[Show all top banners]

mahoday
Replies to this thread:

More by mahoday
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 नेपाली तराई संघ (ANTA )अमेरिकाको आब्हान
[VIEWED 1467 TIMES]
SAVE! for ease of future access.
Posted on 01-17-13 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                          नेपाली तराई संघ (ANTA )अमेरिकाको आब्हान

अमेरिका ,माघ ४ ,२०६९ साल एसोसिएसन अफ नेपाली तराईएन इन अमेरिका (ANTA) अर्थात् नेपाली तराई सघ ,अमेरिकाका अधक्ष्य ललित झाले एक छापा बिज्ञप्ति निकाल्नु हुदै नेपालको तराई क्षेत्रमा कैयौ दिन देखि लगातार लागि रहेको चिसो मौसमको कारण सर्बसाधारणको ज्यान गएकोमा आफु र संस्था अत्यन्तै दुखि भएको व्यक्त गर्दै र मृतकका परिवारहरु प्रति शोक व्यक्त गर्नु भएको छ l


नेपाली तराई सघ ,अमेरिका मधेशमा लागेको ठिही ,प्रतिकूल मौसम र यसबाट निहत्था जीवन गुमाउनु परेका र यसको कारण उसका परिवारहरुको व्यथा प्रति चिन्तित रहेको र संघको तर्फबाट कसैलाई पनि यस्तो नपरोस भनि ईस्वरसंग आंटा प्राथना गर्दछ भनि बिज्ञप्तिमा जनाईएको छ lप्रकृति सोचेको भन्दा ज्यादा शक्तिशाली हुन्छ र कसरि न्युनतम जनधन बचाउन सकिन्छ त्यो गर्ने उपाय गर्ने जुक्ति राम्रो हुन्छ भनिएको छ र संस्था पनि यसमा विश्वास गर्दछ भनि जनाईएको छ l


यो अवस्था र यस्तो बिपत्तिमा आंटा यस भेगका बासिन्दाहरुलाई आंटाको पूर्ण समर्थन छ भन्दै जानकारी गराउदै नेपाल सरकार ,मधेशी राजनैतिक दलहरु ,गैर मुनाफा संस्था र तराई क्षेत्रलाई प्रतिनिधित्व गर्नु हुने विदेश र उत्तर अमेरिकामा रहनु हुने सबैलाई यस जटिल परिस्थितिमा आफुले जे जस्तो सहयोग गर्न सकिन्छ भन्दै सहयोगको हात बढाउन सबैलाई आग्रह गर्नु भएको उक्त बिज्ञप्तिमा प्रकाशित गरिएको छ l


एसोसिएसन अफ नेपाली तराईएन इन अमेरिका (ANTA) संस्थाको जन्म (७) सात जनाबाट सुरुवात भई मार्च २००५ देखि अस्तित्वमा आएको हो l तराईको उन्नति र पहिचानको लागि जागरुकता ,भाषिक तथा सांस्कृतिक सम्पदा ,घनिष्ठ सम्बन्ध स्थापना गर्दै उत्तर अमेरिकामा रहेका नेपाली तराईएनहरुसंग सम्बन्ध विस्तार र संजाल बनाउने मूल उदेश्य लिएर हिडेको यो संस्था अमेरिका सरकारबाट मान्यता प्राप्त गैर मुनाफा संस्था (५०१ ) ३ (सी ) अन्तरगत दर्ता छ lयस संस्थाका संस्थापक अधक्ष्य समाज सेवी तथा प्रसिद्ध ब्यापारी रतन झा हुनु हुन्छ l


एसोसिएसन अफ नेपाली तराईएन इन अमेरिका (ANTA) ले सन् २००७ मा मधेस आन्दोलन ताका पिडितहरुको सहयोगार्थ करिब पन्ध्र लाख भन्द ज्यादा रकम जुटाएको ईतिहास छ l

विजय थापा
भर्जिनिया ,


 
Posted on 01-17-13 10:31 PM     [Snapshot: 77]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

 जहाँसम्म शोक, प्रार्थना, र सहयोगको कुरो छ, त्यसको म कदर गर्छु. तर यो अन्त (ANTA) हो कि कुन्नि के जाति संगठनको नाम आज सुनेपछि केहि नेपालीहरुको बुद्धि चाँही मुजिमा हुन्छ जस्तो लग्न थाल्यो. ANA मा नेपाली-नेपाली झगडा गर्न, ठगा-ठाग गर्न नपुगेर यो अन्त खोल्या? जाँठाहरुलाई अमेरिकामा आएर पनि तराइ-मधेसी पार्टी/संगठन नखोली नहुने? त्यहि भएको ANA लाइ  राम्रो पार्नु, सबै प्रवासी नेपालीहरुको भलो हुने काम गर्नु, अप्ठेरोमा परेका बिद्यार्थी हरुलाई सहयोग गर्नु...त्यो चाहिँ पटक्कै छैन, बज्जेहरुलाई आफ्नो जात र ठाउँ अनुसारको संगठन चाहिया छ! जति नै पढे/लेखे/प्रगति गरे नि बिचार संकुचित भएपछी इस् भुत्राको प्रगति भन्ने त्यसलाई?! नेताहरुलाई देश बिगार्यो भनेर जति भने नि लास्टाँ तिमीहरु जस्तै तोरिलाउरेहरु हुन् समाज भाँड्ने. येस्तै तालले भोलि यहाँ अमेरिकामा पनि म ताम्सालिंग, त नाथे त नेवा: राज्यको भनेर कुस्ता-कुस्ती गर्न बेर लगाउँदैनन् यी बेकुफहरुले.


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Morning dharahara
nrn citizenship
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters