दहरुको प्रयोगले नेपाली भाषालाई बिगार्छ । यदी त्यस्तो शब्दहरु आम जिब्रोमा भिजिसकेको छ भने यस्तो शब्द प्रयोग गर्नु सर्वदा उचित हुन्छ र यसले भाषालाई अझ रसिलो बनाउन मद्दत गर्छ । जीवित भाषाको एउटा परिभाषा यो पनि हो कि त्यसमा निरन्तर बृदि हुनुपर्छ र आगन्तुक शब्दहरुलाई भित्र्याउनु र त्यसको प्रयोग गर्नु भाषा बृदिको एउटा उपाय पनि हो । फरक यति मात्र हो त्यस्ता शब्दहरुलाई प्रयोग गर्दा हाम्रो वाक्यको बनौट नेपाली हुनुपर्छ । त्यसमा प्रयोग हुने व्याकरणका नियमहरु नेपाली हुनुपर्छ । एउटा वाक्यमा दशवटा अङ्रेजी शब्द घुसाइ दिएपछी त्यसमा नेपाली व्याकरण कसरी प्रयोग हुनसक्छ ?

स्कूले जीवन मै हुँदा हो 'कम से कम' जस्ता वाक्याशंको नेपाली भाषामा प्रयोग ठीक हो कि होइन भनेर सोध्न डा. तारानाथ शर्माकोमा पुगेको थिए, उहाँले सल्लाह दिनुभयो 'कम से कम' को सट्टा 'कम्तीमा पनि' प्रयोग गर्नु नि । अब त शायद यो पनि नेपाली जिब्रोलाई र लेखन क्षेत्रलाई राम्ररी पचिसक्यो । तर डा. तारानाथ शर्माले झै हरेक बिदेशी शब्दलाई नेपालीमा ढाल्नुपर्छ भनेर 'टाइ ' लाई ' कन्ठेलङौटी' बनाइदिने हो भने त्यो जनजिब्रोमा र लेखन क्षेत्रमा चल्दैन । कविता र गजल बिधाहरुमा त अझ गद्द लेखनका नियमहरु सबै लागू हुँदैनन् । मलाई लाग्छ महाकवि देवकोटाले 'मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन' लेखेर नेपाली भाषा साहित्यलाई केही अन्याय गर्नु भएको छैन । यसमा त हामी नेपालीलाई अहिले पनि उत्तिकै आवश्यक श्वासत सत्य छ । मलाई त यो एक लाइन अति भन्दा अति प्यारो लाग्छ ।

 
Posted on 06-27-12 10:27 AM     [Snapshot: 587]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 धन्यबाद मित्रहरु ( जिते ,daum, Kiddo )
 
जिते ब्रो ले  जी को जिज्ञासाको जवाफ दिनु भएकोमा आभारी छु .  र उहाँ को कुरामा केहि थप्न चाहन्छु . 
 
१. पहिलो कुरो त गजल शब्द नै उर्दु निश्रित शब्द हो . 
 
२. संस्कृत उद्गमित भाषा परिवार मा ,  नेपाली , हिन्दी, फारसी, उर्दु , बंगाली, भोजपुरी, अबधि, मैथली आदि इत्यादि पर्छन नै 
 
३. दिल, फसल को उद्गम कहाँ  हो भनी खोज्निती गर्नु भन्दा नि ती शब्द तपाइँ ले बुझ्नु भयो कि भएन र ती शब्द को प्रयोग लेखक ले ठिक ठाउमा प्रयोग गर्र्यो कि गरेन भन्ने महत्वपूर्ण कुरा हो . 
 
४. गजल लेखन भावको सुन्दर प्रस्तुति संग संगै प्राबिधिक रुपमा शब्दहरुलाई खेलाउनु पनि हो . उर्दु गजलहरु राम्रा हुनु को पछाडी लेखकीय सर्बोच्चता संग संगै उर्दु भाषा शब्दावली धनी हुनु पनि हो . यसर्थ मा अझ भनुँ संकुचनमा नेपाली भाषा नेपाली मानसिकता देश संग संगै गारिब छ . 
 
५. लूट, गुरु, पण्डित , लाठि चार्ज जस्ता शब्दावलीहरु त अंग्रेजी भाषाली अपनाई सकेको अवस्थामा अझै पनि यो शब्द हिन्दी जस्तो लाग्यो भन्नु समय सापेक्ष हुन्छ कि हुदैन , सोचनीय छ . 
 
६. भाषिक चर्चा मा हामी नेपाली शब्द हो वा होइन भनी अंग्रेजी मा गरि राख्या छौ र हिन्दी उद्गमित भयो भनी नाक खुम्च्याई राख्या छौ . र गैर नेपाली शब्द प्रयोग भयो भनी राख्या छौ . 
 
७. गैर नेपाली शब्द, शब्दावली कुन कुन शब्दलाई भन्ने ? ठेट नेपाली शब्दावली मात्र प्रयोग गरेर न त हामी एउटा सिंगो (complete ) वाक्य नै लेख्न सक्छौ न त कबिता . कहीं न कहीं त आगन्तुक शब्दको प्रयोग हुन्छ नै . यथार्थ यही हो . 

 
Posted on 06-27-12 10:42 AM     [Snapshot: 627]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 छोटो मिठो गजलको लागि धन्यबाद ठुल्दाइ !!
 
Posted on 06-27-12 2:29 PM     [Snapshot: 730]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

First of all, thanks to GT and Rahulvai

Let me clarify first on why I prefer to use english as a response. First, I am not very good at typing in Nepali, second, I use isajha.com most of the time which doesn't allow the translation software.

One more clarification that seems warranted, specially reading Rahulvai's comment, is when I was asking that question, I wasn't criticizing your gazal. I loved it. I even mentioned that our Mahakavis and Shiromanis use these words, so who am I to object? All I wanted to get was your input on how do you feel about the usage of agantuk words in Nepali literature. Not saying good or bad, just what you feel.

To me, if you could have easily used a good Nepali word and still resorted to agantuk word, then it feels injust. "Manisa thulo dila le hunchha..." sure you could use mutu or "mann" but that kinda robs the gist out of the line. Your use of the word fasal is justified for rhyming your gazal (or is it ghazal). I cringe when I hear blatant and forced use of hindi words in Nepali song. I just wanted to get an input.

As for GT bro's response, I agree with you. I do think the preference still should be given to Nepali word unless the agantuk is required for that extra oomph.
 
Posted on 06-27-12 2:50 PM     [Snapshot: 753]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 कुरो त्यहि हो . जानी जानी आगन्तुक शब्द पैंचो लिएको हैन.  भाव कोर्दा , शब्द खेलाउनु पर्ने हुन्छ , खास गरी गजल को आकार दिन . नेपाली शब्द भण्डार त्यति धनि भैसकेको छैन . 
 
धन्यबाद KIDDO  जी. यो बहसले अबश्य नै सार्थक जानकारी दिएको नै छ . 

 
Posted on 06-27-12 2:56 PM     [Snapshot: 761]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Wahwah sahi sabda ko prayog le gajal khatra dammey bhaeko cha. Bichari getA
 
Posted on 06-28-12 9:15 AM     [Snapshot: 939]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पैचो माग्यो भन्दैमा जिन्दगी नै उधारो पसल हुने गरेर पनि अरुलाई दिने हो त ठुल्दाई? हजुर पनि....

रुवा झै हुने मन कहिले भिज्दा हुने गह्रौ पनको आभास दिने रहेछ दाइको यो गजल। राम्रो लाग्यो।
 
Posted on 06-28-12 6:06 PM     [Snapshot: 1053]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

RV :

तल होस् या माथि,  आफु मा भर पर्छ  साथि |
आफुले  हेर्ने द्रिस्तिकोंद उल्टाउ माथि
देक्चायु अफुली लै सधै माथि ||

गिलास आधा भरि होस् या आधा खालि |
येस्ती हो जीवन ,  माकुरा को जाली ||

सबैले भंचन ब पोसितिव !
न बिर्ष साथि - दुइ चोटी निगतिव हुन्छ पोसितिव !!

अरु लाइ  भन्दा आफु लै राख माथि |
घण्टा को मतलब, जब हुन्छ जीवन मा असल साथि !!

contd...


 
Posted on 06-29-12 2:33 PM     [Snapshot: 1224]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Daami chha, dai!
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters