[Show all top banners]

mahoday
Replies to this thread:

More by mahoday
What people are reading
Subscribers
:: Subscribe
Back to: Current Affairs Refresh page to view new replies
 नेपाली संचार सन्जाल (एन्मा), युएसए गठनको घोषणा
[VIEWED 2359 TIMES]
SAVE! for ease of future access.
Posted on 01-21-13 5:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                                                              Nepali Media Alliance (NMA), USA

                                                           नेपाली संचार सन्जाल (एन्मा), युएसए गठनको घोषणा 

 

सामाजिक सचेतनामा सदैब खबरदारी गरि रहने र राष्ट्रको चौथो अङ्ग पत्रकारिता पेसालाई बिदेशी माटोमा पनि आफुले मुलुकमा अंगालेको पेसालाई निरन्तरता दिने मुख्य उदेश्य साथ अमेरिकाका राष्ट्रपति बाराक ओबामाको दोश्रो कार्यकालको सपथ ग्रहणको शुभ दिनलाई शुभ मुर्हत बनाउदै आज मिति माघ ७,२०६९ (तदनुसार जनवरी २० तारिख ,२०१३ )को दिन ब्रम्हाण्ड कै सम्राट राज्य भनेर चिनिने अमेरिकाको न्यू योर्क शहरमा क्रियाशील नेपाली सञ्चार क्षेत्रसँग आबद्ध सञ्चारकर्मीहरुको प्रथम बृहत् भेलाबाट समग्र नेपाली सञ्चार क्षेत्रको हक, हित र अधिकारलाई संस्थागतरुपमा अघि बढाउने प्रमुख लक्ष्यकासाथ Nepali Media Alliance (NMA), USA " नेपाली संचार सन्जाल(एन्मा) युएसए तर्दथ समिति गठन गरिएको छ ।

 

नब्बेको दशक पश्च्यात नेपाली समुदायको जनघनत्व न्युयोर्क क्षेत्रमा बिज गणतीय रुपमा वृद्धि भएको तथा संचार कर्मीहरुको पनि त्यही अनुपातमा वृद्धि भएको र क्रम उर्लदो भेल जस्तो हुने महसुस गरि यहि माघ ७,२०६९ (तदनुसार जनवरी २० तारिख)आईतवार न्यू योर्कको ज्याक्सन हाइट्सस्थित लिङ्कन ट्युटरिङ्ग सेन्टरमा आयोजित उक्त भेलाले पत्रकार प्रदिप थापा मगरको अध्यक्षतामा २१ सदस्यीय तदर्थ कार्यसमितिको गठन गरेको हो। प्रदिप थापा मगर युएस नेपाल अनलाइन डट कमका प्रधान संचालक हुन् भने उक्त बिधुतिय पत्रिकाको संचालन न्यु जर्सीबाट गरि रहेका छन् l पत्रकारिताको साथै छायाचित्र  तथा श्रब्य दृश्य ( भिडियो ) खिच्न माहिर छन् भने  उनी द्वारा खिचिएका तस्बिरहरुले निकै प्रसंशा बटुलेको छ l कार्यकारी अधक्ष्य विजय पौड्याल विश्व सन्देश साप्ताहिक प्रमुख सम्पादक /संचालक हुन् lपत्रकारिता क्षेत्रका एक कुसल दर्जामा गनिन्छन र अरुको भजन र झोला बोक्न अभिरुचि नराख्ने यिनी शिघ्र अमेरिकाको अरु राज्यबाट पनि साप्ताहिक पत्रिका निकाल्ने योजनामा रहेका छन् भने समितिका पदाधिकारीहरु अनुभवी र दक्ष रहेका छन् l

 

उक्त संजालले निकट भविष्यमा विभिन्न खालका रचनात्मक कार्यक्रमहरुको आयोजना गर्ने निर्णयसमेत गरेको छ र निम्न अनुसार तदर्थ समिति घोषणा गरेको छ l

 

तदर्थ कार्यसमितिका पदाधिकारीहरु यस प्रकार रहेका छन् l

 

१.प्रदिप थापा मगर अध्यक्ष --युएस नेपाल अनलाइन डट कम/ एएनटिभी युएसए

२.बिजय पौडेल ,कार्यकारी अधक्ष्य ,विश्व सन्देश साप्ताहिक

३.दिवाकर बाग्चन्द ,वरिस्ठ उपाध्यक्ष ,नेपाल टेलिभिजन / पूर्व नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य

४.मिस निमा डि लामा ,उपाध्यक्ष कान्तिपुर टिभी / टाइम्स एफएम / एएनटिभी युएसए

५.प्रशान एलुङ राई ,महासचिब ,प्रेस चौतारी डट कम  / मेरो नेपाल मासिक / एभेन्यूज टेलिभिजन

६.जयन्ती चाम्लिङ राई ,सचिब ,बिएफबिएस रेडियो / एचबिसी रेडियो

७.जुबी गौचन, उद्घोषिका , एएनटिभी युएसए

८.मनु लोहोरुङ राई,कोषाधक्ष्य ,स्वतन्त्र लेखक

 

(संचालक समिति निर्देशकहरु )बोर्ड अफ डाइरेक्टरहरु यस प्रकार छन् l

 

१.आङ कामी शेर्पा,फोटोहेर डट कम

२.बेल भुजेल,क्यू टिभी नेपाल सन्देश

३.बुद्ध चेम्जोङ,स्वतन्त्र लेखक

४.दावा शेर्पा ह्योल्मो,युएस नेपाल मिडिया सेन्टर

५.मानबहादुर राना मगर ,आवाज मिडिया

६.मणी बाङ्देल,हेलो न्यू योर्क / नमस्ते नेपाल टिभी

७.नगेन्द्र इङ्नाम,नयाँ रचना डट कम

८.निल ओझा ,स्वतन्त्र लेखक

९.रोशन ढुंगाना ,विश्व सन्देशसाप्ताहिक

१०.साङ्गे ह्योल्मो ,उद्घोषिका, एएनटिभी युएसए

११.श्याम बुढा मगर ,भिस्टामिडियाप्रो डट कम

१२.श्याम थपलिया ,मल्टी मिडिया

१३.सुखराज राई ,मल्टी मिडिया, डिजी प्लस इङ्क

 

विजय थापा 

भर्जिनिया 

 


 
Posted on 01-22-13 12:22 PM     [Snapshot: 122]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pragati chha badhai chha

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
कल्लाई मुर्ख भन्या ?
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
emergency donation needed
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
जाडो, बा र म……
Susta Susta Degree Maile REMIXED version
1974 AD Pinjadako Suga Remixed
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters