[Show all top banners]

nepcha1
Replies to this thread:

More by nepcha1
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 प्रचण्ड यो दुनियाँका नीच र नैतिकहीन मान्छे हुन - वैद्य
[VIEWED 2965 TIMES]
SAVE! for ease of future access.
Posted on 08-28-12 10:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सर्पले नै सर्पको खुट्टा देख्छ 
 
 

बैद्यले भने- ‘खुमबहादुरलाई लाग्ने अख्तियार प्रचण्डलाई किन नलाग्ने ?’

१३ भदौ, काठमाण्डौ । जनयुद्धको तयारी गर्ने भन्दै एकीकृत माओवादीबाट छुट्टीएर नेकपा-माओवादी बनाएका मोहन वैद्यले प्रचण्डलाई अख्तियारले समात्नुपर्ने बताएका छन् ।

पार्टी चलाउन पैसाको समस्या परेपछि प्रचण्डले मोहन वैद्यलाई आर्थिक सहयोग गर्ने प्रस्ताव गरेको भन्ने समाचारका सन्र्दभमा जनआस्थाले सोधेको प्रश्नमा बैद्यले भने-’यो सब प्रचण्ले नीच बनेर चलाएको हल्ला हो, उनी यो दुनियाँका नीच र नैतिकहीन मान्छे हुन ।’ आफुले कहिले पनि प्रचण्डसँग आर्थिक सहयोग नमागेको भन्दै बैद्यले भने-’प्रचण्ड अरुलाई पैसा बाँड्दै हिड्ने धनपति कहिलेबाट बने ? उनले कहाँबाट कमाएर ल्याए त्यसरी बाँडने पैसा ? मलाई पैसाको अफर गर्ने साहुजी कसरी बने भनेर जनतालाई जवाफ दिनुपदैन ? शहिद परिवार, घाइते र अपाङ्गचाहि खर्च चलाउन नसक्ने अनि त्यही पार्टीको नेताचाहिं माफिया शैलीमा पैसा अफर गर्दै हिड्ने ? बैद्यले प्रचण्डप्रति आक्रोश पोखे- खुमबहादुरलाई लागेको अख्तियारले नयाँ भ्रष्टाचारीलाई लाग्नुपर्दैन ?’

आफुहरु जनयुद्धको तयारीमा रहेको भन्ने हल्ला पनि प्रचण्डले नै चलाएको बैद्यले दावी गरे । जनतामा उत्तेजना र त्रास पैदा गर्ने अनि उनीहरु जनयुद्धमा जान लागेको भन्दै दमन गर्ने तयारीस्वरुप हल्ला चलाइएको बैद्यको दावी छ ।

जनयुद्धमा संर्घष गरेको पुरै टीम आफ्नोतिर आएप्छि प्रचण्डले बाँकी रहेका कुडाकर्कट सम्हालेर बसेको बैद्यले टिप्पणी गरे । प्रचण्डको एकता भारतबादी र पूँजीबादीसँगमात्र सम्भव भएको तर आफुहरुसँग एकता हुन नसक्ने बैद्यले ठोकुवा गरे ।


 
Posted on 08-29-12 6:53 AM     [Snapshot: 200]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरुले ठोक्न सक्दैन - पार्टी बाटनै सुरु गर्नु गरौ बैध्य बा ( यो सुभ कार्य हजुर बाटै सुरुहोस - अल्लाह को बिरुद्द मा अरु गए ज्यान को जोखिम भए जस्तै हो )
जनता बिस्तारै हजुरको पछी लाग्छन |


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
emergency donation needed
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters