[Show all top banners]

cybernepali
Replies to this thread:

More by cybernepali
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 4]

tragicomic

jetho390

Tyo Din

Mr. D
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 मेरिल्याण्डमा एक नेपाली युवाले गरे आत्महत्या
[VIEWED 3925 TIMES]
SAVE! for ease of future access.
Posted on 08-25-12 11:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरिल्याण्डमा एक नेपाली युवाले गरे आत्महत्या

 
 

बाल्टिमोर,अमेरिका,अगष्ट २५ | मेरिल्याण्ड राज्यको राजधानी शहर एन्नापोलिस भन्ने ठाउंमा बस्दै आएका कृष्ण केसी नामका एक नेपाली युवाले आत्महत्या गरेका छन् | शुक्रवार राती करीब नौ बजेतिर उनी घरबाट बाहिर निस्केका थिए | धेरैबेरसम्म नफर्केपछि उनका भतिज र ज्वाईंले उनको फोनमा सम्पर्क प्रयास गरेका थिए | फोन नउठेपछि राती नै उनीहरुले प्रहरीलाई कृष्ण हराएको बारे जानकारी गराए र राती करीब ११ बजेतिर प्रहरी उनी बसेको अपार्टमेन्टमा पुगेर आवश्यक जानकारी लिएर फर्केको थियो | रातभर नफर्केपछि शनिवार बिहानै उनको खोजीमा निस्केका उनका आफन्त र नातेदारले कहीं फेला पार्न नसकेपछि घर फर्कदै गर्दा अपार्टमेन्ट नजिकै प्रहरीको गाडी देखे |

उनीहरुले प्रहरीसंग सोधपुछ गर्दा अपार्टमेन्ट नजिकैको एक रुखमा पासो लगाई आत्महत्या गरेको अवस्थामा मृतक केसीको शव फेला परेको प्रहरीले जानकारी दियो | करीव ३५ वर्षीय मृतक केसीको शव पोष्टमार्टमका लागि हाल बाल्टिमोर डाउनटाउनस्थित एक अस्पतालमा राखिएको छ | नेपालको कास्की जिल्लास्थित कास्कीकोट गाविस वडा नम्वर ६ काउलेका मृतक केसी विगत करीब डेढ वर्षदेखि आफन्त र नातेदारसमेत रहेको एन्नापोलिस शहरमा बस्दै आइरहेका थिए | केसीका एक श्रीमती, एक छोरा (करीब ११ वर्ष) र एक छोरी ( तीन वर्षीया) नेपालमै छन् | भाई,भतिज,ज्वाईं र अन्य आफन्तसंगै एन्नापोलिसमा बस्दै आएका उनी करीब दुई हप्ता न्यूयोर्कमा बसेर तीन दिन पहिलेमात्र एन्नापोलिस फर्किएका थिए |

यसअघि त्यहींको एक सेभेन इलेभेन स्टोरमा काम गर्दै रहेका उनी कागज बनाउने क्रममा न्यूयोर्क गएको उनका ज्वाईं भरत थापाले ग्लोब नेपाल डट कमलाई जानकारी दिए | उता न्यूयोर्कस्थित रिजउड नेप्लिज सोसाईटीका अध्यक्ष श्री पराजुलीले मृतक केसी रिजउडमै उनका आफन्त साजन केसीकोमा बसेको जानकारी दिंदै भने- म उनलाई सामान्य चिन्छु, गत शनिवार मेरी श्रीमतीले आयोजना गरेको एक कार्यक्रममा उनी निकै सक्रिय भएर सहयोग गरेका थिए | अलि रिजर्भ जस्तो देखिने उनको कागजी प्रक्रिया अघि बढिरहेको थियो | सोसल सेक्युरिटी र वर्क परमिट समेत प्राप्त गरिसकेका केसीले किन आत्महत्या गरे भन्ने बारे केही प्रष्ट हुन सकेको छैन |


उनको कागजी प्रक्रियामा सहयोग गरिरहेका पराजुली भन्छन्- केसीको केस पेंडिंगमा थियो | मैले थाहा पाएसम्म उनी अलि डिप्रेश थिए र त्यसबाट छुटकारा पाउन केही औषधी सेवन समेत गर्दथे | मेक्सिको हुँदै अमेरिका छिरेका उनी नेपालदेखि नै अलि डिप्रेश थिए | तर मृतक केसीका भतिज लक्ष्मण केसीले चाहिं यस बारेमा केही बताउन चाहेनन् | ग्लोब नेपाल डट कमको फोन सम्पर्कमा उनले आफू अहिले केही बोल्न सक्ने अवस्थामा नरहेको बताए | ‘भोली चिकित्सकले पोष्टमार्टम रिपोर्टका लागि बोलाएको छ, त्यसपछि मात्र के भएको हो भन्न सकिन्छ’शनिवार साँझ ग्लोब नेपालसंग लक्ष्मणले भने | मृतक केसी न्यूयोर्कबाट फर्केर भतिज लक्ष्मणसंग उनकै कोठामा बस्दै आएका थिए |

बिहीवार दिउँसो उनी घुम्दै ज्वाईं भरत थापाले काम गर्ने स्टोरमा पुगेका थिए | त्यहाँ आफुले पिज्जा अर्डर गरेर दुवै जनाले पिज्जा खाएको बताउंदै भरतले भने- त्यो बेला उहाँ राम्रै अवस्थामा हुनुहुन्थ्यो | अब आफू पहिले काम गरेकै सेभेन इलेभेन स्टोरमा फर्केर काम गर्न लागेको आफुसंगको कुराकानीमा बताएको भरतले जानकारी दिए | ‘तर शुक्रवार रातीदेखि हराएका ससुराको शनिवार बिहानै अपार्टमेन्ट नजिकै लाश देख्दा सपना जस्तै लाग्यो ‘ भरतले भावविव्हल हुँदै फोनमा भने |

 
Posted on 08-26-12 2:15 PM     [Snapshot: 918]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-26-12 9:17 PM     [Snapshot: 1377]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Its easy to get depressed when you live in a different culture / country

 
Posted on 08-27-12 8:55 AM     [Snapshot: 1789]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

It is every were ( gets worst in different culture and country ), we may not be using the word depression widely in Nepal. Sorry to hear.

Depression Statistics (http://www.upliftprogram.com/depression_stats.html#statistics)

  • Depressive disorders affect approximately 18.8 million American adults or about 9.5% of the U.S. population age 18 and older in a given year. This includes major depressive disorder, dysthymic disorder, and bipolar disorder. 
  • Everyone, will at some time in their life be affected by depression -- their own or someone else's, according to Australian Government statistics. (Depression statistics in Australia are comparable to those of the US and UK.) 
  • Pre-schoolers are the fastest-growing market for antidepressants. At least four percent of preschoolers -- over a million -- are clinically depressed.
  • The rate of increase of depression among children is an astounding 23% p.a. 
  • 15% of the population of most developed countries suffers severe depression. 
  • 30% of women are depressed. Men's figures were previously thought to be half that of women, but new estimates are higher. 
  • 54% of people believe depression is a personal weakness. 
  • 41% of depressed women are too embarrassed to seek help. 
  • 80% of depressed people are not currently having any treatment. 
  • 92% of depressed African-American males do not seek treatment. 
  • 15% of depressed people will commit suicide. 
  • Depression will be the second largest killer after heart disease by 2020 -- and studies show depression is a contributory factor to fatal coronary disease.

Last edited: 27-Aug-12 08:56 AM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
TPS Re-registration case still pending ..
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters